Download as doc, pdf, or txt
Download as doc, pdf, or txt
You are on page 1of 22

वाणिज्य नीति, २०७९

(मस्यौदा)

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
२०७९
वाणिज्य नीति, २०७९

१. पृष्ठभूमि

अन्तर्राष्ट्रिय व्यापार आर्थिक वृद्धि तथा समुन्‍नतिको सम्बाहकको रूपमा रहेको छ। खासगरी निर्यात
व्यापार मुलुकको आर्थिक विकासको लागि अपरिहार्य मानिन्छ। प्राकृ तिक तथा मानव स्रोत साधन एवम्
पुँजी तथा प्रविधिको उपलब्धताले वस्तु तथा सेवाको व्यापारलाई प्रभावित गरेको हुन्छ। साथै,
राजनीतिक, आर्थिक, सामाजिक-सांस्कृ तिक, प्रविधि विकास तथा उपभोक्ताको रूचिले अन्तर्राष्ट्रिय
व्यापारको प्रवृत्ति तथा दिशा निर्देशित गर्दछ। त्यस्तै, अन्तर्राष्ट्रिय व्यापारमा भूराजनीतिक सम्बन्ध एवम्
बहुपक्षीय, क्षेत्रीय तथा उपक्षेत्रीय संगठनको उपस्थितिले व्यापार प्रणालीलाई प्रत्यक्ष प्रभाव पार्दछ। सन् १९९५
मा विश्‍व व्यापार संगठनको स्थापनाबाट अन्तर्राष्ट्रिय व्यापारलाई स्वतन्त्र, स्वच्छ, समतामूलक,
अनुमानयोग्य र नियममा आधारित बनाउन सहयोग पुगेको छ।

नेपाल विश्‍व व्यापार संगठन, साफ्टा, बिमिष्टेक लगायतका बहुपक्षीय तथा क्षेत्रीय व्यापार प्रणालीमा आवद्ध
भएको हुँदा अन्तर्राष्ट्रिय व्यापारमा सहज पहुँच प्राप्त भएको छ। तथापि, कमजोर उत्पादनशील क्षमता,
आपूर्तिजन्य अवरोध तथा उच्च व्यापार तथा पारवहन लागतको कारण नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा
प्रतिस्पर्धी बन्‍न सके को छैन। साथै, नेपालको वैदेशिक व्यापार वस्तुगत तथा देशगत रूपमा विविधीकरण हुन
नसकी मुलतः छिमेकी मुलुकमा के न्द्रित हुन पुगेको छ। परिणामस्वरूप नेपालको व्यापार घाटा उच्च हुन गई
समष्टिगत आर्थिक स्थिरता कायम गर्न चुनौती सिर्जना भएको छ।

२. विगतका प्रयास र वर्तमान अवस्था


२.१ विगतका प्रयास

२०४६ सालको प्रजातन्त्र पुनर्स्थापना पश्‍चात नेपालले खुला तथा उदार आर्थिक नीति अवलम्बन गर्दै
आएको छ। यस पश्चात् नेपालको आवधिक योजना, उद्योग, व्यापार, लगानी र बैंक तथा वित्तीय नीति
खुला तथा उदार बनाई अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई उच्च प्राथमिकता दिइंदै आएको छ ।
फलस्वरूप आर्थिक उदारीकरणको नीति अवलम्बन गरिएका सुरुका वर्षहरुमा नेपालको आर्थिक वृद्धि,
उद्योग तथा व्यापार प्रवर्द्धन, रोजगारी तथा गरिबी निवारणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको
देखिन्छ। यसै सन्दर्भमा राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन निर्यात अभिवृद्धि गर्ने
उद्देश्यका साथ वाणिज्य नीति, २०४९ जारी गरिएको थियो।

वि.सं. २०६१ मा नेपाल विश्‍व व्यापार संगठनको सदस्य भए पश्‍चात् प्राप्‍


त अवसरको उपयोग गर्दै
विद्यमान नीतिमा समयानुकू ल परिमार्जन गर्ने गरी वाणिज्य नीति, २०६५ जारी गरिएको थियो। सो
नीतिमा निर्यात सम्भावना भएका वस्तुको निर्यात प्रवर्द्धनको लागि विशेष के न्द्रित क्षेत्र (Special Focus
Area) र जोड दिइएको क्षेत्र (Thrust Area Development) को व्यवस्था गरिएको थियो।
वाणिज्य नीति, २०६५ लाई समायानुकू ल परिमार्जन गर्ने क्रममा आपूर्तिजन्य क्षमताको सुदृढीकरण,
विश्व बजारमा मूल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निकासी अभिवृद्धि, क्षेत्रीय तथा विश्व
बजारमा वस्तु, सेवा र बौद्धिक सम्पत्तिको पहुँच वृद्धि गर्ने उद्देश्यले वाणिज्य नीति, २०७२ जारी
गरिएको थियो।

खासगरी, विश्‍व व्यापार संगठनको नवौं मन्त्रिस्तरीय सम्मेलनमा व्यापार सहजीकरण सम्झौता, अतिकम
विकसित देशलाई सेवा व्यापारमा छु ट, सहुलियपूर्ण उत्पत्तिको नियम, भन्सार तथा कोटा रहित बजार
पहुँच सम्बन्धी निर्णयलाई समेत कार्यान्यनमा ल्याउने सन्दर्भमा सो नीति तर्जुमाको आवश्यकता रहेको
थियो। वाणिज्य नीति र नेपाल व्यापार एकीकरण रणनीति बीच तादात्म्य स्थापना गरी पारस्परिक
सुदृढीकरण तथा आपूर्तिजन्य अवरोध न्यून गरी क्षमता विकास, व्यापार सहजीकरण, उत्पादन र
उत्पादकत्व वृद्धि, सेवा व्यापार, बौद्धिक सम्पत्तिको संरक्षण र अन्तर्राष्ट्रिय बजारमा पहुँच, व्यापार
मूलप्रवाहीकरण, व्यापारको लागि सहायता, व्यापार र वातावरण, अनुगमन संयन्त्रको व्यवस्था जस्ता
बृहत्तर नीतिगत विषय सो नीतिमा सम्बोधन गरिएको थियो।

२.२ वर्तमान अवस्था

नेपालको वैदेशिक व्यापारको संरचनामा सदैव निर्यात भन्दा आयातको हिस्सा अधिक रहेको छ। बढ्दो
आन्तरिक मागको पूर्ति गर्न अपेक्षित रूपमा उत्पादन वृद्धि हुन नसक्दा आयात व्यापार निरन्तर रुपमा
बढ्दै गएको छ। तर नेपालका निर्यातयोग्य वस्तु तथा सेवाहरु प्रतिस्पर्धी हुन नसकी निर्यात सामान्य
दरमा मात्र वृद्धि भइरहेको छ । साथै, नेपाली निर्यातयोग्य वस्तु तथा सेवा र गन्तव्य मुलुकको
विविधीकरण समेत हुन नसके को अवस्था छ । फलस्वरूप पछिल्ला वर्षमा नेपालको व्यापार घाटा
उच्चदरमा रहनु चिन्ताको विषय बनेको छ। आ.व. २०६९/७० मा वैदेशिक व्यापार रू. ६७८.६
अर्ब रहेकोमा आ.व. २०७८/७९ मा कु ल वैदेशिक व्यापार रू. २,१२०.५ अर्ब पुगेको छ। यस
अवधिमा आयात करिब तीन गुणाले वृद्धि भई रू. ६०१ अर्बबाट रू. १,९२० अर्ब र निर्यात साढे दुई
गुणाले वृद्धि भई रू. २०० अर्ब पुगेको छ। आ.व. २०६९/७० मा ७.८ रहेको आयात निर्यात
अनुपात आ.व. २०७८/७९ मा ९.६ कायम भएको छ।

दश वर्षको तथ्याङ्क हेर्दा आयातको प्रवृत्तिमा उल्लेख्य परिवर्तन आएको पाइँदैन। आ.व. २०६९/७०
मा आयात हुने प्रमुख वस्तु पेट्रोलियम पदार्थ, फलाम तथा स्टिलका वस्तु, मेसिनरी सामान, यातायातका
साधन, सुन, विद्युतीय उपकरण र खाद्यान्न रहेकामा आ.व. २०७८/७९ को आयातमा समेत तिनै
वस्तुको प्रधानता रहेको छ।

