अतिरिक्त क्रियाकलाप प्रतिवेदन

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 9

अतिरिक्त क्रियाकलाप प्रतिवेदन

हाजिरी जवाफ प्रतियोगिता २०८० श्री जनपथ माध्यमिक विद्यालय


जनपथ टोल विराटनगर-११

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय बि.एड.चौथो बर्षका अभ्यास


शिक्षण अन्तर्गत तयार पारिएको अतिरिक्त क्रियाकलाप प्रतिवेदन
२०८०

प्रस्तुतकर्ता
नामः प्रियंका कु मारी सिंह नुनिया
परीक्षा क्रमांकः907710035
रजिस्ट्रेशनः9-2-771-65-2019
बि.एड.चौथो बर्ष
बिराट मोडेल कलेज बिराटनगर
विषय सुची
क्र.स. विषयवस्तु (शीर्षक)
१ कार्यक्रमको परिचय
२ कार्यक्रमको उदेश्य
३ कार्यक्रम सञ्चालन प्रक्रिया
४ कार्यक्रम समापन प्रक्रिया
५ कार्यक्रमकका उपलब्धीहरु
६ कार्यक्रमका समस्याहरु
७ कार्यक्रमका सुझावहरु

१.कार्यक्रमको परिचयः
श्री जनपथ माध्यमिक विद्यालय, विराटनगर-११ जनपथ टोलमा त्रिभुवन
विश्वविद्यालय शिक्षा शास्त्र संकाय चारबर्षे बि.एड. अन्तर्गत यस श्री विराट
मोडेल कलेजका छात्रशिक्षकद्वारा निर्मित मिति २०८०/०९/१३ गते शुक्रबारका
दिन हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो।
कोरा किताबी ज्ञानले मात्र शिक्षण सिकाई क्रियाकलापले पूर्णता प्राप्त गर्न
सक्दैन। शिक्षण सिकाई क्रियाकलापको सह-कार्यकलाप अन्तर्गत विभिन्न
अतिरिक्त क्रियाकलाप समेत गर्नुपर्दछ। समाजमा हुने विविध घटनाहरु,
गतिविधिहरुको स्थायी, राष्ट्रिय भेषभुषा, समाजिक र सांस्कृ तिक रीतिरिवाजको
बारेमा जानकारी प्राप्त गर्नु समेत हरेक विद्यार्थीको कर्तव्य हुनजान्छ। यसै
पक्षलाई आधार मानेर विराट मोडेल कलेज विराटनगरबाट अभ्यास शिक्षणका
लागि आएका छात्रशिक्षकहरुले अतिरिक्त क्रियाकलाप गराउनै पर्ने
आवश्यकतालाई मध्य नजर गर्दै यस श्री जनपथ मा.वि.को विद्यार्थीहरु बीच
हाजिरी जवाफ प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरियो। यसका लागि
विद्यालयका प्रधानाध्यापक श्री हरिप्रसाद पराजुली, सहायक प्र.अ. श्रीमति
मनमाया रिजाल लगायत विद्यालयका सम्पूर्ण शिक्षकवर्गहरुबाट आवश्यक
सल्लाह, सुझाव र निर्देशन प्राप्त गरी मिति २०८०/०९/१३ गते शुक्रबारका दिन
हाजिरी जवाफ प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय बारे, एक
कार्यक्रम सञ्चालन गरिएको थियो। यस अन्तर्गत निम्नलिखित निर्णयहरु
गरिएको थियो।
 विद्यालयको पठनपाठन कार्यक्रममा अवरोध नपुर्याई अतिरिक्त
क्रियाकलापलाई छु ट्याएको समय शुक्रबारको दोस्रो घण्टी पश्चात् अर्थात
मिति २०८०/०९/१३ गतेका दिन सञ्चालन गर्ने।
 यस कार्यक्रमका लागि सहभागि प्रत्येक छात्र शिक्षकबाट प्रतिव्यक्ति रु.
संकलन गर्ने।
 संकलित रकमबाट सहभागी विद्यार्थीलाई पुरस्कार, उपस्थित र सम्पुर्ण
अतिथी,विद्यालय शिक्षक, छात्रशिक्षक तथा स्वयंसेवक विद्यार्थीलाई चिया
र नास्ताको व्यवस्था गर्ने।
 यस कार्यक्रममा प्रत्येक समुहमा ३ जना विद्यार्थीका दरले ५ वटा समुहमा
कार्यक्रम गर्ने।
 कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रतिस्पर्धाको रुपमा लिने।
 कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो समुहका विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै
सहभागी भाई बैहिनीहरुलाई दुई/दुई ओटा कापी र एक/एक वटा डट
पेनको व्यवस्था गर्ने।
 उपयुक्त कार्यक्रम सञ्चालन गर्नका निम्ति निम्न बमोजिमको समिति
गठन गरिएको थियो।
संयोजकः-अभ्यास शिक्षण परिवार विराट मोडेल कलेज बिराटनगरका
सहभागीहरु
सदस्यः- बिजुली थापा (उदघोषक)
सदस्यः- मिठु कु मारी मेहता (प्रश्न सोध्ने)
सदस्यः- सरीता कु मारी यादव (सभापति)
सदस्यः- भुमिका मण्डल (चिया+नस्ता व्यवस्था गर्ने)
सदस्यः- नेहा परवीन (समय हेर्ने)
सदस्यः- भुवन कु मार यादव (विद्यार्थीको जवाफ सुन्ने)
सदस्यः- संगिता कु मारी साह (अडियन्सलाई पुरस्कार दिने)
सदस्यः- किर ज्मा हास्दा (प्रश्न सोध्ने)
सदस्यः- प्रियंका कु मारी सिंह नुनिया (अडियन्सलाई शान्त पार्ने)
सदस्यः- सुजता राई ( ,, )
सदस्यः- मिलन राई ( ,, )

