Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 8

किन समयमा परू ा हुँदैनन ् विकास निर्माणको काम

केशवकुमार शर्मा

पर्वा
ू धार निर्माण आयोजनाहरुको कार्यान्वनमा भैरहे को ढिलाईले दे श विकासमा अपेक्षित गति लिन नसकेको
गन
ु ासो सबै तिरबाट सनि
ु ने गरे को छ। हुन पनि थप्र
ु ै विकास निर्माणका आयोजनाहरु पर्व
ू निर्धारित
समयमा सम्पन्न हुन नसकेका उदाहरण छन ्। विकास निर्माणका यस्ता आयोजनाहरु पर्व
ू निर्धारित
समयमा सम्पन्न हुन नसकेको प्रसंग उठाउँ दा दई
ु वटा परिवेशलाई ध्यान दिन वा विश्लेषण गर्नु उपयक्
ु त
हुन्छ।

पहिलो निर्माण कार्य पूरा गर्न निर्धारण गरिएको  समयावधिको उपयुक्तता र  दोस्रो निर्धारित समयावधि
भित्र काम सम्पन्न हुन नसक्नुका कारणहरु।

पहिलो कुरा गर्दा निर्माण कार्यको समयावधि निर्धारण कुन आधारमा गर्ने भन्ने कुरा आउँ छ। कुनै पनि
ठे क्का वा निर्माण कार्य सम्पन्न हुन त्यो कार्य भित्रका सम्पुर्ण क्रियाकलापहरु सम्पन्न भएको हुनुपर्छ। ती
सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्न लाग्ने समग्र समय नै आयोजना पूरा गर्न लाग्ने समय हो भन्ने बुझ्नु
पर्छ।  

प्रत्येक क्रियाकलाप ् परू ा गर्न लाग्ने समय ती क्रियाकलापमा लाग्ने जनशक्ति, निर्माण सामग्री र मेशिन
औजारको परिमाण र तीनको उपलब्धता; अनि उक्त कार्य गर्न अपनाइएको निर्माण प्रविधि ले निर्धारण
गरे को हुन्छ।  

यसका लागि 'क्रिटिकल पाथ मेथड'(सिपिएम) र 'प्रोजेक्ट इभ्यालए


ु सन एण्ड रिभ्यु टे क्निक'(पिइआरटी)
जस्ता निर्माण व्यवस्थापनका औजारहरु प्रयोग गरिन्छ । यसका लागि 'एम एस प्रोजेक्ट', 'टिम ग्यान्ट' र
'प्रिमा भेरा' जस्ता कम्प्युटर प्रोग्रामिङमा आधारित सफ्टवेयरहरु पनि उपलब्ध छन ्।

विकसित मुलुकहरुमा हालका दिनहरुमा यी विधिहरु प्रयोग गरिने गरिएको भएतापनि विश्वकै थुप्रै
दे शहरुमा निर्माण समयावधि निर्धारण गर्दा यस्ता आधारमा भन्दा पनि विगतको अनुभवकै आधारमा गर्ने
विधि 'जजमेन्टल मेथड 'नै बढी प्रचलनमा छ ।

हाम्रो दे शमा अधिकांस आयोजनाहरुमा अझै पनि सिपिएम र पिइआरटीको कुरै छाडौ 'जजमेन्टल' भन्दा
पनि बैज्ञानिक विश्लेषण बिना नै उक्त आयोजनाको आवश्यकता वा उपलब्ध श्रोत (आन्तरिक, वैदेशिक
अनुदान वा ऋणको उपलब्ध  समयावधि) लाई आधार मानेर हचुवा तरिकाले गर्ने प्रचलन को ब्यापकता
छ भन्न सकिन्छ।

त्यसैले  नेपालको परिप्रेक्ष्यमा कतिपय आयोजना समयमा सम्पन्न हुन नसक्नुमा उक्त आयोजना
सम्पन्न गर्न दिएको म्याद उपयुक्त नहुनुलाई पनि मान्न सकिन्छ। उदाहरणका लागि जटिल कार्यक्षेत्र,
ठुलो आकार र अगाडिको अनुभवलाई आधार मान्न सकिने अवस्था नभएको कारणले माथिल्लो
तामाकोशी, मेलम्ची, काठमाडौँ- तराई द्रत
ु मार्ग जस्ता आयोजनाहरु।

