Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 16

त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दाको अनुभव | 267

ससं ्मरण

त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दाको


अनुभव

त्रिरत्न मानन्धर

पष्ठृ भूमि
आजभन्दा करिब पैसँ ट्ठी वर्षअगाडि म काठमाडौकँ ो ठहिटीस्थित शान्ति शिक्षा मन्दिर
स्कूलमा अध्ययन गर्दै थिएँ । एक दिन एक जना मास्टर साहेबले कुन प्रसंगमा हो कुन्नि,
थेसिस (शोधपत्र) बारे भनेका थिए : हेर बाबु हो, थेसिस लेख्नु साधारण कुरा होइन ।
सर्वांगीण रूपमा नयाँ तथ्यलाई अगाडि ल्याउनु, मौलिक विचारधारालाई जन्म दिनु नयाँ
शोध-खोज र आविष्कार गर्नु अनि पूर्णरूपले नयाँ सिद्धान्तको प्रतिपादन गर्नुलाई थेसिस
भनिन्छ । त्यस्तो थेसिस लेख्ने व्यक्तिले विद्यावारिधि उपाधि पाउँ छन् र डाक्टर बन्छन् ।
मास्टर साहेबले भने का कुरा विद्यार्थीहरूले शान्तपूर्वक सुने । सायद कतिपयले मनमनै
भने पनि होलान्, “यो थे सिस भन्ने चिज ले ख्न नसकिने कुरा रहेछ ।” शोधपत्रको यो
परिभाषाको प्रभाव एमए पढ्दासम्म पनि ममा थियो । त्यसैले, शोधपत्र लेख्नेतर्फ कुनै
खास विचार नगरी त्यसको विकल्पमा छुट्टै पेपर (निबन्ध-लेखन परीक्षा) दिई मैले २०२३
सालमा इतिहासमा स्नातकोत्तर (एमए) तह उत्तीर्ण गरे को थिएँ (हेर्नुहोस्, मानन्धर २०७६) ।
म मात्रै होइन, त्यो वर्ष इतिहास विषय अध्ययन गर्ने कसै ले पनि थे सि स ले ख ्ने प्रयत्न
गरे को मलाई सम्झना छै न ।
यो मेरो व्यक्तिगत कुरा भयो । तर, मैले एमए परीक्षा उत्तीर्ण गरे को समयसम्म पनि कलेज
र विश्वविद्यालय तहमा अध्यापन गर्ने शिक्षकहरूले विद्यावारिधि गर्नुपर्छ भन्ने सोच त्यति
आइसके को थिएन । यसको अर्थ त्यति बेलाको पढाइ स्तरीय थिएन भन्ने होइन । एक-दुई
अपवादलाई छाड्ने हो भने त्यति बेला विद्यावारिधि नगरे का सबै शिक्षकहरू विद्यार्थीबीच
लोकप्रिय थिए । र, उनीहरू आ-आफ्ना विषयमा पोख्त पनि मानिन्थे । चार वर्ष त्रि-चन्द्र तथा
दईु वर्ष विश्वविद्यालय कलेजमा अध्ययन गर्दा मलाई पढाउने सबै जसो नेपाली शिक्षकहरूले
विद्यावारिधि गरे का थिएनन्, तर पनि उनीहरूको अध्यापन-स्तरमा विरलै प्रश्न उठ्थ्यो ।
समाज अध्ययन १६ ः xxx–xxx, २०७८
268 | त्रिरत्न मानन्धर

त्यति बेला विद्यार्थी अनुशासन निक्कै कडा भएकोले शिक्षकहरूको विरोध गर्ने वातावरण
थिएन भन्न पनि सकिएला । तर मलाई त्यस्तो लाग्दैन । त्यति बेलाका बहुसंख्यक विद्यार्थी
मेहनती थिए । परीक्षामा राम्रो नतिजा ल्याउन आफै ले परिश्रम गर्नुपर्छ भन्ने उनीहरूको
धारणा हुन्थ्यो । विद्यावारिधि नगरे का भए तापनि त्यति बेलाका शिक्षकहरूलाई आजसम्म
पनि आदरपूर्वक सम्झने गरिन्छ । इतिहासमा भैरवबहादुर प्रधान, संस्कृतिमा धंुस्वां सायमी
(गोविन्दबहादरु मानन्धर), हिन्दीमा खड्गमान मल्ल, वाणिज्यमा इश्वरीलाल श्रेष्ठ, भूगोलमा
जगतबहादुरसिंह बुढाथोकी र उपेन्द्रमान मल्ल, अंग्रेजीमा सूर्य बहादुर शाक्य, कृ ष्णराज
मानन्धर, राममोहन महतो र अम्बिकाप्रसाद उपाध्याय, मनोविज्ञानमा माधवराज सत्याल,
गोदत्तमान र अयनबहादुर श्रेष्ठ, अर्थशास्त्रमा नरे शमान सिंह, शाम्बदेव पाण्डे र ऐश्वर्यलाल
प्रधानाङ्ग, राजनीतिशास्त्रमा उपेन्द्रनारायण सिन्हा, वासुदेवचन्द्र मल्ल, सुरेन्द्रबहादुर श्रेष्ठ,
खड्गभक्त सिंह र गणेशराज सिंह, गणितमा आशुतोष गाँगुली, के शवदेव भट्टराई, गोविन्ददेव
पन्त र मित्रनाथ देव कोटा, ने प ालीमा रामराज पन्त, रोहिणीप्रसाद भट्टराई र बालकृ ष्ण
पोखरे ल, वनस्पतिशास्त्रमा ब्राम्हीदत्त पाण्डे, प्राणीशास्त्रमा शिवशंकर सिंह, रसायनशास्त्रमा
प्रसन्नमान सिंह, अमतृ प्रसाद प्रधान र सुरेन्द्र सिंह, भौतिकशास्त्रमा फणिन्द्रप्रसाद लोहनी र
उमाप्रसाद श्रेष्ठ, आदि त्यस बेलाका चर्चित शिक्षक थिए । यी कसैले पनि विद्यावारिधि
गरे का थिएनन् तर सबै आ-आफ्ना विषयका ज्ञाता मानिन्थे ।
२०१६ सालमा त्रिभवु न विश्वविद्यालय (त्रिवि) को स्थापना भएपछि पटना विश्वविद्यालय
अन्तर्गत सञ्चालनमा रहेका नेपालका सबै कलेज त्रिवि मातहत ल्याइए । लगत्तै, स्नातकोत्तर
तहको मात्रै अध्यापन हुने गरी त्रिपुरेश्वरमा विश्वविद्यालय कलेजको स्थापना भयो । त्रिविले
२०१७ साल देखि आइए र बीए तहका परीक्षा र २०१९ सालदेखि एमए तहका परीक्षा
सञ्चालन ग¥यो । उच्च शिक्षाका तीन तह (आइएदेखि एमएसम्म) को अध्ययन-अध्यापनको
व्यवस्था त्रिविले गरे तापनि त्यति बे ल ा विद्यावारिधिबारे कुनै निश्चित व्यवस्था गरे को
थिएन ।1 यद्यपि, विद्यावारिधि गर्नेहरूका लागि ढोका बन्द भने गरिएको थिएन ।
एमए पास गरे का इच्छु क व्यक्तिले दरखास्त दिई विद्यावारिधिका लागि त्रिविमा आफ्नो
नाम दर्ता गराउन पाउँ थे । मलाई थाहा भएसम्म निवेदकले के ही शुल्क बुझाउने बाहेक
थप अरू के ही गर्नु पर्दैन थियो । न शोध निर्देशक नै तोकिन्थ्यो । यसबाट त्यति बेलासम्म
विद्यावारिधि गर्नु/गराउनु पर्छ भन्ने सोचाइ आइनसके को तथ्य स्पष्ट हुन्छ । मलाई जानकारी

