के हो बेस रेट

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

के हो बेस रेट (आधार दर) ?

बैंकिङ खबर । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम
थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्दछ ।

आधार दर भन्दा बढी कु नै पनि बैंक तथा बित्तीय संस्था ले ब्याजदर लिन पाउँदैनन्। कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिङ्क गरेको हुन्छ ।
आधार दर जहिले पनि तीन-तीन महिनामा घटबढ हुने गर्दछ । यो अटोमेटिक घटबढ हुने हो । यो तल माथी हुनुमा बैंकहरुको हात हुँदैन । आधार दर
कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।

सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको हुन्छ । मानौं कु नै बेला ८ प्रतिशत बेस रेट छ भने एक प्रतिशत जोड्दा ब्याज ९
प्रतिशत हुन्छ । बेसरेट घटेर ७ मा आयो भने फे रि एक जोडेर ८ प्रतिशत हुनेहुन्छ । त्यसकारण बैंकहरुले निक्षेपमा ब्याजदर घटाउँछन् तर कर्जामा
चाही घटाउँदैनन् भन्ने भ्रम झुठो हो ।

बेसरेट आजको आजै तल माथि हुदैन । जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबैतर्फ को ब्याज दर बढ्छ । ब्याजदर घट्ने
बढ्ने भन्ने विषय निक्षेपमा भरपर्छ । निक्षेप कति सहज हिसावले आउँछ यदी ठु लो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ ।

बेसरेट गणना गर्ने विषयमा चार वटा कम्पोनेन्टहरु छन् । त्यसमा सबैभन्दा ठु लो कम्पोनेन्ट Cost Of Fund हो । Cost Of Fund भनेको
निक्षेपकर्ताहरुको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट तल झर्छ । त्यस्तो हुंदा
कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।

आधार दर गणना गर्ने विधिः

आधार दर गणना गर्दा निम्नानुसारको विधि अपनाउनुपर्छ ।


आधार दर = कोष लागत प्रतिशत + अनिवार्य मौज्दात लागत प्रतिशत + वैधानिक तरलता लागत प्रतिशत + संचालन लागत प्रतिशत ।

You might also like