नेपालको सार्वजनिक निर्माण क्षेत्रमा आयोजना सम्पन्न हुनमा भएका ढिलाईका लागि माथि उल्लिखित
दई
ु वटा  मध्ये पहिलो भन्दा दोश्रो परिवेशको भूमिका बढी हुने भएकाले 'निर्धारित समयावधि भित्र काम
सम्पन्न हुन नसक्नुका कारणहरु' मा प्रमुख सरोकारवालाहरु बीच पर्याप्त छलफल र विश्लेषण गरी
समाधानका उपाय पत्ता लगाई नीतिगत तथा कार्यान्वयन स्तरमा सुधार गर्न अझ बढी सान्दर्भिक हुन्छ।

आयोजना कार्यान्वनमा ढिलाईका कारणहरु 


नेपालमा सार्वजनिक निर्माण आयोजनाहरु समयमा सम्पन्न हुन नसक्नुमा विभिन्न कारणहरु रहे का छन ्।
ती मध्ये प्रमुख रुपमा निम्न लिखित बिषयहरुमा रहे का कमि कमजोरीलाई उल्लेख गर्न सकिन्छ ।

१.पर्वू तयारीको चरण परू ा नहुँदै कार्यान्वनमा जानु


पूर्वाधार निर्माण आयोजनाहरु स्थलगत रुपमा कार्यन्वयन गर्नु अगाडि थुप्रै तयारीका कामहरु सम्पन्न
भएको हुनुपर्छ।  

जसमा डिजाइन वा नक्सामा कुनै पन


ु रावलोकन,वातावरणीय तथा सामाजिक अध्ययन प्रतिवेदनको
स्वीकृति, आयोजनाको लागि आवश्यक पर्ने जग्गा प्राप्ति, आयोजना स्थलमा पर्ने कुनै घर,टहरा वा अन्य
कुनै संरचना भए तिनीहरुको हटाउने काम, खानेपानी, बिद्युत, टे लिफोन जस्ता सेवाहरुका कुनै संरचना
भए सोको स्थानान्तरण, रुख- बिरुवा पर्ने भए सो हटाउने काम जस्ता कार्यहरु ठे क्का भई कार्यस्थल
निर्माण व्यवसायीलाई हस्तान्तरण गर्नु भन्दा अगाडी नै परू ा भैसकेको हुनप
ु र्छ।

अन्यथा ती कामहरुको कारणले निर्माण अवधि बढ्न जाने हुन्छ र निर्माण कार्य पूर्वनिर्धारित समयमा
सम्पन्न हुन सक्दै न। हाम्रो परिप्रेक्ष्यमा विगतमा कतिपय आयोजनाहरु पूर्व तैयारी राम्रोसंग नभइ निर्माण
चरणमा गएको हुनाले समयमा काम सम्पन्न हुन नसकेका उदाहरणहरु छन ्। 

उदाहरणका लागि समयमा जग्गा प्राप्त हुन नसक्नु, बर्षौ सम्म घर टहरा हटाउन नसकिनु, बिद्युतका
पोल - तार स्थानान्तरण हुन नसक्नु जस्ता कुराहरु लिन सकिन्छ।

निर्माण उद्योगको क्षमता


नेपालको निर्माण क्षेत्र अझै पनि व्यवसायिक भैसकेको दे खिदै न । निर्माण कम्पनीहरु र परामर्शदाता
निकायहरु पूर्ण व्यवसायिक भन्दा पनि सीमित र कतिपय त पारिवारिक व्यवस्थापन कै घेरामा संचालित
छन ्। यसले गर्दा आयोजना कार्यन्वयन गर्नु पर्ने बास्तविक कार्यान्वनकर्ता निर्माण व्यवसायीहरुको
आर्थिक, प्राविधिक र व्यवस्थापकीय क्षमता दे शको निर्माण क्षेत्रको आवश्यकता परू ा गर्ने स्तरमा विकास
हुन सकेको दे खिदै न।

यसैगरि आयोजना कार्यन्वयनको सिलसिलामा कुनै जटिल प्राविधिक समस्या आइपरे मा सोको विश्लेषण र
समाधानका लागि बिषय बिज्ञहरुको  उपलब्धता सरकारी र निजी दव
ु ै क्षेत्रमा कमि दे खिन्छ। यसको
अलवा निर्माण व्यवसायीहरुले आफ्नो कम्पनीको बास्तविक क्षमता भन्दा धेरै काम लिने र यस कारणबाट
समयमा काम  सम्पन्न नहुने अवस्था पनि बिद्यमान छ।

