Untitled Document 1

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 7

- आह्वान कस्तो संगठन हो?

आह्वान भनेको रुसी मार्क्सवादी क्रान्तिकारी लियन ट्रट्स्कीको विचारधारामा आधारित एक संगठन हो, जसको
उद्दे श्य ट्रट्स्कीका विचार तथा सिद्धान्तको प्रवर्धन गर्दै तिनमा आधारित भएर नेपाली कम्यनि
ु स्ट
आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउनु हो।

- बोल्शेभिक-लेनिनवाद भनेको के हो?


बोल्शेभिक-लेनिनवाद भनेको "मार्क्सवाद-लेनिनवाद" को नाम दिइएको मार्क्सवाद र लेनिनवादको भ्रष्टिकृत
स्टालिनपन्थी व्याख्याको विपरित मार्क्सवाद, लेनिनवाद र बोल्शेभिज्मका अन्तर्राष्ट्रवादी र क्रान्तिकारी
सिद्धान्तको निरन्तरता हो।

- लियन ट्रट्स्की को हुन ्?


लियन ट्रट्स्की एक मार्क्सवादी क्रान्तिकारी थिए, जसले लेनिनसँगै सन ् १९१७ मा भएको अक्टोबर क्रान्तिको
सह-नेतत्ृ व गरे का थिए। १९१७ अघिसम्म केही विषयमा लेनिनसँग मतभेद भएको कारण उनी बोल्शेभिक समह ू मा
आबद्ध थिएनन ्। १९१७ सम्म उनी बोल्शेभिक र मेन्शेभिक दव ु ै सम ह
ू बाट स्वतन्त्र आफ्नै अलग सम ह
ू मा रहे । सन ्
१९१७ मा क्रान्तिको दौरान उनको र बोल्शेभिकहरुको विचार तथा कार्यक्रममा एकरूपता आएपछि उनले बोल्सेभिक
पार्टी प्रवेश गरे का हुन ्।
सन ् १९०५ को क्रान्तिको दौरान उनी पेत्रोग्राद सोभियतका अध्यक्ष चनि ु एका थिए, र उनले उक्त क्रान्तिमा पनि
नेतत्ृ वदायी भमि ू का खेलेका थिए। अक्टोबर क्रान्तिपश्चात उनकै नेतत्ृ वमा सोभियत लाल सेनाको गठन भएको
थियो र उनकै नेतत्ृ वमा लालसेनाले प्रतिक्रान्ति तथा नवनिर्मित सोभियत राज्यलाई दबाउन आएका १४ दे शका
सेनालाई परास्त गरे को थियो।
यरु ोपेली क्रान्तिको विफलता र त्यसले ल्याएको सोभियत संघको अलगाव (isolation) को साथै रुसको औद्योगिक
पिछडापनको कारण सोभियत सत्तामा नोकरशाहीतन्त्र हावी हुँदै गएको थियो, जसको नेतत्ृ व स्टालिनले गरे का
थिए। उक्त नोकरशाहीतन्त्रले अक्टोबर क्रान्तिका महत्वपर्ण ू उपलब्धीहरुलाई क्रमिक रूपमा फ्याँक्दै सोभियत
संघलाई प्रतिक्रान्तिको बाटोतर्फ लिएर गएको थियो। स्टालिन र बख ु ारिनको नेतत्ृ वले मार्क्सवाद र लेनिनवादका
आधारभत ू विषयहरूको धज्जी उडाउँ दै "एक दे शमा समाजवाद" र "द ई
ु तहमा क्रान्ति" जस्तो गैर-मार्क्सवादी र
मेन्सेभिक कार्यक्रमको प्रवर्तन गरे का थिए भने कम्यनि ु स्ट इन्टरनेसनललाई विश्व क्रान्तिको अन्तर्राष्ट्रिय
संगठनबाट सोभियत संघको कुटनैतिक आवश्यकता पर्ति ू गर्ने औजारमा परिणत गरे का थिए। यी सबको विरुद्ध
ट्रट्स्कीले सन ् १९२५ दे खि वाम विपक्ष नामक समह ू मार्फ त संघर्ष चलाएका थिए, जसको कारण स्टालिनले उनलाई
सन ् १९२८ मा आन्तरिक निर्वासनमा पठाए भने अर्को वर्ष उनलाई सोभियत संघबाटै निष्काशित गरियो। १९२९
सम्म उनले टर्की, फ्रान्स, नर्वे र मेक्सिकोमा निर्वासित जीवन बिताए, जहाँबाट उनले निरन्तर रूपमा
स्टालिनपन्थी नोकरशाहीतन्त्र विरुद्ध संघर्ष गरिरहे । सन ् १९४० मा मेक्सिकोमै स्टालिनको आदे शमा एक
जासस ु मार्फ त उनको हत्या गरियो।

स्टालिनकालमा ट्रट्स्कीलाई बदनाम गराउन एउटा योजनाबद्ध अभियान नै चलाइएको थियो, जसअनस ु ार
ट्रट्स्कीलाई लेनिनवादका शत्रक ु ा रूपमा प्रस्तत ु गरियो, ट्रट्स्कीवादको माध्यमबाट लेनिनवादलाई विस्थापन गर्न
खोजेको आरोप लगाइयो र "दइ ु तहमा क्रान्ति" र "एक दे शमा समाजवाद" जस्तो गैर-मार्क्सवादी र गैर-लेनिनवादी
"सिद्धान्त" लाई "मार्क्सवाद-लेनिनवाद" को नाम दिई सिद्धान्तकृत गरियो भने ट्रट्स्कीको स्थायी क्रान्तिको
सिद्धान्तलाई लेनिनवाद-विरोधी घोषणा गरि बद्नाम गर्ने कार्य पनि भयो। र सोभियतकालीन राजनीतिक
साहित्यहरुमा यही मिथकहरु दोहोर्याइयो र फलस्वरूप नेपालमा पनि ट्रट्स्कीबारे को पनि सोही मिथकीय धारणा
अझैसम्म पनि व्याप्त रहे को छ। प्रायजसो ट्रट्स्कीका विरोधीहरुले पनि ट्रट्स्कीले लेखेका कुनै पनि रचनाहरु नपढी
सोही मिथकहरुलाई दोहोर्याउने मात्र गर्ने गरे का छन ्। तर आधनि ु क संचारमाध्यमले योभन्दा अघिसम्म हामीसँग
उपलब्ध नभएका सच ू ना, जानकारी तथा साहित्यसम्मको पहुँचलाई निकै सहज बनाइदिएको छ र आगामी
दिनहरुमा धेरैभन्दा धेरै व्यक्तिले ट्रट्स्की, उनका योगदान र उनका सिद्धान्त तथा कार्यक्रमहरूबारे चासो लिएर
उनीबारे फ़ैल्याइएका सबैखाले भ्रमहरुको चिरफार हुने नै छ।
- - ट्रट्स्कीका विचार तथा सिद्धान्त के-कस्ता थिए?
ट्रट्स्कीका सिद्धान्त, विचार तथा कार्यक्रम निम्नलिखित बँद
ु ामार्फ त बझ्
ु न सकिन्छ:

