Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

स्वागत मन्तब्य

कार्यक्रमका अध्यक्षता गर्नुभएका माननीय उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायात मन्त्री
महोदयज्यू,
माननीय पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका श्रद्देय अध्यक्ष के पी शर्मा ओलीज्यू,
माननीय मुख्यमन्त्री महोदय,
संघीय संसदका माननीय सदस्यज्यूहरू, प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू, संविधानसभाका
सदस्यज्यूहरू,
प्रदेश सभाका माननीय सदस्यज्यूहरू,
एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आर्नोल्ड कु स्वा महोदय,
राष्ट्र सेवक तथा कर्मचारी मित्रहरु,
निर्माण व्यवसायीका प्रतिनिधिज्यूहरू, कर्मचारी तथा मजदुर महानुभावहरू,
उपस्थित सम्पूर्ण महानुभावज्यूहरू,

यस गरिमामय समारोहमा उपस्थित हुन पाउँदा म गर्व महसुस गर्दैछु । ब्यस्त समय तालिकामा यस
कार्यक्रमलाई महत्व दिएर आजको यस कार्यक्रममा हाम्रो निमंत्रणालाई सहर्ष स्वीकार गरी पालनुहुने
श्रद्देय पूर्व प्रधानमंत्रीज्यू लगायत संपूर्ण अतिथिहरुमा हार्दिक स्वागत गर्दछु ।

सासेक राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा-लौकही सडक


खण्डको ९५.७६० किलोमिटरको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय व्यापार मार्गहरूमा नेपालको यातायात
सम्पर्क सुधार गर्न नेपाल सरकारले एसियाली विकास बैंकबाट ऋण लिएर यो महत्वपूर्ण आयोजना
सञ्चालन गरिरहेको छ।

यस आयोजनाको मुख्य उद्देश्य देशको पन्ध्रौं योजना अनुसार अन्तर्राष्ट्रिय व्यापार मार्गहरूमा
नेपालको यातायात कनेक्टिभिटीमा वृद्धि गर्नु, पूर्वाधार सम्पत्तिहरूको विकास मार्फ त ग्रामीण
समुदायको जीवनस्तरमा सुधार गर्नु, क्षेत्रीय व्यापार मार्गको रूपमा पहिचान गरिएका सडकहरूको
क्षमता बढाएर क्षेत्रीय एकीकरणलाई समर्थन गर्नु र सडक सुरक्षा, जलवायु तथा प्रकोप जोखिम
क्षमतामा वृद्धि गर्नु रहेको छ।

यस आयोजनाबाट काँकडभिट्टा-लौकही सडक खण्डको कनेक्टिभिटी, क्षमता, दक्षता र सडक सुरक्षामा


उल्लेखनीय सुधार हुनेछ। यस खण्डमा पाँच वटा ठे क्का प्याके ज अन्तर्गत एसियाली राजमार्ग
स्टान्डर्डमा सडकको चौडाइकरण, कालोपत्रे, पुल निर्माण लगायतका कामहरू हुनेछन्।

३३३ वटा बक्स कल्भर्ट र बक्स पुल, २५१ वटा माइनर पुल, ४६ वटा मेजर पुल र ३० वटा
स्पेशल पुलहरू निर्माण हुनेछन्। साथै शहरी क्षेत्रमा ६ लेन र सर्भिस लेनसहित, अर्धशहरी क्षेत्रमा ४
लेन र ग्रामीण क्षेत्रमा पनि ४ लेन सडक निर्माण हुनेछ। यो आयोजनाले देशको अन्तर्राष्ट्रिय
व्यापारमा ठू लो टेवा पुरयाऊँ ने छ।

यो सडक खण्डको स्तरोन्नतिले देशको पूर्व र पश्चिम भेगलाई झन् राम्रोसँग जोड्नुका साथै यात्रा
समय घट्नेछ र यातायात सुरक्षा समेत बढ्नेछ। यस सडक मार्गले देशको विभिन्न भागहरूलाई
जोड्ने हुनाले व्यापारिक गतिविधिहरू सहज हुनेछन्। स्थानीय उत्पादनहरूको बिक्री वितरणसमेत
सरल बन्नेछ।सडक सञ्जालको विकाससँगै आर्थिक क्रियाकलापहरू पनि बढ्ने छन्। नयाँ रोजगारीका
अवसरहरू सिर्जना हुनेछन् र यसले गरिबी न्यूनीकरणमा सहयोग पुग्नेछ।

सुधारिएको सडक सञ्जालले पर्यटकहरूलाई पुग्न सहज हुनेछ। नेपालको विभिन्न पर्यटकीय
गन्तव्यहरूमा पहुँच बढ्नेछ।यो सडकले नेपाललाई भारत र बङ्गलादेशका सीमा नाकाहरूसँग
जोड्नेछ, जसले अन्तर्राष्ट्रिय व्यापारमा सहयोग पुग्नेछ।यस सडकको स्तरोन्नतिले शिक्षा, स्वास्थ्य
लगायत सरकारी सेवाहरू सहज रुपमा पहुँचयोग्य बनाउनेछ। मालसामान ढुवानीको खर्च घट्नाले
उत्पादनको लागत समेत कम हुने देखिन्छ। सडक सञ्जालको विकाससँगै स्थानीय समुदायको
आम्दानीमा वृद्धि हुने र जीवनस्तर माथि उठ्नेछ। यसरी यो सडक खण्डको स्तरोन्नतिले आर्थिक,
सामाजिक र भौतिक विकासमा ठू लो योगदान पुर्याउनेछ।

अन्तमा, यस महत्वपूर्ण आयोजनाको शुभारम्भमा सहभागी हुन पाउँदा गौरवको महसुस गर्दै पुनः एक
पटक उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै यो सफल अभियानमा सबैको सक्रिय सहयोग
र सहभागिताको अपेक्षा सहित बिदा हुन्छु ।

धन्यवाद।

You might also like