1
त्यति बेला त्रिविको मुख्य दायित्व देशभरिका कलेजहरूको राम्रो सञ्चालन गर्नु भएकोले
विद्यावारिधि कार्यक्रममा ध्यान नदिएको हुन सक्छ । २०५० साल पछि खुलेका विश्वविद्यालयहरू
पूर्वाञ्चल र पोखराले पनि वर्षौंसम्म विद्यावारिधि कार्यक्रम सञ्चालन गरे नन् । म २०६६ फागुनको
अन्ततिर लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति भएपछि मैले २०६७ साउनदेखि नै विद्यावारिधि
कार्यक्रम सञ्चालन गरी विश्वविद्यालयको शैक्षिक कार्यक्रम शुरूआत गरे को थिएँ ।
त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दाको अनुभव | 269

भएसम्म त्रिविबाट विद्यावारिधिको उपाधि पाउने पहिलो व्यक्ति नेपाली नभई भारतीय
नागरिक मोहन झा थिए । उनी कोलम्बो प्लान अन्तर्गत अंग्रेजी विषय अध्यापन गर्न नेपाल
आएका थिए । र, उनले त्रिविबाट विद्यावारिधिको उपाधि २०२६ सालमा पाएका थिए ।
इतिहासमा त्रिविबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति लुडविग स्टिलर थिए । २०२८ सालमा
सो उपाधि प्राप्त गरे का स्टिलर अमेरिकी नागरिकता त्यागेका अंगीकृ त नेपाली नागरिक
हुन् । त्रिविबाट इतिहासमा विद्यावारिधि गर्ने दोस्रो व्यक्ति म हुन पुगे ँ । मैले २०३८ सालमा
पीएचडी उपाधि प्राप्त गरे को हुँ । इतिहासमा विद्यावारिधि गर्ने पहिलो र दोस्रो व्यक्तिमा
पूरा दश वर्षको अन्तर भयो । यो के वल इतिहास विभागको मात्रै तथ्यांक होइन, प्रायः
विषयमा विद्यावारिधि गर्नेहरूको अवस्था त्यति बेला यस्तै थियो ।
त्रिवि स्थापना भएको लामो समयसम्म पनि विद्यावारिधि कार्यक्रम किन अगाडि
बढ्न सके न होला भन्ने प्रश्न यहाँनेर उठ्छ । मेरो विचारमा यसका मुख्य दईु कारण छन् ।
पहिलो, विद्यावारिधिका शोधार्थीलाई विश्वविद्यालयले एकजना शोध निर्देशकको व्यवस्था
गर्नु पर्थ्यो, र त्यस्तो व्यक्तिले विद्यावारिधि गर्नुका साथै विश्वविद्यालय तहमा अध्यापनको
अनुभव प्राप्त गरे को हुनुपर्थ्यो । तात्कालिक समयमा त्रिविमा त्यस्ता व्यक्तिहरूको अभाव
थियो । हुन त त्यति बेला कोलम्बो प्लान अन्तर्गत त्रिविमा अध्यापन गर्न आएका सबैजसो
भारतीय शिक्षक विद्यावारिधि उपाधि प्राप्त र अध्यापनको लामो अनुभव भएका हुन्थे ।
तथापि, उनीहरू निश्चित अवधिका निम्ति आउने भएकाले नेपालबाट फर्के पछि उनीहरूसँग
सम्पर्क राखिराख्न निक्कै कठिन हुन्थ्यो । त्यसबाहेक, नेपालको विश्वविद्यालयबाट प्रायः
नेपालीले गर्ने विद्यावारिधि अनुसन्धानको विषय प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालसँग
सम्बन्धित हुन्थ्यो । भारतीय शिक्षकहरूको नेपाल अध्ययन कमजोर हुने भएकाले आफ्नो
शोधमा उनीहरूबाट विशेष सहयोग पाउन नसकिने सोचाइ कतिपय शोधार्थीको हुन्थ्यो ।
मलाई राम्रैसँग सम्झना छ, बनारस हिन्दु विश्वविद्यालयका प्राध्यापक हिरालाल सिंहलाई
स्टिलरको शोध निर्देशक नियुक्त गरिएको थियो । सिंहसँग परामर्श गर्न प्रत्येक तीन-चार
महिनामा एकपल्ट आफ्ना शोधपत्रको खेस्रा लिएर स्टिलर बनारस जाने गर्दथे । यसो गर्नु
सबै विद्यार्थीका निम्ति सम्भव हुँदैनथ्यो ।
विद्यावारिधि कार्यक्रम राम्रोसँग अगाडि बढ्न नसक्नुको अर्को कारण चाहिँ त्यति
बे ल ाको पाठ् यक्रममा ने प ाल सम्बन्धी विषयको अं क भार “न्यून” भएकाले हो भन्ने
मलाई लाग्छ । त्रिवि स्थापनाको अर्को वर्ष अर्थात् २०१७ सालदेखि स्नातकोत्तर तहमा
इतिहासको पढाइ शुरू भएको थियो । इतिहासको ८०० पूर्णांकको पाठ्यक्रममा नेपालको
इतिहास सम्बन्धी १०० पूर्णांकको एउटा पत्र मात्रै थियो । प्राचीनदेखि आधुनिककालसम्मको
नेपालको इतिहास त्यही पत्रमा खाँदिएको थियो । २०२१ सालदेखि लागू गरिएको नयाँ
पाठ्यक्रममा पनि नेपालको इतिहास सम्बन्धी १०० पूर्णांकको एउटा पत्र मात्रै अनिवार्य
270 | त्रिरत्न मानन्धर

विषयको रूपमा राखिएको थियो । तर उक्त पत्रमा आधुनिक नेपालको इतिहास मात्रै पढ्न
पर्ने व्यवस्था गरिएको थियो । नेपालको संवैधानिक इतिहास सम्बन्धी ५० पूर्णांकको अर्को
पत्र इच्छाधीन विषयको रूपमा राखिएको थियो । यसबाट नेपालको इतिहास अध्ययनमा
के ही विशिष्टीकरण गर्न खोजिए तापनि त्यो अध्ययन विद्यावारिधि गर्न पर्याप्त थिएन । यो
के वल इतिहास विषयको मात्रै कुरा थिएन, कला संकाय अन्तर्गतका अन्य विषयहरूको
अवस्था यस्तै थियो । उदाहरणका लागि, राजनीतिशास्त्रमा नेपालको संविधानभन्दा भारतको
संविधान र प्रशासनबारे बढी पढाइन्थ्यो भने अर्थशास्त्र विभागमा भारतीय अर्थव्यवस्थाले
पाठ्यक्रमको बढी भार ओगटे को थियो । यस्तै प्रकारले संस्कृति विभागका विद्यार्थीहरूले
पनि मूलतः भारतीय संस्कृतिकै अध्ययन गर्दथे । कोलम्बो प्लान अन्तर्गत विश्वविद्यालयमा
खटी आएका मूलत: भारतीय शिक्षकहरूले त्रिविको स्नातकोत्तर तहको पहिलो पाठ्यक्रम
बनाएका थिए । उनीहरूले आफू ले पढाउँ दै आएको विषय र ज्ञान अनुरू प नै त्यस्तो
पाठ् यक्रम बनाएका थिए । त्यसपछि बनाइएका पाठ् यक्रमहरूमा पनि ने प ाल सम्बन्धी
विषय थप गर्ने त र्फ उस्तो ध्यान गएको देखिँ दैन । २०२८ सालको अन्ततिरदेखि लागू
गरिएको राष्ट्रिय शिक्षा पद्धतिको योजना (नयाँ शिक्षा योजना) देखि मात्रै नेपाल सम्बन्धी
विषयलाई विश्वविद्यालयको पढाइमा बढी प्राथमिकता दिइएको थियो । यसरी विश्वविद्यालय
स्थापना भएको एक दशकभन्दा बढी समयसम्म त्रिविमा विद्यावारिधिको कार्यक्रम राम्ररी
अगाडि बढ्न सके न ।