. स्थायी क्रान्ति
स्थायी क्रान्तिको सिद्धान्त ट्रट्स्कीले सन ् १९०४ मा प्रतिपादन गरे का थिए। यस सिद्धान्तअनस ु ार अर्ध-सामन्ती
र औपनिवेशिक दे शहरूमा बर्जु ु वा क्रान्तिको नेतत्ृ व तथा क्रान्तिका कार्यभारहरु परू ा गर्ने काम किसान वर्गको
सहायतामा सर्वहारावर्गले मात्र गर्न सक्छ, किनकि बर्जु ु वा वर्ग एक क्रान्तिकारी वर्ग रहे न, बरु ऊ एक प्रतिक्रियावादी
वर्गमा परिणत भइसकेको छ। तर यसरी एक बर्जु ु वा क्रान्तिको नेतत्ृ व गरी सत्तामा पगु ेर उक्त क्रान्तिका
कार्यभारहरु परू ा गरिसकेपछि सर्वहारावर्गले आफ्नो वर्गीय स्वार्थ पछ्याउँ दै निश्चित रूपमै पँज ु ीवादको संरक्षण
होइन, बरु यसको विनाश गर्नुपर्ने हुन्छ, र यसरी लगत्तै ऊ समाजवादी क्रान्तितर्फ अघि बढ्दै उक्त क्रान्तिका
आधारभत ू कार्यहरुलाई परू ा गर्नुपर्ने हुन्छ।
तर समाजवादी उत्पादन पद्धति एउटा मात्रै दे शमा, र खासगरी एक आर्थिक रूपमा पिछडिएको दे शमा सम्पन्न
हुन सक्दै न। उत्पादनका साधनलाई निरन्तर परिष्कृत गर्दै जानप ु र्ने पँज
ु ीवादको आन्तरिक नियम, श्रमको
विश्वव्यापी विभाजन र भिन्न पँज ु ीवादी दे शका शासकवर्गहरु बीचको वर्गीय सामिप्यताले राष्ट्रिय समाजवादलाई
असम्भव तल् ु याउँ छ। त्यसकारण सर्वहारावर्गले समाजवादी क्रान्तिको सरु ु वात आफ्नो दे शमा गर्छ, तर त्यसलाई
राष्ट्रिय रूपमा मात्रै सीमित गर्दैन, बरु उसले अन्य दे शका सर्वहारा वर्गसँग गठजोड गर्दै क्रान्तिलाई अन्तर्राष्ट्रिय
रूपमा फैल्याउँ छ, र अन्तर्राष्ट्रिय रूपमै समाजवादी क्रान्तिलाई सम्पन्न गर्छ। यसरी यो क्रान्तिको चरित्र स्थायी र
निरन्तर रहन्छ।

