Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 16

7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !

’  – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार

१६ साउन २०७८, शनिबार

होमपेज /
समाचार /
राष्ट्रि य समाचार

बाबुको पत्र छोरालाई :

‘छोरा, मानवीय मूल्य जोगाऊ है !’ 

डा. डिजन भट्टराई २०७८ साउन १६ गते १२:२५ मा प्रकाशित 5 646


Shares
प्रतिक्रिया

प्यारो छोरा मिरोभ,

https://www.onlinekhabar.com/2021/07/991891 1/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

तिमी युगको
 त्यो सँघारमा जन्मिएका छौ, तिम्रो अगाडि भविष्यको अग्लो पहाड छ र म इतिहासको
 यो कठघरामा
 उभिएको छु ,
ENGLISH

मेरोसामु ‘नोस्टाल्जिया’ को गहिरो सागर छ । त्यसैले, तिमीलाई तिम्रो यो जन्मदिनमा उपहार दिन मसँग के ही छैन, शिवाय
१६ साउन २०७८, शनिबार

शुभकामनाका के ही शब्दहरू !

ADVERTISEMENT

छोरा, मानव के वल मासुको डल्लो होइन अनि मानव ज्ञानी, विवेकी तथा चेतनशील मात्र पनि छैन । मानव त माया, दया,
करुणा, रीस, आवेग, संवेग, घृणा, आक्रोश लगायतको पुञ्ज हो । ‘त्यसो भए मानव के हो त ?’ तिमीले सोधौला । यो आफैं मा
दार्शनिक प्रश्न बन्न पुग्छ । ‘मानव कस्तो हुनुपर्छ त ?’ यो फे रि आदर्शवादी प्रश्न हो । मानिस विभिन्न रंग, आकार र स्वरुपका
https://www.onlinekhabar.com/2021/07/991891 2/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

हुन्छन् 
तर फे रि मानव उस्तै हुन्छन्, सामान्यतः उत्रै हुन्छन् । फे रि मानवले नै मानवलाई भन्छ, ‘यो
 ज्ञानी
छ, विवेकी छ,ENGLISH
महान्
छ, यो देवता हो ।’ फे रि अर्काेतर्फ फर्कि एर भन्छ, ‘यो अपराधी हो, कायर हो, हत्यारा हो, पिपासु हो ।’ यो मान्छेले बनाएको
१६ साउन २०७८, शनिबार

सीमारेखा हो । मानव एउटा चेतनशील जीव हो र प्रकृ तिका दृष्टिमा सबै बराबर छन् ।

छोरा, मानव सामान्य प्रकृ तिप्रदत्त जीव हो । यसले आफू बाँच्न र अस्तित्वको बोध गर्न समाज बनायो । राज्यव्यवस्था र प्रणाली
बनायो । मूल्य र मान्यताको निर्माण गर्‍यो । अनि यसै प्रणाली र मूल्यहरूमा बाँधिन पुग्यो । अहंको निर्माण भयो । त्यही
जिजीविषामा यसले जीवनलाई बचाइरहेछ । आफू मा महानता बोधको प्रयासमा क्रियाशील छ । यही समाजले निर्माण गरेका
मूल्य र मान्यताको जगमा कोही मानिस महान् भएका छन् भने कोही मूल्यहीन । महान् हुने प्रयासमा मानिसले विभिन्न
कार्यहरू गरेको छ । स्रोत र साधनमाथिको हस्तक्षेप अनि स्वामित्वमा एकाधिकार, शक्ति, सत्ताको निर्माण, ज्ञान, सीप, विज्ञान
र प्रविधिको निर्माण यसैका परिणाम हुन् ।


छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने
कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानव यन्त्र निर्माण
पक्षधरहरूको बीचमा हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनू

मानिसले सिक्न चाह्यो र अर्काेभन्दा आफू लाई श्रेष्ठ बनाउने तथा अहम्को विकास गरी त्यसमा आनन्द लिने, नार्सिसस जस्तै
आफैं ले हेरेर आफैं आनन्दित हुने । इतिहासको कालखण्डमा समाज र राज्य व्यवस्थाले हामीलाई संस्कृ तिका रूपमा धेरै राम्रा
कु राहरू उपहार दिएको छ । त्यही उपहारले आजको नेपाली समाज विविधतामा एकताले भरिपूर्ण छ । सहयोग, सहकार्य तथा
सामाजिक एकता हाम्रा अमूल्य निधि हुन् । आदर्शहरू हाम्रा मूल्य हुन् । त्यसको जगमा हामीले नेपाली संस्कृ ति निर्माण गर्‍यौं
। तर, समयले सधैं राम्रा कु रा मात्र विकास गर्दाे रहेनछ, धेरै खराब कु राहरू संस्कृ तिका रूपमा विकसित भएका छन् । त्यसैले,
हाम्रो मस्तिष्कमा भएका धेरै फोहोर आउँदो दशकमा हामीले सफा गर्नुपर्नेछ ।

छोरा, तिमीले मलाई सोधेका थियौं, ‘शिक्षा भनेको के हो ? अनि यो समाजमा कसरी उपयोगी बन्न सक्छ ?’ वास्तवमा तिम्रो
प्रश्न जति सरल छ, त्यति नै महान् । जीवनको मूल्यबोध गराउनु, मानवीय संवेदना र अस्तित्वको पहिचान गर्न सक्षम बनाउनु,
जीवनका कठिनतम् क्षण, असफलतामा आफू लाई शान्त, सौम्य र शालीन हुन सिकाउनु, जीवन संघर्षमा लड् नुलाई सामान्य
विषय मान्दै नहडबढाइ उठ् ने र सम्हालिएर फे रि हिंड् न सिकाउनु नै वास्तविक अर्थको शिक्षा हो । शिक्षा जीवनको मूल्यलाई
अधिक बनाउने साधन हो । मानवीय मूल्यको सापेक्षमा शिक्षालाई विकास गर्नुपर्छ । सभ्य मानव, समुदाय र समाजको निम्ति
उपयोगी बनाउन र सहज जीवनयापनको गोरेटो बन्नुपर्छ, शिक्षा । त्यसैले, यसका निम्ति विभिन्न प्रयास भइरहेका छन् । सिक्ने
र सिकाउने क्रममा निश्चित शिक्षा प्रणालीको विकास भएको छ । यो निरन्तर प्रक्रिया हो ।

https://www.onlinekhabar.com/2021/07/991891 3/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

मेरो सामान्य
 अनुभव, अनुभूति र सुनेअनुसार नेपालमा २०४० सालभन्दा अघि एस.एल.सी.को  परीक्षाफलमा ENGLISH
उत्तीर्ण
हुनेहरूलाई
१६ साउन २०७८, शनिबार सामान्यतः डिभिजन सोधिंदैनथ्यो । पास र फे ल मात्र जनसरोकारको विषय थियो । ४० देखि ५० को दशकमा

दोस्रो श्रेणीलाई नै उच्च उपलब्धिका रूपमा हेरिथ्यो । ५० देखि ६० को दशकमा पहिलो श्रेणीलाई उच्च उपलब्धिका रूपमा
हेरिन्थ्यो । तेस्रो श्रेणीलाई सामान्यतः कमजोर र दोस्रो श्रेणीलाई मध्यम मानिन्थ्यो । ६० देखि ७० को दशकमा विशिष्ट
श्रेणीलाई उच्च उपलब्धिका रूपमा हेरियो । त्यसभन्दा मुनिका श्रेणीलाई कमै महत्व दिइयो र फे ल हुनेलाई अत्यन्तै
अपमानजनक रूपमा हेर्न थालियो । ७० देखि ८० को दशकमा सबै श्रेणीहरू फिका भए । अंकहरू मूल्यहीन भए । त्यसैले
ग्रेडिङ प्रणालीको विकास गरियो । साथै ‘फे ल’ भन्ने शब्दले मानवीय मूल्यमा अपमान गरेको बोध गरी फे ल हुने प्रणालीलाई
हटाइयो । त्यही रूपमा हेर्दा अब ८० देखि ९० को दशक के हुने त ? अझ त्यसभन्दा पछि के हुने ? अहिले प्रश्नहरू अनुत्तरित नै
छन् । तर अबको दशकमा अंक, श्रेणी, ग्रेड तथा किताबी ज्ञानहरूको युग सकिने निश्चितप्रायः छ । किनकि अबको दशक
भनेको ज्ञानको दशक होइन; विवेक, संवेदना र मानवीय मूल्यको दशक हुने कु रा निर्विवाद छ ।

