Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 7

नमस्कार राज्य खबरमा स्वागत छ, म चन्द्रकला राना

शुरुमा राज्य खबरका हेडलाईन

बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु, सरकारको अर्क मन्यताले ठु ला परियोजना संचालनमा समस्या भएको एमाले
उपाध्यक्ष पौडेलको आरोप ।

गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल पूर्ण रुपमा संचालनको माग गरि जारी धर्ना स्थगित,एकमहिना भित्र सञ्चालनमा
ल्याउने सरकारी आश्वासन ।

काँग्रेस सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति ,निगमले जनशक्ति,प्राविधिक र
सिस्टमलाई पालना गरेको दाबी ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिको चुनाव लड्न अयोग्य ,तमिलनाडु मा बाढीबाट ५ जनाको मृत्यु, उद्धारका लागि मुख्यमन्त्रीको
अपिल ।

र रुपन्देहीको तिलोत्तमामा स्के ट बोर्ड प्रतियोगिताको स्के ट जात्रा शुरु, दक्षिण एसियाका सात र आमन्त्रित म्यान्मार
र थाइल्यान्ड गरि नौ टोलीको सहभागिता ।

अब खबर विस्तारमा

खस्कँ दै गएको मुलुकको अर्थतन्त्रलाई माथि उकास्ने लक्ष्यसहित बिहीबारदेखि बुटवलमा लुम्बिनी एक्स्पो–२०८०,
अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा भएको लुम्बिनी एक्स्पोको एमाले
उपाध्यक्ष, पुर्व अर्थमन्त्री एवं यस क्षेत्रका संघीय सांसद विष्णु पौडेलले उद्घाटन गर्नु भयो । संघले नयाँपन, फरक
शैली र विशिष्ट पहिचानका साथ ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँ सम्म व्यापार विस्तार’ भन्ने
मूल नाराका साथ मेला आयोजना गरेको हो । यही पुस१८ गतेसम्म सञ्चालन हुने मेला निमार्णाधीन अन्तराष्ट्रिय
प्रदर्शनी के न्द्र बुटवल मण्डपमा आयोजना भएको छ । मेला आयोजक मूल समिति संयोजक एवं संघका अध्यक्ष
कृ ष्णप्रसाद घिमिरेले मुलुकको व्यापार व्यवसाय दिन प्रतिदिन खस्कँ दै गएको, निजी क्षेत्रको मनोवल घट्दै गएको
अवस्थामा शुरु भएको मेलाले निजी क्षेत्रलाई राहत दिने बताउनु भयो । कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले
वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसके को भन्दै कटु आलोचना गर्नु भयो ।

वाईट
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले विद्यमान असहज नीतिहरुमा परिवर्तन जरुरी
रहेको बताउनु भयो । काम गर्न खोज्दा पनि नीतिहरु नै बाधक भएको समेत औल्याउनु भयो ।

वाईट

मेलामा ६०० वटा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरु सहभागी रहेका छन् । एक्स्पो उद्घाटनअघि मेलास्थल
बुटवलमण्डपबाट बिभिन्न जातजाति, धर्म, समूदायको लोक संस्कृ ति झल्किने खालका झाँकी सहित जनचेतनामूलक र्‍
याली निकालिएको थियो । र्‍यालीले बुटवल बजार परिक्रमा गरेको संघका महासचिव दयानिधि भण्डारीले बताउनु
भयो । मेलाको करिव १० लाख दर्शकले अवलोकन गर्ने र करिव ५० करोडको कारोवार हुने आयोजकले अनुमान
गरेका छन् ।

२ आम जनता पार्टीले आफ्नो संगठनलाई प्रदेशमा समेत विस्तार गरेको छ । विहिवारबुटवलमा पत्रकार सम्मेलन
गरि आम जनता पार्टीको लुम्बिनी प्रदेश समितिघोषणा गरेको हो । रिर्पोट

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त
गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा
सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताउनु भयो ।
उहाँले अहिले काँग्रेस ठू लो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न
नेता/कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको
बताउनु भयो ।

बाइट...

सभापति देउवाले आगामी दिनमा काँग्रेसको एकल सरकार बनाउन सक्नुपर्ने बताउनु भयो ।

सिद्धार्थ सञ्जाल रुपन्देहीले १४ दिन देखि गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल पूर्ण रुपमा संचालनको माग गरि जारी
धर्ना विहिवार देखि स्थगित गरेको छ । संस्कृ ति पर्यटन एवम उड्डयन मन्त्रालयले एक महिनामा माग पुरा गर्न
पहल गर्ने प्रतिवद्धता जनाएकोले आन्दोलन तत्कालको लागि स्थगित गरेको आयोजकको भनाई छ । रिर्पोट
तपाई अहिले राज्य खबर हेर्दै हुनुहुन्छ । पालो भएको छ विश्रामको । विश्रामपछि हामीसँग हुनेछन् ।

