मनाङको अविस्मरणीय सम्झना

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 6

मनाङको अविस्मरणीय सम्झना

लमुजुङको स्याँगे गाउँ मा रहे को सुन्दर स्याँगे झरनाको दृश्यावलोकन गरे र बाटो लाग्दा
बिहानको आठ बज्न लागेको थियो । बाटोमा पर्ने जगत, च्याम्चे हुँदै लमजुङ जिल्ला
र मनाङ जिल्लाको सिमामा रहे को म्यार्दी खोला कटे र माथि लागे पछि मनाङमा पर्ने
ताल गाउँ को दृश्यले यति मोहित बनायो कि त्यहाँ बसेर सख्
ु खा बनभोज गर्ने योजना
बन्यो । बोकेका खानेकुरा र झोल पदार्थहरु खोलियो र तालको दृश्यावलोकन गर्दै
रमाइलो गरियो । तालबाट मर्स्याङ्दी नदीको तिर पछ्याउँ दै बनेको साँघरु ो सडक भएर
नाचे, धारापानी, ओडारगाउँ , बगरछाप, दानाक्यू, तानचोक, कोटो हुँदै तथा बाटामा पर्ने
मनमोहक बुङ, अक्टोपस, तिमाङ झरनाहरु, नाचेको अग्लो झोलुङ्गे पल ु , दध
ु खोला र
मर्स्याङ्दीको सङ्गमबाट लार्के पास जाने बाटो तथा मानस्लु हिमश्रख
ृ लाको दृश्वावलोकन
गर्दै मध्यान्हको करीब १२ बजे चामे पगि
ु यो ।

मैले साथिहरुलाई भनेँ, “ताल दे खि चामेसम्मको भभ


ु ागलाई तल्लो मनाङ तथा चामे
भन्दा माथि लागे पछिको भभ
ू ागलाई उपल्लो मनाङ भनिन्छ । मनाङको अर्को लक
ु े को
भाग पनि छ जसलाई नारफु भनिन्छ जहाँ जान कोटोबाट दाहिने लागी मर्स्याङ्दी नदी
तरे र नार खोला पछ्याउनु पर्ने हुन्छ ।” चामेमा खाना खाएर अगाडि बढ्ने सल्लाह
बमोजिम होटल खोज्न थालियो । कोरोनाको बेला बल्लबल्ल एकजना होटल साहु नीले
खाना पकाइदिने भइन ् । होटल साहुनीलाई भनेँ, "बरु समय लागोस ् । केही छै न । तर
मनाङ आएर जैविक स्थानीय खाना खानुपर्छ है बहिनी । बरु जैविक झोलझाल के के
छ ल्याउनुस ् । खाना तयार नभइन्जेल खाँदै गरौँ ।"

खाना खाइवरी होटलबाट निस्कँदा दिउँ सोको डेढ बजीसकेको थियो । हामी चामेबाट
अगाडि बढ्यौँ । चामे बजार छाडेर उपल्लो मनाङ लाग्दा मर्स्याङ्दी नदी पल
ु को मख
ु ैमा
लेक लाग्ने कारण र बच्ने उपाय बारे को प्रचार सामाग्री टाँसेको पाईयो । एकछिन लेक
लाग्ने बारे गफ गरियो । बाटोमा पर्ने दक्षिण एसियामै सबैभन्दा ठूलो मनाङको
भ्राताङस्थित एग्रो मनाङ प्रालिको स्याउ फार्म दे खियो जसको लगत्तै डरलाग्दो पहाड
काटे र बनाइएको साँघुरो सडक पार गरे पछि स्वर्गद्वारी पहाड दे खियो । नजिकै सुन्दर
सानो बस्ती ढुकुरपोखरी भेटियो । अघि बढ्दा लोठ सल्लाको विशाल जङ्गल, सुन्दर
पिसाङ ताल, पिसाङ पिक, चुली ईस्ट, तल्लो पिसाङ आदि दे खिए ।

भेटिएका हरे क दृश्य यति मनमोहक थिए कि गाडीबाट ओर्लेर आँखा अघाइन्जेल नहे री
र तस्बिर नखिची अगाडि बढ्न मनले मान्दै नथ्यो । "यहाँबाट माथिल्लो बाटो हिँडरे
तल्लो पिसाङ, माथिल्लो पिसाङ, घ्यारु, ङावल हुँदै मानाङको तल्लो गाउँ भ्राका
निस्कन सकिन्छ । नारबाट काङला पास पार गरे र पनि आइपगि
ु ने ठाउँ ङावल हो ।"
ढुकुरपोखरी पछिको विशाल चौरमा उभिएर मैले साथीहरुलाई भनेँ । मनाङको एयरपोर्ट
हुम्डे पग्ु नु पहिलेको थुम्कोबाट घाम डुब्ने बेलाको उपल्लो मनाङ उपत्यका गजब सुन्दर
दे खिन्थ्यो ।

