Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 12

साधारण विद्युतीय राहदानी बनाउन के गर्ने?

साधारण राहदानीका लागि कहाँ आवेदन दिनेः

1. जिल्ला/इलाका प्रशासन कार्यालयः


जुन जिल्ला वा इलाका प्रशासन कार्यालयबाट नागरिकता/नाबालक परिचयपत्र जारी
भएको हो, सोही कार्यालयमा आवेदन दिनु पर्दछ । जिल्ला वा इलाका प्रशासन
कार्यालयबाट राहदानीको लागि आवेदन दिँदा १५ देखि ४५ दिन सम्म लाग्छ ।

2. राहदानी विभाग
यदी तपाइँलाई तत्काल राहदानी आवश्यक परेको छ भने राहदानी विभाग, त्रिपुरेश्वर,
काठमाडौंमा आवेदन दिन सक्नु हुनेछ । विभागबाट राहदानीको लागि आवेदन दिँदा २
दिन (आवेदन दिएको दोस्रो कार्य दिनमा प्राप्त हुने) लाग्छ र आकस्मिक सेवाको रूपमा
रु. ७०००।– थप शुल्क तिर्नु पर्ने हुन्छ ।
3. विदेश स्थित नेपाली नियोगहरू
यदी तपाइँ विदेशमा हुनु हुन्छ भने तपाइँ जुन मुलुकमा हुनु हुन्छ सोही मुलुकमा रहेको
नेपाली नियोगमा आवेदन दिन सक्नु हुन्छ । यदी तपाइँ रहेको मुलुकमा नेपाली नियोग
छैन भने आफू लाई पायक पर्ने कु नै नियोगबाट आवेदन दिनु पर्दछ ।

साधारण राहदानीका लागि आवेदन दिने प्रक्रियाः

1. सर्वप्रथम राहदानीका लागि यहाँ क्लिक गरी आफू लाई अनुकु ल हुने स्थान र समय
छनौट गरी रीत पूर्वक पूर्व-दर्ता आवेदन फाराम भर्नु होस र विवरण भरिसके पछि प्राप्त
फाराम प्रिन्ट गर्नुहोस् ।
2. उक्त फाराम र सम्बन्धित कागजात लिई तपाइँले छनौट गर्नुभएको समयमा छनौट गर्नु
भएको विभाग/कार्यालय/ नियोगमा स्थानमा उपस्थित हुनु होस ।
3. विभाग/कार्यालय/नियोगमा तपाइँको फाराम रुजू गरी राहदानीका लागि राजस्व तिर्न
अनुरोध गरिने छ(यदी पहिल्यै राजस्व तिर्नु भएको छैन भने)
4. फाराम रुजू गरी राजस्व बुझाए पछि फोटो खिच्ने र अन्य जैविक विवरण सङ्कलन गरिने
छ ।
5. राहदानी तयार भए पछि तपाइलाई इमेल तथा SMS (नेपाली नम्बरमा मात्र) जानकारी
गराइने छ । सो जानकारी पाए पछि सोही आवेदन दर्ता गरिएको विभाग/कार्यालय/
नियोगमा (मौजुदा राहदानी भएमा सो समेत लिई) उपस्थित भइ राहदानी सङ्कलन गर्नु
पर्दछ ।

साधारण राहदानीका लागि आवेदन दिँदा आवश्यक कागजातः

क) फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (प्रिन्ट वा
डिजिटल), (राहदानी फाराम भर्नको लागि यहाँ क्लिक गर्नु होस)
ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,

नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी


गरिएको नाबालिग परिचय पत्रको सक्कल प्रति र आमा-बाबु दुबैको नागरिकता
प्रमाणपत्र तथा विभागबाट पहिलो पटक आवेदन दिँदा जिल्लाबाट प्रमाणीकरण समेत
पेस गर्नु पर्दछ ।

ग) हालको राहदानी (बनाएको भएमा मात्र) सक्कल प्रति,


घ) राहदानी दस्तुर,

अन्य आवश्यक कागजातहरू (अनलाईन आवेदन दिँदा पेस गर्ने)

