Download as doc, pdf, or txt
Download as doc, pdf, or txt
You are on page 1of 8

कार्यमूलक अनुसन्धान प्रतिवेदन

k|:tf]tfM–ch'{g s'df/ d08n


ljwfnoM–>L hgHo]tL dfWolds uf}/fbx–^
txM–lg=df=
. >]0fLM–t[tLo
cg';+wfgsf] laifoM– विद्यालय छाड्ने निर्णयमा
पुगेको विद्यार्थीलाई विद्यालयमा नियमित गराउन गरिएको एक
कार्यमूलक अनुसन्धान

अनुसन्धानको पृष्ठभूमिः

विद्यार्थीले विद्यालय छाड्नुको दोष स्वयं विद्यार्थीलाई नै दिएर अन्य


पक्षप्रति चासो नदिने प्रवृत्ति प्रसस्तै छ । उनीहरु विभिन्न पारिवारिक,
सामाजिक आदि कारणले विद्यालय छाड्न पुग्छन् भन्ने तर्फ कमैको
मात्र ध्यान पुगेको देखिन्छ । आफ्नो विद्यालयमा पनि यसरी बिचमै
विद्यालय छाड्ने विद्यार्थीहरुको संख्या pNn]lvo रहेकोले यसै
विषयमा कार्यमूलक अनुसन्धान गर्ने सोच बढ्यो ।
विद्यालयलेo; aif{ sf]le8–!( cyf{t sf]/f]gfsf sf/0f ePsf]
ns8fpgsf] ;dodf lzIff ljefun] ;+rfng गरेको a}slNks
l;sfO{ ;xhLs/0f sfo{ljlw @)&& अभियानका क्रममा ;fdflhs
b"/L sfod u/L म आफ्ना एकजना सहकर्मी शिक्षकका साथ
विद्यार्थीहरुको पारिवारिक, आर्थिक र शैक्षिक अवस्थाका बारेमा बुझ्न
उनीहरुको घरघरमा गएको थिएँ । l;sfO ;xhLs/0f अभियानका
क्रममा हामीले जिम्मेवारी पाएको क्षेत्रमा जाने क्रममा एक जना
विद्यार्थीको पारिवारिक अवस्थाको बारेमा हामीले उनको मिल्ने एकजना
साथी मार्फ त धेरै कु राको जानकारी पायौं । उनी विद्यालय आउन छाडेको
w]/} दिन भइसके को हुँदा मलाई उनको बारेमा यस अघि नै चासो बढेको
थियो । मेरो मनमा उठ्यो कि अब उनको घरमा गएर उनलाई नियमित
विद्यालय ल्याउन कसरी सकिन्छ । यही विषयले मेरो मष्तिष्कमा घर
बनाइरह्यो । सहकर्मी शिक्षकका साथ म उनको घरमा पुगें अनि आफैं ले
उनका विषयमा सबै कु राको बारेमा जानकारी लिइ उनलाई विद्यालयमा
नियमित कसरी गराउन सकिन्छ भनेर सोच्दै यो कार्यमूलक
अनुसन्धानको प्रक्रियालाई अगाडी बढाइएको हो ।
पहिलो चरण
१. योजना M
w]/} दिनदेखि विद्यालय आउन छाडेकी tL ;Dk"0f{ छात्राको{
पारिबारिक अवस्था विश्लेषण गरी सोही अनुसार परामर्श गरी उनलाई
नियमित विद्यालय आउन सक्ने वातावरण तयार गर्ने ।
२. क्रियाकलाप M
विद्यालयमा यसै वर्ष मात्र अर्को विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरी कक्षा
९ मा विद्यालयमा k9\g आएक f ljwfyL{sf] घरमा जब म र सहकर्मी
शिक्षिका सहितदुई जना त्यहाँ पुग्यौं त्यस अघि नै उनको साथी मार्फ त
थाहा भइसके को थियो कि उनी पढाइ छाड्ने चरणमा पुगिसके को र w]/}
दिनदेखि विद्यालय गएकी पनि थिइनन् । हामी पुग्दा उनको घरमा उनी
मात्र थिइन् । हामीलाई देखेपछि उनी के ही लज्जीत हुँदै तल आइन् ।
हामीले उनलाई बस्न र लाज नमानीकन बोल्न सहजीकरण गर्यौं ।
उनलाई सोध्यौं स्कु ल नगएको w]/} दिन भएछ नि किन, के समस्या
पर्यो घरमा उनले मलिन स्वर बनाएर ममी बिरामी हुनुहुन्थ्यो घरमा
भैसीलाई घाँसपानी गर्ने कोही थिएन त्यसैले नगएको उनले बताइन् ।
पल्लोघरबाट उनको हजुरआमा आउनुभयो अनि हामीले हजुरआमासँग
उनको र परिवारको बिबिध कु राहरु सोधीखोजी गर्यौं । मैले आफु र निजको
बुबा सँगसँगै d]/f] lzlIfsf ;fyL zlxb lgz'Ns k|f=la=स्कू लमा
कक्षा ५ सम्म पढेको कु रा बताएपछि उहाँले धेरै कु राहरु खुलेर गर्नु भयो
सायद आफ्नै छोरो जस्तै ठानेर होला ।