शुरूआती कठिनाइ
यति भूमिका बाँधिसके पछि अब म विद्यावारिधि गर्दाको मेरो अनुभवबारे बताउँ छु । चैत
३१, २०२३ देखि मैले त्रिविको अस्थायी लेक्चररको रूपमा स्नातकोत्तर तहमा अध्यापन
गर्न शुरू गरे को थिएँ (मानन्धर २०७६) । त्रिवि सेवामा प्रवेश गरे को पन्ध्र वर्षपछि, २०३८
सालमा, मैले सोही विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरे ँ । विद्यावारिधि उपाधि
पाउनुभन्दा एक वर्षअगाडि नै म इतिहास विभागमा सह-प्राध्यापक भइसके को थिएँ । हुन त
प्राध्यापक भइसके पछि पनि विद्यावारिधि गर्नेहरू हुँदै नभएका होइनन्, तर सह-प्राध्यापक
भइसके पछि विद्यावारिधि गर्नेहरू पनि कमै हुन्थे । सोही सानो समूहमा म परे ँ ।
एमए पास गरे क ो के ही महिनापछि नै एमएकै विद्यार्थीहरूलाई पढाउनु मे रानिम्ति
चुनौतीपूर्ण काम थियो । तर, फाइदा पनि थियो—के ही महिना अगाडिसम्म आफू ले पढाउने
विषयहरू विद्यार्थीको रूपमा पढ्दै गरे काले ती पाठ दिमागमा ताजै थिए । शुरूका पाँच
वर्ष मैले पहिलो वर्षका विद्यार्थीलाई आधुनिक युरोपको इतिहास पढाएँ । सो विषयमा
थुप्रै पुस्तक पाइन्थे, तर विद्यार्थी हुँदा तीमध्ये के ही मात्र मैले पढ्न पाएको थिएँ । त्यसैले,
पहिले नपढेका पुस्तक पढ्न मैले धेरै समय खर्चिएँ । दोस्रो वर्षका विद्यार्थीलाई मैले भारत
त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दाको अनुभव | 271

र नेपालको संवैधानिक इतिहास पढाएँ । भारतसम्बन्धी पुस्तक त पाइन्थे, तर नेपालको


संवैधानिक इतिहास सम्बन्धी पुस्तक भने त्यति बेलासम्म उपलब्ध थिएनन् । त्यसैले मैले
विभिन्न संविधानका साथै ऐन-कानून र अन्य दस्तावेज अध्ययन गरे ँ । यो कठिन काम
थियो तर यसले मेरो विद्यावारिधि गर्ने इच्छा जगायो । नेपालको संवैधानिक इतिहासमा नै
विद्यावारिधिको शोध गर्ने मैले सोचे ँ । तर, दुई वर्षभित्रै पाठ्यक्रम परिवर्तन भई उक्त विषय
पाठ्यक्रमबाट हट्यो र मैले त्यसको साटो “अन्तर्राष्ट्रिय कानून” पढाउनु पर्ने भयो । फलतः
मेरो नेपालको संवैधानिक इतिहासको अध्ययनले गति लिन सके न; पढाउन शुरू गरे को पाँच
वर्षसम्म विद्यावारिधि उपाधि लिनेतर्फ एक इन्च पनि काम अगाडि बढाउन मैले सकिन ।
२०२८ सालको अन्ततिर उच्च शिक्षामा पनि नयाँ शिक्षा योजना लागू भयो । त्यही
अनुरूप साउन १७, २०२९ देखि सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा नयाँ ढंगबाट
पढाइ शुरू भयो । नयाँ शिक्षा योजना अन्तर्गत बनेका विभिन्न विषयका पाठ्यक्रममा नेपाल
सम्बन्धी विषयको बाहुल्य थियो ।2 नयाँ पाठ्यक्रम बमोजिम मैले विभिन्न सेमेस्टरका
विद्यार्थीलाई नेपालको इतिहास पढाउन शुरू गरे ँ । खासमा, यसै बेलादेखि मलाई नेपालको
इतिहासमा विद्यावारिधि गर्नुपर्छ भन्ने हुटहुटी जागेको हो । तर, समस्या उही थियो—शोध
निर्देशकको कमी । त्यति बे ल ासम्म विद्यावारिधि गरे क ा एउटा मात्र शिक्षक थिए मे र ो
विभागमा—लुडविग स्टिलर । उनलाई शोध निर्देशक बनाई विद्यावारिधिको शोधकार्य
अगाडि बढाए हुने थियो, तर २०२४ सालमा आफै ले पढाएका विद्यार्थीलाई शोध निर्देशक
बनाउन मनले मानेन । यसले गर्दा विद्यावारिधि गर्ने मेरो चाहनाले मूर्त रूप लिन सके न ।
यसैबीच, २०३१ सालतिर कीर्तिपुर क्याम्पसका मानविकी तर्फ का क्याम्पस प्रमुख
सूर्यलाल अमात्यले मलाई सेमेस्टर प्रणाली अन्तर्गतका परीक्षा सञ्चालन गर्ने जिम्मेवारी
दिए । यसलाई मैले अवसरको रूपमा स्वीकार गरी इमान्दारीपूर्वक परीक्षा सञ्चालन गर्दै
गएँ । यो काम सफलतापूर्व सम्पन्न गरे प छि विश्वविद्यालयले मलाई तीन ग्रेड थप गरी
सम्मानित समेत गरे को थियो । तर परीक्षासम्बन्धी कार्यमा पूरा समय दिनु परे कोले अब
विद्यावारिधि गर्नुको साटो छात्रवृत्ति अन्तर्गत कुनै विदेशी विश्वविद्यालयमा उच्च अध्ययनको
लागि जान पाए राम्रो हुन्थ्यो कि भन्ने सोच मनमा पलायो । त्यति बेलासम्म नेपालबाहिर
मैले पाइला टेकेको थिइन । साथै, बाहिरको कुनै राम्रो विश्वविद्यालय गई “अनुसन्धान विधि”
सिक्न सके प्राज्ञिक जीवन राम्रो हुन्छ भन्ने मलाई लागेको थियो । त्यसैले, २०३२ सालमा
फू लब्राइट छात्रवत्ृ ति अन्तर्गत अमेरिकी विश्वविद्यालयमा उच्च अध्ययनको लागि विभिन्न

2
यसअघि त्रिविको इतिहास विभागमा नेपालको राजनीतिक इतिहासमा मात्र जोड दिइएको
थियो भने नयाँ शिक्षा योजनापछि बनेको पाठ्यक्रममा सामाजिक, आर्थिक, प्रशासनिक, कूटनीतिक,
धार्मिक र बौद्धिक इतिहास आदि विषय पनि थपिए । त्यसपछि बिस्तारै नेपालको कानूनी इतिहास,
सैनिक इतिहास, ग्रामीण इतिहास, सांस्कृतिक इतिहास, प्रादेशिक इतिहास, आदि थपिँदै गए ।
272 | त्रिरत्न मानन्धर

