Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

जग्गा बहाल सम्झौता पत्र

लिखितम ्‌लिला कृष्ण थापा काभ्रेपलान्चोक जिल्ला: रविओपी गा.वि.स वडा नं. ०७ बस्ने (जसलाई यस
पछि प्रथम पक्ष भनिएको छ) र काभ्रेपलान्चोक जिल्ला रविओपी गा.वि.स वडा नं. ०१ बस्ने सरोज
तिमल्सिना (जसलाई यस पछि द्वितिय पक्ष भनिएको छ) का बीच काभ्रेपलान्चोक जिल्ला रविओपी
गा.वि.स वडा नं. ०७ कि.नं.२१९ (क्षे. फ.०-५-०-०), कि.नं. २४३ (क्षे.फ.१-७-०-२), कि.नं. २२३ (क्षे.फ.०-९-३-
३), कि.नं. ११५४ (क्षे.फ.१-१४-०-०), कि.नं. ६०९ (क्षे.फ.०-१३-०-२) र कि.नं. ७९ (क्षे.फ.०-१-०२) जग्गा
दे हायका शर्तहरुको अधिनमा रही बहालमा लिन दिन दव
ु ै पक्ष मञ्जुर भएकोले यो जग्गा बहाल सम्झौता
लेखी लेखाई सहिछाप गरी एक/एक प्रति लियौं /दियौं ।

१ सम्झौताको बिषय वस्तु:-

प्रथम पक्षको नाममा दर्ता कायम रहे को काभ्रेपलान्चोक जिल्ला रविओपी गा.वि.स वडा नं. ०७
कि.नं.२१९ (क्षे.फ.०-५-०-० ), कि.नं. २४३ (क्षे.फ.१-७-०-२), कि.नं. २२३ (क्षे.फ.०-९-३-३), कि.नं. ११५४
(क्षे.फ.१-१४-०-०), कि.नं.७६५ (क्षे.फ.२-१२-०-०) र कि.नं. ६०९ (क्षे.फ.०-१३-०-२) जग्गा प्रथम पक्षले बहालमा
दिन चाहे को र द्वितिय पक्षले सो जग्गा बहालमा लिई आफ्नो कृषि तथा पशुपंछि व्यावसाय गर्नका लागि
बहालमा लिन दिनदव
ु ै पक्ष मन्जरु गर्दछौ।

२. मासिक बहाल रकम र भुक्तानी प्रक्रिया :-

(१) बहालमा लिन दिन मञ्जुर गरिएको उं क्त जग्गाको बहाल रकम रु ५००००/- (पचास हजार

मात्र) प्रति महिना कायम गरिएको छ । सो रकम द्वितिय पक्षले प्रत्यक महिना अग्रिम रुपमा प्रथम

पक्षलाई बुझाउनुपर्ने छ।

३. द्वितिय पक्षको जिम्मेवारी तथा दायित्व :-

(१) आफूलाई आबश्यक पर्ने विद्युत, टे लिफोन,पानीको महशुल द्वितिय पक्ष आफैले व्यबस्था गर्नु पर्नेछ।

(२) आफूले प्रयोग गर्ने अवधिसम्म जग्गामा, रं गरोगन, सामान्य मर्मत संभार द्वितिय पक्षले आफ्नै

तर्फ बाट गर्नुपर्ने छ ।

(३) द्वितिय पक्षले जग्गा छाडि जानुपर्दा आफूले लिएको अवस्थाको भौतिक स्थितिलाई यथावत कायम

गरिदिनु पर्नेछ तर - द्वितिय पक्षल थप गरे का भौतिक संरचना, ब्लकका सामान, फर्निचर

लगायतका सम्पत्तिहरु आफैले फिर्ता लान पाउने छन ।

(४) व्यवसाय संचालन गर्दा लाग्ने जग्गा बहाल कर द्वितिय पक्षले तिर्नु बुझाउनु पर्नेछ ।
(५) द्वितिय पक्षले फर्मलाई आवश्यक पर्ने अस्थायी संरचनाहरु,पार्टेसनहरु निर्माण गर्न सक्नेछन र सो
पछि फिर्ता समेत लान सक्नेछन ।

४. बहालको अबधि:-

(१) जग्गा बहाल सम्बन्धी संफझौता २०७८ साल चैत्र महिना ०१ गते दे खि लागूहुनेछ ।

(२) यस सम्झौता बमोजिम जग्गा बहालको अवधि तोकिएको मितिले ५(पाँच) बर्षको रहनेछ । थप

अवधिका लागि द्वितिय पक्षले संचालन गर्न चाहे मा सम्झौता नविकरण गरि बहाल अवधि बढाउन

सकिने छ ।

५, सम्झौता बाट हद्न सक्ने व्यवस्था :-

१) यस सम्झौतामा तोकिएको अवधि भित्र प्रथम पक्षले हटाउन पाउने छै न । तर बीचमै सम्झौता

समाप्त गर्नु पर्ने भएमा दव


ु ैपक्षको आपस सहमतिमा गर्न सकिने छ।

(२) सम्झौता अवधि समाप्त नुहँदै द्वितिय पक्षले जग्गा छाडि जानुपर्ने भएमा ३ महिनाको अग्रिम

सूचना दिएर मात्र छाड्न सक्नेछ ।

६. यस सम्झौता-पत्रमा लोखिए दे खि बाहे क अन्य आवश्यकीय कार्य दव


ु ै पक्षको आपसी सहमतिमा गर्न

सकिने छ।

७. यस सम्झौता-पत्रमा लेखिए जतिमा यसै बमोजिम र अन्यमा करार ऐन, २०५६ र अन्य प्रचलित

कानन
ू बमोजिम हुने छ।

८. माथि उल्लेखित सम्पूर्ण शर्तहरु पालैना गर्न हामी करारका पक्षहरु मन्जुर गर्दछौं । कुनै एक पक्षले

उल्लघंन गरे मा मर्का पर्ने पक्षले करार ऐन बमोजिम कानन


ू ी मार्ग अबलम्बन गर्न पाउने छ।

प्रथम पक्ष द्वितिय पक्ष

लिला कृष्ण थापा सरोज तिमल्सिना

काभ्रेपाञ्चोक जिल्ला रविओपी.गा.वि.स वडा नं. ०७ काभ्रपलाञ्चोक जिल्लारविओपी.गा.वि.स वडा नं. ०१

इति सम्बत ्‌२०७८ साल चैत्र महिना २३ गते बिहिबार रोज शभ


ु म-्‌------------------------- ।

You might also like