Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 6

ईस्कोन तिलोत्तमा गौशाला व्यवस्थापन

प्रस्तावना

ईस्कोन तिलोत्तमा गौशाला


तिलोत्तमा १ र ८ शान्तिनगर
पृष्ठभूमि
गाईलाई माताको रुपमा पजु ा गर्ने गरिए पनि नेपालमा छाडा गाईगोरुको समस्या बढिरहेको छ । आफ्नै आमासमान
गौमातालाई दधु आउन्जेल पाल्ने र दधु आउन छाडेपछि सडकमा र जंगलमा छोडिदिने प्रवृत्तिले विविध समस्याहरु
निम्त्याएको छ । यसै कुरालाई मध्यनजर गरी तिलोत्तमा नगरपालिका १ र ८ शान्तिनगरमा तिलोत्तमा गौशाला स्थापना
गरिएको कुरा सर्वविदितै छ ।तर गौशालाको व्यवस्थापकीय पक्ष कमजोर भएको कारण भएको निर्णयपछि विगत ३
बर्षदेखि यस गौशाला अन्तर्राष्ट्रिय कृ ष्णभावनामृत संघ ईस्कोनले गौशालामा गाईहरुको उचित पालनपोषण तथा
हेरचाह गर्दै आएको छ । विगतमा गाईहरुले पेटभरी घाँस, दाना तथा पानी खान नपाउने समस्यालाई निर्मुल गरी ईस्कोन
नेपालले समर्पित भावले गौ सेवा गरिरहेको छ । हाल ४ विगामा अवस्थित यस गौशालामा ईस्कोन नेपाललाई
हस्तान्तरण गरे को बर्षमा करिव १०० को सख्ं यामा गौमाता रहेकोमा हाल उक्त संख्या दोव्वरले वृद्धि भई २०० भन्दा
माथि पगु ेको छ । दैनिक सडक तथा जंगलमा छाडा छाड्ने गाईको संख्या वढ्नाले तिलोत्तमा लगायतका क्षेत्रमा सडक
दर्घु टनाको समेत वृद्धि हुने सम्भावना देखिएको छ । राष्ट्रिय जनावर तथा धार्मिक रुपले पजू नीय मानिने गौमातालाई
यसरी सडकमा छाड्नु अमानवीय भएकोले नेपाल सरकारले समेत यसलाई अत्यन्त सम्वेदनशिल विषयको रुपमा लिई
गौमाता व्यवस्थापनमा विशेष कार्य गर्नु जरुरी छ ।
हाल गौशालामा गौमाताको संख्या वृद्धि भईरहेकोले गौशाला क्षेत्र वृद्धि गर्न विशेष जोड गर्नुपर्ने आवश्यकता
देखिन्छ । ईस्कोन तिलोत्तमाले गौमाताको रक्षार्थ गौशालालाई व्यवस्थित ढङ्गले संचालन गर्न विभिन्न कार्यहरु गर्दै
आएको छ । गौशालाको प्रवर्द्धनको माध्यमवाट औषधिजन्य सामाग्री उत्तपादन गर्न सडकजन्य दर्घु टना कम गर्न र दग्ु ध
उत्पादनका क्षेत्रमा तिलोत्तमा नगरपालिकालाई आत्मनिर्भर वनाउने जस्ता कार्यहरु गर्न सकिन्छ ।
उद्देश्यहरु
१. छाडा चौपायको उचित पालनपोषण तथा स्वास्थ्योपचार गर्ने ।
२. घरपालवु ा पशहु रुलाई सडकमा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने ।
३. सडकमा रहेका गाईहरुको उचित संरक्षण गरि सडक दर्घु टना कम गर्ने ।
४. स्थानीय जातका परु ाना प्रजातिका गाईहरुको संरक्षण र नश्लसधु ार गर्ने ।
५. cow Tourism को विकास गरि तिलोत्तमा क्षेत्रलाई मौलिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।

