Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 12

सरकारी बजेट, लेखा र लेखापरीक्षण

 सरकारी बजेटको परिचय


i. नेपालमा सर्वप्रथम वि.सं. 2008 माघ 21 गते राष्ट्रिय बजेट तयार गरी प्रस्तुत गरिएको थियो ।
ii. नेपालमा सरकारी बजेटलाई व्यवस्थित गर्न संवैधानिक एवं कानुनी व्यवस्था रहेको छ । अर्थ मन्त्रालय,
राष्ट्रिय योजना आयोग एवं सम्बन्धित मन्त्रालयको जिम्मेवारी प्रष्ट गरिएको छ ।
iii. नेपालमा पहिलोपल्ट प्रस्तुत गरिएको बजेटको अनुमानित राजस्व 3.05 करोड र अनुमानित व्यय 5.25
करोड थियो ।
iv. वि.सं. 2026 देखि विकासतर्फ कार्यक्रम बजेट प्रस्तुत गर्न थालिएको थियो ।
 सरकारी बजेटका उद्देश्यहरु
i. सरकारको आय र व्ययको व्यवस्थापन गर्नु ii. सरकारको कार्य एवं जिम्मेवारी तोक्नु
iii. रोजगारीका अवसरहरू सृजना गर्नु iv. आर्थिक वृद्धि गर्नु, आर्थिक स्थिरता कायम गर्नु
v. सामाजिक न्याय कायम गर्न सहयोग गर्नु vi. साधन स्रोतको अधिकतम परिचालन गर्नु
vii. राष्ट्रको आय अभिवृद्धि गर्नु
viii. जनतालाई देशको आर्थिक अवस्थाबारे जानकारी दिनु
ix. आवधिक योजना कार्यान्वयन गर्नमा सहयोग गर्नु
 सरकारी बजेटका विशेषता
i. बजेट सरकारको निश्चित अवधिको आम्दानी र खर्चको जानकारी दिने संयन्त्र हो ।
ii. यो सरकारको वार्षिक योजना एवं कार्यक्रम हो ।
iii. यो सरकारको वित्तीय नीतिको रूप पनि हो।
iv. यसले सामाजिक कल्याणका लागि साधनको वितरण समेत गर्दछ ।
v. यो आर्थिक प्रशासनको पथ प्रदर्शक हो ।
vi. यो सरकारको एक वर्षको आय र व्ययको अनुमानित विवरण हो ।
vii. बजेटमूलतः कार्यपालिकाले तयार गर्दछ र व्यवस्थापिकाले स्वीकृ त गर्दछ ।
 बजेट तयार गर्दा ध्यान दिनुपर्ने कु राहरु
i. राष्ट्रको दीर्घकालीन सरकारी नीति तथा कार्यक्रम
ii. गत वर्षको आय-व्ययको यथार्थ तथ्यांक विवरण
iii. चालू मूल्य सूची र त्यसमा हुने सम्भावित वृद्धिदर
iv. बजेट कार्यक्रम तथा आर्थिक स्रोतबीच सामञ्जस्यता
v. अर्थमन्त्रालयद्वारा तोकिएको ढाँचा र समयावधि
vi. आवश्यक जनशक्ति एवं अन्य स्रोत साधन
vii. वैदेशिक सम्झौताहरू
viii. बजेट तर्जुमासम्बन्धी मार्गदर्शन एवं परिपत्र
ix. बजेट तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्यतालिका
x. सांगठनिक संरचना एवं कार्यक्षमता
 बजेट निर्माण प्रक्रिया
१. बजेट अनुमान : बजेट अनुमान बजेट निर्माणको पहिलो चरण हो । यसका लागि प्रत्येक
मन्त्रालयअन्तर्गतका विभागहरु र विभिन्न कार्यालयहरूले आगामी वर्षका लागि आय-व्ययको विवरण अर्थ
मन्त्रालयमा पठाउँदछन्‌। अर्थमन्त्रालयले बिभिन्न मन्त्रालयका प्रतिनिधिहरू, योजना आयोगका प्रतिनिधिहरू
तथा विशेषज्ञको सल्लाह तथा परामर्शका आधारमा अनुमानिद बजेट मस्यौदा तयार गर्दछ। खर्चको अनुमान
गरिसके पछि उक्त खर्चका लागि आय संकलन गर्न करको दर तथा दायराहरूको अनुमान गरिन्छ। यसरी खर्च र
आयको अनुमान समावेश गरी अनुमानित बजेट तयार गरिन्छ ।
२. बजेट स्बीकृ त : अनुमानित आयव्ययको मस्यौदा तयार भैसके पछि त्यसलाई विधेयकबाट पारित
गराउनुपर्दछ । जसका लागी अर्थमन्त्रीद्वारा बजेट संसदमा प्रस्तुत गरिन्छ। त्यसपछि बजेटका बारेमा व्यापक
