Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 3

बागमति प्रदेश प्रहरी कार्यालय के नाईन

कु कु र मानिसप्रेमी जनावर हो। त्यसैले घरको सदस्य सरह मानेर कु कु रलाई घरमा पालिने
गरिएको छ । साथै कु कु रलाई बफादारको प्रतिक पनि मानिन्छ। मानिसका बिभिन्न
क्रियाकलापमा विगत लामो समयबाट कु कु र भरपर्दो सहयोगिका रुपमा रहँदै आएको छ ।
नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा कु कु रको प्रयोग गरेको ५ दशकनाघिसके को छ । वि. सं
२०२६ सालमा नेपाल प्रहरीले पहिलोपटक विदेशबाट ४ वटा कु कु र नेपाल भित्र्याएको थियो ।
अपराध अनुसन्धानमा कु कु रको प्रयोग व्यवस्थित गर्न थालेको भने बि.सं. २०३२ सालदेखि हो

पछिल्लो समय भएका आपराधिक गतिविधिमा अनुसन्धानका लागिकु कु रको माग बढी हुँदै
गइरहेको छ र कु कु रको प्रयोगबाट गरिएका अनुसन्धान सफल समेत भएका छन्। हाल नेपाल
प्रहरीमा अपराध अनुसन्धान, विमानस्थल सुरक्षा, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका
क्षेत्रहरुमा कु कु रको प्रयोग हुँदै आएको छ ।कु कु रले पनि प्रहरीको ‘बेस्ट फ्रे न्ड’ बनेर यी
कार्यहरुमा सघाउँदै आइरहेको छ ।
सोहीअनुरुप बागमती प्रदेश प्रहरी कार्यालय के नाईन शाखामा बि.सं. २०६९ साल वैशाख १८
गतेबाट ३ वटा कु कु रहरूल्याई सेवा सुरु गरिएको थियो । शाखामा हाल बिभिन्न ३ बिधाका ६
वटा तालिमप्राप्त कु कु रहरू रहेका छन् । कु कु रको ब्यबस्थीत परिचालन, रेखदेख, तालिम र
बासस्थानको उचित ब्यवस्थापनको लागि प्रहरी नायव निरिक्षकको कमाण्डमा ९ जना प्रहरी
कर्मचारी परिचालित रहेका छन् ।

शाखामा कु कु रलाई विषयगत रुपमा छु ट्टाछु ट्टै प्रकारका तालिम दिनुका साथै अभ्यास गराउँदै
आईएको छ । तीन महिनाको आधारभूत तालिम दिएपछि कु कु रको क्षमताअनुसार विधा
छु ट्याएर अनुसन्धानमा लगाउने गरिन्छ ।
चिन्नका लागि प्रत्येक कु कु रको फरक फरक नाम राखिएको छ । प्रत्येक कु करको जिम्मेवारी
छु ट्टाछु ट्टै प्रहरीकर्मचारीलाई दिइएको छ । यसो गर्दा एक प्रहरीको भागमा एउटा कु कु र पर्दछ ।
उसलाई खेलाउने, तालिम दिने, अह्राउनेदेखि लिएर सम्पूर्ण जिम्मेवारी एकजना प्रहरीले
निभाउने गरेका छन् । कु कु रको खानाको लागि विशेष किसिमको डग फु डको ब्यबस्था गरिएको
हुन्छ ।

