Professional Documents
Culture Documents
Marshakala Karki
Marshakala Karki
https://nkp.gov.np/full_detail/6098 1/7
3/31/24, 7:43 PM नेपाल कानून पत्रिका
https://nkp.gov.np/full_detail/6098 2/7
3/31/24, 7:43 PM नेपाल कानून पत्रिका
आधारहरूबाट कसूर भए गरेको देखिन आएको हुनाले अवैध घडी पैठारी गरेको
अभियोगमा निकासी पैठारी नियन्त्रण ऐन, २०१३ (संशोधन सहित) को दफा ५ (१)
अन्तर्गतको कसूरमा पछि ठहरे बमोजिम हुने गरी अ.बं.नं.११८ (१८) बमोजिम विगो
वापत जरिवानाको आधा रकम रु.३,२२,८०० । र वर्ष १ को कै द वापत रु.५४० समेत
जम्मा रु.३.२३.३४०। धरौटमात्र गरिएको र निजले सो रकम धरौट राख्न नसके को
हुँदा अ.बं.नं.११८ (१९) बमोजिम डि.एस.पि. कार्यालयमा हिरासतमा राखिएको हो ।
६. यो मुद्दामा निवेदिकाको तर्फ बाट विद्वान अधिवक्ता श्री शुशिलकु मार
सिन्हा प्रत्यर्थीहरूका तर्फ बाट विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनप्रसाद शर्मा
उपस्थित हुनु भएको छ ।
७. निवेदिका प्रत्यर्थी नं.१ को उपयुक्त जिकिरहरूको सन्दर्भमा
जेफ्रिलङ् गको थुना कानून र संविधान अनुकू ल छ वा छैन, (२) र निवेदिकाको माग
अनुसार वन्दी प्रत्यक्षीकरणको आदेशद्वारा बन्दीलाई मुक्तगर्नुपर्छ वा पर्दैन भन्ने
प्रश्नहरूको निर्णय गर्नुपर्ने हुनआएको छ ।
८. निवेदकीकाले आफ्नो निवेदनमा २०३४।३।१४ को थुनुवा पूर्जीमा
उल्लिखित कु राहरूलाई लिएर थुनाको वैधताको प्रश्न उठाउनु भएको छ र विद्वान
अधिवक्ता सिन्हाले पनि आफ्नो बहसमा मुख्यतः ती कु राहरूमा नै जोड दिनु भएको
छ । तर, मिसिलको अध्ययनबाट वर्तमान अवस्थामा उक्त थुना पूर्जी अन्तर्गत थुनामा
रहेको नभई २०३४।३।२३ को आदेश पर्चा बमोजिम थुनामा रहेको देखिनाले थुनाको
परिवर्तित सन्दर्भमा उक्त थुनुवा पूर्जी र सो अन्तर्गतको थुनाको वैधतामा विचार
गर्नपर्ने देखिएन । पहिलेको थुनाको वैधताको विचार गर्न र थुना अवैध देखिएमा
दोषीलाई सजाय गर्ने वा निजसँग क्षतिपूर्ति भराई सम्बन्धित व्यक्तिलाई उपचार प्रदान
गर्ने कु रा बन्दीप्रत्यक्षीकरणको दायरा भित्र पर्दैन । यो अधिकार क्षेत्रबाट बन्दीको
वर्तमान थुना बैध वा अवैध के छ हेरी थुना अवैध देखिएमा बन्दीलाई थुनाबाट
मुक्तसम्मको उपचार प्रदान गरिने हुनाले उपचार रहित पहिलेको थुनाको सम्बन्धमा
कु नै विवेचना गर्नु सिर्फ बौद्विक छलफलको विषय हुन जाने भएकोले त्यस सम्बन्धमा
विचार गर्न आवश्यक देखिएन ।
९. कसूरमा इन्कार गर्दा गर्दै पनि फै सला हुनुभन्दा पहिले जेफ्रिलङ् गसँग
धरौट माग्नु वा निजलाई थुनामा राख्नु मुलुकी ऐन अदालती बन्दोवस्तको महलको
नम्बर ११८ को दफा २० को प्रतिकू ल हो भन्ने पनि निवेदिकाको निवेदन जिकिर छ ।
प्रत्यर्थी १ नं.को लिखितजवाफ र मिसिल सम्लग्न २०३४।३।२३ को आदेश पर्चाको