कार्यक्रमहरु
१. गौशालाको भविश्य सुनिश्चितताका लागी जग्गा व्यवस्थापन
यस ईस्कोन तिलोत्तमा गौशालामा गौमाताको संख्या दिन प्रतिदिन बढ्दै गएको (बार्षिक करिव १०० वटाको
संख्यामा वढ्ने गरे को) छ तर ईस्कोन तिलोत्तमा गौशालाको जग्गा सनिु श्चत नभएको अवस्था छ । गौशालाको जग्गा
नेपाल सरकारका विभिन्न परियोजनाका कारण यस गौशालाको अस्तित्व खतरामा पर्ने देखिएको छ । तसर्थ यसको
संरक्षणको लागि तिलोत्तमा गौशालालाई आवश्यक जग्गाको सनि ु श्चिततालाई पहिलो प्राथमिकता दिनपु र्ने देखिन्छ ।
नेपालि सरकारले गौशालाको लागि जग्गा व्यवस्थापन कार्यलाई मख्ु य रणनीतिको रुपमा लिई यस गौशालाको लागी
आवश्यक जग्गा व्यवस्थापन गर्न सके गौशालामा रहेका गौमाताका लागि पर्याप्त चरन क्षेत्र हुन्छ साथै भौतिक पर्वा
ू धार
विकाशका लागि आगामि वर्षमा उत्कृ ष्ट योजनाहरु छनौट गर्न समेत सहयोग पग्ु छ ।

२. गाईहरुको उपचारको लागि पशु अस्पतालको स्थापना


हाल ईस्कोन तिलोत्तमा गौशालामा यस तिलोत्तमा नगरपालिकाका छाडा चौपायाको व्यवस्थापन तथा स्याहार
ससु ार हुदै आएको र सडकवाट उद्धार गरे र ल्याईएका गाईहरु घाईते अवस्थापा समेत आउने र गौशालामा उपचारको
लागि आवश्यक स्रोत साधन र यस नगरपालिकामा उपचारको लागि प्रयाप्त संरचनाको समेत अभाव भएका कारण
स्थानीय वासीहरुले समेत उपचारको लागि समस्या भोगिरहेका छन् । पशु चौपायको उपचारको लागि सवि ु धासम्पन्न
पशु अस्पतालको आवश्ययकता रहेको छ । यस गौशालामा पशु अस्पतालको स्थापनाले तिलोत्तमा नगरपालिका
लगायत वरपरका क्षेत्रमा घाईते छाडा चौपायाको सजिलै उपचार गर्न सकिने तथा स्थानीय वासिन्दाहरुले समेत उचित
लाभ लिन सक्ने देखिन्छ ।

३. Digital Park को स्थापना


स्थानीय स्तरका गाईहरु लोप हुदै गईरहेको अवस्थामा हालक नयाँ पिढीलाई स्थानीय प्रजातिका गाईहरुको वारे मा
कम जानकारी भएको तथा शहरी क्षेत्रमा जानकारी नै नभएको सर्वविदितै छ । यस्तो अवस्थामा नेपाली प्रजातिका
गाईलाई नेपालमा मात्र नभई विश्वस्तरमै चिनाउन गाईको प्रजातिको परिचय खल्ु ने गरि Digital Park स्थापना गर्ने
र उक्त क्षेत्रलाई मनोरन्जन सहित ज्ञानको क्षेत्रको रुपमा समेत स्थापना गर्न सकिन्छ । हाल मानिसहरुमा बढ्दै गएको
मानसिक तनाव कम गर्न विभिन्न देशहरुले प्रयोगमा ल्याएको COW CUDDLING THERAPY ( गाई संग
समय विताई मानसिक तनाव कम गर्ने ) पद्दतिको समेत विकास गरि मानिसहरुमा हुने नैराश्यता तथा मानसिक तनाव
कम गरि आनन्दको अनभु ति ु दिलाउन सकिन्छ ।

४. गौशाला जाने वाटोमा सडक वत्ती जडान


सडकमा छाडिएका गाईहरु रातको समयमा समेत गौशालामा ल्याईने र विभिन्न समयमा विद्यतु मा आउने
समस्याका कारण गाईको हेरचाह तथा उपचारको लागि समस्या हुने देखिएकाले गौशाला जाने वाटोमा सडक वत्ती
जडान गर्न र रातको समयमा समेत गाईको हेरचाह, उपचार लगायत गौशालामा आवतजावतमा सहजता ल्याउन
आवश्यक देखिन्छ ।