विभिन्न थरी दष्ु प्रचार गरिए जसो, स्थायी क्रान्तिले सबै दे शहरूमा एकैपटक क्रान्ति सरु ु गर्ने, र त्यसो नहुन्जेल
एउटा राष्ट्रको सर्वहारा वर्गले पर्खेर बस्नप ु र्ने भन्ने विचार राख्दै न। त्यसको विपरीत, यसले एउटा पिछडिएको
दे शमा पनि कसरी सर्वहारा वर्ग उन्नत पँज ु ीवादी राष्ट्रहरुभन्दा अघि सत्तामा पग्ु न सक्छ भन्ने विश्लेषण प्रस्तत ु
गर्छ। त्यसरी क्रान्ति सम्पन्न भइसकेपछि र उत्पादनका साधनलाई सामाजिकीकरण गरिसकेपछि भने
समाजवादी क्रान्तिको समापन, अर्थात ् समाजवादी उत्पादन पद्धतिको स्थापना गर्न भने एक दे शको मात्र, र
खासगरी एउटा पिछडिएको पँज ु ीवादी दे शको मात्र प्रयासले सम्भव हुँदैन। किनकि कल्पनावादी सामाजवादीहरुको
विपरीत मार्क्सले व्याख्या गरे को समाजवाद भनेको पँज ु ीवादको उच्चतम प्रविधी (technique) र उत्पादक
शक्तिको विकासको आधारमा मात्र सम्भव हुन्छ। नत्र भने मार्क्सकै अनस ु ार, "अभाव मात्र आम बन्दछ, र दरिद्रता
भएको अवस्थामा आवश्यक वस्तह ु रुको लागि संघर्ष तथा सारा परु ाना कुत्सित धन्दाहरु अवश्य नै पन ु रुत्पादित
हुनेछन ्।" (जर्मन विचारधारा)
राष्ट्रिय रूपमा समाजवादको निर्माण गर्न भएका विभिन्न प्रयासका असफलताहरू हाम्रा सामु नै छन ्।
तसर्थ, एउटा पिछडिएको पँज ु ीवादी दे शमा भएको समाजवादी क्रान्तिले आफ्नो आन्तरिक प्रयास, जस्तै
औद्योगीकरण र कृषिको सामहि ू कीकरण मात्र समाजवाद स्थापना गर्न पर्याप्त हुँदैन। यसले अन्य उन्नत
पँजु ीवादी दे शहरुमा पनि क्रान्ति फैलाउनप ु र्ने हुन्छ, किनकि यस्तो दे शको सरु ु वात नै प्रविधी (technique) र
उत्पादक शक्तिको विकासको न्यन ू स्तरबाट हुन्छ। र ती उन्नत दे शका सर्वहारा वर्ग सत्तामा पग ु ेर पँज
ु ीवादबाट
विरासतमा प्राप्त भएको अत्याधनि ु क उत्पादन प्रविधी (technique) को सहयोगमा द्रतु गतिमै उत्पादक शक्तिको
विकास गरी समाजवादी क्रान्तिको समापन, अर्थात ् समाजवादी उत्पादन पद्धतिको विकास गर्न सकिन्छ। होइन
भने सो पिछडिएको दे श अन्तहीन रूपमा उन्नत पँज ु ीवादी दे शहरुलाई भेट्टाउने दौडमा मात्र रहन्छ। किनकि सो
दे शले उत्पादक शक्तिको विकास गरिरहँदा पँज ु ीवाद भने स्थिर रहिरहँदैन, आफूलाई लगातार परिष्कार गर्दै
बढिरहनप ु र्ने यसको आन्तरिक नियम हो।
अन्तर्राष्ट्रिय क्रान्तिको यो अवधारणा दष्ु प्रचार गरिएजस्तो "मार्क्सवाद र लेनिनवाद-विरोधी", "ट्रट्स्कीपन्थी"
नभएर स्वयम ् मार्क्स र लेनिनकै विचारको निरन्तरता हो। यो कुरा सन ् १९२४ मा "एक दे शमा समाजवाद" को
"सिद्धान्त" लागु हुनु अघिको मार्क्स, एंगेल्स, रोजा, बोल्शेभिक पार्टी, लेनिन र स्वयम ् स्टालिनकै दस्तावेजहरु
हे र्दा स्पष्ट हुन्छ।
. सर्वहारा अन्तर्राष्ट्रवाद
सर्वहारा अन्तर्राष्ट्रवाद मार्क्सवादको एक अभिन्न अंग हो। सर्वहारावर्गको आफ्नो कुनै दे श हुँदैन भन्ने मार्क्सको
भनाइलाई आत्मसात गर्दै पँज ु ीवादको विरुद्धको लडाइँ तत्कालीन रूपमा राष्ट्रिय स्तरमा सरू ु गर्नुपर्ने भए पनि
यस विश्वव्यापी व्यवस्था विरुद्ध निर्णायक विजय हात पार्न एक दे शको सर्वहारा वर्गको प्रयासले मात्र पग्ु दै न भन्ने
कुरालाई मनन गर्दै विजयको लागि आफ्नो समान वर्गीय स्वार्थ र उद्दे श्यले जोडेको विभिन्न दे शमा रहे का
सर्वहारावर्गको गठजोड र साझा अन्तर्राष्ट्रिय संघर्षबाट मात्र सम्भव छ भन्ने कुरामा हामी स्पष्ट छौँ। सर्वहारा
अन्तर्राष्ट्रवादको पक्षमा उभिनु भनेको सबैखाले राष्ट्रवाद र "दे शभक्ति" को विरुद्ध उभिनु पनि हो। राष्ट्रवाद र
दे शभक्तिका नारा र कार्यक्रमले समाजमा रहे का विभिन्न वर्गहरुको अस्तित्व र ती वर्गहरु माथि हुने पँज ू ीवाद र
साम्राज्यवादको भिन्न भिन्न असरहरुलाई ढाकछोप गरी ती दई ु वर्गबीचको साझा स्वार्थको कल्पना गर्छ, आफ्नो
बर्जु
ु वा वर्गलाई क ु नै न क ु नै रूपमा प्रगतिशील दे ख्छ र यसरी वर्ग समन्वयवादमा गएर फस्छ। र बर्जु ु वा
दे शभक्तिको विकल्प "सर्वहारा दे शभक्ति" होइन, सर्वहारा अन्तर्राष्ट्रवाद हुनप ु र्छ, किनकि कम्यनिु स्ट आन्दोनमा
दे शभक्तिको प्रवेश "एक दे शमा समाजवाद" भन्ने सिद्धान्तलाई लागु गर्ने क्रममा भएको हो, जब यो नारालाई
एउटा दे शकै मात्र सर्वहारा वर्गले अन्य दे शका सर्वहारा वर्ग बाट स्वन्तन्त्र रही आफ्नो दे शमा मात्रै छुट्टै समाजवाद
निर्माण गर्न सक्छ भन्ने कार्यक्रमका निम्ति प्रचलनमा ल्याइयो र सर्वहारावर्गलाई अन्य सबै कुराभन्दा माथि
आफ्नो "समाजवादी दे श" को स्वार्थ हुन्छ भन्दै तिनमा दे शभक्तिको भावनालाई जागत ृ गराइयो। तर चाहे त्यो
एक उत्पीडित पिछडिएको पँज ु ीवादी होस ् वा क्रान्ति सम्पन्न भएर समाजवाद निर्माणमा लागेको दे श होस ्,
साम्राज्यवादको शोषण र दमनमा परे का दे शहरुको संघर्षलाई दे शभक्ति बिना र अन्तर्राष्ट्रवादको सहारामा पनि
अघि बढाउन सकिन्छ र बढाउनप ु र्छ। "राष्ट्रिय समाजवाद" र त्यसैको उत्पादन "दे शभक्ति", जन ु धेरै
कम्यनिु स्टहरूमा पनि व्याप्त रहे को छ मार्क्सवादको कल्पना बाहिरको कुरा हो। त्यसकारण, हामी मार्क्सवादी
सर्वहारा अन्तर्राष्ट्रवादको पक्षमा दृढ भएर उभिन्छौँ।

