सार्वजिनक खरिद कानूनमा संसोधनका बिषयहरु

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 4

सार्वजिनक खरिद कानूनमा संसोधनका बिषयहरु:

१. खरिद योजना तयार गर्ने : सार्वजनिक निर्माण कार्य गर्दा आयोजनाको संपूर्ण वा कु नै
खण्डको अध्ययन कार्य संपन्न भई वजेट व्यवस्थापनको सहमति समेत प्राप्त भई
सके को भएमा सो आयोजनाको संपूर्ण निर्माण कार्य वा कु नै खण्डको खरिद गुरुयोजना
तयार गरी सोही आधारमा बार्षिक खरिद योजना तयार गर्नु पर्ने । स्वीकृ त गुरुयोजना
अध्यावधिक गर्नु पर्ने अवस्था देखिएमा अध्यावधिक गर्नुपर्ने बिषय ।
२. खरिद रणनीति तयार गर्ने : सार्वजनिक निकायले खरिदको परिमाण; उपलब्ध समय,
उपलब्ध वजेट, बजारमा उपलब्ध निर्माण व्यवसायीको क्षमता र दक्षता समेतलाई
विचार गरी अधिकतम प्रतिस्पर्धा हुने गरी खरिद रणनीति तयार गरी स्वीकृ त गराउनु
पर्ने बिषय ।
३. लागत अनुमान तयार गर्ने : सार्वजनिक निकायले कु नै खरिदको लागि तोकिए वमोजिम
लागत अनुमान तयार गर्नुपर्नेछ । Employer's Design Contract वाहेकका अन्य
प्रकारका नयाँ Contract का विधिहरुमा निर्माण व्यवसायीमा थप हुन आउने Risk
समेतको आकलन गरी लागत अनुमानमा तोकिए अनुसारको कु ल लागतको अंश थप
गर्नु पर्ने बिषय ।
४. खरिद विधि छनौट गर्नु पर्ने : खुला वोलपत्र आहवान गरी खरिद विधिमा देहाय
अनुसारका खरिदका विधिहरु अवलवंन गरिने बिषय ।

a. Employer's Design Contract Method (Unit Rate Contract)


b. Design – Build Contract Method
c. Turnkey Contract Method
d. Engineering Procurement Construction (EPC)
e. Hybrid EPC Method
f. Design – Build and Operate Contract Method
g. Annuity Contract Method
h. Hybrid Annuity Contract Method etc.