आ.व. २०६९/७० मा निर्यात भएका प्रमुख वस्तुमा फलाम तथा स्टिलका वस्तु, धागो, ऊनीका
गलैंचा, टेक्सटायल कपडा, अलैंची र तयारी पोशाक रहेकोमा आ.व. २०७८/७९ मा निर्यातमा
योगदान दिने प्रमुख वस्तुमा सोयाबिन तेल, पाम तेल, धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामान,
तयारी पोशाक र जुस रहेका छन्। उक्त निर्यातमा सोयाबिन तेल र पाम तेलको मात्र योगदान ४४.६
प्रतिशत रहेको छ।यस्ता तेलजन्य वस्तुको मूल्य अभिवृद्धि न्यून हुने गरेको छ। यसरी हेर्दा पाम तेल र
सोयाबिन तेल बाहेकका वस्तुको निर्यातमा खासै ठू लो परिवर्तन आएको छैन। वस्तु तथा सेवाको
विविधीकरण गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास मार्फ त उच्च मुल्य अभिवृद्धि हुने
वस्तुको निर्यात गर्न नसक्दासम्म अर्थतन्त्रमा निर्यातले उल्लेख्य टेवा नपुग्ने देखिन्छ।

निर्यातको आधार सानो भएको कारण निर्यातको वृद्धिदर बढी भएता पनि व्यापार घाटा घटाउन यथेष्ठ
योगदान पुग्न सके को छैन। आर्थिक वर्ष २०६९/७० मा सेवा निर्यात रू. ९५.२ अर्ब रहेकोमा
आर्थिक वर्ष २०७८/७९ मा रू. १२२ अर्ब पुगेको छ। उक्त अवधिमा सेवा आयात रू. ८७.६
अर्बबाट रू. २३० अर्ब पुगेको छ। आर्थिक वर्ष २०७४/७५ सम्म सेवा व्यापार सन्तुलन नाफामा
रहेकोमा त्यसपछिका वर्षमा घाटामा गएको देखिन्छ। गत आर्थिक वर्षमा सेवा निर्यात आधाले ह्रास
आएको तर सेवा आयात भने स्थिर रहन गएको छ। जसका कारण सेवा व्यापार रू. ७३ अर्ब घाटामा
गएको छ। पर्यटन आवगमनमा उल्लेख्य कमी आएको तर शिक्षाको लागि विदेशिने रकम उच्च रहेको
कारण यस्तो घाटा हुन गएको हो।

विगत १० वर्षमा कु ल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा कु ल सेवा निर्यात ४.९ बाट २.५ प्रतिशतमा
झरेको छ भने कु ल सेवा आयातको यस्तो अनुपात ४.५ बाट ४.७ प्रतिशत पुगेको छ। यसरी नेपालको
सेवा व्यापारको अवस्था समेत कमजोर हुँदै गएको छ। समग्रमा, आ.व. २०७८/७९ मा वस्तुको
आयात-निर्यात अनुपात ९.६ र वस्तु तथा सेवाको आयात-निर्यात अनुपात ६.८ रहेको छ।

३. समस्या तथा चुनौती


उत्पादन प्रक्रियामा आयातमा आधारित कच्चा पदार्थ र प्रविधि लगायतका साधनको बाहुल्यता, विप्रेषणमा
निर्भर आयात तथा उपभोग एवम् आयातमा आधारित राजस्व, प्रणालीगत प्रोत्साहनको अभाव, कमजोर
उत्पादनशील क्षमता लगायतका संरचनागत समस्याको कारण समग्र कृ षि, उद्योग तथा सेवा क्षेत्रको
न्यून विकास (underperformance) एवम् नेपाली वस्तु तथा सेवाको उत्पादन तथा प्रतिस्पर्धी क्षमता
कमजोर रहेको छ। साथै, कमजोर आयात व्यवस्थापन तथा निर्यात प्रवर्द्धनको कारण उच्च आयात र
साँघुरो निर्यातबाट व्यापार घाटा फराकिलो हुँदै गएको छ। आयातमा पनि उपभोग्य वस्तुको अंश
अत्यधिक छ। विप्रेषण आयलाई उत्पादनमा उपयोग गर्न सकिएको छैन। कमजोर शासकीय
व्यवस्थापन, उच्च लागतयुक्त अर्थतन्त्र, लगानी अनुकू ल वातावरणमा कमी तथा भौतिक पूर्वाधारको न्यून
विकासको कारण नेपालको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता अत्यन्त कमजोर रहेको छ। कमजोर
प्रतिस्पर्धी क्षमताको कारणले गर्दा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान विगतमा भन्दा घटेको छ।
कृ षिबाट औद्योगिक हुँदै सेवा प्रधान हुने सामान्य प्रवृत्तिको सट्टा कृ षिबाट एकै पटक सेवा क्षेत्रमा भएको
अर्थतन्त्रको संरचनात्मक रूपान्तरण नेपालको बैशिष्ठता हो। त्यसमा पनि वैदेशिक लगानी तथा दक्ष
जनशक्तिको कमी एवम् उच्च गुणस्तरीय पूर्वाधारको अभावको कारण सेवा क्षेत्रको दक्षता कमजोर रहँदा
नेपाल आधुनिक सेवाको प्रतिस्पर्धी निर्यातकको रूपमा स्थापित हुन सके को छैन। ट्राभल र पर्यटन
क्षेत्रमा तुलनात्मक लाभ रहेको भए पनि पर्यटकीय वस्तु र गन्तव्यको विविधीकरण गर्न नसक्दा यस
क्षेत्रको मूल्य अभिवृद्धि उच्च हुन सके को छैन।

नेपालले विश्‍व व्यापार संगठनको अति कमविकसित सदस्य राष्ट्रको हैसियतबाट व्यापारका क्षेत्रमा प्राप्‍त
छु ट सुविधा तथा सहुलियतको उपयोग न्यून मात्रामा मात्र गर्न सके को छ । व्यापारजन्य पूर्वाधारको
कमी र भूपरिवेष्ठित मुलुकको कारणले व्यापार तथा पारवहन लागत उच्च रहनु, उत्पादकत्व तथा
उत्पादनशील क्षमता न्यून हुनु लगायतका कारणले नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन
सके को छैन। अन्तर्राष्ट्रिय व्यापारको सम्वाहकको रूपमा रहेको निजी क्षेत्रसँग नीति निर्माण तथा
कार्यान्वयनमा प्रभावकारी सहकार्य तथा साझेदारी निर्माण गर्न सकिएको छैन।

कोभिड महामारीको कारण लगानी, व्यापार, पर्यटन, यातायात लगायतका क्षेत्रमा नकारात्मक असर
परेको कारण अर्थतन्त्रका प्रायः परिसूचक सन्तोषजनक छैनन्। विप्रेषण अपेक्षित रूपमा बढ्न नसक्नु,
आयात उच्च दरमा बढ्नु तर निर्यातको आधार साँघुरो भई उल्लेख्य मात्रामा बढ्न नसक्दा व्यापार
घाटा चुलिनु, पर्यटन आय घट्नु तथा प्रत्यक्ष विदेशी लगानी वृद्धि हुन नसक्दा चालु खाता तथा
शोधनान्तर घाटा उच्च हुन पुगेको छ। फलत: विदेशी मुद्राको सञ्चिति व्यावस्थापनमा समेत दवाब
सिर्जना भएको छ।

४. नयाँ नीतिको आवश्यकता

उद्योग, लगानी तथा व्यापारका क्षेत्रका आन्तरिक तथा बाह्‍


य चुनौती सामना गर्न एवम् अवसरको
उपयोग गर्न विद्यमान वाणिज्य नीति, २०७२ परिमार्जन गरी नयाँ वाणिज्य नीति तर्जुमा गर्नुपर्ने भएको
छ। मुलुक सङ्घीय संरचनामा रूपान्तरण, कोभिड-१९ को महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक
प्रभाव र सन् २०२६ मा नेपाल अति कमविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्‍नति हुने
सन्दर्भमा समेत हालको वाणिज्य नीतिलाई समसामयिक परिमार्जन गर्नुपर्ने देखिएको छ।

पछिल्ला वर्षमा विश्‍व अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारको सन्दर्भ परिवर्तन भएको छ। बहुपक्षीय व्यापार
प्रणालीभन्दा क्षेत्रीय, उपक्षेत्रीय तथा द्विपक्षीय व्यापार प्रतिको आकर्षण बढ्दै गएको छ। सूचना तथा
सञ्‍
चार प्रविधि, ब्लक चेन, त्रिआयामिक प्रिन्टिङ, बिग डेटा, कृ त्रिम बौद्धिकता, सुक्ष्म प्रविधि, जैविक
प्रविधि जस्ता क्षेत्रमा भइरहेको तीब्रतर विकासले वस्तु तथा सेवाको उत्पादन र व्यापारमा आमूल
परिवर्तन भइरहेको छ। साथै, बढ्दो विद्युतीय व्यापारलाई प्रवर्द्धन तथा व्यवस्थित गर्न उपयुक्त रणनीति
अङ्गीकार गर्नुपर्ने आवश्यकता छ। कोभिड महामारी र शक्ति राष्ट्रबीचको व्यापार युद्ध जस्ता
घटनाक्रमले अन्तर्राष्ट्रिय व्यापारको प्रवृत्तिमा बहुआयामिक परिवर्तन ल्याएको छ।