विषयमा आवेदन खुल्दा मैले पनि आवेदन दिएँ । म सफल भइनँ । त्यसको के ही महिनापछि
ब्रिटिश काउन्सिल छात्रवत्ृ ति अन्तर्गत विभिन्न विषयमा बेलायतका विश्वविद्यालयमा उच्च
अध्ययनका लागि के ही सीट विश्वविद्यालयलाई प्राप्त भयो, जसमा म पनि सहभागी भएँ ।
यस पल्ट मलाई सफलता मिल्यो—छात्रवृत्ति पाएँ। यो एक वर्षे स्नातकोत्तरको पढाइ थियो ।
मेरो नाम बेलायतका दुई ओटा विश्वविद्यालय—लण्डन विश्वविद्यालय अन्तर्गतको स्कूल
अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज र क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको सेल्विन
कले ज—मा सिफारिश गरिएको थियो । लण्डन विश्वविद्यालय अन्तर्गतको कार्यक्रममा
के ही खास विषय अध्ययन गरी तिनको परीक्षा दिई उत्तीर्ण हु नुपर्ने व्यवस्था थियो भने
क्याम्ब्रिजको कार्यक्रममा तीस हजार शब्दको एउटा शोधपत्र तयार गर्ने र त्यसैको आधारमा
मूल्यांकन गरिने प्रावधान थियो । थरिथरि विषय पढेर परीक्षा दिइराख्नु भन्दा मेहनत गरे र
एउटा शोधपत्र लेख्नु नै मैले उचित ठह¥ याएँ । शोधपत्र सम्बन्धी अनुसन्धान विधि राम्रोसँग
सिक्न सके त्यहाँबाट फर्के पछि नेपालबाटै विद्यावारिधि गर्न सजिलो हुनेछ भन्ने मलाई
लागेको थियो । यो अवसरलाई मैले विद्यावारिधिको पूर्व तयारीको रूपमा लिएँ र क्याम्ब्रिज
विश्वविद्यालयलाई पहिलो प्राथमिकता दिएँ । इच्छाए अनुसार नै क्याम्ब्रिजमा मेरो छनौट
भयो । र, २०३३ सालको भदौ महिनामा मैले पहिलो पटक देश बाहिर पाइला टे केँ ।

बेलायतमा विद्यावारिधिको पूर्व तयारी


क्याम्ब्रिज विश्वविद्यालयको से ल्विन कले ज मा मेरो बसाइ थियो । सोही विश्वविद्यालय
अन्तर्गतको ट्रिनिटी कलेजका प्राध्यापक जोन गालाघर मेरा शोध निर्देशक भए । गालाघर
भारतीय इतिहासका विशेषज्ञ थिए । संवैधानिक इतिहासमा आफ्नो रुचि रहेको कुरा मैले
बताएपछि उनले मलाई भारतको सं विधा न निर्माणको कु नै एक पक्षमा शोधपत्र ले ख ्न
सल्लाह दिए । मैले नेपालको संवैधानिक इतिहासमा शोधपत्र लेख्न चाहेको बताएँ । उक्त
विषयमा आफू ले के ही अध्ययन गरिसके को र के ही महत्त्वपूर्ण सामग्री संकलन गरी घरमा
सुरक्षित छाडे र आएको समेत बताएँ । साथै , त्यस विषयमा कुनै पुस्तक नले खिएकाले
मे र ो सानो शोधपत्रले पनि के ही योगदान दिने कु रा बताएपछि उनले मे र ो प्रस्तावलाई
स्वीकार गरे । तर, एक शैक्षिक वर्षमा शोधपत्रको सबै काम पूरा गर्नुपर्ने भएकोले छोटो
समय-सीमा लिनुपर्ने सुझाव उनले दिए । उनकै सुझाव अनुसार २००४ सालदेखि २०१९
सालसम्मको नेपालको संवैधानिक विकासमा मेरो शोधपत्र के न्द्रित रहने भयो । त्यसपछि,
विश्वविद्यालयको नियमानुसार मेरो नाम दर्ता गर्ने लगायतका काम गालाघरले नै गरिदिए ।
मचाहिँ घरमा छाडे र आएका दस्तावेजहरू झिकाई शोधपत्रको प्रारूप तयार गर्नेतर्फ लागे ँ ।
साथै, त्यहाँ पाइने पुस्तकहरू अध्ययन गर्दै रहे ँ ।
त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दाको अनुभव | 273

वि.सं . २००४ देखि २०१९ सम्मको ने प ालको सं वै धानि क इतिहासलाई कालक्रम


अनुसार अध्याय विभाजन गरी शोध निर्देशकलाई देखाएँ । तर उनलाई मेरो शोधपत्रको
प्रारूप चित्त बुझेन । उनले भने —कालक्रम अनुसार त पाठ्यपुस्तक ले खिन्छ, शोधपत्र
होइन । शोधपत्र त विषयगत आधारमा तयार गरिन्छ । उनकै सल्लाह बमोजिम मै ले
शोधपत्रको नयाँ प्रारूप तयार गरे ,ँ जसमा पृष्ठभूमि र उपसंहारका अतिरिक्त राजसंस्थाको
स्थान, दलगत राजनीतिको प्रभाव, प्रतिनिधि संस्थाको विकास र न्यायपालिकाको भूमिकामा
मेरो शोधपत्र के न्द्रित हुने भयो ।
सम्बन्धित पुस्तक, लेख तथा उपलब्ध दस्तावेज अध्ययन गरिसके पछि म एक हप्ताको
लागि लण्डन गएँ । त्यहाँ स ्थित इण्डिया अफिस लाइब्रेरीको म्यागे जि न से क ्शनमा गई
त्यति बेलाका प्रमुख भारतीय अखबारहरूका साथै बेलायतबाट निस्के का के ही पत्रपत्रिका
अध्ययन गरे ँ । नेपाली पत्रपत्रिकाको लागि नेपाल प्रेस डाइजेष्ट र नेपाल प्रेस रिपोर्ट त मैले
पहिले नै अध्ययन गरिसके को थिएँ । यति भइसके पछि शोधपत्र लेख्न शुरू गरे ँ । कुराकै
सिलसिलामा मैले एक पटक शोध निर्देशकलाई २०१५ सालको नेपालको संविधानको
निर्माणमा क्याम्ब्रिज विश्वविद्यालयकै आइभर जेनिङ्सको पनि योगदान रहेको बताएँ ।
जे नि ङ् सको मृत ्यु भैस के को थियो । त्यसै ले उनले “तुरु न्तै ट्रिनिटी हल गई जे नि ङ् सको
परिवारबारे बुझ्नु, सायद तिमीलाई चाहिने के ही सामग्री उनको परिवारसँग हुन सक्छ” भने ।
जेनिङ्स ट्रिनिटी हलको मास्टर (प्राचार्य) हुनुका साथै क्याम्ब्रिज विश्वविद्यालयकै उपकुलपति
समेत भएका थिए । भोलिपल्टै म ट्रिनिटी हल गएँ । उनको परिवार क्याम्ब्रिजभन्दा बाहिर
बस्दो रहेछ । के न्द्रीय कार्यालयमा उनको परिवारबारे थप जानकारी उपलब्ध हुन सक्थ्यो
तर मैले त्यहाँ जान आवश्यक देखिन । जेनिङ्सको परिवार क्याम्ब्रिजभन्दा बाहिर भएको
कु रा मै ले गालाघरलाई बताएँ । उनले के वल दुई शब्द भने , “योर ब्याडलक” (तिम्रो
दुर्भाग्य) । उनको परिवारबाट मलाई काम लाग्ने सामग्री पाइएला जस्तो नलागेकाले मैले
धेरै दःु खमनाउ गरिन ।
राजसंस्था सम्बन्धी अध्यायबाट मैले शोध-लेखन कार्य शरू ु गरे ँ । महत्त्वपूर्ण घटनाहरूको
विस्तृत विवरण सहित मैले करिब पचास पृष्ठको अध्याय तयार गरी गालाघरलाई बुझाएँ ।
पढिसके पछि उनले भने, “यो एउटा राम्रो सामग्री संकलन त भयो, तर शोधपत्र भएन ।” म
त छानाबाट खसे जस्तो भएँ । उनले फे रि भने, “हेर, तिमीले सबै घटनाको विवरण दिनु
पर्दैन । तिनलाई उल्लेख मात्रै गरी आफ्नो धारणा देऊ र त्यसैको विश्लेषण गर । उनको
सल्लाह अनुसार मैले त्यो अध्याय फे रि लेखे ँ । घटना-विवरणहरूलाई सके सम्म छोट्ट्याई
तिनलाई विश्लेषणात्मक ढंगबाट प्रस्तुत गर्ने प्रयत्न गरे ँ । परिमार्जित अध्याय हेरिसके पछि
शोध निर्देशकले भने, “अब बल्ल यो शोधपत्र भयो ।” त्यति बेला धरहराको चुच्चोमा
274 | त्रिरत्न मानन्धर

