नमस्कार राज्य खबरमा स्वागत 1

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 6

नमस्कार राज्य खबरमा स्वागत छ, म चन्दकला राना

शुरुमा राज्य खबरका हेडलाईन

एनसेललाई कारबाहीको दायरामा ल्याउन कानुनी अभाव , एनसेल शेयर खरिद बिक्री कार्य रोक्न सार्वजनिक लेखा
समितिको निर्देशन ।

शासकीय प्रणालीमा सुधार गर्न सरकार गम्भिर रहेको प्रधानमन्त्री प्रचण्ड जोड, वैज्ञानिक अनुसन्धानमा युवालाई
प्रोत्साहन ।

आगामी पुष ५ देखि बुटवलमा अन्तराष्ट्रिय मेला हुदै , ५० करोको कारोवार १० लाख दर्शकले मेला अवलोकन गर्ने
आयोजकको दावि ।

नाइजेरिया सेनाको ड्रोन दुर्घटना ८५ जना सर्वसाधारणको ज्यान गयो, तालिबान राजदूतलाई आधिकारिक मान्यता
दिने पहिलो देश बन्यो चीन ।

र नेपाल सुपर लिगमा इलामलाई हराउदै पोखरा विजयी, जितसंगै आठ अंकका साथ पोखरा शीर्ष स्थानमा उक्लियो ।

अब खबर विस्तारमा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी
अप m्ठ्यारो रहेको बताउनुभएको छ । रिर्पोट

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई
रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी
कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै यसको खरिद बिक्री सम्बन्धि कारोबार विस्तृत रुपमा
अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलसम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै वास्तविकता
पत्ता लगाउनका लागि ३० दिनभित्र कार्य सम्पादन गर्नेगरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन पनि निर्देशन
दिएको छ । त्यस्तै एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष
वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाई सम्बन्धमा सरकारको धारणा ४८ घण्टाभित्र सार्वजनिक गर्न पनि
निर्देशन गरिएको छ । बैठकले यस प्रकारका विषयहरु सँग सम्बन्धित कानूनी व्यवस्थाहरुमा रहेका छिद्रहरुको
उपयोग गरी हुनसक्ने चलखेल रोक्न तथा लगानीकर्ताहरुको सुरक्षा र देशले पाउने लाभ सुनिश्चित हुने गरि र
आगामी दिनमा दुविधा नहुने गरी स्पष्ट खाका सहित दूरसञ्चार सम्बन्धी कानूनहरुलाई संशोधन गर्नुपर्ने देखिएको
निष्कर्ष निकालेको छ । र संसदको आगामी अधिवेशनको प्रारम्भ सम्ममा संशोधन विधेयक संघीय संसदमा दर्ता
गराउन समितिले निर्देशन दिएको छ ।
बाइट ...

समितिले एनसेल शेयर खरिद बिक्रीबारे थप धारणा लिन र समसामयिक विषय बुझ्नका लागि आगामी कु नै बैठकमा
प्रधानमन्त्रीलाई बोलाउने निर्णय पनि गरेको छ ।

३ प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कु रामा के न्द्रित रहेको बताउनु
भएको छ । प्रधानमन्त्री दाहालले १६ औं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा गहन छलफल गरी भावी
योजना तय गर्ने बताउनुभएको छ । रिर्पोट

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ रुपन्देहीले बुधबार ‘सञ्चार माध्यममा
लैंगिक संवेदनशिलता’ बिषयक अन्तरसंवाद कार्यक्रम गरेको छ । अन्तरसंवादमा सञ्चारमाध्यमहरु पनि लैंगिक
रुपमा समावेशि हुनुपर्ने, बिषयबस्तु उठानमा लैंगिक संवेदनशिलता र लैंगिक नीति निर्माणमा चुके को भन्दै यसतर्फ
ध्यान दिन सुझाव दिइएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत
विकले लैंगिक हिंसा विरुद्धको अभियानका सन्दर्भमा सञ्चारमाध्यममा लैंगिक संवेदनशिलता कार्यक्रम राख्नु आफै मा
सकरात्मक रहेको बताउनु भयो ।

वाईट...

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले रुपन्देहीमा महिला सञ्चारकर्मीहरुलाई
असुरक्षा नरहेको बताउनु भयो ।

वाईट ...

महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले स्वागत गर्नु भएको अन्तरसंवाद कार्यक्रममा अग्रज पत्रकार गुरुदत्त
ज्ञवाली, माया गौतम, प्रेस यूनियन रुपन्देहीका सभापती कविन्द्र नेपाल, सञ्चारीका समूह रुपन्देहीका अध्यक्ष निरु
गौतम, क्रियाशिल महिला पत्रकार रुपन्देहीका अध्यक्ष कल्पना तिवारी लगायतले बोल्दै लैंगिक हिंसा विरुद्धको
अभियानमा पत्रकारिताको तर्फ बाट प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन सहसचिव माया के सीले गर्नु
भएको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९
प्रतिशतले बढेको बताउनुभएको छ ।
तपाई अहिले राज्य खबर हेर्दै हुनुहुन्छ । पालो भएको छ विश्रामको । विश्रामपछि हामीसँग हुनेछन् ।

आगामी पुष ५ देखि बुटवलमा अन्तराष्ट्रिय मेला हुदै , ५० करोको कारोवार १० लाख दर्शकले मेला अवलोकन गर्ने
आयोजकको दावि ।

नाइजेरिया सेनाको ड्रोन दुर्घटना ८५ जना सर्वसाधारणको ज्यान गयो, तालिबान राजदूतलाई आधिकारिक मान्यता
दिने पहिलो देश बन्यो चीन ।

र नेपाल सुपर लिगमा इलामलाई हराउदै पोखरा विजयी, जितसंगै आठ अंकका साथ पोखरा शीर्ष स्थानमा उक्लियो ।

विश्रामपछि पुन स्वागत छ, अब बाँकि खबर

६ रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा लुम्बिनी एक्स्पो–२०८० हुने भएको छ । स्वरोजगार आत्मर्निभरता
हाम्रो आधार, शहरदेखि गाउं सम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ लुम्बिनी एक्स्पो आयोजना हुंदै छ ।रिर्पोट

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री के पी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी
मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कु रा गर्नै नसक्ने बताउनुभएको छ । राष्ट्रिय हितको रक्षा, स्वाधिनता र
स्वतन्त्रताको उपयोग गर्ने कु रामा सरकारले छिमेकी मुलुकहरुसँग कु रै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो ।
पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधवार रुकु मपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारको
अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गर्नुभयो । अपराधीहरुलाई प्रोत्साहित गर्ने,
समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो ।

बाइट...

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अप m्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा
सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताउनु भयो ।

उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताउनुभएको छ । नेपाल
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा
नभएको बताउनुभएको छ । रिर्पोट

तीन करोड बढीको आर्थिक कारोबार गर्दै सैनामैनामा जारी छै ठौं राष्ट्रिय सैनामैना कृ षि, पर्यटन, प्रविधि तथा
औद्योगिक व्यापार महोत्सव २०८० सम्पन्न भएको छ । त्यसैगरी महोत्सवको साढे दुई लाख बढी दर्शकले
अवलोकन गरेको मेला आयोजक सैनामैना उद्योग बाणिज्य संघले जनाएको छ । बुधबार महोत्सव समापन
समारोहलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मेलालाई आगामी दिनमा अझै
विशिष्टीकृ त गर्नुपर्ने बताउँ दै स्थानीय उद्योगी व्यवसायीलाई महोत्सवले सम्वोधन नगरेको हो कि भन्ने लागेको
बताउनु भयो । त्यसैगरी समापन समारोहमा देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी, बुटवल उद्योग
बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक गैरे , सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल तथा स्थानीय संघ
संस्थाहरुको तर्फ बाट सप्तऋषि सहकारीका अध्यक्ष प्रेमबहादुर बानिया र सुनगाभा बोर्डिङ स्कु लका प्रिन्सिपल तिलव
के सी लगायतले बोल्दै महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृ षि, पर्यटन उद्योग
व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृ तिक क्षेत्रको संरक्षण गर्दै लोक संस्कृ तिको जगेर्ना गर्न महत्वपूर्ण सहयोग पुर्‍
याएको बताउनु भयो । महोत्सव मुल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष
प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको समापन समारोहमा महासचिव लोकनाथ अधिकारीले संचालन गर्नु भएको
थियो ।

तपाई अहिले राज्य खबर हेर्दे हुनुहुन्छ । एकै छिन विश्राम .........

राज्य खबरमा विश्रामपछि पुन स्वागत छ । बाँकी खबर अघि हेडलाईन पुन : एकपटक

एनसेललाई कारबाहीको दायरामा ल्याउन कानुनी अभाव , एनसेल शेयर खरिद बिक्री कार्य रोक्न सार्वजनिक लेखा
समितिको निर्देशन ।

शासकीय प्रणालीमा सुधार गर्न सरकार गम्भिर रहेको प्रधानमन्त्री प्रचण्ड जोड, वैज्ञानिक अनुसन्धानमा युवालाई
प्रोत्साहन ।

आगामी पुष ५ देखि बुटवलमा अन्तराष्ट्रिय मेला हुदै , ५० करोको कारोवार १० लाख दर्शकले मेला अवलोकन गर्ने
आयोजकको दावि ।

नाइजेरिया सेनाको ड्रोन दुर्घटना ८५ जना सर्वसाधारणको ज्यान गयो, तालिबान राजदूतलाई आधिकारिक मान्यता
दिने पहिलो देश बन्यो चीन ।

र नेपाल सुपर लिगमा इलामलाई हराउदै पोखरा विजयी, जितसंगै आठ अंकका साथ पोखरा शीर्ष स्थानमा उक्लियो ।