निर्माण सामग्रीको उपलब्धता पर्वा


ू धार संरचना निर्माणका लागि थप्र
ु ै निर्माण सामग्री आवश्यक पर्छ। यी
सामाग्रीहरुलाई मुख्य रुपमा औद्योगिक सामग्री र प्राकृतिक सामग्री गरे र दई
ु प्रकारले विभाजन गर्न
सकिन्छ। 

औद्योगिक निर्माण सामग्रीहरुमा मूलतः इन्धन, फलामजन्य सामान, सिमेन्ट, अलकत्रा, रङ रोगन आदि
पर्छ भने प्राकृतिक सामग्रीमा नदि वा खानीजन्य सामग्रीहरु जस्तै : ढुंगा, माटो, बालुवा, गिट्टी, ग्राभेल
आदि पर्छ। 

विगत केहि बर्षदे खि नेपालको निर्माण क्षेत्रमा औद्योगिक निर्माण सामग्रीको कमि छै न। तर
खानिजन्य/नदीजन्य निर्माण सामग्रीको उपलब्धतामा समस्या आइपर्ने गरे का कारणले पनि निर्माण
आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुन कठिनाई भैरहे को पाइन्छ।

 संघीयतापछि स्थानीय नदी तथा खानीहरुमा स्थानीय, प्रदे श वा संघ कुन सरकारको नियन्त्रण हुने भन्ने
कुराको स्पष्टता हुन नसकी यो समस्या अझ बढ्न गएको छ।

आयोजना व्यवस्थापनको संस्थागत पक्ष


आयोजना व्यवस्थापनमा खटिने आयोजना प्रमुख र कर्मचारीहरुहरुको ब्यबस्थापकीय ज्ञान, लगनशिलता,
जोखिम लिन सक्ने क्षमता, पदावधिको निरन्तरता आदिले ले पनि आयोजना सम्पन्न हुने समयमा प्रभाव
पारिरहे को हुन्छ। 

हालको अवस्थामा बिषय विज्ञता, चाहना र उपयुक्तताको आधारमा पदस्थापना भन्दा पनि खटे को ठाउँ मा
जानु पर्ने जस्तो मान्यता छ। आयोजना परू ा नहुँदै  प्रमखु सहित आयोजना कार्यान्वयन समह ु का
कर्मचारीहरुको सरुवा हुने जस्ता कारणले कार्यन्वयनमा अलमल हुने, समय बढी लाग्न जाने जस्ता असर
पनि पर्ने गरे को छ। 

त्यसैगरी आयोजना व्यवथापनमा खटिने कर्मचारीहरुलाई समय सापेक्ष तालिमको अभाव र योजनाको
सफलताको लागि जोखिम लिन अनुकुल वातावरण नहुनुले पनि आयोजनाको सफल कार्यान्वयनमा असर
पर्न जान्छ ।
नीति नियम र प्रक्रियागत बिषय
निर्माण कार्यको कार्यन्वयनको क्रममा पूर्वानुमान गर्न नसकिएका थुप्रै समस्याहरु आइपर्न सक्छन। जसमा
कार्यस्थलको अवस्था फरक पर्नु, नयाँ क्रियाकलाप आवश्यक पर्नु, डिजाइन परिवर्तन, लागत परिवर्तन
लगायत प्रमुख रुपमा रहे का हुन्छन। 

यस्ता बिषयहरुको निर्णय गर्ने अधिकार जति तल सकेसम्म कार्यान्वयन स्तरमा दिन सक्यो त्यति निर्णय
प्रक्रियामा लाग्ने समय कम भई कार्यन्वयन छिटो छरितो हुन्छ भने कार्यान्वयन स्तरका कर्मचारीहरुलाई
पनि बढी उत्तरदायी बनाउन सघाउ पग्ु छ। तर कतिपय  अवस्थामा यी प्रक्रियामा निर्णय गर्ने अधिकार
अपेक्षित रुपमा विकेन्द्रित हुन नसकेको कारणबाट निर्णय प्रक्रियामा समय लाग्न जाने र त्यसको असरले
पनि समय बढ्न जाने गरे को पाइन्छ।