२. कार्यक्रमको उदेश्यः-

कु नै पनि कार्यक्रम अथवा काम गर्नुका पछाडि त्यसको उदेश्य रहेको हुन्छ।
उदेश्य विनाका हरेक काम अपुर्ण हुन्छ। देवकोल द्वारा रचित कबिताका
हरफहरुमा एड.” उदेश्य लिन के उडी छु नु चन्द्र एक” ले पनि उदेश्यको
अपरिहार्यतालाई अबलम्बन गरेको छ। यसकारण यस हाजिरी जवाफ
प्रतियोगितात्मक कार्यक्रमका के ही उदेश्यहरु राखेर कार्यक्रम संचालन गरिएको
थियो। जुन यस प्रकार छनः
 विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फु टन गर्छन।
 विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन।
 विद्यार्थीहरुलाई शैक्षिक उक्तिविधिमा थप सहयोग पुर्याउन।
 विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गराउन।
 छात्रशिक्षकहरुको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा परिवर्तन गराउन।

३.कार्यक्रम सञ्चालन प्रक्रिया


यस विद्यालयमा अभ्यास शिक्षणमा रहदा अनिवार्य रुपमा एउटा अतिरिक्त
क्रियाकलाप सञ्चालन गर्नुपर्ने भएकोले यो कार्यक्रमको आयोजना गरिएको हो।
त्यसै अनुरुप मिति २०८०/०९/१३ गते को दिन १० बजे विद्यालयको पठन
पाठनमा बाधा नगरि अर्थात १ बजे देखि ३ बजे सम्म कार्यक्रम सञ्चालन
गरियो। कार्यक्रम सञ्चालनका लागि यस विद्यालयका कक्षा ८, ९ र १० का
जम्मा १५ जना विद्यार्थीहरुलाई सहभागी गराइयो। कार्यक्रम सञ्चालन तिन
चरणमा विभाजन गरी गरियो। पहिलो चरणमा अतिथि आसन, सभापति आसन
तथा स्वागत मन्तव्य कार्यक्रम राखियो भने दोस्रो चरणमा हाजिरी जवाफ
प्रतियोगितात्मक कार्यक्रम सञ्चालन क्रममा तिनै कक्षाका १५ जना
विद्यार्थीहरुलाई ३/३ जना गरी ५ वटा समुहमा विभाजन गरी प्रत्येक समुहलाई
१०/१० ओटा भिन्दाभिन्दै प्रश्नहरुको उत्तर सोधिएको थियो। प्रत्येक प्रश्नको
उत्तर वापत १ अंक थियो। यसरी प्रश्न सोध्ने क्रममा प्रश्न सोध्ने समुहलाई १
मिनेट र अरुलाई ३०/ १५ सेके ण्ड क्रमशः समय निर्धारण गरिएको थियो।
समुहहरुले भन्न नसके को प्रश्नको जवाफ भन्न आउडियन्सलाई मौका दिइन्थ्यो।
जवाफ भन्ने लाई पुरस्कारको पनि व्यवस्था गरिएको थियो। यस्तै तेस्रो चरणमा
कार्यक्रमको समापन तथा पुरस्कार वितरण गरिएको थियो।
४.कार्यक्रम समापन प्रक्रियाः
वि.स. २०८० साल पौष १३ गते शुक्रबारका दिन गरिएको अतिरिक्त क्रियाकलाप
अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सशक्त सहभागिताका साथ सरल, सहज र
प्रभावकारी ढंगले सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सञ्चालन गर्दै उक्त कार्यक्रम
अन्तरगत निम्न समुहहरु सहभागी हुदै तपशिल अनुसारका बालबालिकाहरुले
उतकृ ष्ठ प्रदर्शन गरेको छ।
तपशिल
समुह ‘क’ समुह ‘ख’ समुह ‘ग’
१.नारायण कु . मण्डल १. नेहा सहनी १.नीरा कलवार
२.तुलसी कु मारी मण्डल २.सुनिता साह २.इन्द्रकान्त यादव
३.साक्षी साह ३.प्रिती यादव ३.अकलेश साह
(तृतिय) (द्वितिय) (प्रथम)