पुगे क ो मै ले अनुभ व गरे ँ । तर उनले सावधान गर्दै भने , “बाँ क ी अध्यायमा पनि घटना
सम्बन्धी विवरण सके सम्म छोटो गर्नू; विश्लेषणमा जोड दिनू ।”
बाँकी अध्याय लेख्दै, गालाघरलाई बुझाउँ दै गरे ँ । उनले दिएका सझा ु व अनुसार परिमार्जन
पनि गर्दै गएँ । अन्ततोगत्वा एकसय तेइस पृष्ठको शोधपत्र तयार गरी विश्वविद्यालयमा बुझाएँ ।
शोधपत्र बुझाएको के ही हप्तापछि नै मेरो मौखिक परीक्षा भयो । सोही विश्वविद्यालयका
इतिहासका प्राध्यापक अनिल सील बाह्य परीक्षक थिए । बे ल ायती विश्वविद्यालयमा
मौखिक परीक्षा सार्वजनिक रूपमा नहुने भएकोले बाह्य परीक्षक र शोध निर्देशक बसी मेरो
मौखिक परीक्षा लिए । उनीहरूको सिफारिशका आधारमा डिग्री कमिटी हुँदै बोर्ड अफ
ग्राजुयट स्टडिजले मलाई स्नातकोत्तर उपाधि प्रदान गर्ने निर्णय ग¥ यो । दीक्षान्त समारोह
हुने बेलासम्म म बेलायत नबस्ने हुनाले के ही दिनपछि नै मैले उपाधिको प्रमाण पत्र पाएँ ।
यहाँनेर एउटा कुरा उल्लेख गर्न चाहन्छु । मेरा शोध निर्देशक गालाघरको निर्देशनमा के ही
विद्यार्थी विद्यावारिधि गर्दै थिए । ती मध्ये एक थिए, भारतका वासुदेव चैटर्जी । उनीसँग
गालाघरकै कोठामा एक दुई पटक भेट भएको थियो । उनले मलाई भनेका थिए, “हेर,
यी क्याम्ब्रिजका इतिहासकारहरू भारतको इतिहासप्रति पूर्वाग्रही छन् । अंग्रेज सरकारले
भारतको जस्तोसुकै रूपमा शोषण गरे तापनि भारतको आधुनि कीकरण तथा त्यहाँ क ा
मानिसमा राजनीतिक चे त ना ल्याउने काम अं ग्रे ज हरूले नै गरे क ा हु न् भन्ने उनीहरूको
दावी हुन्छ । यसबारे गालाघरसँग मेरो मतभेद पनि भएको छ । तिमी पनि सतर्क रहनु ।”
मैले “मेरो विषय त नेपालको इतिहास हो । सायद त्यस्तो अवस्था आउँ दैन होला” भने ँ ।
हुन पनि शोधपत्र तयार गर्ने क्रममा शोध निर्देशकसँग मेरो गम्भीर मतभेद भएन । उनले
दिएका कतिपय सुझावहरू मैले ग्रहण गरे ँ भने कतिपय बँुदामा मैले दिएका स्पष्टीकरणमा
उनले चित्त बुझाए ।
संक्षेपमा भन्नुपर्दा, मेरो करिब एक वर्षको बेलायत प्रवास उपलब्धिपूर्ण रह्यो । विश्वप्रसिद्ध
क्याम्ब्रिज विश्वविद्यालयबाट मैले स्नातकोत्तर उपाधि प्राप्त गरे ँ । तर त्योभन्दा पनि महत्त्वपूर्ण
कुरा, शोधपत्र लेख्ने क्रममा शोध-विधिबारे धेरै कुरा सिक्ने मौका पाएँ । नेपाल फर्के पछि
अब सजिलैसँग विद्यावारिधि गर्नसक्छु भन्ने आत्मविश्वास बढ्यो । कोसिस गरे का भए
छात्रवृत्तिको समय बढाउन र क्याम्ब्रिज विश्वविद्यालयबाट नै विद्यावारिधि गर्न पनि सक्थेँ
हुँला । तर, घरको एक्लो छोरो भएकाले लामो समय विदेशमा बस्न मेरा लागि सम्भव
थिएन । अतः मैले त्यसतर्फ कुनै प्रयास गरिन । नेपालमै विद्यावारिधि गर्ने प्रणका साथ म
नेपाल फर्केँ । नेपाल फर्केर विद्यावारिधिका लागि नाम दर्ता गरे को करिब दुई वर्षपछि नै
शोधपत्र बुझाउन सफल पनि भएँ ।
त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दाको अनुभव | 275