वाणिज्य नीति, २०७२ लागू भए पश्‍चात् दीर्घकालीन सोच सहितको पन्ध्रौं योजना एवम् दिगो विकास
लक्ष्य, २०३० कार्यान्वयनमा आएका छन्। साथै, वाणिज्य नीतिलाई प्रभावित गर्ने औद्योगिक व्यवसाय
ऐन २०७६, सेफगार्ड्स, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि
हस्तान्तरण ऐन, २०७५, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, राष्ट्रिय बौद्धिक नीति, २०७३ लगायतका
नीति तथा कानून कार्यान्वयनमा आएका छन्। विश्‍व व्यापार संगठनको सदस्य राष्ट्र भएको हुँदा
वाणिज्य नीतिको आवधिक रूपमा पुनरावलोकन गर्नुपर्ने हुन्छ। संवैधानिक, नीतिगत तथा कानूनी
प्रावधानमा भएका परिवर्तन, बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश समेतलाई मध्यनजर गरी नयाँ
वाणिज्य नीति तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको छ।

५. वाणिज्य नीतिका मार्गदर्शक सिद्धान्त

नेपालको संविधानको धारा ५१ को राज्यका नीति अन्तर्गत अर्थ, उद्योग र वाणिज्य नीतिमा उल्लिखित
नीतिको अतिरिक्त यस नीतिका मार्गदर्शक सिद्धान्त यस प्रकार छन्:-

(क) स्वतन्त्र, खुला, स्वच्छ, पारदर्शी र पूर्वानुमानयोग्य व्यापार पद्धति ।


(ख) निर्यातमा कर छु ट तथा सहुलियतः निर्यातमा कु नै किसिमको कर तथा शुल्क लगाइने छैन।
निर्यात गरिने वस्तुको कच्चा पदार्थमा लागेको कर तथा शुल्क फिर्ता दिइनेछ। कर फिर्ता
तथा निर्यात प्रोत्साहनलाई सरलीकृ त, उच्च मूल्य अभिवृद्धियुक्त र कार्यसम्पादनमा आधारित
बनाइनेछ।
(ग) छिमेकी मुलुकसँग समवर्ती करः निर्यातमूलक औद्योगिक प्रतिष्ठानलाई लगाइने आयकरको दर
छिमेकी मुलुकको भन्दा बढी नहुने व्यवस्था गरिनेछ।
(घ) ऊर्जाको सुलभ उपलब्धताः निर्यातमूलक उद्योगलाई छिमेकी मुलुकको भन्दा बढी नहुने गरी
प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय ऊर्जा उपलब्ध गराइनेछ।
(ङ) सहकार्य तथा साझेदारीः नीति कार्यान्वयनमा निजी क्षेत्रसँग आवश्यकता अनुसार लागत
साझेदारीसहित रचनात्मक सहकार्यको पद्धति अवलम्बन गरिनेछ।

६. दूरदृष्टि

आर्थिक समृद्धिका लागि निर्यात प्रवर्द्धन, आयात व्यवस्थापन तथा व्यापार सन्तुलन।
७. लक्ष्य

अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको अंश बढाई व्यापार घाटा कम गर्ने।


परिमाणात्मक लक्ष्य: आगामी पाँच वर्ष भित्र वस्तुको आयात-निर्यात अनुपात ७.५ वस्तु तथा सेवाको
आयात-निर्यात अनुपात ५.० कायम भएको हुने।

८. उद्देश्य
८.१ मू्ल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निर्यात वृद्धि गरी व्यापार घाटा कम गर्नु।
८.२ आपूर्तिजन्य क्षमताको सुदृढीकरण तथा व्यापार लागत कम गरी नेपाली वस्तु तथा सेवालाई
आन्तरिक तथा बाह्‍
य बजारमा प्रतिस्पर्धी बनाउनु।
८.३ नीतिगत समन्वय, संस्थागत सुदृढीकरण तथा सहजीकरण गरी व्यापार पारिस्थितिक प्रणालीमा
सुधार गर्नु।

९. रणनीति
उद्देश्य (१) मू्ल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निर्यात वृद्धि गरी व्यापार घाटा कम गर्नु।
९.१.१ तुलनात्मक र प्रतिस्पर्धी लाभ भएका वस्तुको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी निर्यात प्रवर्द्धन
गर्ने।
९.१.२ नेपाली वस्तुको उत्पादन र उपभोग अभिवृद्धि गरी आयात व्यवस्थापन गर्ने।
९.१.३ निर्यात सम्भावना भएका वस्तुको देशगत तथा वस्तुगत निर्यात विविधीकरण गर्ने।
9.1.4 निर्यातजन्य सेवा क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने।

उद्देश्य (२) आपूर्तिजन्य क्षमताको सुदृढीकरण तथा व्यापार लागत कम गरी नेपाली वस्तु तथा सेवालाई
आन्तरिक तथा बाह्‍
य बजारमा प्रतिस्पर्धी बनाउनु।
९.२.१ औद्योगिक तथा व्यापारिक पूर्वाधारको विकास र विस्तार गरी उत्पादन तथा व्यापार लागत कम
गर्ने।
९.२.२ कृ षिजन्य, वनजन्य र औद्योगिक वस्तुको निकासी प्रवर्द्धन गर्न आधुनिक प्रयोगशाला,
क्वारेन्टाइन, प्रमाणीकरण, प्रत्यायन (accreditation) जस्ता पूर्वाधार सुदृढीकरण गर्ने।

उद्देश्य (३) नीतिगत समन्वय, संस्थागत सुदृढीकरण तथा सहजीकरण गरी व्यापार पारिस्थितिक
प्रणालीमा सुधार गर्नु।
९.३.१ वाणिज्य नीति र समष्टिगत आर्थिक नीति तथा अन्य क्षेत्रगत नीतिबीच सामञ्‍
जस्यता कायम
गरी लगानी, उत्पादन तथा निर्यातमैत्री वातावरण निर्माण गर्ने।
९.३.2 निर्यात अभिवृद्धिको लागि संस्थागत सुदृढीकरण तथा कानूनी सुधार गर्ने।
९.३.3 विकासशील राष्ट्रमा स्तरोन्‍नति पश्‍चात् निर्यात व्यापारमा पर्ने असरको न्यूनीकरण तथा अवसरको
उपयोग गर्ने।
९.३.४ दिगो, समावेशी, हरित तथा वातावरणमैत्री व्यापार प्रवर्द्धन मार्फ त दिगो विकास लक्ष्य हासिल
गर्न योगदान गर्ने।
९.३.५ आर्थिक कू टनीति सुदृढ गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउने।
९.३.६ व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारको संरक्षण र उपयोग गरी विश्‍व बजारमा
नेपाली उत्पादनलाई स्थापित गर्ने।