अब बाँकी खबर
१०

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपालले प्रभावकारी
कदम चालेको बताउनुभएको छ । बुधवार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा बोल्दै उहाँले
यस्तो बताउनुभएको हो । उहाँले नेपाल जलवायु परिवर्तनको प्रभावलाई उच्च व्यवस्थापन गर्नसक्ने देश भएको पनि
बताउनु भयो । उहाँले जलवायु परिवर्तन न्युनिकरणका लागि नेपालले विभिन्न नीतिहरु बनाएको र प्रभावकारी
कार्यान्वयनको चरणमा गइरहेको बताउनु भयो । मन्त्री महतोले विश्वव्यापी सहयोग र साझेदारीको वकालत गर्नु
नेपालको अधिकार रहेको बताउनु भयो । उहाँले वित्तीय स्रोत नेपालको सामुहिक कार्य गर्नको लागि आवश्यक रहेको
उल्लेख गर्नुभयो ।

बाइट...

मन्त्री महतोले प्यानल छलफलले जलवायु परिवर्तनको सामना गर्ने क्रममा समुदायको समस्याहरु समाधान गर्नेतर्फ
पनि महत्वपूर्ण भुमिका खेल्ने दाबी गर्नुभयो ।

११

पुर्खौ देखि नाका क्षेत्रमा बसोबास गर्दै सिमा रक्षा गरेका नाकाली बासीले यतिबेला बल्ल निस्सा प्राप्त गरेका छन ।
अब आफ्नै नामको जग्गामा बस्न पाउछु भन्नेमा खुसीमात्रै छै नन कि हर्ष ले गदगद भएका छन । रिर्पोट

अव विदेशको खबर

१२

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तीमा ८५ जना सर्वसाधारणको ज्यान गएको छ ।देशको उत्तरपश्चिमी
कादुना राज्यको एउटा गाउँ मा ड्रोन दुर्घटना हुँदा सर्वसाधारणको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै
एएफपीले जनाएको छ । अहिलेसम्म ८५ जनाको शव भेटिएको र के ही हराइरहेकाले खोजी भइरहेको एएफपीको
खबरमा उल्लेख छ । असावधानीवश ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँ दै गरेका मानिसलाई लागेर ज्यान गएको
राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ । यसैबीच चीनले तालिबान सरकारले तोके का कु टनीतिज्ञलाई
अफगानिस्तानका राजदूतको हैसियत दिएको छ । योसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो देश
बनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा के
चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा मान्यता दिन्छ भनेर सोधिएको थियो ।

अव खेल खबर
१३

नेपाल सुपर लिग (एनएसएल) मा बुधवार पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी बीच भएको खेलमा पोखराले
कठिन जित निकालेको छ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालमा भएको खेलमा पोखराले १ शुन्यले इलामलाई
हराएको हो। जित संगै पोखराले ४ खेल खेलेकोमा २ जित र २ बराबरीसहित ८ अङ्क जोडेको छ । जितसंगै पोखरा
शीर्ष स्थानमा उक्लिएको छ । इलाम ४ खेलमा १ जित र ३ हारसहित ३ अङ्क मा समेटीएको छ ।यही मङ्सिर ८
गतेदेखि शुरु भएको दोस्रो संस्करणको एनएसएलमा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा धनगढी
एफसी, ललितपुर सिटी एफसी, पोखरा, काठमाण्डौ रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा
एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र
चौथो टोलीले इलिमिनेटर खेल्ने छन् । २०७८ सालमा भएको फ्रे न्चाइज लिगको पहिलो संस्करणको उपाधि
काठमाण्डौले जितेको थियो ।

हामी राज्य खबरको अन्त्यमा आइपुग्यांै, जांदाजांदै हेडलाइनहरु

एनसेललाई कारबाहीको दायरामा ल्याउन कानुनी अभाव , एनसेल शेयर खरिद बिक्री कार्य रोक्न सार्वजनिक लेखा
समितिको निर्देशन ।

शासकीय प्रणालीमा सुधार गर्न सरकार गम्भिर रहेको प्रधानमन्त्री प्रचण्ड जोड, वैज्ञानिक अनुसन्धानमा युवालाई
प्रोत्साहन ।

आगामी पुष ५ देखि बुटवलमा अन्तराष्ट्रिय मेला हुदै , ५० करोको कारोवार १० लाख दर्शकले मेला अवलोकन गर्ने
आयोजकको दावि ।

नाइजेरिया सेनाको ड्रोन दुर्घटना ८५ जना सर्वसाधारणको ज्यान गयो, तालिबान राजदूतलाई आधिकारिक मान्यता
दिने पहिलो देश बन्यो चीन ।

र नेपाल सुपर लिगमा इलामलाई हराउदै पोखरा विजयी, जितसंगै आठ अंकका साथ पोखरा शीर्ष स्थानमा उक्लियो ।

हवस्त राज्य खबर अहिलेलाई यहि सकिन्छ । अर्को खबर बुलेटिनमा उपस्थित हुनेछौं । सूचना,समाचार र
मनोरञ्जनका लागि हेर्दै गर्नुहोला राज्य टेलिभिजन नमस्कार ।

You might also like