विद्यावारिधिका लागि त्रिविमा नाम दर्ता


वि.सं. २०३४ सालको असारको अन्तिम हप्ता म नेपाल फर्केँ । मैले तुरुन्तै विद्यावारिधिको
लागि नाम दर्ता चाहे,ँ तर २०३४ साउन सत्रको लागि दरखास्त दिने म्याद सकिइसके को
थियो । अतः २०३४ माघ सत्रको लागि निवेदन दिएँ । त्रिविको तात्कालिक नियमानुसार
मैले लेखेका तीन ओटा लेख बुझाउनु पर्थ्यो र तिनै लेखको मूल्यांकनका आधारमा नाम
दर्ता गरिन्थ्यो । साथै, आफ्नो के ही शर्त भए त्यो पनि फाराममा खुलाउनु पर्थ्यो । “डीन
कार्यालयबाट के ही आर्थिक सहयोग प्राप्त भए शोधकार्य गर्नेछु”—मैले फाराममा लेखे ँ ।
तर, यही वाक्यले मेरो दर्ता छ महिना ढिलो हु न गयो । २०३४ माघ बित्दा पनि डीन
कार्यालयबाट कु नै सूच ना नआएपछि मै ले डीनको कार्यालयमा सम्पर्क गरे ँ । आर्थिक
सहयोग सम्बन्धी मेरो शर्तका कारण नाम दर्ता गर्न नमिलेको जवाफ पाएँ । त्यसपछि,
“आर्थिक सहयोग नपाए पनि विद्यावारिधिको लागि कार्य गर्न तयार छु” लेखेर दिएपछि
२०३५ श्रावण सत्रदेखि मेरो नाम विद्यावारिधिको निम्ति दर्ता गरियो ।
त्रिविको नियमानुसार मैले शोध-विधि गोष्ठीमा भाग लिनु अनिवार्य थियो । त्यति बेला
विद्यावारिधिको लागि नाम दर्ता गर्नेहरू थोरै भएकाले विद्यावारिधि नगरे का के ही पुराना
शिक्षकहरूलाई पनि उक्त गोष्ठीमा सहभागी बनाइएको थियो । त्रिविबाटै के ही समय अगाडि
विद्यावारिधि गरे का शिक्षकहरूले शोध-विधि सम्बन्धी प्रवचन दिए; कार्यपत्र प्रस्तुत गरे ।
तर ती प्रवचन तथा कार्यपत्र मेरानिम्ति खासै उपलब्धिपूर्ण थिएनन् ।3 शोध-विधि गोष्ठीमा
भाग लिनुपर्ने थियो, लिएँ । प्रक्रिया पूरा गरे ँ ।
नियमानुस ार गोष्ठीपछि एउटा से मि नार पत्र तयार गरी इतिहास विभागमा बुझा उनु
पर्ने थियो । यसको निम्ति मै ले “ने प ालमा सं विधा नसभा वा सं स द्स म्बन्धी विवाद”
शीर्षकमा सेमिनार पत्र तयार गरे ँ । बे लायतमा बुझाएको शोधपत्रमा मैले यस विषयमा
के ही विश्लेषणात्मक टिप्पणी गरिसके को थिएँ । त्यही विषयलाई थप सामग्री सहित प्रस्तुत
गरे ँ । विभागमा भएको मेरो प्रस्तुतीलाई विशेषज्ञहरूले तारिफ गरे को कुरा म अहिले पनि
सम्झन्छु । उक्त लेख के हीपछि रोलम्बा जर्नलमा छपाएको थिएँ (मानन्धर सन् १९८५) ।
यी प्रक्रिया पूरा गरे पछि मेरो नाम विद्यावारिधिका लागि स्थायी रूपमा दर्ता भयो । र,
विधिवत् रूपमा विद्यावारिधिका लागि सामग्री संकलन गर्ने कार्य शुरू भयो ।

3
यद्यपि, उक्त गोष्ठीको एउटा अप्रत्यक्ष उपलब्धि त अवश्य भयो । उक्त गोष्ठीको अन्तिम
दिनहरूमा हामी के ही पुराना शिक्षकहरूले एउटा शोध प्रस्ताव तयार गरे का थियौ ँ । शोध प्रस्तावको
शीर्ष क थियो—“२००७ सालको आन्दोलनमा क्रान्तिकारी साहित्यको प्रभाव ।” त्यति बे ल ा
क्रान्तिकारी साहित्य कमै मात्रामा लेखिएको र त्यसैले प्रभाव पनि उस्तो नपरे को हाम्रो परिकल्पना
थियो । सोही अनुसार हामीले शोध प्रस्ताव तयार गरे का थियौ ँ । यसबारे डीन कार्यालयले कुनै
चासो देखाएन । हालसम्म पनि यस पक्षबारे अनुसन्धान भएको मेरो जानकारीमा छै न ।
276 | त्रिरत्न मानन्धर

यहाँनेर शोधार्थीले विश्वविद्यालयलाई तिर्नु पर्ने शुल्कबारे पनि के ही कुरा लेखँू । त्यति
बेला शोधार्थीले ज्यादै कम शुल्क तिरे पुग्थ्यो । नाम दर्ता गर्ने दरखास्त दिँदा एकदम कम
शुल्क बुझाए पुग्थ्यो (शुल्कको रकम अहिले याद भएन) । त्यस पछि हुने शोध-विधि गोष्ठी
तथा सेमिनार पत्र बुझाउन, जहाँसम्म मलाई सम्झना छ, अहिलेजस्तो कुनै प्रकारको शुल्क
बुझाउनु पर्दैनथ्यो । शोधकार्य सम्पन्न गरी शोधपत्र नबुझाएसम्म कुनै प्रकारको मासिक
शुल्क बुझाउनु पर्दैनथ्यो । वर्षको दुई पल्ट (साउन र माघमा) अर्धवार्षिक शुल्क बुझाउनु
पर्थ्यो—त्यो पनि के वल २५० रुपैयाँ मात्रै । कुनै शोधार्थीले दईु वर्षभित्र शोधपत्र बुझाउन
सके उसले जम्माजम्मी बुझाउन पर्ने रकम एक हजार रुपैयाँ मात्र हुन्थ्यो । शोधपत्र बुझाउँ दा
न्यून शुल्क तिरे पुग्थ्यो भने मौखिक परीक्षाको निम्ति कुनै शुल्क तिर्नु पर्दैनथ्यो । तात्कालिक
समयमा त्रिविबाट विद्यावारिधि गर्ने शोधार्थीलाई कुनै ठूलो आर्थिक भार पर्दैनथ्यो भन्ने
यसले देखाउँ छ । यसलाई विश्वविद्यालयको सकारात्मक पक्षको रूपमा लिन सकिन्छ ।
त्यति बेला शोध निर्देशक वा आन्तरिक शोध विशेषज्ञलाई पनि ज्यादै कम पारिश्रमिक
दिइन्थ्यो । मेरो जानकारी अनुसार शोधपत्र सम्बन्धी सबै कार्य पूरा भई मौखिक परीक्षा
सम्पन्न भएपछि शोध निर्देशकले ५०० रुपै य ाँ तथा आन्तरिक शोध विशेषज्ञ प्रत्येकले
३५० रुपैयाँ पाउँ थे । यसबाट त्यति बेला पारिश्रमिकभन्दा सेवा-भावना उच्च रहेको स्पष्ट
हुनुको साथै शोध निर्देशक वा शोध विशेषज्ञलाई एउटा सम्मानको रूपमा लिने गरिन्थ्यो
भन्ने बुझिन्छ ।

शोधको विषय र शोध-प्रक्रिया


मेरो शोधको विषय थियो—वि.सं. १९३३ देखि १९४२ सम्मको नेपालको राजनीति । र,
यसलाई मैले शीर्षक दिएको थिएँ—“नेपाल : द इयर्स अफ ट्रबल (सन् १८७७–१८८५) ।”4
बेलायतमा अध्ययन गर्न जानुभन्दा अगाडि नै उक्त विषयमा शोधकार्य गर्ने लगभग निधो
गरिसके काले मलाई शोध विषय छान्न कुनै कठिनाइ भएन । उक्त विषय/समय छान्नुका
मुख्य दुई कारण थिए । पहिलो, उक्त अवधिका दुई मुख्य घटना—अठ्तीस साल पर्व र
बयालीस साल पर्व—बारे बाबुराम आचार्यका दइु टा लेख (आचार्य २०१३, २०१४) बाहेक
अन्य कुनै खास विवरण पाइँदैनथ्यो । दोस्रो, सो अवधिमा नेपाल र भोटबीच विवाद भई
4
त्यति बेलाको नियम अनुसार भाषासम्बन्धी विषय बाहेक अन्यमा विद्यावारिधि शोधपत्र
अंग्रेजीमा लेख्नु पर्थ्यो । ने पालीमा लेख्न चाहेमा अनुसन्धान समितिको स्वीकृति चाहिन्थ्यो ।
दिल्लीमा संकलन गरिएका सम्पूर्ण सामग्री अंग्रेजीमा भएको र यिनै सामग्री मेरो शोधपत्रको एउटा
प्रमुख स्रोत भएकाले मैले अंग्रे जीमा नै शोधपत्र तयार गर्ने निर्णय गरे । साथै , ने पालीमा भन्दा
अंग्रेजीमा लेखिएको शोधपत्रका सम्भावित पाठक (अंग्रेजी भाषामा काम गर्ने विदेशी अनुसन्धाता
पनि) धेरै हुन्थे । यसले पनि मलाई विद्यावारिधि शोधपत्र अंग्रेजीमा लेख्न थप प्रेरित ग¥ यो ।
त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दाको अनुभव | 277