अध्ययनबाट निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ५ को उपदफा (१)
अन्तर्गतको अपराधको अभियोगमा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको
नम्बर ११८ को दफा १८ बमोजिम जेफ्रिलङ् गसित धरौट मागिएको र सो धरौट दिन
https://nkp.gov.np/full_detail/6098 4/7
3/31/24, 7:43 PM नेपाल कानून पत्रिका
नसके को भनी दफा १९ अन्तर्गत निजलाई थुनामा राखेको देखिन आउँछ । मुद्दा
फै सला हुनुभन्दा पहिले कसूरमा सावित हुने अभियुक्तसँग धरौट माग्ने व्यवस्था उक्त
दफा १८ मा र सो बमोजिम मागिएको धरौट नदिने अभियुक्तलाई थुनामा राख्ने
व्यवस्था दफा १९ मा भएको पाइन्छ । उक्त दफा १८ अनुसार धरौटी माग्नलाई
अभियुक्तले अपराध स्वीकार गरेको हुनुपर्दछ । अभियुक्तको साविती धरौटमाग्ने
प्रयोजनको लागि आवश्यक पूर्वशर्तको रुपमा उक्त दफाले तोके काछ । यस स्थितिमा
बन्दी जेफ्रिलङ् गले निजउपर लगाइएको अभियोग स्वीकार गरेको छ वा छैन भन्ने
प्रश्न विचारणीय हुनआउँछ । यससन्दर्भमा उपयुक्त आदेश पर्चालाई हेर्दा त्यसमा
विभिन्न तथ्य र परिस्थितिहरूको उल्लेख गर्दै जेफ्रिलङ् ग र तेजबहादुर लामाको
मिलोमतो बाट तीनहजार दुईसय अठ्ठाइसवटा घडी बिना इजाजत चोरी पैठारी
भएको भन्ने निष्कर्षमा पुगी धरौटी लिने आदेश भएको पाइन्छ । जेफ्रिलङ् गले
अपराध स्वीकार गरेको छ भनी उक्त आदेश पर्चामा भनिएको छैन । साविती
वयानको अभावमा अन्य तथ्य र प्रमाणको विश्लेषण गरी अभियुक्तसँग धरौट माग्न
उक्त दफा १८ ले अधिकार दिँदैन । प्रत्यर्थी नं.१ ले आफ्नो लिखितजवाफमा र विद्वान
वरिष्ठ सरकारी अधिवक्ताले आफ्नो बहसमा जेफ्रिलङ् गको बयानको के ही
कु राहरूको उल्लेख गर्दै त्यसलाई साविती बयानको संज्ञा दिन खोज्नु भएको छ ।
निजले प्रज्ञापनपत्र भरी माथि उल्लेखित अर्ध तैयारी घडी छु टाउन प्रयास गरेको
कु रामा साविती भई बयान दिएकोले निजले अपराध स्वीकार गरेको छ भन्ने
निजहरूको भनाई छ । तर यो भनाईसँग म सहमत छैन । अपराधसँग सम्बन्धित कु नै
तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु एउटै कु रा होइन अभियुक्तले अपराधसँग
सम्बन्धित कु नै तथ्य स्वीकार गर्दैमा त्यसलाई कसूरमा साविती भन्न मिल्दैन ।
१०. कु नै बयान साविती बयान हो वा होइन भन्ने निष्कर्षमा पुग्नको लागि
सो बयानमा व्यक्त भएका सबै कु रालाई समष्टिगत रुपमा विचार गर्नुपर्छ ।
अभियुक्तले आफू उपरको अभियोग प्रष्टरुपमा स्वीकार गरेको वा अपराध ठहरिनको
लागि आवश्यक सबै तत्त्व वा तथ्यलाई सारतः स्वीकार गरेको भएमात्र निजले
अपराध स्वीकार गरेको सम्झनु पर्छ । अभियुक्तले बयान दिँदा आफू लाई दोषमुक्त
गर्ने कु नै यस्तो तथ्यको उल्लेख गरेको छ, जुन साँचो ठहरेको खण्डमा निजले
अपराधिक दायित्वबाट मुक्ति पाउँछ भने सो बयानबाट अपराध वा अपराधीसँग
निजको जे जस्तो सम्बन्ध देखिए पनि त्यसलाई साविती बयानको संज्ञा दिन मिल्दैन ।