५. खुलारुपमा आर्थिक र प्राविधिक प्रस्ताव माग गरी खरिद गर्नु पर्ने : सार्वजनिक
निकायले माथि (b) देखि (h) सम्म उल्लेख भएका खरिदका विधि अनुसार खरिद गर्दा
तोकिए अनुसारको प्राविधिक र आर्थिक प्रस्ताव माग गरी खरिद कार्य अगाडि वढाउनु
पर्नेछ । यसरी प्रस्ताव माग गर्दा प्रस्तावदाताको प्रविधिक र आर्थिक प्रस्तावलाई
तोकिए अनुसारको अकं भार तोकि मूल्यांकन गर्नुपर्ने बिषय ।
६. वोलपत्र आव्हानको संवन्धी ब्यवस्था : वोलपत्र आव्हानको सूचना संक्षिप्त रुपमा
राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरी विस्तृत सूचना वोलपत्र संवन्धी कागजात तथा
खरिद संवन्धी Procurement Portal मा प्रकाशन गर्नु पर्ने बिषय । बिदेशी
वोलपत्रदाता सहभागी हुने (एकल वा संयुक्त उपक्रम मार्फ त) राष्ट्रिय स्तरको वा
अन्तराष्ट्रिय स्तरको वोलपत्रमा संयुक्त उपक्रमको साझेदारहरु अनिवार्य रुपमा कार्य
संपादनमा संलग्न हुनु पर्ने संवन्धी बिषय ।
७. वोलपत्र पेश गर्दा वोलपत्रमा प्रतिस्पर्धा गर्ने उद्देश्यले नभई अन्य उद्देश्यले प्रेरित भई
वोलपत्र पेश गर्ने गरिएको हुंदा अत्याधिक न्यून कु वोल हुने गरी वोलपत्र पेश गर्ने
अवस्था अन्त्य गर्नुपर्ने विषय ।
८. निश्चित लागत ( रु २० करोड) सम्मका वोलपत्रहरु माग दुई खाम पध्दतिबाट
वोलपत्र आव्हान गर्ने विषय ।
९. सोझै खरिदमा G-G खरिद गर्दा अपनाउनु पर्ने कार्य विधि तथा के कस्तो संस्थासंग
मात्र G-G खरिद गर्नु पर्ने हो, सो स्पष्ट हुनुपर्ने विषय ।
१०. पेश्की रकमको दुरुपयोग रोक्ने गरी कानूनी ब्यवस्था गर्नु पर्ने विषय ।
११. खरिद संझौतामा मूल्य समायोजन संवन्धी विषय । मूल्य समायोजन लागू हुने अवस्था
र ठे क्का संवन्धी विषय, मूल्य समायोजना गणना गर्ने निर्देशिका संवन्धी विषय ।
१२. खरिद संझौताको अन्त्य भएको अवस्थामा (सार्वजनिक निकायबाट) बांकी निर्माण कार्य
संपन्न गर्न लाग्ने फरक रकम (निजले कवुल गरेको भन्दा वढी हुन आउने) मात्र
असुल उपर गर्ने संवन्धी व्यवस्था ।
१३. कालो सूचीमा राख्ने स्वविवेकीय अधिकार (१ देखि ३ बर्ष) हटाई निश्चित अवधि मात्र
कालो सूचीमा राख्ने विषय ।
१४. नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालन हुने निर्माण ब्यवसाय संचालन गर्ने निर्माण
कं पनीलाई नेपाल सरकारले निर्माण गरी तोकिएका कार्यहरु गर्न ऐन वमोजिमको
खरिद प्रकृ या अपनाउनु नपर्ने विषय ।
१४. राष्ट्रिय गौरवका तथा नेपाल सरकारका उच्च प्राथमिकता प्राप्त आयोजना
कार्यन्वयनमा अन्तर निकाय समन्वय, सहजीकरण, जग्गा प्राप्ति जस्ता विषयहरुमा
समेत सहज हुने गरी खरिद संवन्धी विशेष ब्यवस्था गर्नु पर्ने ।
१५. निर्माणको क्रममा करारका शर्त अनुसारको गुणस्तर, समय, लागत नियन्त्रण तथा
अनुगमन संयन्त्रको लागि Subject Specific Guidelines, Protocols, Directives लागू
गरी निर्माण कार्यमा गुणस्तर सुनिश्चित गर्ने बिषय ।
१६. Design-Build-Operate, Annuity, Hybrid annuity जस्ता आंशिक सार्वजनिक निजी
साझेदारी मोडलका प्रस्ताव तथा ठे क्का ब्यवस्था सार्वजनिक खरिद भित्र राखी सो
खरिदका प्रस्ताव संवन्धी कागजात, गाइडलाइन, निर्देशिका बनाउने कार्य ।
१७. कु नै काम गर्न कु नै खास प्रकारको नर्मस आवश्यक पर्ने तथा त्यस्तो नर्मस नेपाल
सरकारबाट स्वीकृ त भई नसके को अवस्थामा सार्वजनिक निकाय प्रमुखले संवन्धित
प्राविधिक तथा विशेषज्ञ वा उत्पादक समेतको कागजातको आधारमा प्रोभिजनल नर्मस
बनाई विभागीय प्रमुखबाट स्वीकृ त गराई निर्माण कार्य गर्न सक्ने कार्य ।
१८. वोलपत्रको योग्यताको आधार गणना गर्दा यन्त्र उपकरण तथा मेनपावर आवश्यक
नपर्ने बिषय ।
१९. वोलपत्रदाताको क्षमता गणना गर्दा निजको औसत वार्षिक निर्माण संवन्धी कारोवार
(Turnover) को तोकिएको गुणकले गुणा गरी हुन आउने अंकलाई वोलपत्रदाताको
योग्यता तथा मूल्यांकनको आधार मानी योग्यता गणना गर्ने बिषय ।
२०. निर्माण बस्तु वा सेवा खरिद गर्दा दिइने पेश्की रकम तोकिएको प्रतिशत ब्याजदरमा
बैंक ग्यारेण्टी लिई दिन सकिने बिषय ।
२१. निर्माण कार्य गर्दा कट्टा गरिने Retention वापत कट्टा गरी जम्मा गरिने रकम निर्माण
कार्य संपन्न भएपछि मान्यता प्राप्त बैंकबाट जारी गरिएको बैंक ग्यारेण्टी लिई फु कु वा
गर्न सकिने बिषय ।
२२. मर्मत संभारका उपयुक्त contracting विधिहरु अवलंवन गरी मर्मत संभारका कार्यहरु
छिटो, छरितो र दिगो बनाउन Framework Contract, Performance based
maintenance contract, service contract, Discounted Rate Contract जस्ता विधिहरु
अवलंवन गर्ने विषय ।
२३. Design-Build, Annuity, Hybrid Annuity, EPC, Hybrid EPC जस्ता Innovative
Contracts मा वोलपत्रदाता छनौट गर्दा प्राविधिक प्रस्ताव र आर्थिक प्रस्तावमा छु ट्टा
छु ट्टै अंक गणना गरी सवै भन्दा वढि अंक प्राप्त गर्ने वोलपत्रदाताको प्रस्ताव छनौट
गर्ने विषय ।
२४. सार्वजनिक निकायले Fundamental Breach of Contract वा अन्य कु नै कारणले ठे क्का
अन्त्य गर्नु परेमा जुन तहबाट वोलपत्रदाताको प्रस्ताव स्वीकृ ति भएको हो सोही
तहबाट ठे क्का अन्त्य गर्ने निर्णयको कार्वाहि गर्नु पर्ने विषय ।
२५. सार्वजनिक निकायले कु नै निर्माण कार्यको वोलपत्र आव्हानको सूचना प्रकाशन गर्नु
पूर्व प्रारं भिक कार्यहरु (जग्गा प्राप्ति, वातावरणीय परीक्षण स्वीकृ ति, पूनर्वास योजना)
संपन्न गरी मात्र गर्नु पर्ने विषय ।

You might also like