क) नागरिकतामा रहेको जन्म मिति र शैक्षिक योग्यतामा रहेको जन्म मिति फरक
परेको र शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्म मिति कायम गरी राहदानी
लिनु पर्ने अवस्थामा एसइइ वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक
योग्यताको प्रमाणपत्र ।
ख) विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी
राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको
प्रमाणपत्र, तर विदेशी नागरिकसँग विवाह गरी विदेशको नागरिकता नलिएको
महिलाको हकमा निजको पुरानो राहदानीमा उल्लेख भएको थर वा नागरिकतामा
उल्लिखित थर मात्र कायम हुने छ ।
ङ) पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी
राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।

विदेशमा जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन
दिने विशेष व्यवस्थाः
क) अस्थायी नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा
नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्र (Birth Registration
Certificate) लाई मुख्य आधार मानी दूतावासले दर्ता किताब खडा गरी अस्थायी
दर्ता नम्बर प्रदान गर्दछ, सोही नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ ।
अस्थायी नम्बर लिनका लागि निम्न अनुसारका कागजातहरू आवश्यक पर्छन् ।
ख) आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि,
ग) आमा बाबु दुबैजानाको राहदानीको प्रतिलिपि,
घ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र,
ङ) नाबालकको जन्म दर्ताको प्रतिलिपी,
च) नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति
छ) माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले अस्थायी
नम्बर उपलब्ध गराउनेछ । नाबालिगको राहदानीको आवेदन फाराम भर्दा
नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु
पर्दछ ।

राहदानी आवेदन दिनका लागि लाग्ने दस्तुरः

नेपालमा आवेदन दिँदा

सेवा राजस्व रकम रु.


१० वर्ष पुगेका १० वर्ष मुनिका
नयाँ राहदानी आवेदन तथा नवीकरण ३४ पृष्ठको राहदानी जिल्ला ५००० २५००
विभाग १२००० ९५००
६६ पृष्ठको राहदानी जिल्ला १०००० ५०००
विभाग २०००० १४५००
राहदानी हराएको, च्यातिएको, के रमेट भएको वा ३४ पृष्ठको राहदानी जिल्ला १०००० ७५००
अन्य कारणले प्रयोग हुन नसक्ने भई बनाउनु विभाग १७००० १४५००
पर्दा ६६ पृष्ठको राहदानी जिल्ला १५००० १००००
विभाग २५००० १९५००
यात्रा अनुमति पत्र विभाग ४०००

विदेश स्थित नेपाली नियोगहरूमा आवेदन दिँदा

1. उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया र हङ्कङ् स्थित नेपाली नियोगमा निवेदन
दिँदा

सेवा प्रति राहदानी राजस्व रकम (अ. ड.) (वा सो


बराबरको स्थानीय मुद्रा)
१० वर्ष पुगेका १० वर्ष मुनिका
नयाँ राहदानी आवेदन तथा नवीकरण ३४ पृष्ठको १५०।०० ७५।००
६६ पृष्ठको २००।०० १००।००
पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य ३४ पृष्ठको ३००।०० १५०।००
कारणले नयाँ बनाउनु पर्दा ६६ पृष्ठको ४००।०० २००।००

2. रूसी महासङ्घ नेपाली राज दूतावास मस्कोको सहप्रमाणीकृ त मुलुक साइप्रसको लागि नेपाली नियोगमा आवेदन दिँदाः

सेवा प्रति राहदानी राजस्व रकम (युरो) (वा सो बराबरको


स्थानीय मुद्रा)
१० वर्ष पुगेका १० वर्ष मुनिका
नयाँ राहदानी आवेदन तथा नवीकरण ३४ पृष्ठको ८०।०० ४०।००
६६ पृष्ठको १३०।०० ६५।००
पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य ३४ पृष्ठको १६०।०० ८०।००
कारणले नयाँ बनाउनु पर्दा ६६ पृष्ठको २६०।०० १३०।००