छलफल तथा बहस गर्नुको साथै आवश्यक परेमा संशोधन पनि गरिन्छ । अन्तिम स्वीकृ तिका लागि राज्य
प्रमुखले प्रमाणित गरेपछि बजेट पास हुन्छ र कार्यान्वयनको चरणमा जान्छ।
३. बजेट कार्यान्वयन : बजेटले अन्तिम स्वीकृ ति पाएपछि कार्यान्वयनमा जान्छ । बजेटको कार्यान्वयन
अर्थमन्त्रालयको नियन्त्रणमा हुने गर्दछ। खर्चका लागि छु ट्याइएको रकम अर्थमन्त्रालयले सम्बन्धित क्षेत्रमा
पठाउँदछ । यसरी सरकारका विभिन्न मन्त्रालय, विभाग तथा अन्य स्थानीय निकायबाट बजेटको कार्यान्वयन
हुन्छ ।
४. लेखा परीक्षण तथा मूल्यांकन : लेखा परीक्षण बजेट व्यवस्थाको एक महत्त्वपूर्ण पक्ष हो । लेखा
परीक्षणबाट खर्च ठीक प्रकारले भएको छ वा छैन ? हरेक शिर्षकअन्तर्गत के कति खर्च भयो भन्ने कु राको
जानकारी प्राप्त हुन्छ। साथै बजेटमा उल्लेखित उद्देश्यहरु के -कति हासिल भए भन्ने मूल्यांकन पनि गरिन्छ।
 बजेट तर्जुमा अर्थ मन्त्रालयको भूमिका
i. बजेट तर्जुमा गर्ने फारामको ढाँचा तयार गर्ने
ii. राष्ट्रिय योजना आयोगसँग समन्वय गरी बजेटको प्रारम्भिक अनुमान तयार गर्ने र बजेट समितिमा पेश गर्ने
iii. राष्ट्रिय योजना आयोगसँग समन्वय गरी मन्त्रालयगत बजेट सीमा तयार गर्ने
iv. बजेट सीमा फाराम तथा मार्गदर्शन मन्त्रालय/निकायमा पठाउने र प्राप्त गर्ने
v. स्रोत समितिमा विवरण प्रस्तुत गर्ने
vi. राष्ट्रिय योजना आयोगसँग समन्वय गरी विकास बजेटलाई अन्तिम रुप प्रदान गर्ने
vii. सम्बन्धित मन्त्रालयसँग छलफल गरी साधारण बजेटलाई अन्तिम स्वीकृ ति प्रदान गर्ने
viii. बजेटको मस्यौदा तयार गर्ने र अन्तिम रुप दिने
ix. आय व्ययसँग सम्बन्धित विधेयक तयार गर्ने, बजेट बक्तव्य तयार गर्ने र संसदमा पेश गर्ने ।
 बजेट तर्जुमा राष्ट्रिय योजना आयोगको भूमिका
i. विकास कार्यक्रमको नीतिगत लक्ष्य निर्धारण गर्ने तथा मार्गदर्शन तयार गर्ने
ii. अर्थ मन्त्रालयसँग समन्वय गरी बजेट सीमाको प्रारम्भिक अनुमान तयार गर्ने र बजेट समितिमा पेश गर्ने
iv. अर्थ मन्त्रालयसँग समन्वय गरी मन्त्रालयगत बजेट सीमा तयार गर्ने
v. बजेट अनुमान माथि नीतिगत छलफल गर्ने
vi. वार्षिक कार्यक्रम स्वीकृ त गर्ने
vii. मध्यकालीन खर्च संरचना तयार गर्ने रपरिमार्जन गर्ने ।
 बजेट घाटा पुर्ती गर्ने तरिकाहरु
i. के न्द्रिय बैंकमा रहेको नगद मौज्दात उपयोग गरेर
ii. नोटहरू निष्कासन गरेर
iii. सरकारी ॠणपत्रहरू निष्कासन गरेर
iv. बैंकिङ तथा गैर बैंकिग क्षेत्रबाट आन्तरिक ॠण लिएर
v. वैदेशिक क्रण तथा सहयोग लिएर ।
 मध्यकालीन खर्च सरचनाको आवश्यकता
i. योजनालाई बजेटसँग र बजेटलाई कार्य सम्पादनसँग आवद्ध गरी साधनलाई उपलब्धिमूलक बनाउन
ii.आयोजनाहरूको प्राथमिकीकरण गर्न
iii. प्राथमिकता प्राप्त आयोजनालाई साधनको सुनिश्चितता गर्न
iv. सीमित साधन र असीमित आवश्यकता बीचको खाडल कम गर्न
v. सरकारी खर्च प्रवाहको भविश्यवाणी गर्न, खर्चको अग्रिम योजना गर्न
vi. सरकारका सबै अंगको भूमिका स्पष्ट गर्न
vii. बहुवर्षीय ठेक्कालाई सहयोग गर्न
viii. सरकारी खर्च व्यवस्थापनका कमी कमजोरी हटाउन
ix. सरकारको आन्तरिक र बाहृय सबै साधनस्रोतलाई राष्ट्रिय बजेट प्रणालीमा ल्याई प्राथमिकताका आधारमा
बाँडफाँड गर्न
 सरकारी लेखा परिक्षण