अवस्था बुझदा के ही समय अगाडीदेखि नेमो को बुबा सुनलामाको के ही
मानसिक समस्या सुरुभएको रहेछ । सोको उपचार गर्ने विषयमा कु रा हुँदा
हुँदै २ महिना अगाडी उनले विष सेवन गरी आत्महत्या गरे । घरमा उनकी
आमा, एउटा दाजु जो काडमाडौंमा बस्छन् र एउटा कक्षा ३ मा पढ्ने भाइ
गरी ४ जना छन् । आमाको नेतृत्वमा घर चलाउने बाध्यताको सुरुवात
भयो बिगत २ महिनादेखि । अमालाई ग्याँस्टिकले निकै चापेको हुँदा
बिरामी भइरहने समस्या । अब घरमा के ही काम गर्न सक्ने के बल नेमो
मात्र । उनको हजुरआमाबाट यो थाहा भयो कि विद्यालय नगएको ५
दिनको पहिलो दिन उनलाई स्कू ल जाऊ भनेर उनको आमा र हजुर
आमाले भन्दा लामो समय आँगनको छे उमा उभिएर रोएर बसेको कु रा
थाहा भयो । अगाडी दिनहरुमा पनि उनको यस्तै व्यवहार हुने गरेको तथ्य
पनि हामीले थाहा पायौं । हाम्रो ध्यान अब त्यही विषयमा खोजिनीति गर्ने
तर्फ गयो । हामीले उनलाई सोध्यौं तिमीलाई स्कू ल जाने, पढ्ने विषयमा
के भएको छ, तिम्रो समस्या के हो . उनले आफ्ना सबै कु रा राख्दै गइन् ।
उनले भनिन् “मलाई स्कु ल जान इच्छा त छ तर घरमा बुबा पनि
नभएको, आमा सधैं विरामी भइरहने त्यसले गर्दा आफू लाई मन थाम्न
गाह्रो हुन्छ । आफ्नो व्यथा र बुबाको यादले होला ममी बेलुका सधैं रोएको
देख्छु अनि मेरो मन कस्तो कस्तो हुन्छ । बुबाको त माया पाइएन नै
आमाको पनि नपाउने हो की भन्ने कु रा मनले सोच्छ । खेतीपाती भैंसी
बाख्रा कसले हेर्ने, कसरी सबै कु राको जोहो गर्ने सम्झदा कता कता भारी
हुन्छ । कहिले काँही आमाले तँ पनि पढ्न जाने, भाइ सानो दाजु
काडमाडौंमा मैले कसरी घरको काम धान्ने त्यस माथी सधैं बिरामी भनेर
भन्नुहुन्छ । त्यसले गर्दा मलाई मैले पढाइ कहिले सम्म गर्न सक्छु र पढेर
पो के गर्नु र भन्ने जस्तो लाग्छ । पढाइका कु रा भन्दा घरका कु राले मात्र
दिमागलाई सताउँ छ ।”
उनका यस्तै यस्तै गुनासाहरु सुन्दै जाँदा त्यतिबेला सम्म उनको
हजुरआमा र उनीबीच छलफल गरिरहेका थियौं । उनको आमा दाउरा
काट्ने खातालासँग बारीमा गएको हुनाले उहाँसँग पनि कु रा गर्ने बिचार
उठ्यो । के ही बेर पर्खिएपछि उहाँ आइपुग्नु भयो । उहाँसँग सबै कु रा गर्यौं ।
उहाँले पनि स्वीकार गर्नुभयो किः छोरीले बेला बेला चिन्ता मानिरहेको
अनि स्कू ल जानेबेला आँगनमा उभिएर रोइरहेको । “खेतबारी त खान
लाउन पुग्ने नै छ । तर गर्ने मान्छे र मिलाउने मान्छे नहुँदा त्यसले काम
गर्दो रहेनछ । ” यही गुनासो उहाँले पोख्नु भयो ।
हामीलाई प्रष्ट भयो त्यहाँ आत्म विश्वास जागृत गर्नु आवश्यक छ ।
उनको आमामा पनि त्यस्तै आत्मविश्वासको खाँचो छ । आखिर जे हुनु त
भैसक्यो । भइसके को कु रालाई लिएर चिन्ता गर्ने होइन अब बाँकीले कसरी
के गर्ने भन्ने बारेमा सोच्नु पर्छ । चिन्तालाई सके सम्म बिर्सन कोसिस
गर्नुपर्छ भनेर सम्झाउन खोज्यौं । यतिसम्मको छलफल चलिरहदाँ त्यहाँ
टोलभरीका मान्छे हरु लगभग ८,१० जना जम्मा भइसके को थिए । सबैमा
सहानुभ'तिको भाव थियो । पढाइ छाडिन् भने के ही समयमा नेमोले बिहे
गर्लिन् । आखिर आमालाई त उस्तै त हो घरको काम भन्ने आवाज उनको
ठू लोबुबाबाट उठ्यो । त्यसले हामीलाई एउटा गतिलो तर्क सहित उनको
आमालाई सम्झाउने आधार बन्यो र हामीले उनको आमालाई भन्यौं ।
नेमोले यस वर्ष पढाइ छाडिन् भने उनको बिहे हुने पक्का छ । सधैं उनी त