१०. नीति तथा कार्यनीति


क्र.सं रणनीति कार्यनीति
उद्देश्य (१) मू्ल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निर्यात वृद्धि गरी व्यापार घाटा कम गर्नु।
क्र.सं रणनीति कार्यनीति
९.१.१ तुलनात्मक र प्रतिस्पर्धी  निर्यातको सम्भावना भएका वस्तुको उत्पादन र निकासी प्रवर्द्धन गर्न
लाभ भएका वस्तुको व्यापारलाई निकायगत कार्यक्रम तथा बजेटमा मूलप्रवाहीकरण गरिनेछ।
प्रतिस्पर्धी क्षमता अभिवृद्धि  नेपाल व्यापार एकीकृ त रणनीतिमा समावेश भएका प्राथमिकताप्राप्‍
त वस्तु
गरी निर्यात प्रवर्द्धन गर्ने। तथा सेवाको निकासी प्रवर्द्धन गर्न प्रोत्साहन तथा सुविधा उपलब्ध
गराइनेछ।
 निजी क्षेत्रको सहकार्यमा निर्यात सम्भाव्य क्षेत्र तथा वस्तुको निर्यात
रणनीति तयार गरी कार्यान्वयनमा ल्याइनेछ।
 निर्यात सम्भावना भएका मुलुकबाट वैदेशिक लगानी भित्र्याई सोही
मुलुकमा वस्तु तथा सेवाको निर्यात गर्नको लागि प्रोत्साहन तथा
सहजीकरण गरिनेछ।
 प्रत्येक प्रदेश र स्थानीय तहमा सम्भाव्य निकासीयोग्य वस्तुको विवरण
तयार गरिनेछ।
 निर्यातयोग्य नेपाली वस्तुको बजार प्रवर्द्धन गर्न 'मेड इन नेपाल' र 'मेक
इन नेपाल' अभियानलाई प्रोत्साहन तथा सहयोग गरिनेछ।
 उच्च मूल्य न्यून आयतन भएका सम्भाव्य वस्तुको विकास तथा निर्यात
प्रवर्द्वन गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ।
 नेपाली वस्तुको उत्पादन लागत न्यूनीकरण तथा गुणस्तर अभिवृद्धि गर्न
आधुनिक प्रविधिको प्रयोग तथा प्रविधि हस्तान्तरणमा सहयोग गर्नुका साथै
कामदारको दक्षता वृद्धिको कार्यक्रम सञ्‍चालन गरिनेछ।
 निकासीजन्य उद्योगलाई चाहिने कच्चा एवम् अर्धप्रशोधित वस्तु उपलब्ध
गराउने प्रकृ तिका उद्योग (Ancilliary Industries) स्थापना गर्न निजी
क्षेत्रलाई प्रोत्साहित गरिनेछ।
 निकासीयोग्य वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धिको लागि अनुसन्धान
तथा वस्तु विकास गर्न निजी क्षेत्रबाट सञ्‍चालित अनुसन्धानमूलक संस्थासँग
साझेदारी गरिनेछ।
 स्वदेशी वस्तुको उत्पादन तथा निर्यात प्रवर्द्धन गर्न सुलभ रूपमा कर्जा
प्रदान गर्नुको साथै बिजनेस इन्कु बेसन, वस्तु विकास, बजारीकरण, बजार
सूचना लगायतका सेवा उपलब्ध गराइनेछ।
 पैठारी भएका कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थबाट उत्पादित वस्तु
निर्यात भएमा आयातमा तिरेको भन्सार महशुल फिर्ता हुने व्यवस्थालाई
सहज बनाइनेछ।
९.१.२ नेपाली वस्तुको उत्पादन र  प्रत्येक प्रदेश र स्थानीय तहमा आयात प्रतिस्थापन गर्न सहयोग पुर्‍याउने
उपभोग अभिवृद्धि गरी सम्भाव्य वस्तुको विवरण तयार गरिनेछ।
आयात व्यवस्थापन गर्ने।  निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा उत्पादन सम्भावना भएका तर
आयात गर्नु परिरहेका औद्योगिक, कृ षि तथा वनजन्य वस्तुको उत्पादन
क्र.सं रणनीति कार्यनीति
वृद्धि कार्यक्रम सञ्‍चालन गरिनेछ।
 नेपालमा उपलब्ध खानी तथा खनिज वस्तुको व्यावसायिक उत्खनन,
प्रशोधन र उत्पादन गरिनेछ।
 कृ षिजन्य उद्योग, दाना उद्योग, चिया प्रशोधन उद्योग, दुग्ध पदार्थ
उत्पादन तथा प्रशोधन उद्योग र मासु तथा मासुजन्य उद्योगको
स्थापनालाई प्रोत्साहन गरिनेछ।
 कृ षि, वन तथा अन्य प्रकृ तिजन्य वस्तु तथा पके ट क्षेत्र पहिचान गरी
त्यस्ता वस्तुको संकलन के न्द्र र प्रशोधन के न्द्रबीच आपूर्ति श्रृङ्खला विकास
गरिनेछ।
 नेपाली काठको प्रयोगलाई प्रोत्साहन गर्न फर्निचर तथा काठको पैठारीलाई
निरूत्साहित गरिनेछ।
 आन्तरिक उपभोग तथा निर्यात प्रवर्द्धनको लागि असल कृ षि अभ्यास र
प्राङ्गारिक खेतीको प्रमाणीकरण र प्रयोगशाला परीक्षण शुल्कमा प्रोत्साहन
दिइनेछ।
 पेट्रोलियम पदार्थको आयात न्यूनीकरण गर्न विद्युतीय सवारी साधन र
घरायसी विद्युतीय उपकरण (विद्युतीय चुल्हो, हिटर, कु कर, आदि) को
उपयोगलाई प्रोत्साहन गरिनेछ।
 सार्वजनिक निकायमा सम्भव भएसम्म नेपाली वस्तुको उपयोग गर्ने
नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।
 मानव, पशुपन्छी तथा वनस्पति स्वास्थ्य र वातावरणमा प्रतिकू ल असर
गर्ने वस्तुको आयात नियन्त्रण गर्न आयात पूर्व परीक्षण, क्वारेन्टाइन जाँच
लगायतका उपायलाई प्रभावकारी बनाइनेछ।
 साना किसान, सहकारी तथा साना तथा घरेलु उद्योगले उत्पादन गर्ने
प्राथमिक तथा अर्धप्रशोधित वस्तु स्वदेशी मझौला तथा ठू ला उद्योगले
प्रयोग गर्ने गरी मूल्य श्रृं खला कायम गर्न प्रोत्साहन गरिनेछ।
९.१.३ निर्यात सम्भावना भएका  नेपाल व्यापार एकीकृ त रणनीतिमा समावेश भएका निर्यातयोग्य वस्तु तथा
वस्तुको देशगत तथा सेवाको निर्यात प्रवर्द्धन गर्न नयाँ द्विपक्षीय व्यापार तथा लगानी सम्झौता
वस्तुगत निर्यात गर्नुका साथै विद्यमान सम्झौताको पुनरावलोकन गरिनेछ।
विविधीकरण गर्ने।  प्रमुख व्यापार साझेदार मुलुकका व्यापारी र नेपाली व्यापारिक संस्थाका
बीचमा पारस्परिक चेम्बर अफ कमर्स स्थापना गर्न सहजीकरण गरिनेछ।
 लघु, घरेलु तथा साना उद्योग र महिला उद्यमीलाई उत्पादित वस्तुको
मौज्दात लगायतका चालु सम्पत्तिको धितोमा कर्जा उपलब्ध गराइनेछ।
 निर्यातमा प्रदान गरिं दै आएको नगद प्रोत्साहनलाई निकासी प्रवर्द्धन र
कार्यसम्पादनमा आधारित बनाइनेछ।
 निजी क्षेत्रका छाता संघ/संस्थासँगको सहकार्यमा नेपाली कला, संस्कृ ति र
क्र.सं रणनीति कार्यनीति
मौलिक पहिचान झल्किने वस्तुको उत्पादन वृद्धि तथा निर्यात प्रवर्द्धन
गरिनेछ।
 नेपाली निर्यातकर्ता कम्पनी तथा संघसंस्थालाई विदेशमा सम्पर्क कार्यालय
वा बिक्री तथा प्रदर्शन कक्ष खोल्न र विदेशी आयातकर्ता कम्पनीलाई
नेपाली वस्तु तथा सेवाको प्रवर्द्धन गर्न नेपालमा सम्पर्क कार्यालय स्थापना
गर्न प्रोत्साहन गरिनेछ।
 विदेशस्थित नेपाली कू टनीतिक नियोग एवम् नेपाली डायस्पोरा र नेपालका
सम्बन्धित मन्त्रालय तथा निकायका बीचमा नेपालमा लगानी, पर्यटन तथा
निर्यात प्रवर्द्धन गर्न आपसी समन्वय तथा सहकार्य गरिनेछ।
 नेपालको प्राकृ तिक तथा धार्मिक विशिष्टतामा आधारित उत्पादन जस्तै
हिमालको पानी, मुक्तिनाथको जल, पशुपतिनाथको चन्दन र प्रसाद,
कालीगण्डकी नदीमा प्राप्त हुने शालिग्राममा देविदेवताको तस्वीर कुँ देका
पेन्टिङ तथा हिमाली वा पहाडी जडिबुटीका ब्राण्डेड रक्सी लगायतका
वस्तुको बृहत् उत्पादन तथा निकासी प्रवर्द्धन गरिनेछ।
 निर्यात सम्भावना भएका वस्तुको विकास, उत्पादन, गुणस्तर नियन्त्रण,
प्रविधिको अवलम्बन, प्याके जिङ लगायतका कार्यमा नेपाली उत्पादक तथा
निर्यातकर्ताको क्षमता विकास गरिनेछ।
 भारत, चीन, भूटान, बंगलादेश लगायत अन्य मुलुकमा निर्यात सम्भावना
भएका वस्तु तथा सेवाको पहिचान गरी निर्यात प्रवर्द्धन गर्न आवश्यक
संरचना तथा पूर्वाधार विकास गरिनेछ।
९.१.४ निर्यातजन्य सेवा क्षेत्रको  सूचना प्रविधि, बिजनेश प्रोसेस आउटसोर्सिङ, निर्माण तथा वित्तीय क्षेत्र
प्रतिस्पर्धी क्षमता अभिवृद्धि लगायतका सेवाका निर्यातकर्तालाई सहजीकरण तथा प्रोत्साहन गरिनेछ ।
गर्ने।  सूचना तथा सञ्‍चार प्रविधि सम्बन्धी नेपाली जनशक्तिको सीप तथा क्षमता
अभिवृद्धि गरिनेछ।
 आन्तरिक तथा बाह्‍य पर्यटन प्रवर्द्धन गर्न पर्यटकीय पूर्वाधार विकास तथा
सुदृढीकरण गरिनेछ।
 अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने
उद्देश्यले कम्पनी ऐन अनुसार सञ्‍चालन हुने क्याम्पस, प्राविधिक
विद्यालय, स्वास्थ्य संस्था तथा अस्पताल र अनुसन्धानमूलक संस्थालाई
आयकर छु ट दिने व्यवस्था गरिनेछ।
 नेपालका विश्‍वविद्यालय तथा प्राविधिक/व्यवसायिक तालिम के न्द्रबाट
जारी गरिएका शैक्षिक उपाधि र योग्यताको प्रमाणपत्रलाई मान्यता प्राप्‍