प्रकृतिको वक्षस्थलमा लुटपुटिँदै र स्थानीय खाना तथा त्यसको सुवासमा लठ्ठ पर्दै गर्दा
समय बितेको पत्तै भएनछ । हामी पग्ु दा उज्यालोमा नै पुग्ने अनुमान विपरीत भ्राका
र मनाङ गाउँ अध्यारोमा डुबिसकेका थिए । मङ्सिरको चिसो महिना तथा कोभिडको
कहरको डरले होला मनाङ गाउँ चकमन्न थियो । बडेमानको ढुङ्गे गेट भन्दा उता
गाडी जाने रहे नछ । साथीहरुलाई गाडी मै बस्न भनेर म सोधपछ
ु गर्न अगाडि बढेँ ।
त्यो बडेमानको ढुङ्गे गेट भन्दा २००-३०० मिटर पहिले नै सडक छे उमा गाडी रोक्ने
ठाउँ बनाइएको रहे छ । सूचना त प्राप्त भयो तर बस्ने ठाउँ को टुङ्गो लागेको छै न ।
कोभिडका कारण हरे क होटल बन्द रहे छन ् । सोधखोज गर्दै जाँदा करिब ५०० मिटरको
दरू ीमा एउटा होटलका साहुजीले खान र बास बस्न दिने भए ।

त्यो सबै व्यवस्थापन गर्न हतारको हिँडाइले होला छाती अलि गह्रुङ्गो र हिँड्न गाह्रो
हुने भइरहे को थियो । आदिकवि भानभ ु क्त आचार्यले, "मान माथि भक्ु तमान थपिदिया
कहिल्यै नघट्ने गरी" भने झैँ होटलमा होटलका स्टाफ नभएका कारण करीब ७००-८००
मिटरसम्म आफै लगेज बोकेर जानुपर्ने भयो । होटलमा पग
ु ेर हलमा पग
ु ेर तातो पानी
खाए पनि सहज अनुभव भइराखेको थिएन । हाईअल्टिच्युड नलागोस ् भन्नका लागि
बेशीशहरमा किनेको औषधीको याद आयो । एक ट्याब्लेट निकालेर खाएँ । तातो पानी
निकै खाँदा पनि अझै गाह्रो महसुस भइराखेको थियो ।
एकजना साथी माथ्लो तल्लामा रहे को बेडरुममा सुत्न जान्छु भनेर उठ्न खोजे । मैले
अहिले नगएर मजाले तातो पानी खाएर तथा त्यहाँको तातो वातावरणमा बसेर पछि
मात्र माथि जाने भन्दा भन्दै उनी हिँडीसकेका थिए । उनी ढोकामा नपुग्दै अचेत भएर
लडे । सबै मिलेर भित्र ल्याएर हलमा रहे को बेन्चमा सुतायौँ । उनको जत्ु ता मोजा
निकालेर तेल लगाइ पैताला रगड्ने काम गरियो । उनका पैताला निकै चिसा भएका
थिए ।

झटपट लेक नलाग्ने औषधी खव ु ाएँ उनले बल्लबल्ल निल्न सके । साहुजीले फापरको
धुलो मन तातो पानीमा घोलेर खुवाए । निकै बेर पछि साथीले आँखा खोले पछि बल्ल
सासमा सास आयो । खासमा उनलाई निकै गाह्रो भएको रहे छ । त्यसैले कोठामा गएर
सुतेमा ठीक होला भनेर जान खोजेका रहे छन ् । मैले भनेँ, "भाग्यले गर्दा यहीँ
लड्नुभएछ । नत्र त माथि कोठामा गएर लेक लागेको भए हामीले चालै नपाउने रहे छौँ
।" त्यो दिन एउटा कुराको ज्ञान भयो, "केही समस्या भएमा साथीभाइसँग बेलैमा
बाँडम
े ा डरलाग्दो परिणति भोग्नु नपर्ने हुनसक्दो रहे छ ।"