3. माथि क्र. सं. २ बाहेकका युरोपेली देश स्थित नेपाली नियोगमा आवेदन दिँदाः

सेवा प्रति राहदानी राजस्व रकम (युरो) (वा सो बराबरको


स्थानीय मुद्रा)
१० वर्ष पुगेका १० वर्ष मुनिका
नयाँ राहदानी आवेदन तथा नवीकरण ३४ पृष्ठको १२०।०० ६०।००
६६ पृष्ठको १७०।०० ८५।००
पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य कारणले नयाँ ३४ पृष्ठको २४०।०० १२०।००
बनाउनु पर्दा ६६ पृष्ठको ३४०।०० १७०।००

4. मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, बहराइन, लेबनान, इराक, इरान, कु बेत, इजरायल, सिरिया, जोर्डन, ओमान र
यमनस्थित नियोग र सो नियोगको सहप्रमाणीकृ त मुलुकको लागि नियोगमा आवेदन दिँदाः

सेवा प्रति राहदानी राजस्व रकम (अ.ड.) (वा सो


बराबरको स्थानीय मुद्रा)
१० वर्ष पुगेका १० वर्ष मुनिका
नयाँ राहदानी आवेदन तथा नवीकरण ३४ पृष्ठको ५०।०० २५।००
६६ पृष्ठको १००।०० ५०।००
पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य ३४ पृष्ठको १००।०० ५०।००
कारणले नयाँ बनाउनु पर्दा ६६ पृष्ठको २००।०० १००।००

5. माथि क्र. सं. (१), (२) र (४) बाहेकका अन्य एसियाली, अफ्रिकी र बाँकी सबै देस स्थित नेपाली नियोगमा आवेदन दिँदाः

सेवा प्रति राहदानी राजस्व रकम (अ.ड.) (वा सो


बराबरको स्थानीय मुद्रा)
१० वर्ष पुगेका १० वर्ष मुनिका
नयाँ राहदानी आवेदन तथा नवीकरण ३४ पृष्ठको १५०।०० ७५।००
६६ पृष्ठको २००।०० १००।००
पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य ३४ पृष्ठको ३००।०० १५०।००
कारणले नयाँ बनाउनु पर्दा ६६ पृष्ठको ४००।०० २००।००
अस्थायी राहदानी ५०।०० ५०।००
यात्रा अनुमति पत्र ५०।०० ५०।००

6. अस्थायी राहदानी तथा यात्रा अनुमति पत्रका लागि विदेश स्थित सबै नेपाली नियोगमा आवेदन दिँदाः
 प्रति राहदानी/यात्रा अनुमति पत्र राजस्व रकम अ.ड. ५०।०० (वा सो बराबरको स्थानीय मुद्रा)

राहदानी आवेदन भर्ने तरिकाः

राहदानी आवेदन सम्बन्धी बारम्बार सोधिने प्रश्नहरूः

1) तुरुन्त विद्युतीय राहदानी बनाउनु परेमा के गर्नु पर्दछ?

तपाइँलाई तत्काल राहदानी आवश्यक परेको छ भने राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौंबाट
आवेदन दिनु पर्दछ । विभागबाट आवेदन दिँदा सामान्यतः Live Enrollment गरेको दुई कार्य
दिनभित्र अर्थात् आवेदन दिएको भोलिपल्ट वा सो दिन बिदा परेमा बिदा सकिएको अर्को दिन
राहदानी जारी हुन्छ ।

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगहरूमा
भने आकस्मिक सेवा उपलब्ध छैन।

2) हराएको, चोरी वा विवरण नबुझिने गरी झुत्रो भएको राहदानीको फोटो कपी (छाँया प्रति)
नभएमा के गर्ने?