गर्न सम्बन्धित अन्तर्राष्ट्रिय निकायबीच पारस्परिक मान्यता सम्झौता
गरिनेछ।
 विश्‍व व्यापार संगठन र क्षेत्रीय व्यापार सम्झौतामा भएका प्रावधान
क्र.सं रणनीति कार्यनीति
अनुरूप चौथो मोड (Mode-4) अन्तरगतको सेवा व्यापार विस्तार गर्न
अर्धदक्ष तथा दक्ष जनशक्ति तयार गरिनेछ।
उद्देश्य (२) आपूर्तिजन्य क्षमताको सुदृढीकरण तथा व्यापार लागत कम गरी नेपाली वस्तु तथा सेवालाई आन्तरिक
तथा बाह्‍य बजारमा प्रतिस्पर्धी बनाउने।
९.२.१ औद्योगिक तथा व्यापारिक  व्यापारसँग सम्बन्धित सडक यातायातको बहन क्षमता अभिवृद्धि, रेलमार्ग
पूर्वाधारको विकास र निर्माण, जलमार्गको विकास, हवाइ यातायातको विकास तथा विद्यमान
विस्तार गरी उत्पादन तथा विमानस्थलको अधिकतम उपयोग गरिनेछ।
व्यापार लागत कम गर्ने।
 अन्तर्राष्ट्रिय व्यापारको लागत कम गर्न पारवहन तथा छिमेकी मुलुकका
वैकल्पिक पारवहन मार्ग तथा बन्दरगाहको भौतिक पूर्वाधार, बहुविधिक
ढुवानी सुविधा, यातायात सुविधा र लागत सम्बन्धी अध्ययन गरी
सम्झौता भइसके का पारवहन सन्धि/ सम्झौताको अधिकतम उपयोग गरी
सम्भाव्य नयाँ पारवहन मार्गको लागि सन्धि/सम्झौता गरिनेछ।
 लजिष्टिक्स नीति कार्यान्वयनमा ल्याई ढुवानी तथा व्यापार लागत
घटाइनेछ।
 सार्वजनिक निजी साझेदारीमा वस्तुको संकलन, भण्डारण, ढुवानी, प्रशोधन,
प्याके जिङ, लेबलिङ, सामुहिक ट्रे डमार्क , बजारीकरण लगायतका सुविधा
सरल तथा सहज रूपमा उपलब्ध गराइनेछ।
 निर्माण सम्पन्न भएका विशेष आर्थिक क्षेत्र, सुख्खा बन्दरगाह, औद्योगिक
क्षेत्र र औद्योगिक ग्रामको प्रभावकारी रूपमा सञ्‍चालन गरिनेछ।
 स्थानीय तहमा कृ षि वा वन पैदावरजन्य उद्योग स्थापनाको लागि व्यवसाय
इन्कु बेसन, सहुलियतपूर्ण कर्जा, प्रविधि हस्तान्तरण, बजार सूचना
लगायतका क्षेत्रमा प्रोत्साहन गर्न तीन वटै तहका सरकारी निकाय, निजी
तथा सहकारी क्षेत्रसँगको सहकार्यमा विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ।
यसका साथै सहुलियतपूर्ण कर्जा लगायतका प्रोत्साहन कार्यक्रमको नियमित
अनुगमन गरिनेछ ।
 काठमाडौँ उपत्यका र सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल
निर्माण गरिनेछ।
 उद्योग स्थापना र सञ्‍चालनका लागि विद्यमान जग्गाको हदबन्दी वृद्धि
गर्नुको साथै हदबन्दी भन्दा बढी जग्गा धितो राख्‍
न सकिने व्यवस्था
मिलाइनेछ।
 उद्योग स्थापनाको लागि जग्गा खरिद गर्न वा लिजमा लिनको लागि भूमि
बैङ्कको अवधारणा कार्यान्वयनमा ल्याइनेछ।
 निजी क्षेत्रको अगुवाइमा विद्यमान गोदाम तथा शीत भण्डारलाई पूर्ण
क्षमतामा सञ्‍चालन गरिनेछ।
 उद्योग स्थापना गर्दा सडक, विद्युत तथा खानेपानी सेवामा प्रदान गरिंदै
आएको सहयोग तथा प्रोत्साहनलाई निरन्तरता दिइनेछ।
क्र.सं रणनीति कार्यनीति
 प्रमुख बन्दरगाहबाट रेल तथा सडक मार्ग हुँदै नेपाल भित्रिने कार्गोमा
विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ।
 पारवाहन सेवालाई प्रभावकारी बनाउन सीमावर्ती भन्सार नाकामा गोदाम
सुविधा, ढुवानी र क्लियरिङ तथा फरवार्डिङ सेवा विस्तार गरिनेछ।
 चीनसँग सम्पन्न भएको पारवहन ढुवानी सम्झौता तथा प्रोटोकल बमोजिम
पारवाहन सुविधा उपयोग गर्न आवश्यक पूर्वाधारको निर्माण एवम् चिनीया
पक्षसँग वार्ता तथा कू टनीतिक पहल गरिनेछ।
 दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्यबीच आर्थिक एकीकरण
गर्न व्यापार, लगानी, सडक, उर्जा व्यापार, प्रवेशाज्ञा लगायतका क्षेत्रमा
सदस्य राष्ट्रबीच सहकार्य गरिनेछ।
 बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडी
मुलुकको प्रयास (बिमस्टेक) को प्रभावकारी कार्यान्वयनका लागि पहल
गरिनेछ।
९.२.२ कृ षिजन्य, वनजन्य र  गुणस्तर र प्रमाणीकरण व्यवस्थाको सुदृढीकरण गर्न राष्ट्रिय प्रमाणीकरण
औद्योगिक वस्तुको निकासी बोर्ड सम्बन्धी कानूनी र संस्थागत व्यवस्था गरी सञ्‍चालनमा ल्याइनेछ।
प्रवर्द्धन गर्न आधुनिक  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल
प्रयोगशाला, क्वारेन्टाइन,
विभाग, वनस्पति विभाग, राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा विषादी
प्रमाणीकरण, प्रत्यायन
व्यवस्थापन के न्द्र, पशु क्वारेन्टाइन कार्यालय लगायतका निकायबाट
(accreditation) जस्ता
पूर्वाधार सुदृढीकरण गर्ने। निर्यात हुने वस्तुको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तर परीक्षण र
प्रमाणीकरण गर्न संस्थागत सुदृढीकरण तथा जनशक्तिको क्षमता विकास
गरिनेछ।
 निजी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना र सञ्‍चालन गर्न
सहयोग तथा सहुलियत प्रदान गरिनेछ।
 सरकार र निजी क्षेत्रको साझेदारीमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला
स्थापना र सञ्चालन गरिनेछ ।
 भारत र चीनका खाद्य सुरक्षा तथा गुणस्तर नियामक निकायसँगको
समन्वयमा सामञ्जस्य हुनेगरी मापदण्ड निर्धारण गरिनेछ।
 गन्तव्य मुलुकले निर्धारण गरेका गुणस्तर मापदण्ड पुरा गर्नेगरी
निर्यातयोग्य वस्तुको आन्तरिक नियन्त्रण प्रणाली एवम् सेनिटरी तथा
फाइटोसेनिटरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिनेछ।
 कफी, चिया, अलैंची, जडिबुटी, दुग्धजन्य पदार्थ, हस्तकलाका सामान,
नेचुरल स्प्रिङ वाटर तथा फु टवेयर जस्ता वस्तुको गुणस्तर निर्धारण,
अर्गानिक प्रमाणीकरण र हलाल प्रमाणीकरण सम्बन्धी कार्यक्रम सञ्‍चालन
गरिनेछ।
 नेपालमा पाइने बहुमुल्य जडिबुटीलाई कम्तीमा एक तहको प्रशोधन गरेर
क्र.सं रणनीति कार्यनीति
मात्र निकासी गर्ने गरी प्रशोधन उद्योग स्थापना गर्न निजी क्षेत्रसँग
सहकार्य गरिनेछ।