बजेट/ श्रोतको अपर्याप्तता


हरे क वर्ष विकास आयोजनाहरुको बढ्दो मागले गर्दा राष्ट्रिय बजेटमा ठुलो चाप परिरहे को छ तर सोहि
अनप
ु ातमा श्रोत व्यबस्थापन गर्न कठिन हुने  कारणले गर्दा कतिपय आयोजनाहरु पर्याप्त श्रोत व्यबस्था
नभइकन नै कार्यान्वयन शुरु गर्नु पर्ने अवस्था भएकोले निर्माण कार्यतालिका बमोजिम बजेट उपलब्ध हुन
नसकेको कारणले पनि आयोजनाहरु पूर्व निर्धारित समयमासम्पन्न हुन नसकेको पाइन्छ। साना बहुबर्षिय
आयोजनाहरु र पल
ु निर्माणका आयोजनाहरु उदाहरणको रुपमा लिन सकिन्छ ।

दक्ष प्राविधिक र श्रमिकको उपलब्धता


विकसित दे शहरुमा दक्ष/ बिशेषज्ञहरु पेशागत स्वतन्त्रता, रचनात्मकता र नवीनताको उपभोग गर्ने अवसर
एवं तलब सुबिधा पनि बढी हुने हुँदा सामान्यतया सरकारी क्षेत्र भन्दा निजी क्षेत्र(निर्माण कम्पनी र
परामर्शदाताकम्पनीहरु) तर्फ बढी आकर्षित भएको पाइन्छ।  तर हाम्रो जस्तो दे शहरुमा भने भविष्यको
सुनिश्चितता नभएर हो कि निजीक्षेत्रमा काम गर्न निर्माण बजारमा बिज्ञहरुको अभाव दे खिन्छ।

निर्माण कम्पनीहरुमा दक्ष प्रबिधिकहरु लामो समय काम गर्ने गरे को पाईंदै न।  कामका लागि विदे शिने
प्रवति
ृ ले दे शको जनसंख्याको ठुलो हिस्सा यव
ु ा भएको हालको अवस्थामा सामेत निर्माण क्षेत्रमा अर्धदक्ष र
अदक्ष श्रमिकको समेत कमि हुन थालेको छ। यस कारणबाट समेत आयोजना सम्पन्न हुन ढिलाई हुने
अवस्था आउन थालेको पाइन्छ।

आधुनिक निर्माण प्रबिधि प्रयोगको सामर्थ्य


विश्वको निर्माण उद्योगले परम्परागत प्रविधिको प्रतिस्थापनमा नयाँ आधुनिक प्रविधिको प्रयोगबाट समय
र गुणस्तरमा व्यापक सुधारको लाभ लिन थालिसकेको भएता पनि नेपाल जस्तो अल्प विकशित र
अर्थतन्त्रको आकार सानो भएका दे शहरुमा आर्थिक सामर्थ्य र विज्ञताको समेत अभावमा यसको प्रयोग
यथोचित रुपमा गर्न सकिएको छै न।

दे शको भौगोलिक/ भौगर्भिक अवस्था


हाम्रो दे शको भौगोलिक/ भौगर्भिक अवस्थाको कारणबाट पनि आयोजना कार्यन्वयनमा बढी समय लाग्ने
गरे को छ।  एकातिर दे शको अधिकांश भूगोल पहाडी, उच्चपहाडी र भिरालो सतहमा परे को कारण सीमित
स्थानहरुमा मात्रै बजार स्थापना गर्न सकिने हुँदा आवश्यक सामानहरु टाढाबाट ढुवानी गर्न पर्नु, पहाडी
भेकमा सडक यातायातमा गति कम हुने हुँदा जस्ता कारणहरुले सामान आपूर्तिमा  यातायातको लागत र
समय दवु ै बढी हुने गरे को छ।  

कमजोर भौगर्भिक अवस्थाले गर्दा पहिरो जाने, कहिलेकहीं निर्मित संरचनामै क्षति पुग्न गई पून:निर्माण
समेत गर्नु पर्ने कारणबाट समेत आयोजना सम्पन्न हुने समय बढी लाग्न जाने हुन्छ।

