अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली : के हो ? कसरी हुन्छ कारोबार ?

बैंकिङ खबर । नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि.सं. २०६५ साल मंसिर ९ गते यस
कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज
(एससीटी)को समतामूलक सहभागीता रहेको छ । बैँक तथा वित्तिय सेवाको प्रभावकारीता र उत्पादनलाई सुधार गर्दै उपभोक्ताका लागि एक सहज
वित्तिय समाधान प्रदान गर्नको लागि एक प्रविधिमुखी सेवा यस कम्पनिले प्रदान गर्ने गर्दछ । बैँकका विभिन्न पूर्वाधारहरुमा खर्च नगरी सिधै प्रविधिको
माध्यमबाट बील भुक्तानी गर्न सक्ने सुविधा यस कम्पनिले प्रदान गर्दछ ।

नेपाल क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार
एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि नै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) हो । कम्पनिको
विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फ त या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।

हालसम्म यस प्रणालीमा ६० बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता
गरिसके को छ । गत भदौ एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा क वर्गका सबै बैंकहरु आवद्ध भइसके का छन् । अन्य विकास बैंक तथा
फाइनान्स कम्पनीहरुसँग पनि किलयरिङ हाउसले सो प्रणाली उपलब्ध गराउनेसम्बन्धि सम्झौता गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।

के के छन् सुविधा ?
अन्तर बैँक विद्युतीय भुक्तानी प्रणालीमार्फ त कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कु नै पनि खातामा भुक्तानी
दिने र लिने जस्ता कारोबारहरु पूर्णा रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी,
प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सनरतलब भुक्तानी, रेमिटेन्स लगायतका कु नै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट
सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । यस्ता कारोबारहरु उक्त प्रणालीमा चरणवद्ध रुपमा लागू हुने व्यवस्था गरिएको छ । उक्त
प्रणालीमार्फ त हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय
स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । हाल नेपाली रुपैयाँ लगायत तटोकिएका विदेशी
मुद्राहरुका कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

You might also like