त्यस्तो बयान निजको विरुद्ध प्रमाणको रुपमा ग्राह्य हुनसक्दछ, तर यत्तिकै मा वा
त्यस्तो कसूरको साविती बयान मानिदैन । अर्को शब्दमा अभियुक्तलाई दोषी प्रमाणित
गर्न सहायक हुने जुनसुकै बयान साविती बयान हुँदैन । प्रत्यर्थी नं.१ समक्ष
जेफ्रिलङ् गले गरेको भनी उल्लेख भएको मिसिल सम्लग्न बयानको अध्ययनबाट
https://nkp.gov.np/full_detail/6098 5/7
3/31/24, 7:43 PM नेपाल कानून पत्रिका
निजले आफ्नो अपराध स्वीकार गरेको देखिन्न । चोरी पैठारी भएको घडी मैले पैठारी
गरेको होइन, मलाई ज्याक उडर भन्ने व्यक्तिले हङ् गकङ् गबाट आएको पर्वतारोहण
सम्बन्धी के ही निजी माल सामान छु टाउन अनुरोध गरी अधिकारपत्र दिएकोले सो
माल छु टाउनसम्म म गएको हुँ । त्यसमा चोरी पैठारी भएको घडी पनि भएको कु रा
मलाई थाहा थिएन, म निर्दोष छु भन्ने उक्त बयानमा उल्लेख भएको देखिन्छ । यस
स्थितिमा प्रज्ञापनपत्र भरी माल छु टाउने प्रयास गरेको कु रा निजले स्वीकार गर्दैमा
निजले चोरी पैठारीको अपराध स्वीकार गरेको भन्न मिल्दैन । निजको उक्त बयान के
कति हदसम्म विश्वसनीय छ वा छैन मुद्दामा अन्य तथ्यहरूबाट सो बयान समर्थित
हुन्छ वा हुँदैन भन्ने कु राको विवेचना र विश्लेषण मुद्दाको फै सला गर्दा प्रत्यर्थी नं.१
ले गर्नसक्दछ । तर सावित बयानको अभावमा त्यस्तो विवेचना र विश्लेषणको
आधारमा मुलुकी ऐन अदालती बन्दोवस्तको महलको नम्बर ११८ को दफा १८ को
प्रयोग गरी अभियुक्तसँग धरौट माग्नु कानूनसंगत हुँदैन ।
११. माथि उल्लेख भए बमोजिम सावित बयानको अभावमा प्रत्यर्थी नं.१
ले जेफ्रिलङ् गसँग धरौट माग्ने अवस्थै नरहेकोले धरौट नदिएको भनी निजलाई
थुनामा राखेको कानूनसंगत भएन । तसर्थ वन्दीसँग धरौट माग्ने र धरौट नदिएमा
थुनामा राख्ने भनी २०३४।३।२३ मा प्रत्यर्थी नं.१ ले गरेको आदेश पर्चा मुलुकी ऐन
अदालती बन्दोवस्तको महलको नम्बर ११८ नं.को दफा १८, १९ र २० को प्रतिकू ल
छ । कानूनबमोजिम बाहेक कु नै व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुने छैन भनी
नेपालको संविधानको धारा ११ को उपधारा (१) ले व्यक्तिले वैयक्तिक स्वतन्त्रताको
प्रत्याभूति गरेको र बन्दी जेफ्रिलङ् गलाई थुनामा राख्ने आदेशमाथि उल्लेख भए
अनुसार कानूनको प्रतिकु ल देखिएकोले सो आदेश उक्त संवैधानिक व्यवस्थाको पनि
विपरित हुन गएको छ । तसर्थ वन्दीलाई तुरुन्त थुनाबाट मुक्त गर्नु भनी नेपालको
संविधानको धारा ७१ अन्तर्गत प्रत्यर्थी नं.१ र २ का नाउँमा बन्दीप्रत्यक्षीकरणको
आदेश जारी गरिएको छ । यो आदेशको जानकारी प्रत्यर्थीहरूलाई दिनको लागि
यसको एक प्रतिलिपि म. न्या. को कार्यालयलाई दिनु । मिसिल नियमबमोजिम गरी
बुझाइदिनु ।
म सहमत छु ।
https://nkp.gov.np/full_detail/6098 6/7
3/31/24, 7:43 PM नेपाल कानून पत्रिका
https://nkp.gov.np/full_detail/6098 7/7