i. समान्तया प्रचलित कानुनबमोजिम आर्थिक कारोबारको हिसाबकिताब राख्नु लेखा हो ।
ii. आर्थिक कारोबारको क्रमबद्ध, नियमित तथा वैज्ञानिक अभिलेख राख्ने कला नै लेखा हो ।
iii. आम्दानी तथा खर्चसम्बन्धी कारोबारहरुको अभिलेख राख्ने पद्धतिलाई लेखा प्रणाली भनिन्छ ।
iv. Accounting is a discipline concerned with the recording, analyzing and forcasting of
income and wealth of business and other entities. - Douglas Garbu
v. सरकारी आर्थिक कारोबारको व्यवस्थित अभिलेख राखी सोको यथार्थ प्रतिवेदन तयार गर्ने स्रेस्तालाई
सरकारी लेखा प्रणाली भनिन्छ ।
vi. नेपालको सरकारी लेखा प्रणालीलाई नयाँ स्रेस्ता प्रणाली पनि भनिन्छ ।
vii. हाल सञ्चालनमा रहेको लेखा प्रणालीलाई दुई प्रणालीमा विभाजन गर्न सकिन्छ : एकोहोरो लेखा प्रणाली
र दोहोरो लेखा प्रणाली ।
 नयाँ सेस्त्रा प्रणालिका उद्देश्य
i. सरकारी आर्थिक कारोवारको ब्यवस्थित अभिलेख राख्नु
ii. सरकारी बजेटको सीमा उल्लंघन गर्न नदिनु
iii. सरकारी बजेट तर्जुमा गर्न आवश्यक पर्ने सूचना उपलब्ध गराउनु
iv. सरकारको आय र ब्ययको यथार्थ अवस्था बारे जानकारी दिनु
v. सरकारी आय र ब्ययको प्रतिवेदन गर्नु
vi. सरकारी जिन्सी मालसामान एवं सम्पत्तिको संरक्षण गर्नु
vii. सरकारी लेखापरीक्षण कार्यलाई सरल र सजिलो बनाउनु ।
 नयाँ सेस्त्रा प्रणालिका विशेषता
i. दोहोरो लेखामा आधारित प्रणालि
ii. नगदमा आधारित प्रणालि
iii. लेखा राख्न निश्चित फाराम तोकिएको प्रणालि
iv. बजेटनियन्त्रणको ब्यवस्था प्रणालि
v. आन्तरिक नियन्त्रणको ब्यवस्था प्रणालि
vi. के न्द्रीय स्तर र कार्यसञ्चालन स्तर गरी २ भागमा विभाजन गरिएको प्रणालि
vii. विनियोजन, राजस्व, धरौटी, जिन्सी र आयोजना सेस्त्राको ब्यवस्था गरिएको प्रणालि
viii. सवै कार्यालयमा एकरूपता ल्याउन गरिएको प्रणालि ।
 दोहोरो लेखा प्रणालिका उद्देश्य
i. आर्थिक करोवारका दुई पक्षमा प्रभाव पार्नु
ii. त्रुटी एवं गल्ती पत्ता लगाउनु
iii. आर्थिक कारोवारमा नाफा नोक्सानको अवस्था पत्ता लगाउनु
iv. सरकारलाई वित्तीय सूचना उपलब्ध गराउनु
v. आर्थिक कारोवारको ब्यवस्थित अभिलेख र प्रतिवेदन गर्नु
vi. बजेट निर्माणमा सहयोग गर्नु
vii. लेखापरीक्षण कार्यलाई सरल बनाउनु ।
 दोहोरो लेखा प्रणालिका फाइदा
i. सन्तुलन परीक्षण गर्न सजिलो हुने
ii. निश्चित अवधिको नाफा नोक्सान थाहा पाउन सकिने
iii. आन्तरिक नियन्त्रण तथा लेखा परीक्षण गर्न सजिलो हुने
iv. बजेट निर्माणका साथै योजना नीति निर्माणमा मद्दत पुर्‍याउने
v. त्रुटी पत्ता लगाउन सजिलो हुने हुँदा प्रतिवेदन भरपर्दो हुने ।
 डेविट र क्रे डिटका नियमहरु
A. खाताको आधारबाट: यस तरिकामा निम्न अनुसार डेविट र क्रे डिट गरिन्छ
१. व्यक्तिगत खाता (Personal Account) : पाउने ब्यक्ति डेविट हुन्छ र दिने ब्यक्ति क्रे डिट हुन्छ ।
२. वास्तविक खाता (Real Account): जे आउँछ त्यो डेविट हुन्छ र जे जान्छ त्यो क्रे डिट हुन्छ ।
३. सांके तिक खाता (Nominal Account) : खर्च वा नोक्सान भएमा डेविट हुन्छ र आम्दानी वा नाफा भएमा
क्रे डिट हुन्छ ।
B. सम्पति र दायित्वको आधारबाट
१. डेविट: खर्च बढेमा, सम्पति बढेमा, आम्दानी घटेमा र दायित्व घटेमा डेविट गरिन्छ ।