पहिला बनाएको राहदानी MRP वा ePassport हराएको, चोरी भएको वा विवरण नबुझिने गरी
झुत्रो भएको अवस्थामा सम्बन्धित कार्यालयमा सम्पर्क गर्नु होला ।
3) नाबालक परिचयपत्रको आधिकारिकता प्रमाणीकरण कसरी गर्ने? के यो आवश्यक नै हो?

राहदानी विभागबाट पहिलो पटक आवेदन दिँदा नाबालक परिचयपत्रको आधिकारिकता


प्रमाण पेस गर्नु पर्दछ । जुन जिल्ला/इलाका प्रशासन कार्यालयबाट जारी भएको हो, सोही
जिल्ला/इलाका प्रशासन कार्यालयबाट आधिकारिकता प्रमाणित गरिन्छ । यसमा आवेदकको
फोटो टाँसी सम्बन्धित अधिकारीद्वारा दस्तखत गरिएको हुन्छ। नाबालक परिचयपत्र प्राप्त गरेको
जिल्लाबाट बसाइँ सरेको अवस्थामा बसाइँ सराइको कागजात लिइ हाल बसोबास गरेको
जिल्लाबाट प्रमाणीकरण गर्नुपर्छ।

4) साधारण विद्युतीय राहदानीका लागि दस्तुर बुझाउने उपायहरूः


 राहदानी विभाग तथा जिल्ला/इलाका प्रशासन कार्यालयहरूले तोके बमोजिमका बैक, Online
Payment वा Digital Payment मार्फ त राहदानीका लागि दस्तुर बुझाउन सकिने छ।
 विदेश स्थित नेपाली नियोगहरूको हकमा भने नियोगले तोके बमोजिम हुने भएकोले
सम्बन्धित नियोगमा सम्पर्क गर्नु होला ।
5) तयार राहदानी लिन कहिले आउने?

राहदानी तयार भई सङ्कलन गर्न आउनु (Your passport is ready to collect) भनी
म्यासेज वा e-mail प्राप्त भए पछि यथाशक्य छिटो राहदानी सङ्कलन गर्नु पर्दछ

6) तयार राहदानी बुझ्न आफै उपस्थित हुनु पर्छ?

राहदानी विभाग वा जिल्ला/इलाका प्रशासन कार्यालयमा सामान्यतः आफै उपस्थित हुनु पर्छ
। तर धेरैजसो विदेश स्थित नेपाली नियोगहरूमा भने हुलाक मार्फ त पनि राहदानी पठाउने
गरिन्छ ।

कु नै कारणले आफै आउन नसक्ने भएमा राहदानी आवेदन गर्दाको समयमा नजिकको कु नै
आफन्तको नाममा मन्जुरनामा बनाइ सम्बन्धित अधिकृ तबाट प्रमाणित गराइ तयार राहदानी
सङ्कलन गर्न सकिन्छ।

7) तयार राहदानी बुझ्न के के कागजात लिई आउनु पर्छ?

तयार राहदानी बुझ्न आउनका लागि आवेदन फाराम, अहिले भई रहेको राहदानी, राहदानी
दस्तुर भौचर तथा नागरिकता लिई आउनु पर्छ ।

8) राहदानीको मोबार्इल एप्स छ? यसमा के के सुविधा छन्?

राहदानीका लागि 'Nepal ePassport' भन्ने एप छ । यसबाट राहदानी आवेदन फाराम भर्न र
राहदानी बने/नबनेको वा यसको अवस्था थाहा पाउन सकिन्छ । राहदानी बने/नबनेको वा
यसको अवस्था थाहा पाउन मोबार्इल एप्सबाट आवेदन फारामको Barcode स्क्यान गरी
check status भन्ने बटन थिच्नु पर्दछ ।
9) मोबार्इल एप्स 'Nepal ePassport' कसरी डाउनलोड गर्ने?

