Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

शोध-सार

नामः अर्जुन गिरी रजिष्ट्रे शन नः १-१-०१६-२०१८


मुख्य सल्लाहकारः सह-प्रा नविन भुषाल सत्रान्त र भर्ना वर्षः आंठौ,२०१८
उपाधीः कृ षि स्नातक

रामेछाप जिल्लाको तरकारी किसानहरुको अवस्था अवलोकन पछि किसानहरुमा रोग, किरा र
तिनिहरुको उचित व्यवस्थापनको ज्ञान निकै कम रहेको कु रालाई आधार मानी किसानको
बिषादीहरुको समुचित प्रयोगमा रहेको फरक धारणालाई बिष्लेशण गर्न यो अध्धयन गरिएको
हो।यस अध्धयनको लागि रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिका, खाडादेवी र
लिखु-तामाकोशी गाउँपालिका का १०० जना व्यापारिक किसानहरुलाई गोला प्रथा विधि द्वारा
छनोट गरियो।संकलित तथ्याङ्कलाई दुवै मात्रात्मक र गुणात्मक तरिकाले एस.पि.एस.एस र
माइक्रोसफ्ट एक्सेलको मार्फ तबाट बिष्लेशण गरियो।अध्धयन प्राप्त तथ्याङ्कको बिष्लेशण गर्दा
७४% किसानहरुलाई मात्र बिषादीको बारेमा पर्याप्त ज्ञान भएको पाइयो।६०% किसानहरुले
बिषादीमा लेखेको लेबल समेत नहेर्ने र ६२% किसानहरुमा बिषादीको अनुचित प्रयोगले बिषाक्त
असर पारेको देखियो।सबै भन्दा धेरै ३८% किसानहरुले सोलानेसी परिवारका तरकारीहरुमा
सबैभन्दा धेरै बिषादी हाल्नु पर्ने जनाए भने ७७% किसानहरुले मात्र तोकिएको बिषादीको मात्रा
उचित रुपमा प्रयोग गर्ने गरेको यस अध्धयनले देखायो।बिषादी प्रयोग पछिको औसत प्रतिक्षा
अवधी ७.१४ दिन देखियो भने ६४% मात्र तरकारी किसानहरुले तरकारी व्यवस्थापन सम्बन्धि
तालिम प्राप्त गरेको यस अध्धयनले देखायो। यो अध्धयनले किसानमा रासायनिक तथा जैविक
बिषादी, किरा र रोगको बारेमा ज्ञान वृद्दि गर्न आवश्यक देखाएको छ भने किसानका लागि
आवश्यक नदोहोरिने गरेर समावेशी तालिम र प्राथमिक स्रोतबाट कृ षि जानकारी उपलब्ध गराउने
गरि सम्पुर्ण निकायबाट सेवा बिस्तार गराउनु पर्ने देखिन्छ। अन्ततः यस अध्धयनका अनुसार
रामेछाप जिल्लामा तरकारी व्यवसाय फ्स्टाउन र किसानहरुको ज्ञानस्तर बढाउन अझ धेरै
प्रभावकारी प्रयासहरु जरुरी रहेको देखिन्छ।

You might also like