२. क्रे डिटः खर्च घटेमा, सम्पति घटेमा, आम्दानी बढेमा र दायित्व बढेमा क्रे डिट गरिन्छ ।
 सरकारी लेखा प्रणालिका आधारभुत सिद्धान्तहरु
i. दोहोरो लेखा प्रणालीको सिद्धान्त : सरकारी आर्थिक कारोवारको दाहोरो प्रभाव पर्ने गरी लेखा राख्नु पर्दछ।
ii. कानुनी सिद्धान्त : प्रचलित कानुनको पालना गरी सरकारी लेखा राख्नु पर्दछ।
iii. आर्थिक वर्षको सिद्धान्त : सामान्यतया सरकारी लेखा एक निश्चित अवधि जस्तै १ वर्षका लागि
राख्नुपर्दछ ।
iv. परलमूल्यको सिद्धान्त : वस्तु तथा सेवाको खरिद मूल्यलाई आधार मानेर लेखा राख्नुपर्दछ ।
v. बजेट नियन्त्रणको सिद्धान्त : सरकारी लेखाले बजेटको सीमा नाघनु हुँदैन ।
vi. सरलता एवं एकरूपताको सिद्धान्त : सरकारी लेखा सरल हुनुपर्दछ । सबै सरकारी कार्यालयमा प्रयोग गरिने
लेखा समान हुनुपर्दछ ।
vii. प्रतिवेदनको सिद्धान्त : सरकारी आर्थिक कारोबारको अभिलेख गरेपछि सोही अभिलेखको आधारमा
प्रतिवेदन तयार गरी पेश गर्नु पर्दछ।
 लेखा परीक्षणको समक्षिप्त परिचय
i. लेखा परीक्षणको बारेमा अमेरिकी लेखापाल मान्टगोमरीले ‘लेखा परीक्षण भनेको कु नै संस्था वा
व्यवसायको स्रेस्ता तथा तत्सम्बन्धी अभिलेखहरूको नियमितरूपले जाँच तथा रुजु गरी सोसम्बन्धी वास्तविक
आर्थिक प्रतिवेदन दिने कार्य हो’ भनी उल्लेख गरेका छन्‌।
ii. ए. डब्ल्यु, हेन्सनका अनुसार ‘लेखापरीक्षण यस्ता सम्पूर्ण अभिलेखहरूको जाँच हो, जसबाट तिनीहरूको
विश्वसनियता र तिनीहरूबाट तयार गरिएको विवरणको विश्वसनियता स्थापित गरिन्छ ।’
iii. संयुक्त राष्ट्रसङ् घद्वारा सरकारी लेखा परीक्षण नामक पुस्तकमा उल्लेखित परिभाषा अनुसार लेखापरीक्षण
भनेको सरकारी कार्यक्रम, सँगठन, निकाए वा कार्यक्रमको आर्थिक, प्रशासनिक, कार्यसन्चालन एवं अन्य
विविध प्रक्रियाहरूको समेत स्वतन्त्ररूपमा मूल्यांकन र परीक्षण गरी त्यसमा कु नै किसिमको अपव्यय,
अकु शलता, अव्ययरथा भएको छ/छैन हेरी सम्बन्धित निकायमार्फ त्‌सुधारात्मक कार्य गराउने उद्देश्यले आफनो
निष्कर्ष एवं सुफावसहितद प्रतिवेदन तयार गर्ने उद्देश्यात्मक, क्रमबद्ध, व्यवस्थित एवं पेशागत जाँच हो ।
iv. आम्दानी र खर्चको हिसाब ठीक छ छैन भनी परीक्षण गर्नु नै लेखा परीक्षण हो ।
v. लेखा परीक्षण ऐन, 2048 ले महालेखा परीक्षकले नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता र
औचित्य समेत विचार गरी लेखा परीक्षण गर्ने कु रा उल्लेख गरेको छ ।
vi. लेखा परीक्षणमा कु नैपनि संस्थाको वास्तविक आर्थिक स्थिति थाहा पाउन हिसाबकिताबको निरीक्षण,
तुलना, परीक्षण र गहन निरीक्षण तथा जाँच गरिन्छ ।
viii. नेपालमा प्रामाणिक रूपमा लेखापरीक्षणको सुरुआत वि.सं. 1828 वैशाख 6 गते कु मारी चोक अड्डाको
स्थापनापश्चात भएको हो ।
ix. 2015 सालमा नेपाल अधिराज्यको संविधानमा संवैधानिक अंगका रूपमा महालेखा परीक्षकको व्यवस्था
गरियो ।
x. आर्थिक वर्ष 2031/32 देखि महालेखा परीक्षकको सिफारिसमा नयाँ म.ले.प. फारामहरू प्रचलनमा
ल्याइयो ।
xi. नेपालमा लेखापरीक्षण ऐन, 2048 अनुसार परीक्षणले लेखाको जाँच र त्यसको आधारमा गरिने मूल्यांकन
तथा विश्लेषण समेतलाई जनाउने व्यवस्था छ |
1. सरकारी बजेट सामान्यतया कति वर्षका लागि तयार गरिन्छ ?