उद्देश्य (३) नीतिगत समन्वय, संस्थागत सुदृढीकरण तथा सहजीकरण गरी व्यापार पारिस्थितिकीय प्रणालीमा सुधार
गर्ने।
९.३.१ वाणिज्य नीति र समष्टिगत  वाणिज्य नीतिसँग प्रत्यक्ष सम्बन्ध रहने उद्योग नीति, आपूर्ति नीति, राजस्व
आर्थिक नीति तथा अन्य नीति, लगानी तथा प्रविधि हस्तान्तरण नीति, कृ षि नीति, वन नीति र श्रम
क्षेत्रगत नीतिबीच सामञ्‍ नीतिलाई एक अर्कामा सामञ्‍जस्य हुने गरी तर्जुमा तथा परिमार्जन
जस्यता कायम गरी
गरिनेछ।
लगानी, उत्पादन तथा
 संघ, प्रदेश र स्थानीय तहका विकास योजना, नीति, कार्यक्रम तथा
निर्यातमैत्री वातावरण
निर्माण गर्ने। आयोजनाको तर्जुमा र कार्यान्वयन प्रक्रियामा व्यापार प्रवर्द्धनको
मूलप्रवाहीकरण गरिनेछ।
 राजस्व परिचालनको अतिरिक्त औद्योगिक विकास, लगानी, उत्पादन तथा
निर्यातमैत्री हुनेगरी कर तथा भन्सार महशुल दर निर्धारण गरिनेछ।
 प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न थप मुलुकसँग लगानी तथा दोहोरो
कर मुक्ति सम्बन्धी सम्झौता गरिनेछ।
९.३.2 निर्यात अभिवृद्धिको लागि  निकासी पैठारी सम्बन्धी ऐन तथा नियमावलीलाई समयानुकु ल परिमार्जन
कानूनी सुधार तथा गरिनेछ।
संस्थागत सुदृढीकरण गर्ने।  विद्युतीय व्यापार सम्बन्धी कानूनी तथा संस्थागत व्यवस्था गरी विद्युतीय
व्यापारलाई नियमन र प्रवर्द्धन गरिनेछ।
 एन्टिडम्पिङ्ग, काउन्टरभेलिङ्ग र सेफगार्डस सम्बन्धी कानूनको प्रभावकारी
कार्यान्वयन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको क्षमता
अभिवृद्धि गरिनेछ।
 व्यापार तथा निकासी प्रवर्द्धन के न्द्र लगायतका सरकारी तथा निजी क्षेत्रका
व्यापार सम्वद्ध छाता संस्थाको क्षमता अभिवृद्धि गरिनेछ।
 व्यापार सहजीकरण तथा भन्सार प्रक्रिया सरलीकरणका लागि प्रयोगमा
ल्याइएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीलाई पूर्ण सञ्‍चालनमा ल्याइनेछ।
 अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी तथ्याङ्क तथा सूचना संकलन, अध्ययन,
निगरानी र विश्लेषण गरी नीतिगत पृष्ठपोषण गर्न उद्योग, वाणिज्य तथा
आपूर्ति मन्त्रालयमा व्यापार तथा बजार विश्लेषण इकाई स्थापना
गरिनेछ।
 अन्तर्राष्ट्रिय व्यापारका सूचना समावेश गरी व्यापार तथा निर्यात प्रवर्द्धन
के न्द्रमा स्थापना गरिएको नेपाल ट्रे ड इन्फरमेशन पोर्टलको अधिकतम
प्रयोग गर्न प्रचारप्रसार गरिनेछ।
 कृ षिजन्य वस्तुका उत्पादक तथा निर्यातकर्तालाई सूचना सम्प्रेषण तथा
गुनासा सम्बोधन गर्न कृ षि तथा पशुपन्छी विकास मन्त्रालयसँगको
समन्वयमा कृ षि सूचना पोर्टल सञ्‍चालन गरिनेछ।
क्र.सं रणनीति कार्यनीति
 अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्‍नति पश्चात
उपलब्ध हुने प्राविधिक तथा वित्तीय सहायता, विश्‍व मूल्य श्रृं खलामा
एकीकरण एवम् आपू्र्ति क्षमता अभिवृद्धि गर्न वैदेशिक सहायता परिचालन
गरिनेछ।
 विश्‍व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौता कार्यान्वयन गर्न
व्यापार सहायता परिचालन गरिनेछ।
 व्यापार सहजीकरण तथा निर्यात प्रवर्द्धनसँग सम्बन्धित विभिन्न समिति तथा
विश्‍व व्यापार संगठनका सम्पर्क बिन्दुको क्षमता अभिवृद्धिको कार्यक्रम
सञ्‍चालन गरिनेछ।
 विश्‍व व्यापार संगठनको प्रावधान अनुसार पशु तथा वनस्पतिजन्य स्वास्थ्य,
व्यापारजन्य प्राविधिक अवरोध र सेवा व्यापार लगायतका सूचना प्रवाह र
सोधपुछ सम्बन्धी विद्यमान राष्ट्रिय सोधपुछ बिन्दु/सूचना के न्द्रको
सुदृढीकरण गरिनेछ।
 निर्यात व्यापारसँग सम्बन्धित कार्यविधि जस्तै एक्जिम कोड वितरण, ल्याब
परीक्षण, सामान्य ग्राह्‍यता प्रणाली, उत्पत्तिको प्रमाणपत्र वितरण सम्बन्धी
कार्यविधिको परिमार्जन गरी प्रकृ यागत सरलीकरण गरिनेछ।
 अन्तर्राष्ट्रिय व्यापारमा विद्युतीय आयात निर्यात कोड (e-IEC Code), e-
BRC (Electronic Bank Realization Certificate), Payment Gateway
लगायतका सेवा उपलब्ध गराइनेछ।
 सम्बन्धित निकायसँगको समन्वयमा विश्‍वविद्यालयको पाठ्यक्रममा
अन्तर्राष्ट्रिय व्यापार, विश्‍व व्यापार संगठनका प्रमुख सम्झौता र
कार्यप्रणाली, नेपालका व्यापार सम्बद्ध सन्धि सम्झौता, निर्यात प्रवर्द्धन
लगायतका विषय समावेश गरिनेछ।
९.३.3 विकासशील राष्ट्रमा स्तरोन्‍  अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्‍नति भए पश्‍
नति पश्‍चात निर्यात चात निर्यात व्यापारमा पर्ने प्रभाव न्यूनीकरण गर्न व्यापार क्षेत्रको रणनीति
व्यापारमा पर्ने असरको तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
न्यूनीकरण तथा अवसरको
 विकासशील मुलुकमा स्तरोन्‍नति पश्‍चात् हाल प्राप्‍
त व्यापारजन्य सहुलियत
उपयोग गर्ने।
तथा सुविधाको निरन्तरताको लागि द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय वार्ता
तथा सम्झौता गरिनेछ।
 विकासशील तथा अतिकम विकसित मुलुकका वस्तु तथा सेवाको बजार
पहुँचको लागि प्राप्‍
त भन्सार तथा कोटारहित सुविधाको अधिकतम उपयोग
गरिनेछ।
 विश्‍व व्यापार संगठनको सेवा व्यापार सम्बन्धी प्रावधान बमोजिम
विकसित मुलुकले अतिकम विकसित मुलुकलाई प्रदान गरेको सेवा
व्यापारमा छु टबाट अधिकतम फाइदा लिन सो सम्बन्धी क्षेत्र, उपक्षेत्र
क्र.सं रणनीति कार्यनीति
तथा मोडको पहिचान गरी वार्ता तथा सम्झौता गरिनेछ।
 युरोपेली मुलुकमा उपलब्ध हुँदै आएको भन्सार तथा कोटारहित बजार
पहुँच सुविधा स्तरोन्नति पश्‍चात् निरन्तरताको लागि पारित गर्नुपर्ने
महासन्धि अनुमोदनको प्रक्रिया प्रारम्भ गरिनेछ।
 स्तरोन्नति पश्‍चात् निकासीको लागि पुरा गर्नुपर्ने उत्पत्तिको नियम सम्बन्धी
कठिन प्रावधानको परिपालना गर्न निजी क्षेत्रको सहभागितामा कपडा,
