धर्म नाथ आन्तरिक पर्यटन २०८० को प्रतिवेदन

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 10

आन्तरिक पर्यटन २०८१ को प्रतिवेदन

१.परिचय खण्डः-

प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको विज्ञापन नं. ७४-०७८/०७९ खुल्लामा मिति
२०८०।१०।१२ गते सिफारिस भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८०।१०।
१९ गतेको निर्णय अनुसार नियुक्ति पत्र प्राप्त गरि यस प्रादेशिक अस्पताल कलैयामा
पदस्थापन भई मिति २०८०।१०।२२ गते देखि हाजिर भई निरन्तर रुपमा कार्यरत रहदै
आएको छु ।

मधेश प्रदेश सरकारबाट स्वीकृ त भई प्रदेश सरकारबाट समेत पारित भएको आ.व.
२०८०/0 ८१ को बजेट वक्तव्य अनुसार तथा प्रदेश सरकारबाट तर्जुमा गरिएको " मधेश
प्रदेश स्तरीय निकायका निजामती कर्मचारीहरुको आन्तरिक पर्यटन कार्यक्रम संचालन
निर्देशिका, २०८० " को दफा ३ अनुसार मधेश प्रदेशको निकायमा कम्तिमा १०० दिन रुजु
हाजिर पुरा गरेका प्रदेश मातहतका प्रदेश निजामती कर्मचारीहरु यस निर्देशिका बमोजिम
आन्तरिक पर्यटनमा सहभागी हुन सक्नेछन भन्ने व्यवस्था रहेको छ । उक्त निर्देशिकाको
दफा ९ (१) अनुसार भ्रमणमा जाने कर्मचारीलाई निजको शुरु तलब स्के लले हुन आउने एक
महिनाको तलव बरावरको रकम भ्रमण खर्च वापत अग्रिम पेश्कीको रुपमा वा भ्रमण पछि
प्रतिवेदन सम्बन्धित निकायमा पेश गरेपछि एकमुष्ट भुक्तानी दिइनेछ भन्ने व्यवस्था रहेको छ
। उल्लेखित व्यवस्था र सुविधा पाउने गरी मैले मधेश प्रदेश सरकार, स्वास्थ्य तथा
जनसंख्या मन्त्रालय मातहतका प्रादेशिक अस्पताल कलैया वाराका नि.प्र.मे.सु. ज्यूबाट
स्वीकृ ति लिई मिति २०८१/०२/२८ गते देखि मिति २०८१/०२/३१ गते सम्म मकवानपुर
जिल्लामा अवस्थित शहिद स्मारक, गोरखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर र कास्की
जिल्लामा अवस्थित फे वा ताल, बेगनास ताल, महिंद्रा गुफा लगायत भ्रमण गरी विभिन्न भौगोलिक स्वरुप
एवं पर्यटकीय स्थलहरुको बारेमा जानकारी हासिल गर्न अवसर पाएको छु ।

२. भ्रमणको उद्देश्यः-

यस निर्देशिका बमोजिम सुविधा पाउने गरी मकवानपुर, गोरखा र कास्की जिल्ला भ्रमण गरी
विभिन्न भौगोलिक स्वरुप एवं पर्यटकीय स्थलहरुको बारेमा जानकारी हासिल गर्नु रहेको हो

३. भ्रमण स्वीकृ त गर्ने पदाधिकारीको नाम,पदः-

पाना नं.– 1
प्रादेशिक अस्पताल कलैया बाराका निमित प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कु मार
गुप्ताज्यूबाट भ्रमण स्वीकृ त भएको ।

४. भ्रमणम परिवारका सदस्य समेत लगेको परिवारको सदस्यहरुको नामावलीः-

भ्रमणमा परिवारको सदस्य सहभागि नभई म मात्र सहभागी रहेका थिए।

सि.नं. नाम उमेर नाता


1
अर्पना साह २८ स्वयम्

५. भ्रमण गरिएका प्रमुख स्थलहरुः- (मिति सहित)