छोरा, अबको दशक व्यवस्थापनको दशक हुनु अपरिहार्य छ । ज्ञान, सूचना तथा तथ्यांक सबै इन्टरनेटको फराकिलो
नेटवर्क मा अनन्तकालसम्मलाई स्टोर भइसके को छ । अझ आगामी दशकमा प्रविधिले योभन्दा धेरै ठू लो परिवर्तन गर्ने नै छ ।
यसरी हेर्दा आगामी दशकमा किताबहरू हुने छैनन्, रट्नुपर्ने कु राहरू हुने छैनन्, मात्र जीवन भोग्नुपर्ने छ । त्यसैले शिक्षामा
आगामी दशक मानवीय मूल्य, संवेदना र व्यवस्थापनको युग हुनेछ । त्यस बेला शायद पढाइँदैन, बोध गराइन्छ, किनकि
मानवीय मूल्य र संवेदना बोध गर्ने कु रा हो । व्यवस्थापनका लागि विवेक चाहिन्छ, पढेर विवेकको अभिवृद्धि हुँदैन । ठू लो
मान्छे होइन, असल मान्छे बन्नका लागि उत्प्रेरित गरिन्छ । धेरै ठू ला मान्छेहरूले देशलाई बर्बादीको दिशामा लगेको उदाहरण
दिइन्छ, ठू ला मान्छेहरूले गरेका भ्रष्टाचार, दुराचार, अपराधका कथाहरू सुनाइन्छ । अहिलेको कतिपय शहरिया स्कू लहरूले
आफ्नो स्कू लको गुणस्तर राम्रो छ भन्ने देखाउन र परीक्षामा राम्रो नतिजा ल्याउनका लागि लडेको मान्छेलाई उठाउनुपर्छ भन्ने
रटाउँछन् । तर बाटामा लडेको मान्छेलाई कसरी उठाउने भनेर सिकाउँदैनन् । परीक्षामा सोही प्रश्न आउँदा पूर्णांक बराबर अंक
ल्याएको विद्यार्थी आफ्नो जिन्दगीमा वास्तविक रूपमा लड् दा उठ् नै नसक्ने हुन्छ । त्यस्तो शिक्षाको अर्थ छैन भन्ने कु रा
सिकाइनेछ । मान्छेलाई मान्छेको रूपमा चिन्न, श्रमको सम्मान गर्न र विभेद गर्न हुन्न भन्ने बोध गराइनेछ ।