साम्राज्यवाद वा विस्थापनवादी उपनिवेशवाद विरूद्ध संघर्षरत उत्पीडित राष्ट्र, जस्तै प्यालेस्टाइन, को सन्दर्भमा
हामी त्यस्तो राष्ट्रिय मक्ति
ु संघर्षको समर्थन गर्छौं, किनकि त्यस्तो मक्ति ु संघर्ष प्रगतिशील हुन्छ। साथै,
उत्पीडित राष्ट्रका श्रमजीवी जनतालाई आफ्नो वर्गीय तथा सांगठनिक स्वतन्त्रता कायम राखी राष्ट्रिय मक्ति ु को
संघर्षमा नेतत्ृ वकारी भमि
ू कामा सामेल हुनप ु र्ने धारणा राख्छौँ। दोस्रो विश्यद्
ु ध र त्यसपश्चात भएका राष्ट्रिय मक्तिु
संघर्षहरु अपवाद बाहे क उपनिवेशवाद माथि विजय प्राप्त गरी राज्यसत्ता ती राष्ट्रका राष्ट्रिय बर्जु ु वा वर्गको हातमा
पगि
ु सक े को कारण पनि "प्रगतिशील राष्ट्रवाद" प्रायः जसो असान्दर्भिक भइसक े को छ। अफ्रिका र एसियाका
उत्तर-औपनिवेशिक दे शका धेरै पँज ु ीवादी अर्थतन्त्र पिछडिएका र पराश्रित रहे पनि विश्व पँज ु ीवादको विकसित
स्वरूप साम्राज्यवाद अन्तर्गत त्यस्तो असमान विकास स्वाभाविक प्रक्रिया हो। तसर्थ, यस्तो परिस्थितिमा
सर्वहारा वर्गले आफ्नो मक्तिु मार्क्सवादको एक अभिन्न अंग सर्वहारा अन्तर्राष्ट्रवादमा आधारित भएर मात्र प्राप्त
गर्न सक्छ।

. वर्गीय स्वतन्त्रता
सर्वहारावर्ग र उक्त वर्गको पार्टीले आफूलाई राजनीतिक रूपमा अन्य बर्जु ु वा पार्टीबाट स्वतन्त्र राख्नप ु र्छ। बर्जु
ु वा वर्ग
र तिनको चिन्तनबाट स्वतन्त्र भइ र बर्जु ु वा वर्गविरुद्धको निरन्तर सं
घ र्ष मार्फ त मात्रै सर्वहारा वर्गले आफ्नो
मक्ति
ु हासिल गर्न सक्नेछन ्।

लेनिन आफैंले त्यागिसकेको बोल्शेभिकहरुको परु ानो कार्यक्रम, "सर्वहारा र किसानको जनवादी अधिनायकत्व",
जसमा पनि उदार बर्जु ु वा वर्गसँग कुनै प्रकारको सहकार्यको कुरा गरिएको थिएन, उक्त कार्यक्रमलाई पनि तोडमोड
गरे र स्टालिन तथा बख ु ारिनले "दईु तहमा क्रान्ति" को कार्यक्रमलाई कम्यनि
ु स्ट इन्टरनेशनल मार्फ त प्रवर्धन गरे ,
जसअनस ु ार चीन, भारत, बेलायत, स्पेन, फ्रान्स, ग्रीस लगायत अन्य धेरै दे शमा विभिन्न समयमा त्यहाँका
कम्यनिु स्ट पार्टीलाई क्रान्तिकारी अवस्था रहे को बेला पनि अन्य बर्जु
ु वा पार्टीसँग गठबन्धन गर्न लगाई क्रान्तिको
सम्भावनालाई नै समाप्त पारियो। त्यसको विपरीत ट्रट्स्कीको सिद्धान्तले यस्तो मेन्सेभीक कार्यक्रमको विरोध
गर्दै बर्जु
ु वा पार्टीसँगको सहकार्य र क्रान्तिको चरण बारे को यान्त्रिक व्याख्यालाई पर्ण
ू त अस्वीकार गर्छ र बर्ज
ु वा वर्ग
विरुद्ध स्वतन्त्र र निरन्तर संघर्षलाई अघि बढाउँ छ।

. श्रमिक जनवाद
एक समाजवादी क्रान्तिको सफलता पश्चात निर्माण गरिने श्रमजीवी वर्गको राज्यमा शासन प्रणाली श्रमिक वर्गको
जनवादमा आधारित हुनप ु र्छ, जहाँ सबै श्रमजीवी वर्गले आफ्ना प्रतिनिधि स्वतन्त्र रूपमा चन्ु न पाउनप
ु र्छ र राज्य
सञ्चालनमा पनि उनीहरूको प्रत्यक्ष भमि ू का हुनपु र्छ। एक नोकरशाही व्यवस्था, जहाँ राज्यका विभिन्न अंगमा
"माथि" बाट आफ्ना विभिन्न स्वार्थका लागि नियक् ु त हुने व्यवस्थालाई पर्ण
ू रूपमा इन्कार गरिन्छ। श्रमजीवी
वर्गको बीच वैचारिक तथा राजनीतिक स्वतन्त्रता हुनप ु र्दछ। यस्तो श्रमिक वर्गको राज्यमा स्वाभाविक रूपमा
बर्जु
ु वा वर्गको लागि कुनै ठाउँ हुनेछैन।

- संक्रमणकालीन कार्यक्रम
क्रान्ति सम्पन्न गर्नको लागि क्रान्तिकारी परिस्थितिको पनि आवश्यकता पर्छ। सामान्यतः पँज ू ीवाद स्थिर रहे को
वा उकालो लागेको अवस्थामा क्रान्तिकारी परिस्थिति दे खापर्दैन। यस्तो अवस्थामा सर्वहारा वर्गको पार्टीले
वैधानिक माध्यमहरुको उपयोग गर्दै श्रमजीवी वर्गको जनजिविकासँग सम्बन्धित विभिन्न मद् ु दाको लागि लड्न
संक्रमणकालीन कार्यक्रमको विकास गर्छ, जन ु कार्यक्रम अन्तत समाजवादी क्रान्तिसँग जोडिन्छ। यस कार्यक्रमले
संसद तथा अन्य वैधानिक मञ्चहरुलाई समाजवादी क्रान्तिको माध्यम मान्दै न, बरु क्रान्तिकारी परिस्थितिको
सिर्जना नभइसकेको अवस्थामा सर्वहारावर्गको जागरूकतालाई बढाउने, तिनको वर्गीय चेतनाको निर्माण गर्ने र
तिनलाई एउटा वर्गको रूपमा संगठित गर्ने माध्यम मान्दछ। यस कार्यक्रमले एक बर्जु ु वा सरकारमा सर्वहारा वर्गको
पार्टीको प्रवेश र बर्जु
ु वा व्यवस्था अन्तर्गतको संसद्लाई समाजवाद निर्माणको माध्यम ठान्ने संसदवादी लाइनलाई
पर्ण
ू त: नकार्छ।