सि.नं. मिति भ्रमण गरिएका स्थलहरु


1 20 ८१/०१/२८ मकवानपुर जिल्ला अवस्थित शहिद स्मारक लगायतका
अन्य भौगोलिक क्षेत्रको अवलोकन
2 20 ८१/०२/३० गोरखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर
लगायत अन्य भौगोलिक क्षेत्रको अवलोकन
३ २०८१/०२/३०,३ कास्की जिल्लामा अवस्थित फे वा ताल, महिंद्रा गुफा, डेभिज फल्स, बेगनास
१ ताल लगायत अन्य भौगोलिक क्षेत्रको अवलोकन

६. भ्रमण गरिएको स्थलहरुको परिचय र विवरणः-

क) शहिद स्मारक - मकवानपुर जिल्लाको हेटौडा उपमाहनगरपालिका बजारबाट ७


किलोमिटर पश्विम तथा पूर्व- पश्चिम राजमार्गको नवलपुरस्थित सडकबाट ५ किलोमिटर
उतरमा जनस्तरबाट स्थापना एवं सञ्चालित पार्क सहिद स्मारक पार्क रहेको छ। मिति
२०५१ साल माघ १७ गते तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्दघाटन गर्नु
भएको थियो ।नेपालको राष्ट्रियता, प्रजातन्त्र र इतिहासका विविध कालखण्डमा आफ्नो
जीवनको आहुती दिने सहिदहरुको प्रतीकस्वरुप एउटै ढुं गामा कुँ दिएको १२ सहिदहरुको
कलात्मक मूखाकृ त पार्क को मूख्य आर्क षण के न्द्र एवं एक अद्वितीय धरोहरको रुपमा
परिणत भएको छ ।

पाना नं.– 2
पर्यटकलाई आकर्षण गर्न पर्यटकीय सुचना के न्द्र, सहिद ग्यालरी, आकर्षण सहिद स्तम्भ,
आकर्षण सहिद स्तम्भ, आकर्षण उधान, दृश्यावलोकन टावर, नमुना चिडियाधर, मदनवाटिका,
वालउधान, स्वीमिङ्गपुल पूर्वाधार निर्माण गरिएको छ।दैनिक हजारौ पर्यटक आउने यस
स्मारकको सरसफाई व्यवस्था अनुकरणीय रहेको छ । बढदो भिडभाडसंगै त्यस क्षेत्रमा
उच्छृ ङगल गतिविधि तथा हुलदंगा हुन नदिन सुरक्षा व्यवस्था राम्रो बनाइएको छ ।सहिद
स्मारक पार्क घुम्ने स्वदेशी तथा विदेशी पर्यटनहरुलाई आकर्षित गर्न सफल भएको छ ।

(ख) मनकामना मन्दिर - मनकामना मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर
गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व
र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको
परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्के श्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न
सकिन्छ । मन्दिर प्रांगणबाट दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य देख्न सकिन्छ ।

गोरखाको एक महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम
रहन गएको हो। गोर्खाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ। दशैंमा
पूजा गर्न आउनेहरूको यहाँ ठू लो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनकामनाको दर्शनले मनोकांक्षा
पूरा हुने धार्मिक विश्वास छ। यो मन्दिर को पुजारीहरू भने मगर जातीको पिथकोते थरको हुने पाइन्छ। पृथ्वीनारायण
शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराय पछि यहिं आएर लखन थापा मगरले देवि लाई बलि भेट
गरेको थाह पाइन्छ।

ग)फे वा ताल - फे वाताल नेपालको (पुर्ववत् पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, हाल गण्डकी प्रदेश) कास्की जिल्लामा
अवस्थित अत्यन्तै प्रसिद्ध ताल एवम् नेपालको दोश्रो सबैभन्दा ठु लो ताल हो।[१] पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा
वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ। 'फे वा' गाउँको छेउमा रहेकाले यो तालको नाम फे वाताल रहन गएको हो। 'वैदाम' गाउँको छेउमा पर्ने
हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। तालको बीचमा 'बराही मन्दिर' रहेको छ।