सामाजिक- साँस्कृतिक पक्ष


थुप्रै चाड-पर्व, जात्रा, दिवसहरुले हाम्रो संस्कृतिलाई विश्वकै सम्पन्न संस्कृतिको चिनारी दिएको छ। हामी
सम्पूर्ण तहका जनता उल्लासमय वातावरणमा आफ्नो मात्र नभई एक-अर्काको साँस्कृतिक पर्वहरु
मनाउँ छौं। जसबाट हाम्रो सामाजिक सद्भाव उन्नत छ तर धेरै चाड पर्वहरु मनाउँ दै गर्दा कार्यस्थलमा गर्ने
कार्यदिन कम हुन जाने र पात्रोको दिनअनुसार दिईएको समयावधिमा केहि हद सम्म असर गर्ने गरे को
पनि पाईन्छ।

जलवायु र मौसमी कारण


हाम्रो दे शको विशिष्ट प्रकारको अवस्थिति र मौसमको कारणले समेत आयोजना कार्यन्वयनको समय
बढ्नमा केहि हद सम्म मद्दत गरे को पाइन्छ। 

करिब ३ महिनाको मनसन ु को अवधिमा दे शका प्राय: सबै भागमा अत्यधिक वर्षा हुने कारणले निर्माण
कार्य संचालन गर्न कठिनाई हुने गरे को छ भने उच्चपहाडी भेकमा हिउँ दको करिब ३ महिना अत्यधिक
जाडो र हिमपातको कारणले समेत निर्माण कार्यलाई प्रभावित बनाउने हुँदा समय बढी लाग्ने गरे को छ ।

सुधारका उपाय

पूर्व तयारी गरे र मात्रै कार्यान्वयनमा जाने


छिटो कार्यन्वयन शरु
ु गरिहाल्ने नाममा वातावरणीय तथा सामाजिक अध्ययन प्रतिवेदनको स्वीकृति,
आयोजनाको लागि आवश्यक पर्ने जग्गा प्राप्ति, आयोजना स्थल खाली गराउने काम जस्ता पूर्व तैयारी
कार्यहरु पूरा नहुँदै निर्माणमा जाँदा ती कामहरुको कारणले निर्माण अवधि बढ्न जाने हुन्छ।

 तसर्थ त्यस्ता कामहरु आयोजना कार्यन्वयनको तालिका बनाई सम्बन्धित निकायहरुबाट पूरा भैसके पछी
मात्र निर्माणमा जानु बान्छनीय हुन्छ। विगतमा यस्ता समस्याको अनुभवबाट सार्वजनिक खरिद
नियमावलीको छै ठौं संशोधनमा यो व्यवस्था राखिसकिएको छ ।

निर्माण उद्योगको क्षमता विकास र अनुगमन


वर्तमान समयको माग अनरु ु प सार्वजनिक निर्माण कार्यको परिमाण, आकार र जटिलता वद्धि ृ हुँदै गइरहे को
परिप्रेक्ष्यमा निर्माण कम्पनी र परामर्श सेवा प्रदायकहरुको आर्थिक, प्राबिधिक र व्यवस्थापकीय क्षमता
विकास गर्न सरकारी क्षेत्रबाट आवश्यक सहयोग र समर्थनमा अझै वद्धि
ृ गरिनु आवश्यक छ।
यसका लागि निर्माण व्यवसाय प्रबर्द्धन कोषबाट सहयोग गर्न सकिन्छ।  यसको अलवा निर्माण
व्यवसायीहरुले आफ्नो कम्पनीको बास्तविक क्षमता भन्दा धेरै काम लिने प्रबत्ति
ृ नियन्त्रण गर्न वर्तमान
सार्बजनिक खरिद नियमावलीमा भएको बिड क्यापासिटीको सीमाको व्यवस्थालाई तथ्य- तथ्यांक सहित
व्यवस्थापन गरी सार्वजनिक खरिद अनुगमन कार्यालयको समन्वयमा प्रभावकारी रुपले लागु गर्नु पर्छ।

निर्माण सामग्रीको सहज उपलब्धता


निर्माण कार्यको लागि आवश्यक पर्ने निर्माण सामग्री निर्माण व्यवसायी आफैं ले उत्पादन गर्न सक्दै न,
उसले या त बजारबाट खरिद गर्ने हो या प्राकृतिक श्रोतबाट प्राप्त गर्ने।

तर अहिलेको समयमा प्राकृतिक श्रोतबाट निर्माण सामग्री को आपूर्तिमा सहजता छै न।  कतै खोला
नदीहरुमा डिपोजिट बढ्न गई बस्तीमा खोला पस्ने अवस्थामा पनि सामग्री उठाउन दिईदै न भने कतै
अत्यधिक दोहनबाट बस्ति र नदीमा रहे का संरचनाहरु खतरामा परे का छन। 