- सोभियत संघको इतिहासप्रतिको दृष्टिकोण


अक्टोबर क्रान्ति विश्वकै अत्याधिक महत्वको घटना थियो, किनकि इतिहासमै पहिलोपटक सर्वहारा वर्गले आफ्नै
राज्यको निर्माण गर्न सफल भएको थियो, जसले संसारभरीका श्रमजीवी तथा उत्पीडित वर्गलाई ठूलो प्रेरणा दिएको
थियो।
तर योभन्दा पहिले उल्लेख गरिए झैं, यरू ोपेली क्रान्तिको विफलता र त्यसले सोभियत संघलाई पँज ू ीवादी विश्वको
बीच एकलाउन पग ु े को अवस्थाको साथै रुसको औद्योगिक पिछडापन र त्यसले निम्त्याएको नै
र ाश्यता, थकान, र
फलस्वरूप, परु ातनवाद (conservatism), र क्रान्तिको अनभ ु व बोकेका बोल्सेभिक पार्टीका अघिल्लो तप्काका
श्रमजीवी वर्गीय सदस्यहरूको ठूलो संख्या गह ृ यद्
ु धमा मारिनकु ो कारण सोभियत संघमा एउटा यस्तो नोकरशाही
तप्काको उदय भयो, जसले बिस्तारै सत्तामा आफ्नो पकड स्थापित गर्न पग्ु यो र यो तप्काले आफ्नो संरक्षकको
रूपमा स्टालिनलाई पायो। सो नोकरशाहीतन्त्रले सोभियत सत्ताको राष्ट्रियकरण गरिएको सम्पत्तिलाई नउल्ट्याई,
बरु त्यसैमा आधारित रहे र आफ्नो लागि राज्य स्रोतको दरु ु पयोग गर्दै, आफूमा विभिन्न सवि ु धा र
विशेषाधिकारलाई केन्द्रित गर्दै आफुलाई सर्वहारावर्गभन्दा माथि पर्या ु यो। यसले अक्टोबर क्रान्तिबाट प्राप्त भएका
धेरै सामाजिक तथा आर्थिक उपलब्धीहरुलाई उल्ट्यायो। सो नोकरशाहीतन्त्र विरुद्ध संघर्ष गर्ने ट्रट्स्कीलगायत
अन्य बोल्शेभिकहरु, अक्टोबर क्रान्तिको समयमा नेतत्ृ वदायी भमि ू का खेलेका नेतादे खि लिएर कार्यकर्ता र आम
जनतालाई विभिन्न झठ ू ा तथा हाँस्यास्पद आरोपहरु लगाएर लाखौँको संख्यामा मारियो वा श्रम शिविरहरुमा
पठाइयो, जहाँको अन्यन्त क्रूर परिस्थितिमा धेरैको मत्ृ यु भयो। यसरी सोभियत संघ एउटा श्रमिक राज्यबाट पतित
श्रमिक राज्यमा परिणत भयो, जसको सामाजिक आधार अक्टोबर क्रान्तिले निर्माण गरे को राष्ट्रिय सम्पत्ति नै
थियो तर जहाँ श्रमिक वर्गको राजनैतिक अधिकार उनीहरूबाट खोसिएर नोकरशाहीतन्त्रमा निहित गरिएको थियो।
। सो नोकरशाहीतन्त्रलाई ट्रट्स्कीले एक राजनीतिक, न कि सामाजिक, क्रान्तिमार्फ त परास्त गरे र सोभियत
श्रमजीवी वर्गमा राजनीतिक शक्ति फेरि फर्काउने नीति लिएका थिए। तर त्यसको लागि उनले सोभियत श्रमजीवी
जनतालाई नै प्रमख ु आधार मानेका थिए। त्यसको साथै उनले दोस्रो विश्वयद् ु ध सरु
ु भएपछि सोभियत संघको
निःशर्त बचावको नीति अख्तियार गरे का थिए। स्टालिनपन्थीहरुले भनेजस्तो हिटलरसँग मिलेर सोभियत संघलाई
नै ढाल्दै पँज
ु ीवादको पन
ु र्स्थापना गर्ने ट्रट्स्कीको उद्दे श्य रहे को भन्ने कुरा सम्पर्ण
ू रूपमा आधारहीन र मनगढन्ते
हो, जसको आजसम्म कुनै प्रमाण फेला पारिएको छै न।

सोभियत श्रमजीवी वर्गको राजनीतिक क्रान्ति गर्नको असमर्थता, अन्तर्राष्ट्रिय क्रान्तिको प्रतिकूल परिस्थिति र
विश्व पँज
ु ीवादको सापेक्षिक स्थिरताको कारण उक्त नोकरशाहीतन्त्र झनै प्रतिक्रान्तिकारी बन्दै गयो र
अन्तत्वगत्वा सोभियत संघकै विघटन गर्दै सोभियत संघमा पँजु ीवादको पन ु र्स्थापना गर्न पग्ु यो।