मोबार्इल एप्स 'Nepal ePassport' डाउनलोड गर्नका लागि Android System हुनेहरूले
Google Play वा iPhone हुनेहरूले App Store बाट वा विभागको वेव पेज
https://nepalpassport.gov.np/ बाट सोझै Download गरी Install गर्न सकिन्छ।

10) पूर्व-दर्ता (Pre-enrolment) गरी अनलाइन आवेदन फाराम बुझाए (Submit) पछि फाराममा
त्रुटि भेटिएमा के गर्ने?
पूर्व-दर्ता पछि कु नै त्रुटि भेटिएमा दर्ता के न्द्रमा प्रत्यक्ष दर्ता विवरण सच्याउन सकिन्छ । फोटो
खिचिसके पछि तपाइँलाई हस्ताक्षर गर्न दिइएको फोटो सहितको आवेदन फाराममा विवरण
सच्चिएको रुजू गरेर मात्र हस्ताक्षर गर्नु होला। यस पछि पनि कु नै त्रुटि भएमा पुनः फाराम भरी
थप दस्तुर तिरी नयाँ राहदानीका लागि आवेदन गर्नुपर्ने छ।

11) जारी भईसके को राहदानीको विवरणमा त्रुटि देखिएमा के गर्ने?

तयार भइसके को राहदानीमा त्रुटि भएमा पुनः आवेदन दिनु पर्दछ । राहदानी प्रयोग भएको छैन
र राहदानी जारी भएको एक वर्षभित्र छ भने राहदानी विभागबाट नेपालबाट आवेदन दिँदा ने. रु.
पाँच हजार लाग्छ । अन्य अवस्था र स्थानमा आवेदन दिँदा नयाँ राहदानी सरह दस्तुर
लाग्नेछ।

12) राष्ट्रिय परिचयपत्रको नम्बर (National Identity Number-NIN) सबैलाई अनिवार्य हो?
राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा राहदानी आवेदन गर्ने
16 वर्ष पुगेका आवेदकको हकमा राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य रूपमा उल्लेख गर्नु
पर्दछ। भने 16 वर्ष मुनिका आवेदक वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिँदा भने राष्ट्रिय
परिचयपत्र अनिवार्य छैन ।
13) विद्युतीय राहदानी (ePassport) का लागि राहदानी आवेदकले फोटो साथमा ल्याउनु पर्छ कि
पर्दैन?
पर्दैन। राहदानी आवेदन गर्ने Enrollment Center मा नै प्रत्यक्ष दर्ता (live Enrollment) गर्दा
कर्मचारीले फोटो खिच्ने हुनाले राहदानी आवेदकले फोटो साथमा ल्याउनु पर्दैन।
14) राहदानी हरायो वा चोरी भयो, पत्रपत्रिकामा सूचना दिनु पर्दछ?
राहदानी हराएमा वा चोरी भएमा पत्रपत्रिकामा सूचना ननिकाले तापनि वा प्रहरी प्रतिवेदन नभएता
पनि राहदानीका लागि आवेदन दिन सकिन्छ। विभागले हराएको राहदानीलार्इ रद्द गरेको
जानकारी Interpol लार्इ दिने व्यवस्था छ।

15) हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइसके पछि पुरानो राहदानी भेटियो, के गर्ने?

हराएको राहदानी भेटिएमा जुन स्थानबाट नयाँ राहदानी बनाइएको हो, त्यहाँ सम्पर्क गरी उक्त
भेटिएको पुरानो राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानी भेटिएतापनि हराएको जानकारी
Interpol मार्फ त विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी लिर्इ यात्रा गर्न मिल्दैन।
हराएको राहदानी लिर्इ यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारवाही
हुन्छ।

16) के राहदानी नवीकरण गर्दा पुरानो नम्बरकै राहदानी बन्दछ? मेरो राहदानीमा भिसा छ,
नवीकरण गर्दा के हुन्छ?