यही घरमा बस्न सामाजिक हिसाबले पनि सक्दिनन् । जसरी पनि तपाई
उनको कामबाट त टाढिने नै हो त्यसकारण उसलाई पढ्न नै पठाउनु भयो
भने उनले अहिले पाउने घर र पढाइपछि पाउने घरमा धेरै फरक हुन्छ ।
अहिले विदेश जानु पर्यो, शहर जानु पर्यो भने पनि पढाइ लेखाइ राम्रै भए
मात्र सजिलो हुन्छ । छोरीको बिहे भइसक्यो ठानेर भने पनि छोरीलाई
घरको काममा आशा नगर्नुस् । यस्तै यस्तै भन्दै गयौं । बीचमा उनकी
आमाले थप्नु भयो भन्न त छोराले पनि भैंसी नपाल, खेती पनि नसक्ने
जति बाँझै होस् । खान पुग्ने मात्र गरौं । बहिनी पढ्न जाओस् भनेको छ ।
हामीले पनि यही कु रा उचित देख्यौ । नेमोको पढाइका लागि यसरी नै
घरको व्यवस्था मिलाउने सल्लाह हामीले दियो ।
सबै छलफल भइसके पछि फे री ljwfyL{sf] a'jfsf] धारणा लिने काम
भयो । उनले घरबाट आउन जान w]/} बढीलाग्छ । अब अर्को महिनाबाट
तल कोठा मिलाउन पाए सजिलो हुन्थ्यो । मलाई पढने इच्छा मरेको छै न
। आइतबारबाट नियमित स्कु ल आउँ छु । w]/} दिन छु टेकोमा चाँही कक्षा
शिक्षक विज्ञान सरसँग कु रा गरिदिनुहोला भनिन् । हामीले पनि उनलाई
पढाइ हुँदा र नहुँदाको जीवनका बारेमा सम्झाउने प्रयत्न गर्यौं र उनलाई
निर्धक्क भएर स्कू ल आउन] विषयमा पनि विद्यालयले सहयोग गर्ने,
स्कू लमा तिर्ने फि र अन्य कु नै सामग्रीको कारण समस्या परेमा हामीलाई
खुलेर भन पैसाको कारण तेर्से माविमा पढ्न रोकिने छै न भनेर
विद्यालयको तर्फ बाट प्रतिवद्धता गर्यौं । पढाइ छाड्नै पर्ने अवस्था आएमा
कमसेकम एकपटक फोन मात्रै भनेपनि गर समाधान पक्कै पहिल्याउन
सकिन्छ भनी आफ्नो फोन नं. समेत टिपायौं ।
लक्षित छात्राको घरायसी सबै अवस्थाको बारेमा जानकारी लिने काम भयो
। यसका आधारमा उनको परिस्थितिलाई अध्ययन र विश्लेषण गर्दा
उनका आत्मविश्वासको कमी भएको महसुस भयो । पढाई कु नै हालतमा
नछोड्न र छोड्नै पर्ने परिस्थिति सिर्जना भएमा त्यस अघि परिस्थितिका
बारेमा जानकारी दिन अनुरोध गरियो । यसबाट उनमा विद्यालय
नियमित रुपमा आउने सोच बढेको पाइयो र हामी त्यहाँबाट फर्कि यौं ।
३. अवलोकनः
उक्त दिन विद्यार्थीको बारेमा सबै बुझेर उनको समस्यामा सान्त्वना दिइ
आत्मविश्वास र मनोबल बढाउने प्रयत्न भउको पछि भोली पल्ट शनिबार
परेकोले पर्सीपल्ट आइतबार विद्यालय गएर उनी आए नआएको बुझियो
। कक्षाकोठामा हेर्दा उनी आफ्नो छिमेकी साथीसँग बसेको दखियो
यसपछि उनलाई मैले व्यक्तिगत रुपमा के ही समस्या छ भनेर सोध्दा
उनीले कु नै समस्या नभएको ब्यहोरा बताइन् । के ही दिनसम्म मैले उनको
विद्यालयमा हुने नियमितता बारेमा बेलाबेलामा जानरकारी पनि लिँदै
गरेको थिएँ । पहिलो त्रैमासिक परीक्षामा राम्रैसँग सहभागी भइ लगातार
विद्यालय आएको पाइयो । पढाइमा उत्साह बढ्नुका साथै उनले
विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरुमा पनि
सक्रियतापूर्वक सहभागिता देखाएको पाइयो ।
४. प्रतिबिम्बन M
विद्याथीहरु बिबिध पारिबारिक, आर्थिक तथा अन्य व्यवहारिक कारणले
गर्दा नियमित विद्यालय नआउने र आइहालेपनि बीचमै पढाइ छाड्ने
प्रबृत्ति हाम्रा विद्यालयहरुमा धरै छ । यदि उनीहरुको अवस्थाको बारेमा
शिक्षकले जानकारी लिइ त्यसका लागि उनको समस्यामा साहनुभुति दिँदै
उनीहरुको आत्मविश्वास र मनोबल बढाउन सके को खण्डमा उनीहरलाई
नियमित विद्यालय आउने वातावरण तयार गर्न सकिन्छ ।