फे वाताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ। यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग
माइल) क्षेत्रफल ओगटेको छ। यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९
फिट) रहेको छ।[२] यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) रहेको छ।
यस तालको उत्तर दिशामा अन्नपूर्णा शृङ्खला रहेको छ, जुन २८ कि.मि.को दुरीमा छ। यो ताल माछापुच्छ्रे, अन्नपूर्णा र धवलागीरी तथा
अन्य पर्वतको टाकु राको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ। अहिले तालमा जलकु म्बी झार र विभिन्न ठाउँबाट बगाएर ल्याएका मुढा,
दाउरा, कागज आदि देख्न सकिन्छ।

घ)महिंद्रा गुफा - महेन्द्र गुफा नेपालको कास्की जिल्लाको पोखरा नजिकै रहेको प्रसिद्ध गुफा हो। आन्तरिक तथा बाहृय पर्यटकको पहिलो
गन्तव्यस्थल हो । पोखरा र सेरोफे रो मात्रै घुम्ने पर्यटकहरु पहिला महेन्द्र गुफा घुमेपछि अन्य गन्तव्य तर्फ पाइला चाल्छन् । पोखरा
उपमहानगरपालिका १६ बाटुलेचौरमा अवस्थित गुफाको लम्बाई १ सय २५ मिटर लामो छ । गुफा २०१७ सालमा विधिवत उदघाटन
भएको थियो । तत्कालिन राजा महेन्द्रले उदघाटन गरेपछि गुफाको नाम महेन्द्र रहन गयो । गुफा भित्र छिर्ने बाटो निकै ठु लो छ ।
र्सवसाधारण सहज आवतजावत गर्न सकिन्छ । निस्कने बाटो भने के ही जटिल छ । प्रवेशद्वारबाट १ सय २५ मिटर भित्र पुगेपछि गणेशको

पाना नं.– 3
थान, शिवलिङ छ । गुफाको दाया“ बाया“ भागमा विभिन्न आकृ ति सजिलै देख्न सकिन्छ । “सिजनमा आन्तरिक भन्दा बढी भारतीय
पर्यटकको घुइ“चो लाग्छ ।” गुफाका कर्मचारी लक्ष्मण खवास भन्छन- “अफ सिजनमा आन्तरिक पर्यटकको चहलपहल हुन्छ ।” शनिबार
विशेष गरी दुइसय भन्दा र्सवसाधारणहरु गुफा अवलोकन गर्न आउने खवास बताउ“छन् । काठमाडौँ, चितवन, बुटवल, नेपालगन्ज
लगायतका ठाउ“हरूबाट आन्तरिक पर्यटकहरु गुफा घु्म्न आउ“छन् । गुफाभित्र बत्ती जडान गरिएको छ ।महेन्द्र गुफाको संरक्षण गर्ने
दायित्व स्थानीय विन्ध्यवासिनी उच्च माविले लिदैं आएको छ । विगत डेढ दशकदेखि संरक्षण गर्दै आएको विद्यालयले गुफाको आम्दानीको
२५ प्रतिशत गुफा व्यवस्थापनमै खर्च गर्दै आएको छ । “वर्षा ६ लाख भन्दा बढी आम्दानी हुन्छ ।”उनी भन्छन -त्यसैबाट गुफाभित्र फु ट
ट्रयाक, माछा पोखरी, बालबालिकाको लागि पिङ, प्रवेशद्वारस“गै टिकट काउन्टर निर्माण हुदैं छ । गुफा पोखराको व्यस्तचोक
पृथ्वीचोकबाट झण्डै ८ किलोमिटर उत्तर पश्चिममा पर्छ । गुफाको प्रवेशद्वारसम्म मोटर पुग्छ ।