बन्दैन। राहदानी नवीकरण गर्दा नयाँ नम्बरको राहदानी बन्दछ। राहदानी नवीकरण गर्दा नयाँ
राहदानीमा पुरानो राहदानीको नम्बर आउने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको
भिसाको आधारमा भ्रमण गर्न सकिन्छ। यो विषय भ्रमण गर्ने मुलुकको नियममा निर्भर गर्ने
भएकोले जुन मुलुकको भ्रमण गर्ने हो, सो मुलुकको आधिकारिक निकायसँग बुझ्न राम्रो हुन्छ।

17) जन्मस्थान (Place of Birth) मा के लेख्नेः


 नेपालमा जन्मेको राहदानी आवेदकको हकमा निज जन्मेको जिल्ला उल्लेख गर्ने।
 विदेशमा जन्मेको राहदानी आवेदकको हकमा निज जन्मेको देशको नाम उल्लेख गर्ने।

Pre-enrollment गरी अनलाइन आवेदन फारम भर्दा “Other” option मा गई देशको नाममा
click गर्ने।

18) विदेशमा रहेको वखत बच्चा जन्मिएमा के गर्ने?

नेपाली बाबु र आमाबाट विदेशमा रहेका बखत बच्चा जन्मिएमा आफू बसोबास गर्ने मुलुक स्थित
नेपाली नियोग वा उक्त मुलुकमा नेपाली नियोग नभएमा सो मुलुक हेर्ने जिम्मेवारी तोकिएको
नेपाली नियोगलाई Enrollment Center बनाई आफु लाई उपयुक्त हुने मिति र समयमा
Appointment तय गरी Pre-enrollment गरी तोकिएको मिति र समयमा राहदानी आवेदनका
लागि आवश्यक कागजातहरू सहित नियोगमा बुवा वा आमा उपस्थित हुनु पर्दछ वा हुलाक
मार्फ त कागजात पठाउनु पर्दछ । यदि नवजात शिशु सहित नेपाल फर्क ने भएमा सहजताका
लगि सम्बन्धित नेपाली नियोगमा यात्रा अनुमतिपत्रको आवेदन दिन सकिने छ ।

विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका बच्चाको हकमा राहदानीका लागि बाबु नागरिक
रहेको मुलुकको सम्बन्धित निकायमा सम्पर्क राख्नु पर्दछ।

19) विदेशमा तुरुन्त राहदानी जरुरी परेमा आफन्त मार्फ त नेपालबाट राहदानी बनाउन
सकिन्छ?

सकिदैन। विदेशमा रहेका नेपालीहरूको हकमा आफू बसोबास गर्ने मुलुकस्थित नेपाली नियोग
वा उक्त मुलुकमा नेपाली नियोग नभएमा सो मुलुक हेर्ने जिम्मेवारी तोकिएको नेपाली नियोगलाई
Enrollment Center बनाई आफु लाई उपयुक्त हुने मिति र समयमा Appointment तय गरी
Pre-enrollment गरी तोकिएको मिति र समयमा राहदानी आवेदनका लागि आवश्यक
कागजातहरू सहित नियोगमा आवेदक स्वयं उपस्थित हुनु पर्दछ।

20) फोटो खिच्दा गहना लगाउन मिल्छ?

सामान्यतः फोटो खिच्दा घाँटी र घाँटीभन्दा माथिका सबै गहना फु काल्नु पर्दछ। तर , सँधै
लगाउने र गहनाको कारण व्यक्तिको प्राकृ तिक स्वरुपमा कु नै फरक नपर्ने किसिमका साना
आकारकका गहना (जस्तैः नाकमा लगाउने सानो फु ली) लगाउन सकिन्छ।

21) म सँग यन्त्र वाचक राहदानी छ, के विद्युतीय राहदानी बनाउनु पर्दछ?

पर्दैन ।

22) विद्युतीय राहदानी कहिले बनाउने?

