Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 3

के हो शाखारहित बैंकिङ सेवा ?

यस्ता छन् राष्ट्र बैंकले ल्याएका नयाँ


व्यवस्था :
बैंकिङ खबर/ बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्‍याउनका लागि ल्याइएको एक अवधारणालाई नै शाखारहित
बैंकिङ सेवाका रुपमा लिन सकिन्छ । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फ बाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका
रूपमा सम्झौता गरिन्छ ।

अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फ त स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण
लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न
पाउँछन् ।

तर, हालसम्म वाणिज्य बैंकहरूले मात्र यस्तो सेवा दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र
नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने व्यवस्था छ ।
यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखारहित
बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ ।

बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसके को अवस्थामा बैंककै कर्मचारीहरु मार्फ त बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । यस्तो बैंकिङ
सेवा हालै गएको भुकम्पको समयमा गाउँगाउँमा भुक्तानी वितरण गर्नको लागि बढी प्रयोग भएको थियो ।

यस्तो बैंकिङ सेवाले पिछडिएको, दुर्गम र दुरदराजका मानिसहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ । एउटा बैंकले शाखा विस्तार गर्नको लागि करीब
४० लाख रुपैयाँ भवन निर्माणमा खर्च गर्नुपर्ने हुन्छ तर शाखारहित बैंकिङ सेवा प्रवाह गर्दा भौतिक निर्माणको लागि बैंकहरुको खर्च नलाग्ने भएका
कारण यो सेवा बैंकहरुले प्रभावकारी मानेका छन् । नेपालमा एभरेष्ट बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो ।शाखारहित बैंकिङ सेवामा
बैंकहरुले प्रयोगमा ल्याएका सबै सेवा सुविधाहरु दुरुस्तै दिन सकिन्छ । नेपालमा वित्तीय साक्षरता वृद्धि गर्नको लागि शाखारहित बैंकिङ सेवाले
महत्वपूर्ण भूमिका खेलेको छ ।थप व्यवस्थित गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले हालै शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्थालाई थप मजबुत बनाउन भन्दै निर्देशन जारी गरेको छ ।
के न्द्रीय बैंकले शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्न निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा, बैंक तथा वित्तीय संस्था र ग्राहकबीचको सम्झौता, आधिकारिक व्यवसायिक प्रतिनिधिसँगको सम्झौता, प्रतिनिधि
छनौट सम्बन्धी, तेस्रो पक्ष सेवा प्रदायकको, शाखारहित बैंकिङ सेवा बन्द गर्न राष्ट्र बैंकको स्वीकृ त लिनुपर्ने, बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी
सेवा प्रदायक संस्थाको आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था तथा खारेजी र बचाउको विषयमा निर्देशन दिएको छ ।

राष्ट्र बैंकका अुनसार शाखारहित बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले कम्तिमा सम्झौतामा सजिलै बुझिने गरी स्पष्ट र दोहोरो अर्थ नलाग्ने गरी
नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । कु नै ग्राहकले यस्तो सम्झौता अंग्रेजी भाषामा गर्न चाहेमा सो गर्न सकिने छ ।

लामो समयसम्म सेवा नलिएका ग्राहकहरुको सेवा निष्क्रिय हुने वा नहुने सम्बन्धमा उल्लेख गर्नुपर्ने छ । ग्राहकले सार्वजनिक कम्प्युटर वा अन्तर्राष्ट्रिय
नेटवर्क प्रयोग गरी कारोबार गर्दा उत्पन्न हुने जोखिमसम्बन्धी कु रा स्पष्ट रुपमा उल्लेख हुनुपर्ने छ ।

यस्तै सेवा प्रदायक बैंक तथा वित्तीय संस्था, आधिकारिक व्यावसायिक प्रतिनिधि र ग्राहकको क्षेत्राधिकार, काम, कर्तव्य र उत्तरदायित्व, ग्राहकवाट
प्राप्त शुल्क तथा आयको बाँडफाँट गर्ने, बैंक वा वित्तीय संस्थाले आफू र एजेन्टबीच कु नै पनि अवरोध सिर्जना भई अधिक जोखिम उत्पन्न हुने
अवस्थाबाट सतर्क रहन तयार गरिएको आकस्मिक योजना बनाउन भनेको छ ।
गुनासो सुनुवाई, विवाद समाधान र भुक्तानीसम्बन्धी समस्या समाधानको अन्तिम जिम्मेवारी, कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने विषय जस्तै
सफ्टवेयर, वेबसाईटको सुरक्षा, ग्राहकको आइडी र पासवर्ड तथा सोको परिवर्तन गर्न समेत भनेको छ ।

नियमनकारी निकाय वा तोकिएको अधिकारीबाट गरिने निरीक्षण तथा सुपरिवेक्षण अन्तर्गत आवश्यक तथ्याङ्क, विवरण, सूचना तथा कागजात उपलब्ध
गराउने विषय तथा सम्झौताको अवधि, सम्झौता नवीकरण तथा सम्झौता संशोधनको व्यवस्था गर्न भनेको छ । बैंक तथा वित्तीय संस्थाले यस
निर्देशनमा उल्लेख भए बमोजिमका कार्यहरू स्वयम् संस्थाद्वारा नियुक्त प्रतिनिधिमार्फ त् गराउने भएमा त्यस्तो प्रतिनिधि छनौट गर्दा देहायबमोजिम
सक्षमता परीक्षण गर्नुपर्नेछ व्यवस्था गर्न भनेको छ ।