तयारी पोशाक लगायतका क्षेत्रमा सुधारका कार्यक्रम सञ्‍चालन गरिनेछ।
९.३.4 दिगो, समावेशी, हरित तथा  विपद्, महामारी लगायतका अन्य असहज अवस्थामा समेत व्यापारलाई
वातावरणमैत्री व्यापार नियमित गर्न व्यापार सम्बन्धी संरचना तथा पूर्वाधारलाई सुदृढ बनाइनेछ।
प्रवर्द्धन मार्फ त दिगो  पर्यावरण तथा जैविक विविधतामा नकारात्मक असर नपर्ने एवम् भू-क्षय
विकास लक्ष्य हासिल गर्न
नहुने क्षेत्रको पहिचान गरी दिगो व्यवस्थापनको आधारमा निश्चित
योगदान गर्ने।
क्षेत्रबाट मात्र ढुङ्गा गिट्टी उत्खनन गर्ने नीतिगत, कानूनी र संस्थागत
व्यवस्था गरिनेछ।
 लघु, घरेलु तथा साना उद्योग तथा महिला उद्यमीद्वारा उत्पादित वस्तु तथा
सेवाको बजार तथा निकासी प्रवर्द्धनको लागि छु ट, सुविधा, सहुलियत र
प्रोत्साहन उपलब्ध गराइनेछ।
 वनको दिगो व्यवस्थापन गर्दै स्वदेशी काठको उत्पादन तथा उपभोग वृद्धि
गरी आयात प्रतिस्थापन गर्न विद्यमान कानूनी तथा नीतिगत व्यवस्थालाई
परिमार्जन गरी सहज बनाइनेछ।
 सम्बन्धित स्थानीय तहमार्फ त बहुमूल्य जडिबुटीको अत्यधिक दोहन
नियन्त्रण गरी दिगो उत्पादनलाई जोड दिनुको साथै जडिबुटीको
व्यवसायिक खेतीलाई प्रोत्साहन गरिनेछ।
 वातावरण प्रदूषण गर्ने उद्योगको स्थापनालाई निरुत्साहित गर्दै विद्यमान
तथा नयाँ उद्योगमा वातावरणमैत्री प्रविधि अवलम्बन गर्न प्रोत्साहन
गरिनेछ।
९.३.5 आर्थिक कू टनीति सुदृढ  व्यापार तथा लगानीका सम्भावना भएका थप मुलुकसँग द्विपक्षीय व्यापार
गरी अन्तर्राष्ट्रिय बजारमा तथा लगानी सम्बन्धी सम्झौता गरिनुको साथै विद्यमान सम्झौताको
नेपाली वस्तु तथा सेवाको पुनरावलोकन गरिनेछ।
पहुँच बढाउने।
 नेपालको निर्यात व्यापारमा देखिएका गैर-भन्सारजन्य अवरोध हटाउन
बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय तहमा वार्ता तथा सम्झौता गरिनेछ।
 नेपालको व्यापार तथा लगानी प्रवर्द्धनको लागि समान स्वार्थ तथा हित
भएका मुलुकसँग मिली बहुपक्षीय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चमा साझा पहल
गरिनेछ।
 अन्तर्राष्ट्रिय व्यापार र पारवहन लागत घटाउन बन्दरगाहको भौतिक
पूर्वाधार सुधार तथा बहुविधिक ढुवानी सुविधाको प्रयोग गर्दै नयाँ
क्र.सं रणनीति कार्यनीति
बन्दरगाह र वैकल्पिक पारवहन मार्गको उपयोग गर्न द्विपक्षीय सन्धि तथा
सम्झौता पुनरावलोकन गरिनेछ।
 औद्योगिक वस्तुको गुणस्तरको अन्तर्राष्ट्रिय मान्यता प्राप्‍
त गर्न प्रमुख
व्यापार साझेदार मुलुकसँग पारस्परिक मान्यता सम्झौता गरिनेछ।
 फु लबारी-बंगलाबन्ध मार्गको प्रभावकारी प्रयोग तथा बीरगञ्‍ज र
विराटनगरबाट रेलमार्ग मार्फ त भारतको राधिकापुर र सिंहवाद नाका हुँदै
बंगलादेशमा निकासी गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय वार्ता
तथा सम्झौता गरिनेछ।
 बंगलादेशले नेपाली वस्तुमा भन्सार महशुल र मूल्य अभिवृद्धि कर बाहेक
लगाउँदै आएको नियामक शुल्क, समपूरक शुल्क (Supplementary Duty)
र अग्रिम आयकर खारेज गर्न द्विपक्षीय वार्ता गरिनेछ।
 सार्क का सदस्य मुलुक एवम् व्यापार साझेदार मुलुकसँग सामञ्‍जस्य
हुनेगरी नेपालको भन्सार, पारवहन र गुणस्तर प्रमाणीकरण सम्बन्धी
प्रकृ या, मापदण्ड तथा नीति नियममा एकरूपता ल्याइनेछ।
 भारत तथा बंगलादेशमा विद्युत निर्यात गर्ने द्विपक्षीय संयन्त्रलाई क्रियाशील
बनाइनेछ।
 बंगलादेशमा हुने निर्यातको रकम प्रतितपत्रको अतिरिक्त पारस्परिकताको
आधारमा अन्य भुक्तानीका माध्यमबाट प्राप्‍
त गर्न सकिने व्यवस्था
गरिनेछ।
 आर्थिक कू टनीति सम्बन्धी कार्यक्रम सरोकारवालासँगको सहकार्य र
समन्वयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ।
 नेपाली वस्तुको निर्यात प्रवर्द्धन तथा नेपालमा वैदेशिक लगानी आकर्षित
गर्न विदेशस्थित नेपाली नियोगले वर्षमा कम्तीमा दुई पटक व्यापार तथा
लगानी बैठक आयोजना गर्ने व्यवस्था गरिनेछ।
 निर्यात प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुँदा वस्तुको
झन्झटमुक्त ओसारपोसार गर्न सघाउ पुर्‍
याउन एटा कार्नेट (ATA Carnet)
को सदस्यता लिन पहल गरिनेछ।
 विदेशस्थित नेपाली नियोगमा निर्यातजन्य प्रमुख वस्तुको प्रदर्शनीको
व्यवस्था गर्नुको साथै त्यस्ता वस्तुको बिक्री वितरणमा सहजीकरण
गरिनेछ।
 विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपालको निर्यात व्यापार तथा
लगानीको सम्भावनाबारे अध्ययन अनुसन्धान गर्न नेपाली नियोग मार्फ त्
परिचालन गरिनेछ।
९.३.6 व्यापार सम्बद्ध बौद्धिक  नेपालको कृ षिजन्य, वनजन्य एवम् औषधीय तथा सुगन्धित वस्तुको
सम्पत्ति सम्बन्धी अधिकार स्थापित गर्न बौद्धिक सम्पत्ति सम्बन्धी कानून तर्जुमा गरिनेछ।
अधिकारको संरक्षण र
क्र.सं रणनीति कार्यनीति
उपयोग गरी विश्‍व बजारमा  निर्यात सम्भावना भएका वस्तुको भौगोलिक सांके तीकरण, ट्रे डमार्क ,
नेपाली उत्पादनलाई सामुहिक व्यापार चिन्ह, डिजाइन, प्याटेन्ट, गोप्य व्यापारिक सूचना,
स्थापित गर्ने। प्रतिलिपि अधिकार लगायतका बौद्धिक सम्पत्ति अन्तर्राष्ट्रिय बजारमा दर्ता
र संरक्षणको लागि प्रोत्साहन गरिनेछ।
 नेपालको आनुवांशिक स्रोत, परम्परागत ज्ञान, कलाकौशल, वस्तु उत्पादन
प्रकृ या र उत्पादित वस्तुको बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारको संरक्षण
र प्रवर्द्धन गरिनेछ।
 व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकारको क्षेत्रमा काम गर्ने सरकारी,
गैरसरकारी तथा निजी क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ।
 नवप्रवर्तनका लागि उद्योग र अनुसन्धानमूलक संस्था एवम् विश्‍वविद्यालय
बीचको सहकार्यमा अनुसन्धान गर्न प्रोत्साहन गरिनेछ।