डाक्टर, इन्जिनियर मात्र होइन, यो दुनियाँमा सबै पेशाका मान्छेहरू उत्तिकै आवश्यक छन् । एउटाको अभावमा अर्काेको
अस्तित्व संकटपूर्ण हुन्छ । मानवीय मूल्यका दृष्टिमा सबै बराबर छन् । यदि कसैले आफू लाई अरू मान्छेभन्दा विशिष्ट र ठू लो
ठान्छ भने त्यो पाखण्डी र अनपढ मान्छे हो भन्ने कु रा सिकाइनेछ । किताब पढेर मान्छे महान् हुँदैन, डिग्री भनेको सामान्य
औपचारिक मापन मात्र हो, जीवनका लागि तिनीहरू मूल्यवान होइनन्, इमानदार, जिम्मेवार, जवाफदेही, उत्तरदायी, श्रम गर्ने र
आफ्नो सादृश्यमा अरूलाई बोध गर्न सक्नुपर्छ । जीवन अमूल्य छ तर यसलाई मौद्रिक मूल्यमा हिसाब गर्ने, जीवनलाई
किनबेच गर्ने र वस्तुका रूपमा बुझ्ने मानव सभ्यताका शत्रुहरू हुन् भन्ने बुझाइनेछ । आँखा चिम्लियो भने संसार अँध्यारो
देखिन्छ, त्यसैले आफू ले देखेको कु रा मात्र सधैं सत्य हुँदैन । सत्यका विविध आयाम हुन्छन् । सत्यलाई बोध गर्नका लागि
संवेदनशील र बहुआयामिक हुनुपर्नेछ । दुःख र सुख अनुभूतिजन्य विषय हुन्, यिनको आकार हुँदैन र यी स्थायी पनि हुँदैनन् ।
यी त आफू ले आफैं लाई बोध गर्न नसक्दाका परिणाम हुन् । आफ्नो खुशीमा संसारको खुशी अन्तरनिहित छ, त्यसैले सधैं

https://www.onlinekhabar.com/2021/07/991891 4/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

खुशी रहनुपर्छ
 । शक्ति, सत्ता, सम्पत्ति र प्रतिष्ठाले मानिसलाई अन्धो बनाउँछ । तर यी पानीका फोका
 जस्तै
 हुन्, जुनसुकैENGLISH
बेला
पनि फु ट्न सक्छन् । त्यसैले अबको शिक्षाले यसको प्रयोग सही रूपमा सर्वहितमा गर्नुपर्छ भन्ने कु रा सिकाउनेछ ।
१६ साउन २०७८, शनिबार

अन्त्यमा, छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ र मानव यन्त्रहरू निर्माण
गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा पक्षधर र मानव यन्त्र निर्माण
पक्षधरहरूको हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनू । पैसालाई जीवनको साध्य मान्नेहरू र
त्यसको मेसिनमा मान्छे बनाइरहेकाहरू तिखा नङ् ग्रा र दाह्राहरू सहित त्रासदी इतिहास निर्माण गर्ने होडमा हिंडेका छन् । यस
यथार्थलाई बोध गर्दै यो अत्यन्तै जटिल, पेचिलो र संगीन लडाइँमा सचेततापूर्वक पाइलाहरू चाल्नु । तिमीलाई मेरोतर्फ बाट
अनेक–अनेक शुभकामना ।

उही तिम्रो प्यारो बाबा

डिजन

0 SHARES

नेपाली साहित्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

86% 7% 2%

खुसी दुःखी अचम्मित

5% 0%

उत्साहित आक्रोशित

https://www.onlinekhabar.com/2021/07/991891 5/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

प्रतिक्रिया
 5   ENGLISH

१६ साउन २०७८, शनिबार

भर्खरै
लोकप्रिय
प्रतिक्रिया

सुरज पोखरेल
२०७८ साउन १६ गते १४:३१

मन छोयो । बौद्धिकतालाई तीन घण्टाको कसीमा मापन गर्न सकिदैंन । किताब, कपि र रट्नु मात्र शिक्षाका साधन होइनन् । जीवनले
लिने असली परीक्षाको लागि बालबालिकालाई तयार गर्नु असल शिक्षा हो । motor effect पढेर घरमा भएको मोटर बनाउन
नसक्ने शिक्षाको कु नै काम छैन । अवको शिक्षा प्रयोगात्मक , पारिवारिक , सामाजिक र मानवता उपयोगी हुन जरुरी छ ।
...................................................................................