युद्ध हुने स्थिति पैदा भएको थियो, जसबारे उल्लेख्य के ही लेखिएको थिएन । संस्कृति
विभागका शिक्षक साथी मुकु न्दराज अर्यालले सो विवाद सम्बन्धित थुप्रै अप्रकाशित
दस्तावेज मलाई दिएका थिए । त्यसबाट धेरै नयाँ कुरा अगाडि आउँ थ्यो । यसको साथै,
त्यति बे ला डायमण्ड शमशेर राणाले ले खेको बहु चर्चित उपन्यास सेतो बाघ (२०३५)
बजारमा आइसके को थियो । उक्त उपन्यासमा देखिएका इतिहास सम्बन्धी भद्दा गल्तीहरूलाई
चिर्दै सत्य-तथ्य अगाडि ल्याउने पनि मेरो अभिलाषा थियो । अठ्तीस साल र बयालीस
साल पर्वपछि नेपालका राजपरिवार र राणा परिवारका प्रमुख व्यक्तिहरू अंग्रेज सरकारको
शरणमा भारतमा बसेका हुनाले भारतीय अभिलेखालयमा ती विषयसँग सम्बन्धित धेरै
दस्तावेज हुने र तीबाट धेरै नयाँ तथ्य अगाडि आउने मेरो विश्वास थियो ।
त्यति बे ला राजनीतिक इतिहासको सट्टा सामाजिक वा आर्थिक पक्षमा शोधकार्य
गर्न के हीले मलाई सल्लाह पनि दिएका थिए । तर नयाँ तथ्यलाई अगाडि ल्याई प्राज्ञिक
ढंगबाट विश्लेषण गर्न सके त्यो पनि एउटा महत्त्वपूर्ण देन हुने विश्वास गरी मैले राजनीतिक
इतिहासमा नै शोधकार्य गर्ने निधो गरे ँ । तुलसीराम वैद्य मेरा गुरु भएकाले मैलै उनलाई नै शोध
निर्देशक बनाइदिन अनुरोध गरे ,ँ जसलाई डीन कार्यालयले स्वीकार ग¥ यो । वैद्यले २०१७
सालमा अलाहवाद विश्वविद्यालयबाट एमए र सोही विश्वविद्यालयबाट २०३१ सालमा
विद्यावारिधि उपाधि प्राप्त गरे का थिए । आन्तरिक विशेषज्ञमा इतिहास विभागका प्रमुख
माधवराज पाण्डे तथा पटना विश्वविद्यालयका प्राध्यापक वीरे न्द्र वर्मा नियुक्त भएका थिए ।
मेरो शोधकार्यको लागि सामग्री संकलनको प्रमुख के न्द्र नेपालको परराष्ट्र मन्त्रालय
थियो । जैसी कोठाका नामले परिचित उक्त कार्यालयमा नेपालको इतिहाससँग सम्बन्धित
अप्रकाशित कागजपत्र लाखौकँ ो संख्यामा छन् भन्ने सुन्दै आएका छौ ँ । के ही अपवादलाई
छाड् ने हो भने ती दस्तावे ज कसै ले पनि अध्ययन गर्न पाएका छै न न् । धे रै वर्ष अ गाडि
चित्तरञ्जन नेपालीले आफ्ना बुबा मेदिनीप्रसाद राजभण्डारीको सौजन्यबाट त्यहाँका के ही
कागजपत्र अध्ययन गरे का थिए । विदेशी लेखकमध्ये लियो ई. रोजले पनि के ही दस्तावेज
अध्ययन गरे को देखिन्छ । अर्का लेखक असद हुसैनले राजा महेन्द्रको सोझो तोक-आदेशमा
त्यहाँका कागजपत्र हेर्न पाएका थिए । परराष्ट्र मन्त्रालयका ती कागजपत्र अध्ययन गर्न
राजदरबारको स्वीकृति चाहिन्थ्यो, जुन प्राप्त गर्न साधारणजनलाई असम्भवप्रायः थियो ।
तर, इतिहास विभागका शिक्षक हेमन्त राणाको अथक प्रयासबाट त्यो कार्य सम्भव भयो ।
हामी चार जना इतिहासका शिक्षकहरू—हेमन्त राणा, प्रेमरमण उप्रेती, कृ ष्णकान्त अधिकारी
र म स्वयम्—ले त्यहाँका कागजपत्र अध्ययन गर्ने मौका पायौ ँ ।
जैसी कोठास्थित ती “अमूल्य” कागजपत्रको जिम्मा सुब्बा हरिप्रसादलाई दिइएको
थियो । २०३० सालमा सिंहदरबारमा आगलागी हुँदा ती कागजपत्रहरू नष्ट हुने थिए, तर
आफ्नो व्यक्तिगत प्रयासले आधारातमा सिंहदरबार गई उक्त कागजपत्रका पोकाहरू सुरक्षित
278 | त्रिरत्न मानन्धर