हाल बागमती प्रदेश प्रहरी कार्यालयमाहत्या, अपहरण, बलात्कारजस्ता घटनाको


अनुसन्धानको लागि प्रयोग गरिने “ट्याकर डग”, बम, बारुद लगायतका बिस्फोटक पदार्थ पत्ता
लगाउने “एस्प्लोसिभ डग” र गाँजा, चरेशजस्ता लागु औषध पत्ता लगाउने “ड्रग्स एण्ड सर्च
डग” गरी ३ बिधाका २-२ वटाको संख्यामा ६ वटा कु कु र रहेका छन् ।
ज्याक र रकी :
जर्मन सेफर्ड प्रजातिका यी दुवै भाले कु कु र ‘ट्याकर डग’ हुन् । जसमध्ये ज्याक ८ वर्षको छ
भने रकीको उमेर १ वर्षमात्र भएको छ । रकी भर्खेरै आफ्नो तालिम सम्पन्न गरी कार्य
सम्पादनको लागि योग्य भएको छ । सुजिता भण्डारीको मृत्यु प्रकरणलगायतका दर्जनौँ
घटनाको अनुसन्धानमा प्रहरीको सहयोगी भएर यी कु कु रहरुले काम गरिसके का छन् ।
टाईगर र ब्रुनी :
जर्मन सेफर्ड नश्लका यी दुई कु कु र ‘एस्प्लोसिभ डग’ हुन् । ५ वर्षको टाईगर भाले प्रजातीको
कु कु र हो भने १ वर्षे ब्रुनी पोथी प्रजातिको हो । ब्रुनीपनि भर्खरै आफ्नो तालिम सम्पन्न गरी कार्य
सम्पादनको लागि योग्य भएको कु कु र हो । बागमती प्रदेशमा विशीष्ट तथा अति विशीष्ट
व्यक्तिको आगमन हुँदा तथा बागमती प्रदेश सभा चलेको समयमा सुरक्षार्थ यी कु कु रहरुको
प्रयोग हुँदै आईरहेका छन् । यसका साथै दीपावलीको समयमा हुनसक्ने पटाका तथा अन्य
विस्फोटक पदार्थको ओसारपसार रोकथाम गर्ने उद्देश्यका साथ बागमती प्रदेशका बिभिन्न
स्थानहरुमा रहेका अस्थायी तथा स्थायी चेकपोष्टहरुमा समेत यी कु कु र परिचालित हुँदै आएका
छन् ।
शेरे र जोन :
शेरे बागमति प्रदेश प्रहरी कार्यालयको के नाईन शाखामा रहेको एकमात्र ल्याब्रोडर प्रजातिको
कु कु र हो भने जोन जर्मन सेफर्ड प्रजातीको कु कु र हो । भाले प्रजातीका यी दुई कु कु रमा शेरे ३
वर्षको छ भने जोन ५ वर्षको छ । यी दुवै कु कु र ‘ड्रग्स एण्ड सर्च डग’ हुन् । गाँजा, चरेशजस्ता
लागु औषधको ओसारपसार नियन्त्रणमा प्रहरीलाई सहयोग गर्नु यिनीहरुको मुख्य कार्य हो ।
बिभिन्न समयमा हुन लागेका लागु औषध तस्करीका घटनालाई पत्ता लगाई यसको नियन्त्रणमा
यी कु कु रहरुले प्रहरीलाई सहयोग गर्दै आईरहेका छन् ।
कु कु रमा अन्य प्राणीमा भन्दा बढी सुँघ्ने क्षमता हुने गर्दछ । सुँघ्ने क्षमताकै आधारमा कु कु रले
अपराधी पत्ता लगाई प्रहरीलाई अपराध अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुर्याउँदै
आईरहेको छ । प्रत्येक मान्छेमा हुने फरक–फरक गन्धका कारण कु कु र अपराधीसम्म पुग्न
सफल हुने गर्दछ । कार्तिक कृ ष्ण चतुर्दशी वा यमपञ्चकको दोस्रो दिन नेपाली समाजमा कु कु र
तिहार मनाई कु कु रलाई यमराजको दुत र मानिसको बफादार सहयोगी मानी पूजा समेत गर्ने
गरिन्छ । त्यसबाहेक विभिन्न उत्सवहरूमा पनि प्रहरीका तालिमप्राप्त कु कु रहरूले बिभिन्न
कलाबाजीदेखाउँदै आईरहेका छन् ।

You might also like