0
Comments 
3
Likes 
Dislikes 
Report
जवाफ दिनुहोस्

santosh acharya
२०७८ साउन १६ गते १४:३०

महान बाबुको चिठि ऽ समानतामा आधारित समतामूलक समाज निर्माण र मानविय मूल्य मान्यताको हितार्थ ज्ञान र विज्ञानको
उपयोग सम्पूर्ण मानवमात्रको कल्याणमा प्रयोग गर्ने अवस्थाको सुसंस्कृ त समाज र राष्ट्र निर्माणमा सबैको सहभागितामूलक समाज
व्यवस्था निर्माणमा अघि बढ् ने प्रेरणा सबैलाइ मिलोस


0
Comments 
Likes 
Dislikes 
Report
जवाफ दिनुहोस्

Ramesh Bhattarai
२०७८ साउन १६ गते १४:०५

Very nice and emotional presentaion sir.. keep it on.


0
Comments 
Likes 
Dislikes 
Report
जवाफ दिनुहोस्

Prashna
२०७८ साउन १६ गते १३:३६

Dactar Saheb ! K ko matra byapar hudaina yo sansar ma ? Tapai lai jasari yesto baudhik kura lekhna

sajilo bha cha, hami lai yo bhayeara jana tyaitikai nai garho. Ma jasta haru ko khun pasina khane yo

https://www.onlinekhabar.com/2021/07/991891 6/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

samaj, hami pani haba thulo huncham arka ko khun pasina nai khancham, samajle sikako
 ra aafu le ENGLISH

bhogeko kura ho. Badline wala kei xaina, tapai ko santan pani tyastai byapari nai hune xan.
१६ साउन २०७८, शनिबार


0
Comments 
Likes 
Dislikes 
Report
जवाफ दिनुहोस्

लबराज जोशी
२०७८ साउन १६ गते १३:०८

मानवीय मूल्यको मूल्य अमूल्य छ। यस्तै निरन्तरता जाओस।


0
Comments 
2
Likes 
Dislikes 
Report
जवाफ दिनुहोस्

View More Comments

पुरानाम *

इमेल *

प्रतिकृ या *

6-3

पठाउनुहोस

https://www.onlinekhabar.com/2021/07/991891 7/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

 प्रतिकृ या थप्नुहोस्   ENGLISH

१६ साउन २०७८, शनिबार

Hot Properties

तुरुन्त जग्गा बिक्रीमा (सिपाडोल, Residential house for sale House for sale at
भक्तपुर) at Bhairabchaur, chwok, Budhanilk
Rs.2,450,000 Gokarneshwor Rs.110,000,000
Per Aana Rs.15,000,000 Total Amount
Total Amount

ट्रेन्डिङ
महाराजगञ्जमा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

शनिबार एनआरएनए अस्ट्रेलियाको चुनाव, २५२ पदका लागि ४४५ जना उम्मेदवार

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी के न्द्रको सम्पर्क बाहिर


माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन : ओली


कु न खोप सबभन्दा उत्कृ ष्ट छ ?

https://www.onlinekhabar.com/2021/07/991891 8/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

 ५   ENGLISH

१६ साउन २०७८, शनिबार

एसएसबीले तुइनको डोरी निकालिदिंदा महाकाली नदीमा खसे नेपाली नागरिक


दोस्रो अध्यक्षको प्रस्तावमा महासचिव पोखरेलको असहमति !


लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त


नेपालमा लोकतन्त्र होइन, दलतन्त्र चलिरहेको छ


नेम्वाङ-अल्मुतारी विवाद : एन्फाले गुहार्‍यो खेलकु द मन्त्रालय


१०

सम्बन्धित खवर

गोरखा दरबार पुननिर्माणको बाँकी कामको लागत तयार पारिँदै

https://www.onlinekhabar.com/2021/07/991891 9/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार

चीनसँगको सम्बन्ध थप गतिशील बनाउन सुझाव

भारतीयको ज्यादती रोक्न माग गर्दै विद्यार्थी नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