फेरी निर्माण कार्यको आकार बढ्न गएकोले खोला- नदीजन्य सामग्रीले मात्र निर्माण क्षेत्रको माग धन्न
सक्ने अवस्था पनि छै न।यसको समाधानका लागि नदीहरुबाट निकाल्न सकिने सामग्रीको बैज्ञानिक तवरले
अध्ययन गरी निकाल्न सकिने सामग्रीको  सीमा तोक्ने र आवश्यक वातावरणीय अध्ययन गरी खानीजन्य
निर्माण सामग्री उपयोग गर्न आवश्यक भैसकेको छ। 

यस बिषयमा बझ ु ेर वा नबुझरे धेरै विवाद पनि सज


ृ ना हुने गरे को पाईन्छ। निर्माण सामग्रीको व्यवस्थापन
सम्बन्धी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्माण भएको कार्यविधि सम्बन्धित
सरोकारवालाहरु संग आवश्यक छलफल गरी कार्यन्वयनमा लैजाँदा यो समस्या समाधान गर्न सकिन्छ ।

आयोजना व्यवस्थापनको संस्थागत पक्षमा सुधार


आयोजना व्यवस्थापनमा खटिने आयोजना प्रमुख र कर्मचारीहरुहरुको ब्यबस्थापकीय ज्ञान/ विषय विज्ञता
र रुचिको आधारमा पदस्थापना अनि सकेसम्म आयोजना सम्पन्न नहुन्जेल पदावधिको निरन्तरता दिन
सकियो भने आयोजना समयमै सम्पन्न हुन अनकु ु लता सज
ृ ना हुन्छ।

साथै आयोजना व्यवथापनमा खटिने कर्मचारीहरुलाई समय सापेक्ष तालिम दिन र आयोजनाको सफल
कार्यन्वयनको लागि जोखिम लिन सक्ने वातावरणको निर्माण गर्नु पनि आजको आवश्यकता दे खिन्छ।

नीति नियम र प्रक्रियामा सरलीकरण-


आयोजना व्यवस्थापन वा विकास व्यवस्थापन सामान्य व्यवस्थापन वा प्रशासनिक व्यवस्थापन भन्दा
अलि फरक हुन्छ। यसमा निर्णय गर्ने तह जति कम गर्न सकियो त्यत्ति नै प्रभावकारी हुन्छ।

लागत अनुमान र डिजाईन स्वीकृति जस्ता कुराहरु निश्चित उच्च तहमा राखेर कार्यन्वयनको क्रममा
सामान्य डिजाईन परिवर्तन र निश्चित सीमा सम्मको भेरिएसन स्वीकृतिको अधिकार कार्यन्वयन तहमै
विकेन्द्रित गर्ने बरु उच्च तहबाट त्यस्ता अधिकार प्रयोग कसरि भैरहे को छ भनेर प्रभावकारी अनुगमन
गरी दण्ड र पुरस्कारको व्यवस्था गरिने हो भने आयोजना व्यवस्थापन प्रभावकारी र समयमा पनि
मितव्ययिता कायम हुन सक्छ।

बजेट/ श्रोत व्यवस्थापन–


हालको अवस्थामा आयोजनाको संख्या अत्यधिक भएको कारणले पर्याप्त श्रोत परिचालनमा कठिनाई
भैरहे को पाईन्छ जसले गर्दा श्रोत अभावले पनि आयोजना पूरा हुने समय बढ्न गएको छ। 

आयोजनाहरुलाई प्राथमिकीकरण गरी चरणबद्ध रुपमा कार्यन्वयनमा लैजाने र कार्यन्वयनमा रहे का


आयोजनाहरुलाई कार्यन्वयन तालिका अनस
ु ार नै श्रोत उपलब्ध गराउन सकियो भने समयमा सम्पन्न गर्न
सघाउ पग्ु नेछ।

दक्ष प्राविधिक र श्रमिकको उपलब्धता


सरकारी क्षेत्रबाट प्रोत्साहन, सहयोग र सेवा सुबिधा बारे नियमन समेत गरी निजी क्षेत्रमा दक्ष
प्राबिधिकहरुको आकर्षण बढाउन आवश्यक दे खिन्छ भने निर्माण कम्पनीहरुले पनि दक्षतामा  गरिने
खर्चलाई लगानीको रुपमा बुझ्न जरुरी छ। 