- नेपाली कम्यनि
ु स्ट आन्दोलन र नेपाली कम्यनि
ु स्ट पार्टीहरुप्रतिको दृष्टिकोण

नेपालमा अहिलेसम्म भएका सबै राजनीतिक क्रान्तिहरुमा कम्यनि ु स्टहरूको ठूलो योगदान र अग्रणी भमि ू का
रहे को छ। २००७ सालको क्रान्तिमा कम्यनि ु स्टहरुको भ मि
ू का सिमित नै थियो। तर जनय द्
ु ध हु ँ दै दोश्रो
जनअन्दोलनसम्म आइपग्ु दा तिनको भमि ू का नेतत्ृ वकारी नै रह्यो। नेपाली कम्यनि ु स्ट आन्दोलन शरु ु भएयता यो
प्रमख ु रूपमा माओवादबाट प्रभावित रह्यो। यसको कारण मल ू तः नेपाली राज्यको अर्ध-सामन्ती चरित्र र
पँजु ीवादको न्यनू विकास र फलस्वरूप सर्वहारावर्गको सीमितता, र प्रमख
ु उत्पीडित वर्गको रूपमा किसान वर्गको
बाहुल्यता थियो। यस्तो अवस्थामा विश्व तथा क्षेत्रीय राजनीतिक परिस्थितिको कारण माओवादले प्रभाव पर्नु
स्वाभाविक नै थियो। यद्यपि तिनको आफ्नै विचारधारामा आधारित कार्यक्रमले नै आन्दोलन पश्चातको
परिणामहरुमा पहिले नै सीमितता तोकिदिएको थियो। त्यसका साथै, नेपाली उदार बर्जु ु वा वर्गको चरित्र सधैँ नै
सम्झौता परस्त रहिआएको कुराको प्रमाण हामी सो वर्गका प्रतिनिधि पार्टीहरुले विभिन्न आन्दोलन तथा
क्रान्तिमा खेलेको भमि ू कामा यथेष्ट रूपमा पाउँ छौँ। तापनि नेपाली कम्यनि ु स्टहरूको अहिलेसम्मको कार्यनीति
"दलाल बर्जु ु वा" वर्गको विपरीत "राष्ट्रिय बर्जु
ु वा" वर्गसँग सहकार्य गरे र जनवादी क्रान्ति सम्पन्न गर्ने रहीआयो। तर
सो "प्रगतिशील राष्ट्रिय बर्जुु वा वर्ग" को अस्तित्व भने जति खोजे पनि भेटिँदैन। विश्वव्यापी रूपमा फैलिएको
पँज ु ीवाद र यसको चरम अवस्था साम्राज्यवादको यग ु मा राष्ट्रिय बर्जु
ु वा वर्गले प्रगतिशील भमि ू का खेल्न सक्दै न,
बरु यो वर्ग प्रगतिको प्रमख ु बाधक शक्ति रहे को हुन्छ। तसर्थ बर्जु ु वा वर्गको "प्रगतिशील" तप्कालाई साथ लिएर
कोरिएको क्रान्तिको खाका धेरै अघि नै असान्दर्भिक भइसकेको छ। भएको बर्जु ु वा वर्गको भमिू का कुन हदसम्मको
प्रतिक्रियावादी रह्यो, त्यो हामीले पहिलो र दोश्रो संविधान सभा र त्यसपछि अहिलेको समयसम्म पनि हामीले
दे खि नै रहे का छौँ।

त्यसकारण, विभिन्न आवरणमा लिइएको रूपमा क्रान्तिकारी तर सारमा वर्ग-समन्वयवादी कार्यक्रमको आधारमा
नेपाली कम्यनिु स्ट आन्दोलन अघि बढ्न नसक्ने कुरा स्पष्ट भइसकेको छ। सबैखाले
सामाजिक-अन्धराष्ट्रवादलाई त्याग्दै सर्वहारा वर्गीय अन्तर्राष्ट्रवादमा आधारित भएर विभिन्न उत्पीडित
जनसमद ु ायको नेतत्ृ वकर्ताको रूपमा सर्वहारावर्गले मात्रै आगामी क्रान्तिको नेतत्ृ व गर्न सक्छ र "आफ्नै" राष्ट्रिय
बर्जु
ु वावर्ग विरुद्धको निरन्तर संघर्ष र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य दे शका सर्वहारा वर्गसँगको
सहकार्यमार्फ त मात्र हामीले आगामी कार्यभार, समाजवादी क्रान्तिको सरु ु वात गरी त्यसलाई टुंगोमा पर्या
ु उन
सक्छौँ।

- नेपाली समाजका विशेषता र अन्तरविरोधहरु


ऐतिहासिक रूपमा नेपाली राज्य र यसको अर्थतन्त्र पछौटे पन र न्यन ू आर्थिक विकासले चिनिएको छ। एउटा
केन्द्रिकृत र सैन्यकृत अर्ध-सामन्ती व्यवस्थाबाट विभिन्न चरणहरु पार गर्दै अहिले यो एक आधनि ु क बर्जु
ु वा
राज्यसम्म आइपग ु े को छ। अहिले पँ ज
ु ीवादी उत्पादन प्रणालीले आम रुप लिइसक े को छ। तर यसका साथै ठूलो
संख्यामा रहे का किसानहरुको जमिनको समस्या अझै पनि व्याप्त रहे को छ। किसानको ठूलो संख्या निर्वाहमख ु ी
खेतीपातीमा संलग्न छन ्, तर पँज ु ीवादको व्यापकताले तीव्र गतिमा तिनको ठूलो संख्यालाई सर्वहाराकरण
गरिरहे को छ र पँज ु ीवादले यसरी आफैलाई झन् ु ड्याउने डोरीको सिर्जना गरिरहे को छ।
यसबाहे क, नेपाली समाजमा अन्य धेरै उत्पीडनहरु व्याप्त रहे का छन ्। यीमध्ये एउटा प्रमख ु भनेको भनेको जात
व्यवस्था हो, जो हाम्रो समाजको "विशेषता" रहिआएको छ। कानन ु ी रूपमा जात व्यवस्था र जातिय विभेदलाई
अपराध करार गरिएपनि जातीय उत्पीडन अझै पनि समाजमा गाढिएर बसेको छ। जातको निहुँमा दलितमाथि
गरिने अत्याचार र हत्यासम्मका घटना बढ्दो अवस्थामा नै छन ्। यसका साथै सर्वहारावर्गको ठूलो तप्कामा पनि
जातिय विभेदले जरो गाढे र बसेको छ। तसर्थ हामीले सर्वहारावर्गका साथै समाजमा रहे का सबै वर्गमा रहे को
जातभेदी चिन्तनलाई निर्मूल पार्न ठोस कदम चाल्दै दलित मक्ति ु को प्रश्नलाई सो विभेदको संरक्षकको रूपमा
रहे को पँज
ु ीवादी सत्ताविरुद्धको केन्द्रित गर्न आवश्यक छ। दलित मक्ति
ु बिना सर्वहारावर्गको मक्ति
ु असम्भव छ
भने समाजवादी क्रान्ति बिना दलित मक्ति ु पनि असम्भव छ।