(A) 1 (B) 2
(C) 3 (D) 5
2. सरकारी बजेट कसले तयार गर्दछ ?
(A) व्यवस्थापिका (B) राष्ट्रिय योजना आयोग
(C) कार्यपालिका (D) बजेट निर्माण समिती
3. सरकारी बजेट कसले स्वीकृ त गर्दछ ?
(A) व्यवस्थापिका (B) कार्यपालिका
(C) बजेट निर्माण समिति (D) न्यायपालिका
4. सरकारी बजेटको कार्यान्वयन कसले गर्छ ?
(A) कार्यपालिका (B) व्यवस्थापिका
(B) राष्ट्रिय योजना आयोग (D) अर्थ समिति
5. सरकारी बजेटको उद्देश्य के हो ?
(A) सरकारको आय र व्ययको व्यवस्थापन गर्नु (B) आर्थिक स्थिरता कायम गर्नु
(C) साधन स्रोतको अधिकतम परिचालन गर्नु (D) माथिका सबै
6. सरकारी बजेटको उद्देश्य तलकामध्ये कु न होइन ?
(A) रोजगारीका अवसरहरु सिर्जना गर्नु (B) आर्थिक वृद्धि गर्नु
(C) वैदेशिक रोजगारीको व्यवस्थापन गर्नु (D) आवधिक योजना कार्यन्वयन गर्नमा सहयोग गर्नु
7. बजेट चक्रअन्तर्गत देहायको कु न पर्दैन ?
(A) बजेट अनुमान/बजेट तर्जुमा (B) बजेट स्वीकृ ति
(C) बजेट अनुगमन (D) बजेट निकासा
8. बजेट चक्र (Budget Cycle) अन्तर्गत देहायको कु न पर्दछ ?
(A) खर्च र सोको लेखांकन (B) लेखा परीक्षण
(C) मूल्यांकन (D) माथिका सबै
9. सरकारले दैनिक प्रशासन सञ्चालन गर्न तयार गरेको बजेटलाई के भनिन्छ ?
(A) साधारण बजेट (B) विकास बजेट
(C) कार्यक्रम बजेट (D) माथिको कु नै पनि होइन
Note: साधारण बजेट अन्तर्गत रक्षासम्बन्धी गरिने लगानी, प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी गरिने लगानी,
वैदेशिक सेवासम्बन्धी गरिने लगानी, सार्वजनिक हितका लागि स्मारक, संग्रहालय र पार्क निर्माणका लागि
गरिने लगानी र सरकारी भवन निर्माण तथा साधारण प्रशासकीय प्रयोजनका लागि खरिद गरिने
मालसामानसम्बन्धी गरिने लगानी पर्दछन ।
1 A 2 C 3 A 4 A 5 D 6 C 7 C 8 D 9 A
10. बजेट अनुमान गर्ने कार्य बजेटको कु न चरण हो ?
(A) पहिलो (B) दोस्रो
(C) तेस्रो (D) चौँथो
11. बजेट अनुमानका क्रममा प्रत्येक मन्त्रालयअन्तर्गतका विभाग र विभिन्न कार्यालयहरुले आगामी वर्षका
लागि आयव्ययको विवरण कहाँ पठाउनुपर्दछ ?
(A) अर्थ मन्त्रालय (B) राष्ट्रिय योजना आयोग
(C) अर्थ समिति (D) मन्त्रिपरिषद
12. तलको कु न भनाइ बेठीक छ ?
(A) अनुमानित आयव्ययको मस्यौदा तयार भइसके पछि त्यसलाई विधेयकबाट पारित गर्तुपर्छ ।
(B) अर्थमन्त्रीद्वारा बजेट संसदमा प्रस्तुत गरिन्छ ।
(C) बजेटका बारेमा संसदमा व्यापक छलफल तथा बहस हुन्छ र आवश्यक परेमा संशोधन पनि हुन्छ ।
(D) अन्तिम स्वीकृ तिका लागि प्रधानमन्त्रीले प्रमाणित गरेपछि बजेट पास हुन्छ ।
13. बजेट पास भएपछि त्यसको कार्यान्वयन कसको नियन्त्रणमा हुने गर्दछ ?