यसका साथै निर्माण क्षेत्रमा आवश्यक पर्ने अर्ध दक्ष श्रमिकहरुलाई सरकारी तवर बाटै तालिम उपलब्ध
गराउने व्यवस्था गरी निर्माण श्रमिकमा आत्मनिर्भर हुन आवश्यक छ। अदक्ष श्रमिकहरुको हकमा श्रमको
सम्मान हुने बातावर सिर्जना र कामदारहरुको बीमा, सामाजिक सरु क्षा, न्यन
ु तम ज्यालाको प्रत्याभूति
जस्ता माध्यमबाट दे शमा रहे को जनशक्तिलाई दे श भित्रै काम गर्न आकर्षित गर्ने वातावरण बनाउन
आवश्यक दे खिन्छ।

आधुनिक निर्माण प्रबिधि प्रयोगको सामर्थ्य विकास


वर्तमान समयमा रहे को निर्माण आयोजनाहरुको माग सम्पन्न गर्नु पर्ने समय कम गर्न परम्परागत
निर्माण प्रबिधिमा मात्र भर परे र सम्भव छै न।  टनेल बोरिंग मेशिन, स्वचालित पेभर जस्ता मेशिनहरुको
प्रयोगबाट ठुला ठुला सरु
ु ं ग, सडक र रे लमार्ग निर्माण कार्यको समयावधि छोट्याउन सकिन्छ।

 यसै गरी सिंचाई, जलबिद्युत भवन निर्माण आयोजनाहरु पनि आधुनिक निर्माण प्रबिधि र मेशिनहरुको
प्रयोगबाट कम अवधिमा  सम्पन्न गर्न सकिने हुँदा प्रबिधि हस्तान्तरण र सरकारी सहयोगमा त्यस्ता
प्रबिधि भित्र्याउन र तीनको प्रयोग मा निरन्तरता दिन आवश्यक भएको छ। 

यसका साथै कार्यन्वयनको समयमा आउने जोखिमका लागि निर्माण व्यवसायी नै बढी जिम्मेवार हुने
डिजाईन एण्ड विल्ड, ईपीसीजस्ता हाल भर्खरै शुरु हुन थालेका कन्ट्रयाक्ट मोडालिटीहरुलाई अरु बढी
क्षेत्रमा प्रयोग गर्दै जान उपयुक्त दे खिन्छ।

सार्वजनिक खरिद अनग


ु मन कार्यालयको भमि
ू का अभिवद्धि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहने गरी सार्वजनिक खरिद ऐन अनुरुप स्थापित
सार्बजनिक खरिद अनुगमन कार्यालयको क्षमता र भूमिका वद्धि
ृ गर्दै सार्वजनिक निर्माण आयोजना
कार्यन्वयनमा आइ पर्ने समस्याहरुको धेरै हद सम्म समाधान गर्न सक्ने गरी विकास गर्न जरुरि
दे खिन्छ। 

यसका लागि यस कार्यालयमा सार्वजनिक खरिद र आयोजना व्यवस्थापनको तथ्यांक केन्द्र र फोकल
प्वाइन्टका रुपमा कार्य गर्न सक्ने गरी बिषेशज्ञ, जनशक्ति र अन्य लजिस्टिकको व्यवस्थापन हुन
आवश्यक छ।

सुधार नियमित र क्रमिक प्रक्रिया हो। हाम्रो आयोजना व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियामा पनि
क्रमिक सध
ु ार भैरहे का छन ्।  तथापी विकास र समद्धि
ृ को रास्ट्रिय अठोट परू ा गर्न यो सध
ु ार प्रक्रियालाई
अझै व्यापक स्तर र द्रत
ु गतिमा लैजानु पर्ने हुन्छ।

विकास आयोजना सफलता पर्व


ू क सम्पन्न गर्न कुनै एउटा निकाय वा मन्त्रालयको मात्र नभई सरकारका
सबै निकाय, सबै सरोकारवालाहरु र आम जनता समेतको सकारात्मक र सामुहिक प्रयत्न आवश्यक पर्छ।
साथै हाम्रा सुधारका प्रयत्नहरु आयोजना कार्यन्वयनमा सम्बद्ध सबैलाई उत्प्रेरित गर्न सक्ने दिशामा अगाडी
बढ्न सके अझ राम्रो हुनेछ।

You might also like