त्यसको साथै महिला, लैंगिक अल्पसंख्यकका साथै विभिन्न जातिय तथा क्षेत्रीय समद ु ायहरु विरुद्धको उत्पीडन
पनि हाम्रो समाजको यथार्थ रहिआएको छ। महिलामाथि हुने हिंसाका घटनाहरु दिनानदि ु न बढी नै रहे को छ।
पँजु ीवादले महिलालाई सस्तो श्रमको स्रोतमा परिणत गरे को छ भने पारम्परिक रूपमा गर्न बाध्य घरे लु काममाथि
झन ् दै निक श्रमको बोझ पनि थपिदिएको छ। राजनीतिक तथा कानन ु ी रूपमा महिला अधिकारको लागि धेरै
प्रावधानहरुको व्यवस्था गरिए पनि त्यसको उपभोग केही सिमित वर्गका मानिसले मात्रै गरिरहे का छन ् भने
सामाजिक र आर्थिक रूपमा महिलामाथि हुने उत्पीडन जस्ताको तस्तै छ। त्यसैले समाजमा रहे का विभिन्न
महिलाद्वेषी संस्कृति, चिन्तन, व्यवहार र शोषणको विरुद्ध हामीले कडा संघर्ष गर्नुपर्ने आवश्यकता छ। तसर्थ,
महिला मक्ति ु को संघर्षलाई हामीले महिलामाथि हुने शोषण र उत्पीडनको स्रोत - वर्गीय राज्यसत्ताविरुद्ध महिला र
परु ु ष श्रमजीवी वर्गको संयक्
ु त संघर्षकै एक अंगको रूपमा विकास गर्नुपर्ने आवश्यकता छ

साथै, लैंगिक अल्पसंख्यकहरुमाथि हुने सबैखाले उत्पीडनको विरुद्ध पनि हामीले संघर्ष गर्नुपर्ने आवश्यकता छ।
सामाजिक रूपमा उनीहरुमाथि हुने विभेद हामीले समाजका सबै तप्कामा दे ख्न सक्छौँ। त्यसैले हामीले प्रत्यक्ष
रूपमा उनीहरुका यावत ् समस्या तथा उत्पीडनबारे आफूलाई सचेत गराई उक्त समद ु ायमाथिको उत्पीडन
विरुद्धको संघर्षलाई आफ्नो कार्यक्रमको एक अंग बनाउनपु र्छ।

अझै, हाम्रो समाजमा मधेसी तथा अन्य जातिय तथा क्षेत्रीय समद ु ायमाथि लामो समयदे खि उत्पीडन हुँदै आएको छ
भने उनीहरु नश्लभेदको शिकार पनि भएका छन ्। खासगरी मधेसी समद ु ायप्रति यहाँको राज्यसत्ताले निर्माण गरे को
सामाजिक अन्धराष्ट्रवादी चेतना अझै पनि समाजको ठूलो हिस्सामा व्याप्त छ। अर्कोतर्फ , विगतमा भएका मधेस
आन्दोलनमार्फ त मधेसी अधिकारका कुरा सतहमा आएपनि व्यवहारमा ती अर्थहीन सम्झौतामा गएर टुङ्गिए।
मधेसी समद ु ायभित्रका अभिजात वर्ग सधैँ नै राष्ट्रिय सत्ताधारी वर्गका नजिक थिए। मधेस आन्दोलनपछि प्राप्त
आरक्षण र आंशिक समानप ु ातिक निर्वाचन प्रणालीजस्ता केही सिमित प्रावधानहरु पनि मल ू त यही अभिजात
वर्गकै पकडमा पग ु ेका छन ् भने मधेसी समद ु ायभित्रकै अति सिमान्तकृत वर्गहरुको अवस्था जस्ताको तस्तै छ।
तसर्थ, मधेसी लगायत अन्य जातिय तथा क्षेत्रीय समद ु ायभित्रका कामदार वर्गले आफ्नो मक्ति ु को संघर्ष वर्तमान
पँज
ु ीवादी राज्यसत्ता विरुद्ध के न्द्रित गर्न जरूरी छ भने अन्य सम द
ु ायका कामदार वर्गले लगातार रूपमा जातीय
तथा क्षेत्रीय उत्पीडनमा परे का सबै समद ु ायको संघर्षमा ऐक्यबद्धताका साथ प्रत्यक्ष रूपमा सामेल हुनप ु र्छ र सो
विभेद र शोषणको स्रोत पँज ु ीवादी राज्यसत्ता विरुद्धको संघर्षमा संयक् ु त रूपमा उत्रनपु र्छ।

हामी जातीय, भाषिक वा लैंगिक आधारमा सर्वहारा वर्गलाई विभाजन गर्ने प्रवत्ति ृ को विरोध गर्छौं। यस्तो विभाजनले
समाजमा रहे का विभिन्न उत्पीडनलाई ज्युँ का त्यूँ राखी मक्ति
ु को झट ू ो चेतना मात्र दिँ दैन, ती उत्पीडनको कारक
तथा संरक्षक वर्गीय राज्यसत्ता विरुद्धको संघर्षलाई कमजोर र छरपष्ट पनि पार्छ। यसको विपरीत सबै जाति,
लिङ्ग तथा समद ु ायभित्र रहे का कामदारवर्गको एकत्रित प्रयासले मात्र वर्तमान राज्यसत्ता विरुद्धको संघर्षलाई
सफलतामा पर्या
ु उन सकिन्छ।