(A) राष्ट्रिय योजना आयोग
(B) अर्थमन्त्रालय
(C) प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
(D) माथिको कु नै पनि होइन
14. सरकारी बजेट तर्जुमा गर्ने गराउने दायित्व कसको हुन्छ ?
(A) प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय (B) अर्थ मन्त्रालय
(C) राष्ट्रिय योजना आयोग (D) अर्थ समिति
15. राज्यको दैनिक र नियमित खर्चभन्दा अलग रहेर आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले तयार
गरिएको कार्यक्रम र योजनाहरुमा गरिने खर्चलाई के भनिन्छ ?
(A) साधारण बजेट (B) विकास बजेट
(C) लैंगिक बजेट (D) कार्यक्रम बजेट
16. विकास बजेसअन्तर्गत देहायको कु न पर्दैन ?
(A) अध्ययन, अनुसन्धान तथा सर्वेक्षणमा गरिने लगानी
(B) चालु आयोजनाहरुमा गरिने लगानी
(C) सरकारी निकाय तथा संस्थानहरुलाई दिइने ॠण लगानी
(D) सार्वजनिक हितका लागि स्मारक, संग्रहालय र पार्क निर्माणका लागि गरिने लगानी
Note: विकास बजेट अन्तर्गत चालू आयोजनाहरूमा गरिने लगानी, अध्ययन, अनुसन्धान तथा सर्वेक्षणमा
गरिने लगानी, उत्पादनमा प्रत्यक्ष वृद्धि गर्ने गरी वा बढी उपलब्धि हासिल गर्नका लागि हुने चालू खर्चहरू,
सरकारी निकाय तथा संस्थानहरूलाई दिइने ॠण तथा लगानी र विभिन्न निकायहरूलाई दिइने लगानी पर्दछन ।
10 A 11 A 12 D 13 B 14 B 15 B 16 D
17. महिला र पुरुषबीच समानता कायम गर्नका लागि सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने
कार्यलाई के भनिन्छ?
(A) महिला प्रोत्साहन बजेट (B) महिलामैत्री बजेट
(C) सशक्तीकरण बजेट (D) लैंगिक वजेट
18. नेपालमा लैंगिक बजेट कहिलेदेखि लागु गरिएको हो ?
(A) आ.व. 2063/64 (B) आ.व. 2064/65
(C) आव. 2065/66 (D) आ.व. 2066/67
19. सामान्यतया कु नै निश्चित अवधिमा पूरा गरिने कार्यक्रम तय गरी विभिन्न कार्यक्रमका आधारमा वर्गीकरण
गर्नुलाई कु न प्रकारको बजेट मानिन्छ ?
(A) विकास बजेट (B) कार्यक्रम बजेट
(C) साधारण बजेट (D) माथिको कु नै पनि होइन
20. नेपालमा कार्यक्रम बजेटको सुरुवात कहिलेदेखि भएको हो ?
(A) वि.सं. 2026 (B) वि.सं. 2027
(C) वि.सं. 2028 (D) वि.सं. 2029
21. कार्यक्रम बजेटको महत्वअन्तर्गत देहायको कु न पर्दछ ?
(A) दीर्घकालीन योजनाअनुसार बजेट तर्जुमा गरिने
(B) यथार्थ लागतको जानकारी दिने
(C) कामको गुणस्तर कायम गर्न सजिलो हुने
(D) माथिका सबै
22. विगतको आयव्ययलाई आधारका रुपमा नलिई प्रत्येक आर्थिक वर्षका कार्यक्रम वा आयोजनालाई नयाँ
आयोजनासरह वा नयाँ परिवेश मानी विस्तृत विश्लेषण र पुष्ट्याइँसहित तयार गरिने बजेटलाई के भनिन्छ ?
(A) यथार्थ बजेट (B) सन्दर्भ बजेट
(C) शून्यमा आधारित बजेट (D) रचनात्मक बजेट
23. नेपालको सरकारी बजेट प्रणालीमा बजेट घाटा सिद्धान्तलाई कहिलेदेखि अवलम्बन गरिएको हो ?
(A) वि.सं. 2008 (B) विसं. 2013
(C) वि.सं. 2018 (D) वि. सं. 2022
24. तलको कु न भनाइ सही छ ?