सरकारले सबैलाई छिटो कोरोना खोप दिलाउनुपर्छ : प्रकाशमान

ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण

https://www.onlinekhabar.com/2021/07/991891 10/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार

योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या, तीन अभियुक्त पक्राउ

Advertisment

लोकप्रिय यो
महिना

महाराजगञ्जमा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

शनिबार एनआरएनए अस्ट्रेलियाको चुनाव, २५२ पदका लागि ४४५ जना उम्मेदवार

https://www.onlinekhabar.com/2021/07/991891 11/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

   ENGLISH
लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी के न्द्रको सम्पर्क बाहिर
१६ साउन २०७८, शनिबार

माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन : ओली

माधव नेपाल पक्ष सरकारमा नजाने

दुर्गेशलाई बहिष्कार गर्ने तयारीमा दोहोरीगीत प्रतिष्ठान

सिफारिस
गीतमा वाद्ययन्त्रको धुन भर्नेहरू : गुमनाम तर भ्याईनभ्याई

https://www.onlinekhabar.com/2021/07/991891 12/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी के न्द्रको सम्पर्क बाहिर


   ENGLISH

१६ साउन २०७८, शनिबार

महाराजगञ्जमा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

एसएसबीले तुइनको डोरी निकालिदिंदा महाकाली नदीमा खसे नेपाली नागरिक

लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

पीडितको प्रारम्भिक सूचनामाथि प्रहरीको खेलाँची : कमजोर अनुसन्धानले मर्दैछ न्याय

धेरै कमेन्ट गरिएका


ओलीको घोषणा : बाटो बिराएका सबैलाई ‘आममाफी’
६६
प्रतिक्रिया

विद्युत प्राधिकरणको नाफा आधा घट्यो, चुहावट बढ्यो


६१
प्रतिक्रिया

एमाले फु टाउन अध्यादेश ल्याए आगो बाल्छौं : महेश बस्नेत


५५
प्रतिक्रिया

महाराजगञ्जमा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार


५१
प्रतिक्रिया

वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’


५०
प्रतिक्रिया
https://www.onlinekhabar.com/2021/07/991891 13/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

   ENGLISH

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा


४४
१६ साउन २०७८, शनिबार

प्रतिक्रिया

छु टाउनुभयो कि? सबै

पीडितको प्रारम्भिक सूचनामाथि प्रहरीको खेलाँची : कमजोर अनुसन्धानले मर्दैछ न्याय

पार्टीमा छलफलविनै रवीन्द्र मिश्रले किन ल्याए संघीयता खारेजीको प्रस्ताव ?

‘कर्णाली आऊ डाक्टर बनेर जाऊ’

https://www.onlinekhabar.com/2021/07/991891 14/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार

अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति

+977-1-4780076, +977-1-4786489

news@onlinekhabar.com

अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल

प्रधान सम्पादकः शिव गाउँले

सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४

 

समाचार बिजनेस

समाज बजार
विचार/ब्लग पर्यटन
साहित्य रोजगार
अन्तर्वार्ता बैँक / वित्त
खेलकु द़़ अटो
जीवनशैली/स्वास्थ्य सूचना-प्रविधि
प्रवास
अन्तर्राष्ट्रि य

मनोरञ्जन विशेष श्रृंखला

ब्लोअप संसद विघटन विशेष


गसिप फ्रन्टलाइन हिरोज्
बलिउड / हलिउड चुनावी बहस
भिडियो निर्वाचन २०७४
ताजा समाचार

https://www.onlinekhabar.com/2021/07/991891 15/16
7/31/2021 ‘छोरा, मानवीय मूल्य जोगाऊ है !’  – Online Khabar

   ENGLISH

१६ साउन २०७८, शनिबार


हाम्रोबारे प्रयोगका शर्त विज्ञापन Privacy Policy सम्पर्क

© २००६-२०२१ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

https://www.onlinekhabar.com/2021/07/991891 16/16

You might also like