Download as odt, pdf, or txt
Download as odt, pdf, or txt
You are on page 1of 2

कस्तो रोग हो हेपाटाइटिस ?कसरी सर्छ ?कसरी बच्ने ?

कस्तो रोग हो हेपाटाइटिस ?कसरी सर्छ ?कसरी बच्ने ?

१२ साउन,विराटनगर ।

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस, विविध सचेतनामुलक कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष जुलाई
२८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फै लाउने दिवसका रूपमा मनाउने गरिन्छ । यसवर्षको नारा
‘हेपाटाइटिसविरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने रहेको छ । हेपाटाइटिस भनेको एउटा संक्रामक रोग
हो । जसमा विभिन्न भाइरसले कलेजोलाई असर गर्छ ।

एचआईभी एड्स, मलेरिया, क्षयरोग जस्तै हेपाटाइटिस पनि ज्यान लिने रोग हो । हेपाटाइटिस ’ए’,’बी’,’सी’
र ’ई’ कमन हेपाटाइटिस हु न् । हेपाटाइटिस ’ए’ र ’ई’ पानीबाट सर्छ । यसको क्षणीक र कम असर
देखिन्छ । यसमा सामान्य रूघाखोकी लाग्ने, ज्वरो आउने हु न्छ । त्यसको एक हप्तापछि जण्डिस हु ने,
पिसाब पहेँलो हु ने, आँखा पहेँलो हु न्छ भने जिउ चिलाउने हु न्छ । यो आफैं निको हुँदै हु न्छ । के ही मात्रै
अस्पताल भर्ना हु ने गरेका छन् । हेपाटाइटिस ’बी’ र ’सी’ रगतबाट सर्छ । यसले कलेजोलाई असर पर्छ ।
यसमा अधिकांश मान्छे मा पहिला लक्षण हुँदैन ।

जण्डिस हुँदै गएपछि जिउ गल्ने र पछि गएर कलेजो फे लसमेत हु न सक्छ । त्यस्तो अवस्थामा पेटमा
पानी जम्ने, बान्तामा रगत आउने हु न्छ । ’बी’को हकमा ट्याबलेट र खोप बनेको छ । तर आजको दिनमा
ट्याबलेट र खोपले रोगलाई थामेर राख्नेमात्रै हो । पूर्णतः निको हु ने क्षमता भएको औषधि बनेको छै न ।
’सी’को हकमा औषधि बनेको छ । यसको सफलता दर ९५ प्रतिशत माथि छ । विश्व स्वास्थ्य
सङ्गठनका अनुसार हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण
हु नेगर्छ ।

त्यसैगरी ९४ लाख मानिस क्रोनिक हेपाटाइटिस ‘सी’ भाइरसबाट सङ्क्रमित हु नेगरेका छन् । नेपालमा
एकीन तथ्याङ्क नभए पनि एक प्रतिशत जनसङ्ख्यामा हेपाटाइटिस ‘बी’ का बिरामी भएको अनुमान
गरिएको छ । चिकित्सकका अनुसार नेपालमा करिब एक लाख मानिसमा हेपाटाइटिस ‘सी’ र करिब तीन
लाख हेपाटाइटिस ‘बी’ का बिरामी रहेको अनुमान गरिएको छ । हेपाटाइटिस ‘सी’ लागूपदार्थ सेवन
गर्नेहरुमा बढी देखिएको चिकिच्सकको भनाइ छ । लागूपदार्थ प्रयोग गर्ने ९० प्रतिशतमा हेपाटाइटिस ‘सी’
हु ने उनीहरु बताउँ छन् ।

हेपाटाइटिस भएका बिरामीलाई शारिरीक व्यायाम, स्वस्थ खाना, चिल्लो, पीरो र धेरै नुनिलो खान हुँदैन ।
कलेजोलाई असर पर्ने खाना खान हुँदैन । रक्सी,चुरोट खानु हुँदैन । रगत जाँच गरेर तथा लक्षण पहिचान
गरेर पनि हेपाटाइटिस भए÷नभएको थाहा पाउन सकिन्छ । पानी उमालेर पिउन, असुरक्षित यौन सम्बन्ध
नराख्न, गर्भावस्थामा गर्भवतीले डाक्टरको सल्लाह लिन र हेपाटाइटिस विरुद्धको खोप लगाउन तथा
बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउन चिकित्सकहरु सुझाउँ छन् ।

धेरैजसो हेपटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै
मानिसको अकालमै मृत्यु हु नेगरेको चिकित्सकहरुको भनाइ छ । हेपाटाइटिसका कारणले वर्षेनी ठू लो
जनधनको क्षति हु ने भएकाले सरकारले हेपाटाइटिसलाई जनस्वास्थ्यको समस्याका रुपमा हेर्नुपर्नेमा
स्वास्थविज्ञहरुको तर्क छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट
उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

You might also like