(A) आवधिक योजनालाई बजेटसँग र बजेटलाई कार्यसम्पादनसँग जोड्ने औजारलाई मध्यकालीन
खर्चसंरचना (MTEF) भनिन्छ।
(B) मध्यकालीन खर्च संरचना सरकारी खर्च व्यवस्थापन गर्न प्रयोग गरिने एउटा नयाँ अवधारणा हो ।
(C) सरकारले गर्ने सबै खर्चलाई एउटै थलोमा राखेर प्राथमिकताका आधारमा बाँडफाँड गरी खर्चको उपलब्धि
वढाउनु वन्त यसको प्रमुख उद्देश्य हो ।
(D) माथिका सबै
17 D 18 B 19 B 20 A 21 D 22 C 23 A 24 D
25. नेपालमा मध्यकालीन खर्च संरचना (Medium Term Expenditure Framework-MTEF) लाई
कहिलेदेखि प्रयोगमा ल्याइएको हो ?
(A) आ.व. 2054/55 (B) आ.व. 2056/57
(C) आ.व. 2059/60 (D) आ.व. 2061/62
26. मध्यकालीन खर्च संरचनाको उद्देश्य कु न हो ?
(A) सरकारी खर्चमा पारदर्शीता बढाउनु
(B) खर्च गर्ने निकायलाई जिम्मेवार र जवाफदेही बनाउनु
(C) सरकारी खर्चमा वित्तीय अनुशासन कायम गराउनु
(D) माथिका सबै
27. दोहोरो सेस्ता प्रणालीको अवधारणा कहिले आएको मानिन्छ ?
(A) सन्‌1480 (B) सन्‌1484
(C) सन्‌1490 (D) सन्‌1994
28. स्रेस्ता प्रणालीको जन्मदाता वा लेखाका पिता भनी कसलाई चिनिन्छ ?
(A) Edward James (B) Sir Richard Stone
(C) Douglas Garbu (D) Luca Pocioli
29. भेनिसको लेखा प्रणालीलाई परिमार्जन गरी लेखिएको पुस्तक कु न हो ?
(A) Standard System of Book Keeping (B) New System of Book Keeping
(C) English System of Book Keeping (D) Easy System of Book Keeping
30. भेनिसको लेखा प्रणाली परिमार्जन गरी पुस्तक प्रकाशित गर्ने विद्वान को हुन्‌?
(A) Douglas Garbu (B) Sir Richard Stone
(C) Herman Hollerith (D) Edward James
31. सरकारी लेखापरीक्षणको उद्देश्यअन्तर्गत कु न पर्दैन ?
(A) आर्थिक प्रशासनसम्बन्धी ऐन नियमको पालना गराई सरकारी आर्थिक कारोवारमा अनुशासन कायम
गराउनु
(B) वित्तीय जवाफदेहिताको प्रबर्द्धन गर्नु
(C) आर्थिक कारोबारमा हुन सक्ने त्रुटि एवं छलकपट पत्ता लगाई तिनको रोकथाम गर्नु
(D) आर्थिक कारोवारमा त्रुटि एवं छलकपट भए नभएको पत्ता लगाई कारवाही गर्नु
32. महालेखा परीक्षकको विभागको स्थापना कहिले भएको हो?
(A) वि.सं. 2016 श्रावण 10 (B) वि. सं. 2016 श्रावण 16
(C) वि.सं. 2017 श्रावण 10 (D) वि.सं. 2017 श्रावण 16
33. नेपालमा पहिलोपल्ट सरकारी आयव्यय सञ्चालन ऐन कहिले जारी गरियो ?
(A) वि.सं. 2016 (B) वि.सं. 2017
(C) वि.सं. 2018 (D) वि.सं. 2019
25 C 26 D 27 D 28 D 29 C 30 D 31 D 32 B 3 A
3
34. नेपालमा भुक्तानी स्रेस्ता प्रणालीको सुरुवात कहिलेदेखि भएको हो ?
(A) विसं. 2011 वैशाख (B) वि.सं. 2016 वैशाख
(C) वि.सं. 2017 वैशाख (D) वि.सं. 2018 वैशाख
35. नेपालमा प्रचलनमा रहेको स्रेस्ता प्रणालीअन्तर्गत देहायको कु न पर्दछ ?
(A) भुक्तानी स्रेस्ता प्रणाली (B) फारम स्रेस्ता प्रणाली
(C) स्याहा स्रेस्ता प्रणाली (D) माथिका सबै
36. स्याहा स्रेस्ता प्रणालीअन्तर्गत कति किसिमका स्रेस्ताहरु रहने व्यवस्था थियो ?
(A) 2 (B) 3
(C) 4 (D) 5
37. स्याहास्रेस्ता प्रणालीअन्तर्गत पर्ने स्रेस्ता देहायको कु न होइन ?
(A) स्याहा (B) आवर्जे
(C) ढपोट (D) वासिल
38. देहायको कु न भनाइ सही छ?
(A) स्याहालाई मासतमामी र सालतमामी गरी बन्द गरिन्थ्यो ।
(B) स्याहालाई नगदी, जिन्सी र धरौदी गरी तीन प्रकारमा बाँडिएको हुन्थ्यो ।
(C) माथिका दुवै
(D) माथिको कु नै पनि होइन
39. आवर्जे कति किसिमको हुन्छ ?