ती साथीले जबरजस्ती थोरै खाना खाए । हामीले पनि खाना खायौँ । निकै बेर हलमा
रहे को आगोबाट तताउने बडेमानको फलामे हिटर तापेर हामी सत्ु न गयौँ । ती साथी र
म एउटै कोठामा सुत्यौँ । अर्को साथी एक्लै अर्को कोठामा सुते । ड्राइभर भाइलाई छुट्टै
कोठाको व्यवस्था गरिएको थियो । रात भरि गाँजा खाएको अनुभूति हुने गरी तन्द्रामा
माथि उठाउने र थचार्ने गरी राख्यो । त्यो पनि लेक लागेको लक्षण रहे छ भन्ने कुरा
पछि मात्र थाहा भयो ।

परू ा निद्रा नलागि रात बित्यो । भोलिपल्ट अनिँदोको अनभ


ु ति
ू भए पनि लेक लाग्ने
लक्षण कम भइसकेको थियो । घाम लागे पछि बाहिर निस्कियौँ । घामको तातो बढ्दै
जाँदा जिउ पनि तात्दै गयो । हिजो दे खि लगभग नबोलिरहे का अर्का साथीको बल्ल
बोली फुट्यो, "अव त बाँचिन्छ होला है सर ?" मैले मुस्कुराउँ दै भनेँ, "बाँचिन्छ हौ
बाँचिन्छ । सास फुस्किन कहाँ त्यति सजिलो छ र ?"
हामी मनाङ गाउँ घुम्न निस्कियौँ । शुरुमा दाहिने लागेर थारङ्ला पास जाने बाटो तर्फ
करिब आधा घन्टा जति उक्लियौँ । त्यस पछि तल झरे र खाङ्सार गाउँ तिर करीब डेढ
घन्टा जति हिड्यौँ । फर्कँ दा बाटोबाट गंगापूर्ण ताल जान मर्स्याङ्दी नदी तरे र उकालो
चढ्नु पर्थ्यो । म जसरी पनि त्यो ताल जान चाहन्थेँ । तर साथीहरुले जाने ईच्छा
दे खाएनन ् । म र ड्राइभर भाइ जाने भयौँ । बिस्तारै उकालो उक्लिँ दै र सुस्ताउँ दै हामी
उकालो चढ्दै थियौँ । हिजोको लेक लागेको त्रास अझै बाँकि थियो । अलिअलि सास
फुल्दा साथ म रोकिन्थेँ । गंगापर्ण
ू ताल पगि
ु यो ।

जमेर तालको पानी बरफ बनेको थियो । मनाङ गाउँ को दक्षिण पश्चिम अवस्थित त्यो
तालबाट गंगापूर्ण हिमनदी र गंगापूर्ण हिमाल हातले छुन सकिएला झैँ नजिक दे खिन्थे
। शुरुमा तालको छे उमा पुगेँ । मुठ्ठीले बजाएर हे रेँ । निकै कडा रहे छ । थोरै पर पुगेँ ।
तर फेरी फर्के र आएँ । मलाई थाहा थियो कहिँ कुनै कमजोर भाग रहे छ र त्यो भाग
फुटे मा मेरो ईहलिला त्यहीँ समाप्त हुन सक्थ्यो । मुहानमा रहे को खाली ठाउँ बाट भित्र
पसेको हावा जमेको बरफको सतहमा ठोक्किँदा आएको आवाज हिउँ चितव ु ाको आवाज
हो कि भन्ने भान दिन्थ्यो ।

म त्यो जमेको ताल माथि अझै परसम्म जाउँ कि नजाउँ भन्ने दोधारमा थिएँ । त्यति
टाढा पुगेर प्राप्त त्यो अवसर म छुटाउन चाहँदैनथेँ । तर मनको कुनै कुनामा डर पनि
लागेको थियो । मैले परिगणित (क्याल्कुलेटेड) जोखिम लिने निर्णय लिएँ । मनमा डर
रहे पनि जति टाढा पग्ु थेँ म त्यति रमाइरहे को थिएँ । जीवनका अनेकौँ अनौठा
अनुभवहरु मध्ये तालको जमेको बरफ माथि हिँड्दाको मेरो त्यो अनुभव अविस्मरणीय
क्षणका रुपमा मानसपटलमा बसेर रहे को छ ।