काँग्रेस सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति ,निगमले जनशक्ति,प्राविधिक र
सिस्टमलाई पालना गरेको दाबी ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिको चुनाव लड्न अयोग्य ,तमिलनाडु मा बाढीबाट ५ जनाको मृत्यु, उद्धारका लागि मुख्यमन्त्रीको
अपिल ।

र रुपन्देहीको तिलोत्तमामा स्के ट बोर्ड प्रतियोगिताको स्के ट जात्रा शुरु, दक्षिण एसियाका सात र आमन्त्रित म्यान्मार
र थाइल्यान्ड गरि नौ टोलीको सहभागिता ।

विश्रामपछि पुन स्वागत छ, अब बाँकि खबर

५ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काँग्रेस सांसद उदय समशेर राणाले इयुको
रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाउनुभएको छ ।

रिर्पोट

संस्कृ ति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको
टेण्डर फिर्ता लिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले संसदीय
समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताउनुभएको
हो । नेपाल एयरलाइन्सले आजमात्रै ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको थियो । सांसदहरुको सोही
जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किराँतीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने
प्रतिवद्धता जनाउनु भयो । उहाँले वर्षमा २० करोड भन्दा बढी घाटा व्यहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि
घाटा व्यहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताउनु भयो ।

बाइट...

मन्त्री किराँतीले आफू लाई परिणाम दिनेगरी काम गर्न मन लागेको भएपनि काम गर्न नपाएको बताउनु भयो ।


काठमाडौंका बसमा एकजना गन्धर्व दाईले सारङ्गिको धुन बजाउदै गुल्मीका विभिन्न स्थानको प्रशिद्ध धार्मिक
क्षेत्रहरु रेसुङ्गा तथा रुरु सहित गुल्मीका शक्तिपिठहरु र पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जुटेको देख्न
सकिन्थ्यो । रिर्पोट

पाल्पाको निस्दी गाउँ पालिकाले स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा ल्याएको छ ।
पालिका भित्र उत्पादन हुने कृ षि उपजको प्रवद्र्धन र बजारीकरणका लागि निस्दी कासेली घर सञ्चालनमा ल्याएको
हो ।रिर्पोट

तपाई अहिले राज्य खबर हेर्दे हुनुहुन्छ । एकै छिन विश्राम .........

राज्य खबरमा विश्रामपछि पुन स्वागत छ । बाँकी खबर अघि हेडलाईन पुन : एकपटक

बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु, सरकारको अर्क मन्यताले ठु ला परियोजना संचालनमा समस्या भएको एमाले
उपाध्यक्ष पौडेलको आरोप ।

गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल पूर्ण रुपमा संचालनको माग गरि जारी धर्ना स्थगित,एकमहिना भित्र सञ्चालनमा
ल्याउने सरकारी आश्वासन ।

काँग्रेस सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति ,निगमले जनशक्ति,प्राविधिक र
सिस्टमलाई पालना गरेको दाबी ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिको चुनाव लड्न अयोग्य ,तमिलनाडु मा बाढीबाट ५ जनाको मृत्यु, उद्धारका लागि मुख्यमन्त्रीको
अपिल ।

र रुपन्देहीको तिलोत्तमामा स्के ट बोर्ड प्रतियोगिताको स्के ट जात्रा शुरु, दक्षिण एसियाका सात र आमन्त्रित म्यान्मार
र थाइल्यान्ड गरि नौ टोलीको सहभागिता ।

अब बाँकी खबर

युनिक्याम्पस ग्लोवलको सातौ शाखा बुटवलमा संचालनमा आएको छ । बुटवल शाखाको शुक्रबार एक कार्यक्रमको
बीच शुभारम्भ हुदैछ । बुटवल ६ ट्राफिक चौकमा सुविधा सम्पन्न अफिसमा विद्यार्थीहरुको लागि शैक्षिक परामर्श
प्रदान गर्ने गरी सेवा शुभारम्भ गर्न लागिएको बुटवल शाखा प्रमुख रमेश न्यौपाने जानकारी दिनु भयो ।
वाईट .....

युनिक्याम्पसले बुटवलमा पत्रकार सम्मेलन गरेर युनि क्याम्पस ग्लोवलका बिशेषताहरुको बारेमा जानकारी गराएको
हो । खासगरि अष्ट्रेलियामा विद्यार्थीहरुको लागि शैक्षिक परामर्शसहितको सेवा गर्दै आइरहेको युनि क्याम्पस
ग्लोवलका चिफ एक्जुके टिभ अफिसर घनश्याम घिमिरेले बताउनु भयो । युनिक्याम्पस ग्लोवलले अष्ट्रेलियामा
स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधी गर्ने जाने बिद्याथीलाई लक्षित गर्ने गरेको छ । सन् २००१ मा स्थापना
भएको युनि क्याम्पस ग्लोवलको शाखा विदेशमा ६ वटा रहेको उहाँले जानकारी दिर्नु भयो । काठमाण्डौ सहित
नेपालमा सातौ शाखाको रुपमा बुटवलमा शाखा स्थापना गरिएको जानकारी दिदै बुटवलबाट शैक्षिक परामर्स दिनको
लागि सबैभन्दा उपयुक्त विकल्प भएको बताउनु भयो । युनि क्याम्पस काठमाण्डौमा मात्रै ४ वटा शाखा र
चितवनमा २ वटा रहेका छन् ।

वाईट........