हालको यन्त्र वाचक राहदानी (MRP) को म्याद १ वर्ष भन्दा कम भएमा विद्युतीय राहदानीका
लागि आवेदन दिन सकिने छ ।

तर निम्न अवस्थामा भने १ वर्ष भन्दा बढी अवधि भएतापनि आवेदन गर्न सकिने छ ।

 राहदानी पुरानो भई पढ्न नसक्ने भएमा, च्यातिई, झुत्रो भई वा विवरणमा त्रुटि भई प्रयोग गर्न नमिल्ने
भएमा,
 राहदानीका पानाहरू भरिई पर्याप्त पाना नभएमा,
 थर परिवर्तन भएमा,
 नाबालकको उमेर सोह्र वर्ष पुगी राहदानी लिन चाहेमा,
 राहदानी हराएको कारण देखाई निवेदन दिएमा,
 कु नै घटना, उपचार वा अन्य कारणबाट राहदानीमा रहेको फोटोभन्दा राहदानी वाहकको मुखाकृ ति
फरक हुन गई सोको कारण सहित निवेदन दिएमा,
 बाहकको राहदानीमा उल्लेख भएको निकटतम व्यक्त वा जरुरी परेमा सम्पर्क गने व्यक्ति नाम, थर
तथा ठे गाना परिवर्तन गर्नु भई सोको कारण र प्रमाण सहित निवेदन दिएमा ।
 राहदानीको पाना के रमेट भएको, पाना च्यातिएको वा विषेश परिस्थितिको कारणले राहदानी प्रयोग हुन
नसक्ने भई सोको प्रमाण सहित निवेदन दिएमा,
 सम्बन्ध विच्छेद भएको महिलाले पूर्व पतिको थर नराखी राहदानी लिनको लागि सम्बन्ध विच्छेदको
प्रमाण सहित निवेदन दिएमा ।

23) घाँटी वा सो भन्दा माथि अनुहारमा Permanent Tattoo छ के गर्ने?

यदी स्थायी ट्याटु छ भने के ही गर्नु पर्दैन तर अस्थायी छ भने हटाउनु उचित हुन्छ ।

24) अनुहारमा स्थायी प्रकृ तिको दाग छ के गर्ने?


दाग भएमा के ही गर्नु पर्दैन । प्राकृ तिक रूपले तस्विर लिनु पर्छ ।

फोटो खिच्दा शृङ्गार गर्न मिल्छ?

सामान्य शृङ्गार गर्न मिल्छ । तर मुखाकृ तिनै फरक पर्ने गरी श्रृङ्गार गर्न भने मिल्दैन ।

विद्युतीय राहदानीका लागि आवेदन दिँदा तस्विर (Photo) आवश्यक पर्छ?

पाँच वर्ष पुगेका व्यक्तिको हकमा राहदानी आवेदन दिँदा स्वयं उपस्थित भइ तस्विर खिचिने
भएकोले छु ट्टै तस्विर आवश्यक पर्दैन । पाँच वर्ष नपुगेका बालबालिकाको हकमा उपस्थित
नभएमा वा उपस्थित भएतापनि तस्विर खिच्नका लागि शान्तसँग बस्न नसक्ने भएमा भने तस्विर
आवश्यक पर्दछ ।

विद्युतीय राहदानीका लागि आवेदन दिएकोमा तयार भए नभएको कसरी थाहा पाउने?

राहदानीको अवस्था थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal
ePassport App डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था मिलाइएको
छ । तपाइँको राहदानी फाराम प्रक्रिया कहाँ पुग्यो भनी दूतावासबाट जानकारी गराउन सकिँ दैन ।
साथै तपाइँको फाराम कु नै कारण बस रिजेक्ट भएमा त्यसको खबर तपाइँले पठाएको ई मेलमा प्राप्त
हुन्छ । तपाइँलाई राहदानी तयार भएको वा रिजेक्ट भएको जानकारी भएमा मात्र दूतावासमा सम्पर्क
गर्नु होला । राहदनी तयार भै दूतावासमा प्राप्त भए पश्चात् तपाइलाई त्यसको खबर आउने छ ।
तयार राहदानी प्राप्त भएको जानकारी दूतावासको वेव पेजमा समेत राखिने छ ।

राहदानी बनाउन कति समय लाग्छ?