हिमाल पारीको जिल्ला मनाङमा भोटे , गरु


ु ङ घले, लामा र दलितहरुको बसोबास रहे को
पाइन्छ । उपल्लो र तल्लो गरी दई
ु भागमा बाँडिएको मनाङमा फरक फरक संस्कृती,
भेषभुषा र रहनसहन पाइन्छ । पश्चिममा दामोदर हिमश्रङ्
ृ खला, पूर्वमा मनास्लु
हिमश्रङ्
ृ खला, दक्षिणमा अन्नपूर्ण हिमश्रङ्
ृ खला र उत्तरमा तिब्बत तथा पेरी र चिन
हिमालले घेरिएर रहे को मनाङलाई मर्स्याङ्दी नदीले लगभग बिचबाट चिरे र बगेको छ ।
मर्स्याङ्दी नदीको कारण उपल्लो मनाङमा सुन्दर उपत्यकाहरु बनेका छन ् भने
मनाङका प्राय: बस्तीहरु मर्स्याङ्दी नदी किनारमा रहे का छन ् ।

चारै तिर दन्त लहरझैं फैलिएका हिमश्रख


ृ ंला, अग्ला पहाड, नदी खोला, मनमोहक
झरना, लोठ सल्ला र धुपीको जंगल तथा बौद्धमार्गीहरुको संस्कृतिको धनि मनाङ
जिल्ला अत्यन्त मनमोहक प्रकृतिले भरिपूर्ण छ । मर्स्याङ्दी नदीको उद्गम स्थल
विश्वको सबैभन्दा अग्लो तिलिचो ताल, मनाङ मुसताङको सिमामा रहे को विश्वको
सबैभन्दा अग्लो थारङ्ला पास र मनाङ गोर्खा सिमामा रहे को अर्को अग्लो लार्के पास
मनाङ जिल्लाका अन्य आकर्षण हुन ् ।

मनाङ जिल्लामा आल,ु गहुँ, जौ र तल्लो मनाङका केहि गाउँ मा मकै खेती पनि हुन्छ
। तल्लो मनाङका बासिन्दाहरु कृषि र पशप
ु ालन व्यवसायमा लागेको पनि भेटिन्छन ् ।
तर अचम्मलग्दो चाहिँ के हो भने नदी र ताल छे उका भूगोलमा प्रशस्त पानी भएर
पनि मनाङमा माछा पाईंदै न तथा धान खेती हुँदैन । अग्ला पहाड र हिमालको फेदीका
घाँसे मैदान र अन्य बनजंगलले ढाकेको क्षेत्रमा बहुमूल्य जडीबुटी पाइन्छ । मनाङका
मुख्य बस्तीहरुमा पर्यटकहरुको लागि सुविधाजनक होटलहरु सन्चालनमा रहे का छन ् ।
हिमाल, प्राकृतिक वातावरण, हिमाली वन्यजन्तु, बहुमूल्य जडिबुटी, जैविक विविधता,
स्थानीय रहनसहन, विश्व प्रसिद्ध ताल, झरना, भञ्ज्याङ, नागवेली आकारमा बग्ने
मर्स्याङ्दी नदी आदिले मनाङलाई एकपटक पग
ु ।नु पर्ने ठाउँ बनाएका छन ् ।

मनाङ जिल्लामा गोरखा जिल्लाको सामागाँउबाट लार्के पास हुँदै, कास्की जिल्लाको
सिक्लेस गाँउबाट तिमाङ लेक हुँदै, मुस्ताङको मुक्तिनाथ मन्दिरबाट थोराङ्ला पास हुँदै
प्रवेश गर्न पनि सकिन्छ । तर बाक्लो हिउँ जम्ने हुँदा हिउँ दमा यी नाकाहरुबाट प्रवेश
गर्न सम्भव छै न । सबैभन्दा सुगम बाटो लमजुङको बेसिशहर हुँदै मस्र्याङदीको तिर–
तिरै हो जुन भूगोल भएर मोटरबाटो निर्माण भएको छ ।

पथ्
ृ वी राजमार्गमा पर्ने तनहुँको डुम्रेदेखि लमजङ
ु को बेंसीसहरसम्म ४२ किमी कालोपत्रे
सडक रहे को छ । बेंसीसहरदे खि मनाङ सदरमक ु ाम चामे ६५ किमी र चामेदेखि
खाङसार ३१ किमी दरू ीमा रहे को छ । मनाङ गाउँ चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य
हो भने त्यहाँबाट पश्चिम लागेर पुगिने खाङसार तिलिचो ताल जाने बाटो हो ।

You might also like