१० संस्थागत व्यवस्था
१०.१ बोर्ड अफ ट्रे ड

यस नीतिको कार्यान्वयनमा मार्गनिर्देशन, समन्वय तथा सहजीकरण गर्न, वाणिज्य नीति तथा
कार्यक्रमलाई अन्य राष्ट्रिय नीति तथा कार्यक्रममा मूलप्रवाहीकरण गर्न, नीति कार्यान्वयनमा सरकारी
तथा निजी क्षेत्रसँग समन्वय गर्न, कार्यान्वयनमा परेको बाधा-व्यवधान हटाउन सरकारलाई सुझाव दिन
एवम् नीति कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्न निजी क्षेत्र समेतको सहभागितामा देहाय
बमोजिमको बोर्ड अफ ट्रे ड गठन गरिनेछ ।
बोर्ड अफ ट्रे ड

उद्योग, वाणिज्य तथा आपू्र्ति मन्त्री अध्यक्ष


उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री सदस्य
मुख्य सचिव, नेपाल सरकार सदस्य
वाणिज्य क्षेत्र हेर्ने सातै प्रदेशका मन्त्री सदस्य
सदस्य, राष्ट्रिय योजना आयोग (वाणिज्य क्षेत्र हेर्ने) सदस्य
गभर्नर, नेपाल राष्ट्र बैङ्क सदस्य
सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍
को कार्यालय (आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने) सदस्य
सचिव, अर्थ मन्त्रालय सदस्य
सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति) सदस्य
सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग) सदस्य
सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सदस्य
सचिव, कृ षि तथा पशुपन्छी विकास मन्त्रालय सदस्य
सचिव, परराष्ट्र मन्त्रालय सदस्य
महानिर्देशक, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सदस्य
कार्यकारी निर्देशक, व्यापार तथा निकासी प्रवर्द्धन के न्द्र सदस्य
अध्यक्ष, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड सदस्य
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
अध्यक्ष, नेपाल उद्योग परिसंघ सदस्य
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स सदस्य
अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ सदस्य
अध्यक्ष, नेपाल महिला उद्यमी महासंघ सदस्य
वाणिज्य वा अर्थशास्त्र विषयमा विशेषज्ञता हासिल गरेका राष्ट्रियस्तरका विश्‍ सदस्य
वविद्यालयका प्राध्यापक वा सहप्राध्यापक मध्येबाट मनोनित विज्ञ दुई जना
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट मनोनित अर्थ, वाणिज्य र आर्थिक कू टनीति सदस्य
क्षेत्रका विज्ञ मध्येबाट कम्तिमा एक जना महिला सहित दुई जना
सहसचिव (व्यापार नीति हेर्ने), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सदस्य-
सचिव

 उल्लिखित पदेन सदस्य बाहेक बोर्डका अध्यक्षले आवश्यकता अनुसार कु नै व्यक्ति वा विज्ञलाई
बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ। बोर्डको बैठक वर्षको कम्तिमा तीन पटक बस्नेछ
। बैठक सम्बन्धी कार्यविधि बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।

 बोर्डको मुख्य काम वाणिज्य नीतिको कार्यान्वयनमा समन्वय गर्ने, परिमार्जनको लागि
सरकारलाई सिफारिस गर्ने र कार्यान्वयनमा परेको बाधा-व्यवधान हटाउन सरकारलाई सुझाव
दिने र व्यापार सहजीकरणका लागि आवश्यक कार्य गर्ने हुनेछ।

 बोर्डको कामलाई थप प्रभावकारी बनाउन आवश्यकता अनुसार उपसमिति गठन गर्न सकिनेछ।

 मनोनित सदस्यको पदावधि दुई वर्षको हुनेछ।

११. वित्तीय व्यवस्था

यस नीतिको कार्यान्वयन गर्न कार्ययोजना बनाई यस नीतिमा उल्लिखित कार्यनीति मध्ये नियमित
बजेटबाट कार्यान्वयन हुने भएमा सोको कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोत साधन सम्बन्धित
निकायले आफ्नो वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्नेछ। कार्य योजनालाई प्राथमिकीकरण
गरी लागत अनुमान अनुसारको बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्नेछ।
कार्ययोजनामा उल्लिखित व्यवस्था वा कार्ययोजनाको प्रकृ ति अनुसार निजी क्षेत्र तथा विकास साझेदारसँग
समन्वय तथा सहकार्य गरिनेछ।

१२. कानूनी व्यवस्था

प्रस्तुत नीति कार्यान्वयनको लागि ऐन, नियमावली, निर्देशिका, मापदण्ड, कार्यविधि निर्माण गरी कानूनी
व्यवस्था सुदृढ गर्नका लागि निम्न कार्य गरिनेछ।
 प्रस्तुत नीतिको कार्यान्वयनको लागि अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी कानून तर्जुमा गरिनेछ।
 नेपालले विश्‍व व्यापार संगठनमा गरेका प्रतिवद्धता समेतलाई दृष्टिगत गरी क्षेत्रगत रूपमा
छरिएर रहेका वाणिज्य विषयसँग सम्बन्धित कानून समय सापेक्ष सुधार तथा परिमार्जन सहित
एकीकृ त गरी माथि उल्लेखित अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी ऐनमा समावेश गरिनेछ।
 प्रत्यायन बोर्डको स्थापना, सेनिटरी तथा फाइटोसेनिटरी सम्बन्धी द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय
सन्धि सम्झौता अनुसार सामञ्जस्यता कायम गर्न कानून तयार गरी लागू गरिनेछ।
 आन्तरिक बजार व्यवस्थापन सम्बन्धी नीति तथा निर्देशिका तयार गरी लागू गरिनेछ।
 सेवा व्यापारको प्रवर्द्धन र व्यापार सम्बद्ध बौद्धिक सम्पत्तिको संरक्षण सम्बन्धी कानूनको
व्यवस्था गरिनेछ।

१३. अपेक्षित उपलब्धि

यस नीतिको कार्यान्वयनबाट तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभका वस्तु तथा सेवाको उत्पादन तथा
आपूर्तिमा वृद्धि भएको हुने, व्यापार लागतमा कमी आएको हुने र प्रतिस्पर्धी क्षमता बढेको हुनेछ।
यसबाट आयात व्यवस्थापन तथा निर्यात प्रवर्द्धन भई व्यापार घाटामा उल्लेख्य सुधार भएको हुनेछ।
अर्थतन्त्रको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि भई अति कम विकसित मुलुकबाट विकासशील
मुलुकमा स्तरोन्नति भए पश्‍चात व्यापार क्षेत्रमा उत्पन्न हुन सक्ने चुनौतीको सामना गर्न र अर्थतन्त्रको
सबलीकरण सहित आर्थिक वृद्धि, रोजगारी सिर्जना, जीवनस्तरमा सुधार तथा गरिबी न्यूनीकरणमा
योगदान पुगेको हुनेछ।

१४. अनुगमन तथा मूल्याङ्कन

विषयगत मन्त्रालय, विभाग तथा के न्द्रीय निकायले आ-आफ्नो क्षेत्राधिकार अन्तर्गत रही यस नीति
कार्यान्वयनको नियमित अनुगमन गर्नेछन्। नीति कार्यान्वयनको समग्र अनुगमन तथा मूल्याङ्कन बोर्ड
अफ ट्रे डले गर्नेछ। वाणिज्य नीति तथा सो सम्बन्धी कार्यक्रम अन्य राष्ट्रिय नीति तथा कार्यक्रममा
मूलप्रवाहीकरण भए नभएको सम्बन्धमा गरिने अनुगमन तथा मूल्याङ्कन कार्यमा आवश्यकता अनुसार
निजी क्षेत्र र अन्य सम्बद्ध पक्षलाई सहभागी गराइनेछ। यस नीतिको प्रत्येक पाँच वर्षमा समीक्षा गरी
आवश्यकता अनुसार समायोजन एवम्‌परिमार्जन गरिनेछ।

१५. जोखिम तथा मान्यता

स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानीको पर्याप्पतता, वैदेशिक सहायता अपेक्षित मात्रामा परिचालन र
निजी क्षेत्रसँगको रचनात्मक सहकार्य र साझेदारी निर्माण, अन्य राष्ट्रिय नीतिमा व्यापार मूलप्रवाहीकरण,
नीतिगत स्थिरता तथा सामञ्‍
जस्यता एवम् वार्षिक कार्यक्रम तथा बजेट व्यवस्थापन हुनुपर्ने पूर्वशर्त रहेका
छन्। अर्कोतर्फ , नीति कार्यान्वयनको सूचकाङ्क, जिम्मेवारी र लागत सहितको समयबद्ध कार्ययोजना
निर्माण एवम् सो अनुसार प्राथमिकीकरण गरी कार्यक्रम तर्जुमा तथा बजेट विनियोजन नभएमा नीतिले
परिलक्षित गरेका उद्देश्य हासिल गर्न कठिन हुने देखिन्छ।

+++++

You might also like