शाखारहित बैंकिङ्ग कारोबार सम्बन्धी सेवा सञ्चालन गर्दा उत्पन्न हुन सक्ने विभिन्न प्रकारका जोखिमलाई पूर्ण व्यवस्थापन गर्न सक्षम प्रतिनिधिको
पहिचान गर्ने संयन्त्रको विकास गर्नुपर्ने उल्लेख छ । सम्भावित जोखिमलाई कम गर्नका लागि प्रभावकारी र प्रमाणयोग्य प्रक्रिया संस्था आफै ले अवलम्बन
गर्नुपर्नेछ । कु नै पनि नयाँ प्रतिनिधि चयन गर्नुअघि न्यूनतम आधारभूत मापदण्ड तथा चयन प्रक्रिया तय गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले यस निर्देशनमा उल्लेख भए बमोजिमका कार्यहरू स्वयम् संस्थाद्वारा नियुक्त प्रतिनिधिमार्फ त् गराउने भएमा त्यस्तो प्रतिनिधि
छनौट गर्दा देहायबमोजिम सक्षमता परीक्षण गर्नुपर्नेछ । शाखारहित बैंकिङ्ग कारोबार सम्बन्धी सेवा सञ्चालन गर्दा उत्पन्न हुन सक्ने विभिन्न प्रकारका
जोखिमलाई पूर्ण व्यवस्थापन गर्न सक्षम प्रतिनिधिको पहिचान गर्ने संयन्त्रको विकास गर्नुपर्नेछ ।

सम्भावित जोखिमलाई कम गर्नका लागि प्रभावकारी र प्रमाणयोग्य प्रक्रिया संस्था आफै ले अवलम्बन गर्नुपर्नेछ । कु नै पनि नयाँ प्रतिनिधि चयन गर्नुअघि
न्यूनतम आधारभूत मापदण्ड तथा चयन प्रक्रिया तय गर्नुपर्नेछ । प्रतिनिधिको प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित बैंक वा वित्तीय संस्थाद्वारा
निश्चित समयको अन्तरालमा प्रतिनिधिको कार्यसम्पादनको परीक्षण गर्ने व्यवस्था गर्नुपर्नेछ ।

यसका लागि अग्रीम रूपमा चेतावनीको पूर्व संके त तय गरी सुधारका उपायहरू अवलम्बन गर्नुपर्नेछ । शाखारहित बैंकिङ्ग कारोबारका लागि आवश्यक
प्राविधिक सेवा उपयोग गर्न यस्तो सेवा प्रदान गर्ने तेस्रो पक्षसंग अलग्गै सम्झौता गर्नुपर्नेछ ।

यस्तो सेवा प्रदान गर्ने सिलसिलामा अपरेटर लगायत यस बैंकले इजाजतपत्र अनुमतिपत्र नदिएका अन्य पक्षहरूको समेत यस बैंकले निरीक्षण तथा
सुपरिवेक्षण गर्न सक्ने व्यवस्था त्यस्तो सम्झौतामा खुलाउनु पर्नेछ ।

तेस्रो पक्ष चयन गर्नुअघि न्यूनतम आधारभूत मापदण्ड तथा चयन प्रक्रिया तय गर्नुपर्नेछ । प्राविधिक सेवा प्रदायकसँग सम्झौता गर्दा प्रविधिमा आएको
समस्याबाट बैंक÷वित्तीय संस्था तथा ग्राहकलाई पुग्न जाने क्षति र सोको क्षतिपूर्ति गर्ने व्यवस्थालगायत त्यस्तो कम्पनीको काम, कर्तव्य र
अधिकारसमेत स्पष्ट उल्लेख गर्नपर्नेछ ।

कम लागतमै वित्तीय पहुँच विस्तार, बैंक र जनता दुवैलाई फाइदा

शाखारहित बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फ बाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ । शाखारहित बैंकिङ्ग
सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फ तबाट बैंकिङ सेवा लिन सक्नेछन् ।

बैंकिङ सेवाहरु

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्न, उपयोगी
सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृ त सिमा भत्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज
भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

सर्वसाधारणलाई सहज
शाखारहित बैंकिङ सेवाले बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नुपर्ने बाध्यताको अन्त्य गरेको छ । त्यस्तै, ग्रामिण र
दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानीको विकासमा समेत यो सेवाले योगदान पुर्याइरहेको छ । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा
आएको पाइन्छ ।

बैंकहरुलाई लागत कम

नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखारहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न
नसके को अवस्थामा बैंककै कर्मचारीहरु मार्फ त बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । यस्तो बैंकिङ सेवा हालै गएको भुकम्पको समयमा गाउँगाउँमा
भुक्तानी वितरण गर्नको लागि बढी प्रयोग भएको थियो ।

एउटा बैंकले शाखा विस्तार गर्नको लागि करीब ४० लाख रुपैँया भवन निर्माणमा खर्च गर्नुपर्ने हुन्छ तर शाखारहित बैंकिङ सेवा प्रवाह गर्दा भौतिक
निर्माणको लागि बैंकहरुको खर्च नलाग्ने भएका कारण यो सेवा बैंकहरुले प्रभावकारी मानेका छन् ।

वित्तीय साक्षरता अभिवृद्धिमा योगदान

यस्तो बैंकिङ सेवाले पिछडिएको, दुर्गम र दुरदराजका मानिसहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ । शाखारहित बैंकिङ सेवामा बैंकहरुले प्रयोगमा
ल्याएका सबै सेवा सुविधाहरु दुरुस्तै दिन सकिन्छ । नेपालमा वित्तीय साक्षरता वृद्धि गर्नको लागि शाखारहित बैंकिङ सेवाले महत्वपूर्ण भूमिका खेलेको
छ।

You might also like