निश्कर्ष M
प्रस्तुत कार्यमूलक अनुसन्धानमा पहिलो चरणको क्रियाकलाप सम्पन्न
गर्दा उक्त विद्यालय छाडिसके को विद्यार्थी नियमित विद्यालय आउन
थालेको र उसले कक्षामा देखाउने शैक्षिक व्यवहार पनि उत्साहजनक
देखिएको हुँदा यो अनुसन्धान सफल भएकोले पुनर्योजनाको प्रक्रिया
अगाडी बढाउन आवश्यक देखिएन । विद्यार्थीहरु विभिन्न पारिवारिक
पृष्ठभूमिबाट आएका हुन्छन् । उनिहरु मध्ये कतिपय बीचमै पढाइ छाढ्ने
समेत गरेका हुन्छ तर किन पढाई छाडे भन्ने कु रालाई नजिकबाट बुझेर
त्यसको मनोवैज्ञानिक उपचार गर्नु एउटा प्रभावकारी शिक्षकको
जिम्मेवारी हो । यसरी उनीहरुको विभिन्न पक्षहरुको बारेमा जानकारी
लिइ उनीहरुमा रहेको समस्याका बारेमा शिक्षकले बुझेर उसलाई उचित
व्यवहार र मनोवैज्ञानिक उपचार गर्न सके को खण्डमा उसले बीचमै पढाई
छाड्ने वा विद्यालय नै नजाने सम्स्यालाई समाधान गर्न सकिन्छ भन्ने
निश्कर्ष यस अनुसन्धानले दिएको छ ।

समाप्त

You might also like