समुह ‘घ’ समुह ‘ङ’


१.तुलसी राय १.दुर्गा मेहतर
२.अजय मण्डल २.नैना मरिक
३.पिंकी कामत ३.काजल देव
यसरी नै यस कार्यक्रममा सहभागी भइ सफल स्थान हासिल भएका
विद्यार्थीहरुलाई यस कार्यक्रमका सभापति श्री सरिता कु मारी यादव, प्रमुख
अतिथि वि.व्य.स. का अध्यक्ष श्री रोहित कोइराला र प्र.अ. हरि प्रसाद पराजुली
ज्युको समेतको रोहवरमा छात्रशिक्षकहरुबाट अबिर अर्पण गरी पुरस्कार प्रदान
गरिएको थियो।
यस कार्यक्रमको समापनको क्रममा अभ्यास शिक्षणका लागि विद्यालय
उपलब्ध गराइने सम्पुर्ण विद्यालय परिवार पक्षलाई धन्यबाद प्रकट गर्दै सहयोगी
सबै छात्रशिक्षकहरुको सक्रिय सहभागितामा कार्यक्रम सफल बनाउनु भएकोमा,
अध्ययनरत विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। विजेता समुहहरुलाई
बधाई दिदै असफल समुहहरुलाई निरास नभइ अगाडी बढ्न शुभकामना व्यक्त
गर्दै कार्यक्रमको समापन भयो।
५. कार्यक्रमका उपलब्धिहरुः
जुनसुकै काम गरेपछि त्यसबाट उचित उपलब्धीको अपेक्षा गरीएको हुन्छ।
सोही अनुरुप यस हाजिरी जवाफ प्रतियोगिताका खास उपलब्धी यस प्रकार
रहेका छन।
 विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अझ अगाडी बढ्ने हौस्ला
प्राप्त गर्न,
 विद्यार्थीमा अन्तरनिहित प्रतिभाको प्रस्फु टन गर्नमा जोड दिन,
 विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी भई थप ज्ञान प्राप्त
गर्न,
 उचित पृष्ठपोषण प्राप्त गर्न,
 छात्रशिक्षकलाई समेत विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त
गर्न,
 विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागीताका लागि
प्रोत्साहित र उत्साहित गर्न।

६. कार्यक्रममा आएका समस्याहरुः


हरेक कार्य गर्दा त्यसमा समस्या पनि आउने गर्दछन्। तर समस्याको समाधान
गर्दै अघि बढ्नु हामी सबैको कर्तव्य हो। यसकु रालाई मध्यनजर गरी हामी
बीचमा आएका समस्याहरुलाई सहजरुपमा समाधान गर्दै कार्यक्रम सम्पन्न
गरियो। यस कार्यक्रममा आएका समस्याहरु निम्न थियो-
 कार्यक्रम सञ्चालन क्रममा विद्यार्थी भाई बहिनीहरुको हल्लाले गर्दा प्रश्न
भन्न तथा उत्तर बुझ्न कठिनाई भएको थियो,
 विद्यार्थी वर्गमा अनुशासन नभएको (कमी भएको) महसुस गरियो,
 कार्यक्रमको समापन पूर्व नै आधा विद्यार्थी एवं के हि शिक्षकहरु समेत
बाहिरीएकोले सामान्य खल्लो अनुभव भयो।

७. कार्यक्रमका सुझावहरुः
विद्यालय शिक्षण सिकाईको अभिन्न अंगको रुपमा अतिरिक्त क्रियाकलापलाई
लिइन्छ। नियमित पठनपाठनको साथै कहिलेकाही सञ्चालन गरिने यस्ता
अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीहरुको ज्ञानको स्तर वृद्धि हुनुका
साथे तहगत रुपमा भएको सहभागिताबाट सम्पूर्ण तहका विद्यार्थीहरुसँग
अन्तरक्रिया भएकोले उर्जामा सहकार्य बढेको देखिन्छ। यसका साथै यस्ता
कार्यक्रम विद्यालयमा समयसमयमा सञ्चालन भएमा विद्यर्थीहरुका लागि
फलदायी हुने देखिन्छ। कार्यक्रम गर्दा भएका समस्याहरुलाई समाधान गर्न
विद्यार्थीलाई अनुशासित बनाएर बसाएमा अनुशासन र आज्ञाकारीमा जोड
दिइएमा अझ बढी प्रभावकारी हुने थियो।

मूल्याङकन फाराम

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय चारबर्षे बि.एड.को अभ्यास


शिक्षणको पाठ्यांश पुरा गर्न छात्र शिक्षकद्वारा तयार परिएको यो अतिरिक्त
क्रियाकलाप प्रतिवेदन आवश्यक विश्लेषण पश्चात आन्तरिक सुपरिवेक्षक र
बाह्य सुपरिवेक्षक द्वारा मूल्याङकन गरिएको छ।
आन्तरिक सुपरिवेक्षक बाह्य सुपरिवेक्षक
मितिः मितिः

You might also like