(A) 2 (B) 3
(C) 4 (D) 5
40. स्याहा स्रेस्ता प्रणालीमा तयार गरिने अन्तिम आर्थिक प्रतिवेदन कु न हो ?
(A) स्याहा (B) स्रेस्ता
(C) ढपोट (D) माथिको कु नै पनि होल
41. देहायको कु न भनाइ सही छ?
(A) स्याहालाई नगदी, जिन्सी र धरौटी गरी तीन प्रकारमा बाँडिएको हुन्थ्यो ।
(B) ढपोटले वर्षभरिको आम्दानी र खर्चलाई सारांशको रुपमा देखाउँछ ।
(C) राजस्वलाई आम्दानी आवर्जे र खर्चलाई खर्च आवर्जेमा चढाइन्छ ।
(D) माथिका सबै
42. भुक्तानी स्रेस्ता प्रणालीको सुरुवात कहिले भएको हो ?
(A) वि.सं. 2017 (B) वि.सं. 2018
(C) वि.सं. 2019 (D) वि.सं. 2020
34 B 35 D 36 B 37 D 38 C 39 A 40 C 41 D 42 A
43. नयाँ स्रेस्ता प्रणाली कहिले स्वीकृ त भएको हो ?
(A) वि.सं. 2018 पौष 20 (B) वि.सं. 2018 माघ 20
(C) वि.सं. 2018 फागुन 20 (D) वि.सं. 2018 चैत्र 20
44. नयाँ म्रेस्ता प्रणाली सबै जिल्लामा कहिले लागु भएको थियो ?
(A) आ.व. 2024/25 (B) आ.व. 2025/206
(C) आ.व. 2026/27 (D) आ.व. 2027/28
45. नयाँ स्रेस्ता प्रणालीलाई कति भागमा विभाजन गरिएको छ ?
(A) 2 (B) 3
(C) 4 (D) 5
46. नयाँ स्रेस्ता प्रणालीअन्तर्गत देहायको कु न पर्दैन ?
(A) आम्दानी स्रेस्ता (B) राजस्व स्रेस्ता
(C) जिन्सी स्रेस्ता (D) खर्च स्रेस्ता
47. दोहरो लेखा प्रणालीको उद्देश्य देहायकोमध्ये कु न होइन ?
(A) त्रुटी एवं गल्ती पत्ता लगाउनु
(B) लेखा परीक्षण कार्यलाई सरल बनाउनु
(C) आर्थिक कारोबारमा नाफा नोक्सानको अवस्था पत्ता लगाउनु
(D) आर्थिक कारोबारको एक पक्षमा प्रभाव पार्नु
48. देहायको कु न भनाइ सही छ?
(A) नगद वा कारोबार भएको अवस्थामा मात्र लेखा राख्ने पद्धतिलाई नगदमा आधारित लेखा प्रणाली
भनिन्छ ।
(B) नगदमा आधारित लेखाप्रणालीमा लिनुपर्ने र दिनुपर्ने बाँकी रकमहरुको अभिलेख स्रेस्तामा देखाइँदैन ।
(C) नगद वा उधारो जे भए पनि कारोवार भएको समयमा लेखा राख्ने पद्धतिलाई प्रोदभावी लेखा प्रणाली
भनिन्छ ।
(D) माथिका सबै
49. देहायको कु न भनाइ सही छ?
(A) लेखापरीक्षण ल्याटिन भाषाको Audire भन्ने शब्दबाट आएको हो ।
(B) Audire भन्नाले सुन्नु (To Hear) भन्ने हुन्छ ।
(C) लेखापरीक्षणलाई आर्थिक कारोवारको अन्तिम चरणको रुपमा लिन सकिन्छ ।
(D) माथिका सबै
50. लेखा परीक्षण भनेको कु नै संस्था वा व्यवसायको स्रेस्ता तथा तत्सम्बन्धी अभिलेखहरुको नियमितरुपले
जाँच तथा रुजु गरी सोसम्बन्धी वास्तविक आर्थिक प्रतिवेदन दिने कार्य हो भन्ने भनाइ कस्को हो?
(A) मान्ट गोमरी (B) ए. डब्ल्यु हेन्सन
(C) एडवार्ड (D) सर रिचार्ड स्टोन
43 D 44 A 45 A 46 A 47 D 48 D 49 D 50 A
51. लेखापरीक्षण यस्ता सम्पूर्ण अभिलेखहरुको जाँच हो जसबाट तिनीहरुको विश्वसनीयता र तिनीहरुबाट
तयार गरिएको विवरणको विश्वसनीयता स्थापित गर्दछ भन्ने भनाइ कस्को हो?
(A) एडवार्ड जेम्स (B) ए. डब्लु हेन्सन
(C) मान्ट गोमरी (D) सर रिचार्ड स्टोन

You might also like