५. सग्रं हालयको स्थापना


"गौरक्षा संगै पर्यटन" भन्ने नारालाई आत्मसात गर्दै स्थानीय तहमा परापर्वू काल देखि प्रयोग हुदै आएका र
हाल प्रविधिको विकासका कारण लोप हुने अवस्थामा रहेका ठे का, ठे की, मदानी, ढीकि, जाँतो, हलो, जवु ा, नाङ्लो
जस्ता सामाग्री, नेपालका लोपउन्मख ु प्रजातिका गाई, भैसी, भडा, बाख्राहरुका परिचय खल्ु ने तस्विर लगायत स्थानीय
जातजाती र भेषभसु ा संग सम्वन्धित सामाग्री सहितको संग्रहालयको स्थापना गरि स्थानीय संस्कृ ति जगेर्ना र पर्यटन
प्रवर्द्धन समेत गर्न सकिन्छ । स्थानीय स्तरमा लोपहुदँ ै जान लागेका संकृति, प्रथा, रितिरिवाज आदिको जगेर्ना गर्न र
गौशालालाई साँस्कृ तिक के न्द्रको रुपमा विकाश गरी यवु ा पस्ु तालाई आफ्नो संकृतिप्रति आकर्षित गरी संकृतिको
संरक्षणको लागि प्रोत्साहन प्रदान गर्न मौलिकता सहितको संग्रहालयको स्थापना गर्नुपर्ने देखिन्छ । साथै यसले स्थानीय
पर्यटनको प्रवर्द्धन हुन जान्छ ।

६.गौशाला सम्म जाने बाटो स्तरोन्नती :


तिलोत्तमा नगरपालिकामा छाडा रुपमा भेटिएका गौमातालाई ईस्कोन तिलोत्तमा गौशालाले तरुु न्न उद्धार गरी
गौशाला सम्म पर्या
ु ई आवश्यक उपचार तथा स्याहार गर्ने गरे को छ । तिलोत्तमा गौशाला सम्म जाने सडक पिच
नभएको कारण वर्षाको समयमा गौमातालाई गौशालासम्म पर्याु उन र सवारी साधन आवत जावत गर्न असहज हुने
गरे को छ । तसर्थ उक्त बाटोको स्तरोन्नती गरी वर्षाको समयमा गौशाला जादा तथा गौमातालाई उद्धार पश्चात गौशाला
सम्म पर्या
ु उदाको असहज परिस्थितिलाई सहज वनाउनपु र्ने देखिन्छ ।

कार्यक्रमहरुको अनुमानित खर्च :


क्र सं कार्यक्रमको शिर्षक अनुमानित लागत कै फियत
१. गौशालाको भविष्य सनि ु श्चितताका ० मन्त्रिपरिषद् निर्णयवाट ईस्कोन
लागि थप जग्गा व्यवस्थापन तिलोत्तमा गौशालाको नाममा
उपलव्ध गराउनु पर्ने ।
२. गाईहरुको उपचारको लागि पशु १०००००००। (एक करोड मात्र)
अस्पतालको स्थापना
३. Digital Park स्थापना ३००००००। (तिस लाख मात्र )
४. गौशाला जाने वाटोमा सडक वत्ती १५०००००। (पन्ध्र लाख मात्र)
जडान तथा गौशालामा वैकल्पिक वत्ति
जडान ।
५. सग्रं हालयको स्थापना ३००००००। (तिस लाख मात्र)
६. गौशालामा जाने बाटो स्तरोन्नती ७००००००। (सत्तरी लाख मात्र)
कुल अनुमानित लागत २४५०००००।(दुई करोड
पैतालिस लाख मात्र )
मिति : २०७८।१०।१९
विषय : प्रस्ताव पेश गरे को सम्वन्धमा ।
माननिय ज्यू

महोदय, प्रस्ततु विषयमा तिलोत्तमा नगरपालिका स्थित ईस्कोन तिलोत्तमा गौशालाको भविष्य सनि ु श्चितताका
लागि जग्गा व्यवस्थापन लगायत गौशालामा अन्य आवश्यक पर्वा ू धार व्यवस्थापनका लागि तयार गरिएको प्रस्तावना
पाना ५(पाँच) यसै पत्रसाथ संलग्न गरी पठाईएको छ । नेपालको राष्ट्रिय जनावरको रक्षा तथा तिलोत्तमा
नगरपालिकाको गौरवको रुपमा रहेको ईस्कोन तिलोत्तमा गौशालाको संरक्षणमा के न्द्रित उक्त प्रस्तावना प्रति यहाँको
सकारात्मक विचारको अपेक्षा गर्दछु साथै यथाशिघ्र कार्यवाहीको आशा गर्दछु ।

You might also like