यसको साथै, विश्व पँज


ु ीवादले निम्त्याएको वातावरणीय संकट पनि प्रमख ु रूपमा कामदार वर्गको लागि र परू ा
पथ्
ृ वीकै अस्तित्वमाथि संक टको रूपमा दे खापरे को छ। पँ ज
ु ीवादले निम्त्याउने अति-उत्पादन र सोको निम्ति प्रयोग
हुने जीवाश्म ईंन्धनको अत्याधिक प्रयोग नै जलवायु परिवर्तनको प्रमख ु कारण हो। तर यो संकटको असर मख् ु य
रूपमा कामदार वर्ग र अन्य पिछडिएका समह ू मा नै परे को छ। अभिजात वर्गसँग यो संकटबाट उन्मक्ति ु पाउन सबै
स्रोत साधनहरु उपलब्ध छन ्। त्यसको विपरित गरिब कामदार वर्ग र किसानहरु भने खडेरी, बाढी,पहिरोजस्ता
प्रकोपहरुको शिकार भइरहे का छन ्। विश्वको कुल कार्बन उत्सर्जनको ७१ प्रतिशत केवल १०० कम्पनीले गर्छन ्।
त्यसकारण, यस वातावरणीय संकटको समाधान यही पँज ू ीवादी व्यवस्थाभित्र र राष्ट्रिय रूपमा मात्र सम्भव छै न।
यसको समाधान आफ्नै सत्ताधारी बर्जु ु वा वर्गमात्र होइन अन्तर्राष्ट्रिय श्रमजीवी भाइचारमा आधारित विश्व
पँजु ीवादी व्यवस्था विरुद्धको अविरल संघर्ष, समाजवादको स्थापना र योजनाबद्ध अर्थतन्त्रको निर्माणबाट मात्र
सम्भव छ।

- वर्तमान परिस्थति र अबको बाटो


अहिले नेपाली समाज एउटा संकटमय अवस्थाबाट गज्रि ु रहे को छ। विश्व पँज ु ीवादी व्यवस्थाको अंग भएसँगै
त्यसका लाक्षणिक असरहरु दे खिन थालिसकेको छ। मल् ू यवद् ृ धि आक्सिएर जनताको दै निक जीवन कष्टकर बन्दै
गइरहे को छ। कोभिड महामारीको साथै अन्य कारणले ठप्प प्राय भएको अर्थतन्त्र अझै पनि आफ्नो पर्ण ू गतिमा
फर्क न सकेको छै न। नेपाल मात्रै होइन अहिले परू ा पँज ू ीवादी विश्व नै एउटा ठू लो आर्थिक संक टको तर्फ अघि
बढिरहे को छ। विश्वका दई ु ठूला अर्थतन्त्रबीचको टकराव र अन्य क्षेत्रीय शक्तिहरुबीचको यद् ु धको अवस्थाले फेरि
पनि विश्वयद् ु धको खतरातर्फ इंगित गरिरहे को छ। समाज परिवर्तन र समद् ृ धिको सपना दे खाएका नेपाली
वामपन्थी पार्टीहरु पँज ु ीवादी राज्य र त्यसका संयन्त्रको मख् ु य पहरे दार भएर बसेका छन ् भने भ्रष्टाचार, बेथिति र
कुशासनलाई पनि काँध थापेका छन ्। आम जनतामा सत्ताधारी पार्टीहरु प्रति वितष्ृ णा र घण ृ ा बढिरहे को छ र यसैको
फाइदा उठाउँ दै दक्षिणपन्थी शक्तिहरुले आफ्नो प्रभाव बढाउन पग ु ेका छन ् र राजतन्त्रको पन ु :स्थापनाको मद् ु दा
जोडदार रूपमा उठाइरहे का छन ्। उक्त समह ू सामाजिक रूपमा बर्जु ु वा व्यवस्थालाई उल्टाउन त असमर्थ छ तर
राजनीतिक रूपमा यसको राजसंस्थाको पन ु :स्थापनाको मद् ु दालाई वर्तमान सत्ताधारी वर्ग र पार्टीकै अकर्मण्यताले
थप मलजल गरिदिएको छ। तसर्थ हाम्रो अहिलेको प्रमख ु काम भनेको सर्वहारावर्गलाई संगठित गर्दै दक्षिणपन्थीका
साथै बर्जु
ु वा वर्गका सबैखाले प्रतिनिधिहरुको विरुद्धमा मोर्चा कसेर वर्ग संघर्षलाई परिस्थिति अनरू ु प अघि बढाउनु
हो। यो कार्य विभिन्न समह ू मा छरिएर रहे का वा संगठित रहे का सर्वहारावर्गले मात्रै गर्न सक्छन ्। उदारवादी
शक्तिहरु संघर्षदे खि जहिले पनि हच्किन्छन ् र सम्झौता परस्ता हुन्छन र भोलि प्रतिक्रियावादी दक्षिणपन्थी
शक्तिहरुसँग पनि उनीहरु सम्झौता गर्न तम्तयार हुनेछन ्। त्यसैले हामीले उदारवादी बर्जु ु वा वर्ग र तिनका
प्रतिनिधिहरूभन्दा भिन्न, वर्गीय रूपमा स्वतन्त्र श्रमजीवी वर्गको अगव ु ाइमा संघर्षका कार्यक्रमको निर्माण गर्दै यस
संघर्षलाई पँजु ीवाद विरुद्धक ै संघ र्षमा विकास गर्दै लग्न प
ु र्ने आवश्यकता छ।
क्रान्तिकारी वर्गको रूपमा कागजमा पहिचान गरिएको तर राजनीतिक कार्यक्रममा भने खासै संलग्न नगराइएको
सर्वहारा वर्ग, जसको संख्या पँज ु ीवादको विस्तारले बढाउँ दै लगिरहे को छ, उक्त वर्गको माझ गएर, तिनका दै निक
जिविकासँग सम्बन्धित समस्याहरूको समाधानको लागि संघर्ष गर्दै, सर्वहारा वर्गलाई एक वर्गको रूपमा संगठित
गर्दै र उनीहरुमाझ समाजवादी विचारहरू फैल्याउने काम गर्दै हामीले न्यन ू तम संघर्षका कार्यक्रमलाई सर्वहारा
क्रान्तिको अधिकतम कार्यक्रमसँग लगेर जोड्नु नै हाम्रो प्रमख ु कार्य हो।

You might also like