राहदानी बनाउनका लागि राहदानी विभागमा २ दिन लाग्छ । जिल्ला वा ईलाका प्रशासन
कार्यालयबाट आवेदन दिँदा सामान्यतः आवेदन दिएको १० दिन देखी ४० दिन सम्म लाग्छ भने
विदेश स्थित नेपाली नियोगबाट आवेदन दिँदा सामान्यतः आवेदन दिएको २० दिन देखी २ महिना
सम्म लाग्दछ ।

अस्थायी राहदानी भनेको के हो ?

दूतावासमा विद्युतीय राहदानीका लागि आवेदन दिँदाका बखत राहदानी जरुरी परेको र उक्त राहदानी
बनेर आउने समयसम्म पर्खन नसक्ने भएमा अस्थायी राहदानीका लागि आवेदन दिन सकिने छ ।
अस्थायी राहदानी हस्त लिखित भएकोले सामान्यतः विदेश भ्रमण गर्न मिल्दैन तर यस्तो राहदानीबाट
कतिपय मुलुकमा भिषाको लागि आवेदन दिन सकिन्छ र नेपाल फर्क न पनि सकिन्छ । आफू रहेको
मुलुकमा हस्त लिखित राहदानीबाट भिषा आवेदन दिन सकिने/नसकिने यकिन गरी अस्थायी
राहदानीका लागि आवेदन दिनु पर्दछ ।
विद्युतीय राहदानीका लागि आवेदन दिए पछि मात्र अस्थायी राहदानीका लागि आवेदन दिन सकिने छ

हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सके पछि पुरानो राहदानी भेटियो, के गर्ने?

हराएको राहदानी भेटिएमा तुरुन्तै भेटिएको राहदानी रद्द गराउनु पर्दछ । हराएको राहदानी भेटिए
तापनि हराएको जानकारी Interpol मार्फ त विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न
मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार
कारबाही हुन्छ ।

राहदानीमा भएको विवरणमा त्रुटि देखिएमा के गर्ने ?

राहदानी छपाइ हुँदा कु नै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ । यसका लागि राहदानी
बनाउनका लागि पुनः आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्नु पर्दछ र नियमानुसारको दस्तुर बुझाउनु पर्ने
हुन्छ । यस प्रकारको त्रुटि सच्याउन लागि सम्बन्धित कार्यालय वा राहदानी विभागमा समेत आवेदन
दिन सकिन्छ ।
के राहदानी नवीकरण गर्दा पुरानो सङ्ख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा
छ, नवीकरण गर्दा के हुन्छ ?

बन्दैन । राहदानी नवीकरण गर्दा नयाँ सङ्ख्याको राहदानी बन्दछ । नयाँ जारी गरिएको
राहदानीमा पुरानो राहदानी सङ्ख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको
भिसा मान्य हुन्छ । यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने
हो वा जुन मुलुकको भिसा लिएको हो, सोही मुलुकको आधिकारिक निकायसँग बुझ्नु राम्रो हुन्छ ।

राहदानी लिन आउँदा के के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफै आउनु पर्दछ?

राहदानी बुझ्न आउँदा पुरानो सक्कल राहदानी (हराएको भनी आवेदन दिएकोमा बाहेक), नागरिकता,
राजस्व भौचर र आवेदन फाराम साथमा लिई आउनु पर्दछ । कागजात लिई आएमा तुरुन्तै राहदानी
हस्तान्तरण गरिन्छ । राहदानी लिन स्वयं उपस्थित हुनु पर्दछ तर नाबालिगको हकमा निजको आमा
वा बुवा आउनु पर्दछ ।
यदी कु नै कारण बस स्वयं उपस्थित हुन नसके मा राहदानी आवेदन गर्दाको बखत आफन्तलाई
लिखित अख्तियारी दिन सकिने छ । विदेश स्थित नेपाली नियोगमा हुलाक मार्फ त पठाउने व्यवस्था
गरिएको भए स्वयं उपस्थित हुनु पर्दैन ।

You might also like