ङ) डेभिज फल्स (Davis Falls)-पातले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की
जिल्लाको पोखरामा अवस्थित छ । जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम
गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । [३] एउटा प्राकृ तिक
सुरुं गको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ । सन् १९६१ मा फे वा तालमा
पौडदै गर्दा एक जना स्विस पर्यटक अप्रत्यासित रूपले आएको बाढीको कारण पानीमै बगीन र उसलाई उसको श्रीमानले जोगाउन सके न
यसै प्रकार, त्यस महिलाको शरीर कहिले पनि भेटाउन सकिएन जसको फलस्वरूप यस पाताले छाँगोलाई त्यस महिलाको नाम बाटै
डेभिज फल नामाङ्कित गरियो ।

डेभिस फलमा अधिकांश भारतीय पर्यटक आउने गरेका छन् । डेभिस फल परिसरभित्र पानीको झरनाबाहेक ‘विसपुल’ र
‘मनोरञ्जन पार्क ’ पनि आकर्षक स्थलहरू हुन् । शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरूले पनि यस स्थललाई पहिलो रोजाइ
बनाउने गरेका छन् । डेभिस फलको प्राचीन नाम ‘पातले छाँगो’ हो । स्थानीय छोरेपाटन उच्च माविले यसको संरक्षणको
जिम्मा लिएको छ । पोखराको पर्यटन विकासका लागि डेभिस फलको आकर्षण प्रमुख रहेको छोरेपाटन उच्च माविका
प्राचार्य लक्ष्मण थापा बताउँछन् ।

७. भ्रमणका अनुभवहरुः-

माथि उल्लेख गरिएका भ्रमण स्थल तथा पर्यटकिय क्षेत्रहरु मैले शहिद स्मारक, कास्की जिल्लामा
अवस्थित फे वा ताल, महिंद्रा गुफा, डेभिज फल्स, बेगनास ताल पहिलो पटक तथा मनकामना मन्दिर गतविगत बर्षमा
पनि दर्शन र अवलोकन भ्रमण गरेको स्थानहरु हुन। यी भ्रमणले मलाई निकै उत्साहित
बनाएको छ। यस भ्रमणबाट यस क्षेत्रको महत्वपूर्ण धार्मिक क्षेत्र (तिर्थस्थल)हरु सम्झने
एवम् प्रत्यक्षरुपमा पुनरावृत्ति गर्ने मौका मिलेको अनुभव गरेको छु ।मधेश प्रदेश
सरकारबाट अवसर जुराइ दिएकोमा मेरो भ्रमण संतोषजनक रहेको व्यहोरा समेत प्रष्ट पार्न
चाहन्छु ।

७. निश्कर्ष तथा सुझावः-

यस प्रदेश मातहत कार्यरत कर्मचारीहरुको स्थायित्व र आकर्षणको लागि व्यवस्था गरिएको


यो आन्तरिक पर्यटन कार्यक्रमले कर्मचारीहरुलाई आ-आफ्ना परिवारका साथ देशका विभिन्न
स्थानहरुको भ्रमण गर्न अनुकू ल आर्थिक वातावरण बनेको छ । मेरो सेवा अवधिमा मैले
यस किसिमको कार्यक्रमा सहभागी हुन पाएकोमा मधेश प्रदेश सरकारप्रति हार्दिक आभार

पाना नं.– 4
प्रकट गर्न चाहन्छु ।साथै यस्ता कार्यक्रमहरुलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिन
अपेक्षा राखेको छु ।

धन्यवाद !

पाना नं.– 5
भ्रमणका क्रममा विभिन्न स्थानहरुमा खिचिएका तस्विरहरुः-

मकवानपुर जिल्ला अवस्थित सहिद स्मारक क्षेत्रका दृश्यावलोकन

पाना नं.– 6
गोरखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर लगायत अन्य भौगोलिक क्षेत्रका दृश्यावलोकन

पाना नं.– 7
पाना नं.– 8
कास्की जिल्लामा अवस्थित फे वा ताल, महिंद्रा गुफा, डेभिज फल्स, बेगनास ताल लगायत अन्य भौगोलिक क्षेत्रका
दृश्यावलोकन

पाना नं.– 9
पाना नं.– 10

You might also like