युनिक्याम्पस ग्लोवलले मुख्यगरि अष्टे «लिया, क्यानडा, न्युजिल्याण्ड, युके , युएसए लगायतका देशमा एब्रोड शिक्षाको
लागि काम गर्दै आएको छ ।

१०

सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्नेगरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्ला
स्थित राजनैतिक दलहरुले भत्सर्ना गरेका छन् । रिर्पोट

अव विदेशको खबर

११

कोलोराडोको सर्वोच्च अदालतले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ । अमेरिकी
क्यापिटलमा जनवरी ६ मा भएको दंगाका कारण डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य
रहेको फै सला आएको हो । सर्वोच्च अदालतले ४–३ मतको आधारमा विद्रोहमा संलग्न व्यक्तिहरूलाई पदमा उम्मेदवार
हुनबाट प्रतिवन्धित गर्ने १४ औं संशोधनको धारा ३ को प्रावधान अन्तर्गत ट्रम्पलाई प्रतिवन्ध लगाइएको बताएको छ
। कोलोराडोको राज्य सचिवलाई ट्रम्पको नाम सूचीवद्ध नगर्न पनि आदेश दिएको छ । ट्रम्पले आदेशको खण्डन
गरेका छन् । कोलोराडो र अन्य राज्यहरूमा पनि यस मुद्दालाई निराधार र लोकतान्त्रिक विरोधी बिरोध भइरहेको छ
। यो मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा जाने बताइएको छ । ट्रम्पको अभियानका प्रवक्ता स्टीवन चेउङले छिट्टै
अमेरिकी सर्वोच्च अदालतमा अपील गर्ने बताएका छन् । यसैबीच भारतको दक्षिणी राज्य तमिलनाडु का मुख्यमन्त्री
एमके स्टालिनले बाढीको चपेटामा परेका क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन गर्न थप हेलिकप्टरहरू माग गर्नुभएको
छ । बाढीमा सयौँ मानिसहरु फसेको भन्दै सङ्घीय सरकारसँग उद्धारका लागि थप हेलिकप्टर सहयोग गर्न आग्रह
गर्नुभएको हो । विगत दुई दिन यता परेको अविरल वर्षाले तमिलनाडु का धेरै दक्षिणी जिल्लाहरूमा ठू लो क्षति भएको
छ । वर्षाका कारण बस्तीहरु र सडकमा गम्भीर क्षति पुगेको हो । स्टालिनकाअनुसार बाढीका कारण ४० लाखभन्दा
बढी मानिस मारमा परेका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसार वर्षा र बाढीका कारण कम्तीमा पाँच जनाको
मृत्यु भएको छ ।

अव खेल खबर

१२

रूपन्देहीको तिलोत्तमामा पाँचौ दक्षिण एसियाली स्तरीय स्के ट बोर्ड प्रतियोगिता तथा स्के ट जात्रा विहिबारदेखि शुरु
भएको छ । नेपाल स्के टबोर्ड तथा स्के ट बोर्डिङ संघ र स्के ट एड नेपालको संयुक्त आयोजनामा शुरु भएको जात्राको
लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले उद्घाटन गर्नु भएको
हो । रिर्पोट

हामी राज्य खबरको अन्त्यमा आइपुग्यांै, जांदाजांदै हेडलाइनहरु

बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु, सरकारको अर्क मन्यताले ठु ला परियोजना संचालनमा समस्या भएको एमाले
उपाध्यक्ष पौडेलको आरोप ।

गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल पूर्ण रुपमा संचालनको माग गरि जारी धर्ना स्थगित,एकमहिना भित्र सञ्चालनमा
ल्याउने सरकारी आश्वासन ।

काँग्रेस सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति ,निगमले जनशक्ति,प्राविधिक र
सिस्टमलाई पालना गरेको दाबी ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिको चुनाव लड्न अयोग्य ,तमिलनाडु मा बाढीबाट ५ जनाको मृत्यु, उद्धारका लागि मुख्यमन्त्रीको
अपिल ।
र रुपन्देहीको तिलोत्तमामा स्के ट बोर्ड प्रतियोगिताको स्के ट जात्रा शुरु, दक्षिण एसियाका सात र आमन्त्रित म्यान्मार
र थाइल्यान्ड गरि नौ टोलीको सहभागिता ।

हवस्त राज्य खबर अहिलेलाई यहि सकिन्छ । अर्को खबर बुलेटिनमा उपस्थित हुनेछौं । सूचना,समाचार र
मनोरञ्जनका लागि हेर्दै गर्नुहोला राज्य टेलिभिजन नमस्कार ।

You might also like