साथ चौरमा फ्याँके र बचाएको उनको दावी थियो । त्यस्तो काम गरे बापत आफू ले के ही
नपाएको गुन ासो उनी पछिसम्म गर्थे । जे होस्, सुब ्बा हरिप्रसादको रोहवरमा हामीले
त्यहाँका कागजपत्र अध्ययन गरी आवश्यक टिपोट ग¥ यौ ँ ।
शोधकार्यको निम्ति सामग्री संकलनको अर्को प्रमुख के न्द्र थियो, नयाँ दिल्लीस्थित
भारतीय राष्ट्रिय अभिलेखालय । म सके सम्म छिटो दिल्ली गई ती दस्तावेज अध्ययन
गर्न चाहन्थे । गर्मी महिनामा दिल्लीमा काम गर्न मेरा लागि असम्भवजस्तै थियो । मैले
सो कार्यको लागि डीन कार्यालयसँ ग के ही आर्थिक अनुदा न मागे ँ । प्रेमरमण उप्रेतीले
पनि नेपाल-भोट सम्बन्धबारे पुस्तक (उप्रेती सन् १९८०) लेख्नका लागि त्यस्तै अनुदान
मागे । दुवैले के ही आर्थिक सहयोग पाएपछि २०३५ सालको पुस महिनामा बस र रे लबाट
सफर गर्दै हामी दिल्ली पुग्यौँ । हुन त हामीले काठमाडौसँ ्थित भारतीय राजदूतावासबाट
अभिलेखालयको नाममा सिफारिश पत्र लिएर गएका थियौ,ँ तर त्यसले त्यहाँ काम गरे न ।
त्यहाँको कागजपत्र अध्ययन गर्न गृह, परराष्ट्र तथा शिक्षा मन्त्रालयहरूको स्वीकृति चाहिँदो
रहेछ र त्यसका लागि कम्तीमा पनि एक महिना लाग्ने हामीलाई बताइएपछि हामी निराश
भयौ ँ । नेपाली राजदूतावासका तात्कालिक सांस्कृतिक सहचारी मानिकरत्न बज्राचार्यसँग
हामीले सहयोग माग्यौँ । उनले आधिकारिक रूपमा नै एउटा सिफारिश पत्र तयार गरी
हामीलाई मद्दत गरे । उनकै आग्रहमा साउथ ब्लक (भारतको परराष्ट्र मन्त्रालय) मा साउथ
एशिया डे स्क हेर्ने राजीव डोग्रा तथा अभिलेखालयका उपमहानिर्देशक एस.के . सरकारले
पनि हामीलाई ठू लो सहयोग गरे । फलस्वरूप तीन हप्ता नबित्दै हामीले कागजपत्रहरू
अध्ययन गर्ने स्वीकृति पायौ ँ ।
उक्त अभिलेखालयमा नेपाल सम्बन्धी सामग्रीको सागर नै रहेको मैले अनुभव गरे ँ । ती
सामग्रीलाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ : १) नेपाल सरकारले ब्रिटिश
रे जिडेण्ट मार्फत पठाएका दस्तावेजहरूको अंग्रेजी अनुवाद र तिनमा भएका उच्चस्तरीय
छलफल; २) नेपालस्थित ब्रिटिश रे जिडेण्टले विभिन्न समयमा पठाएका नेपाल सम्बन्धी
वर्णन र के ही खास विषयसँग सम्बन्धित दस्तावेज/प्रतिवेदनहरू; र ३) विभिन्न समयमा
ब्रिटिश अधिकारीहरूले गरे का नेपाल सम्बन्धी अध्ययन र तिनमा भएका छलफल ।
अभिलेखालय सातै दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्थ्यो । मैले सातै
दिन बिहानैदेखि बेलुकीसम्म अभिलेखालय काम गरे ँ । दिउँ सोको खाना त्यहाँकै क्यान्टिनमा
खान्थेँ, जुन एकदम सस्तो थियो । के वल पचासी पैसामा दाल-भात-तरकारी खान पाइन्थ्यो ।
अभिले ख ालयमा रहेक ा कागजपत्रमध्ये धे रै ज सो मै ले हातै ले सारे ,ँ तर सम्भव नभएका
के ही दस्तावेज भने फोटोकपी गर्न लगाएँ । करिब एक महिनासम्मको कठिन परिश्रमपछि
सामग्री संकलनको कार्य सकियो । अभिलेखालयबाट फर्कँदा संकलित सामग्रीको गह्रौँ
भारी बोके र म फिर्ता आएको थिएँ ।
त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दाको अनुभव | 279

नेपाल फर्के पछि पुनः परराष्ट्र मन्त्रालय गई बाँकी दस्तावेज संकलन गरे ँ । त्यसपछि
भद्रकालीस्थित शाही नेपाली जंगी अड्डामा रहेका कागजपत्र अध्ययन गरे ँ । त्यहाँका
कागजपत्र विशेष गरी सैनिक इतिहाससँग सम्बन्धित थिए, तापनि दुई ओटा दस्तावेज
मेरा लागि अत्यन्तै महत्त्वपूर्ण सावित भए । ती थिए—अठ्तीस साल पर्वमा मृत्युदण्ड
पाएका व्यक्तिहरूले व्यक्त गरे का उद्गार तथा जगतजंगका क्रियाकलापमाथि नेपाल सरकारले
लगाएको अंकुश र त्यसबारे का विवाद । त्यसबाहेक, नेपाल-भोट सम्बन्ध र गोर्खाभर्ती
सम्बन्धी विवादबारे का कागजपत्र पनि मेरा लागि महत्त्वपूर्ण थिए ।
सामग्री संकलनकै सिलसिलामा त्रिविको नेपाल र एशियाली अनुसन्धान के न्द्र तथा
कौसीतोसा खानामा रहेका सामग्री पनि अध्ययन गरे ँ । यी दुवै ठाउँ मा मलाई काम लाग्ने
सामग्री खासै प्राप्त भएनन्, तर जंगबहादुरको अन्तिम समयतिर गुरुङहरूले गरे का विद्रोह
तथा मनोहरा दरबारमा जगतजंग र युद्ध प्रतापजंगको विलासी जीवन सम्बन्धी दस्तावेज मैले
ती कार्यालयमा भेट्टाएँ ।5 त्यसपछिको मेरो गन्तव्य स्थल थियो—के शर पुस्तकालय, जहाँ
के ही अप्राप्य पुस्तक अध्ययन गर्ने मौका मैले पाएँ । तीमध्ये दुई ओटा ग्रन्थको उल्लेख
यहाँ गर्न चाहन्छु । एउटाः श्री ३ महाराज वीर शमशेरको जीवनी नामक हस्तलिखित सचित्र
ग्रन्थ र दोस्रोः उन्नाइसौ ँ शताब्दीको भारतीय पात्रो (जथाभाई सन् १९१२) । पहिलो ग्रन्थमा
अठ्तीस साल पर्व सम्बन्धी के ही महत्त्वपूर्ण कुरा उल्लेख छन् र रणोद्दीपको हत्याको साइत
शिरोमणि आचार्यले दिएको कुरा त्यसमा किटानीसाथ लेखिएको छ ।6 दोस्रो पुस्तकमा
विक्रम संवत्‌का तिथि-मितिलाई अंग्रेजी क्यालेण्डरको तारिखमा परिवर्तन गर्ने विधि विस्तृत
रूपमा वर्णन गरिएको छ, जुन मेरा लागि एकदमै महत्त्वपूर्ण थियो ।
मेरो शोधपत्र मूलतः दस्तावेजहरूमा आधारित भएकाले तिनमा अन्य पुस्तक तथा
लेखहरूको उपयोग कमै मात्रामा भएको छ । तथापि, जेजति पुस्तक/लेख प्रयोग भएका
छन् तीमध्ये के ही महत्त्वपूर्ण थिए । तात्कालिक रे जिडेन्सी सर्जन जिमलेट (सन् १९२८)
तथा अमेरिकी लेखक हेनरी वालिण्टाइन (सन् १८९६) का पुस्तक; चिरञ्जीवी पौड्यालको
आफ्नु कथा (२०२१) र बालकृ ष्ण समको मेरो कविताको आराधन (२०२३); साथै कमल
दीक्षित (२०३५क, २०३५ख, २०३५ग, २०३५घ) र नयराज पन्त (२०२८, २०३०) द्वारा
लिखित लेख मेरा लागि महत्त्वपूर्ण स्रोत थिए ।

5
गुरुङहरूको विद्रोहबारे दस्तावेजसहित पछि मैले एउटा लेख रोलम्बा जर्नलमा प्रकाशन
गरे ँ (मानन्धर सन् १९८३) । त्यसै गरी, जगतजंग र युद्ध प्रतापजंगको विलासी जीवनबारे आफ्नो
किताबमा विस्तृत रूपमा उल्लेख गरे को छु (मानन्धर सन् १९८६) ।
6
उक्त ग्रन्थ के ही वर्ष अगाडि दिनेशराज पन्तले पुस्तकका रूपमा प्रकाशन गरे का छन् (पन्त
२०६६) ।
280 | त्रिरत्न मानन्धर

करिब एक वर्षको प्रयासपछि सामग्री संकलनको काम सकियो । त्यसको छ-सात


महिनापछि शोधपत्र पनि ले खे र सिध्याएँ । माथि उल्लेख गरे झै ँ मे रा एक जना शोध
विशेषज्ञ पटना विश्वविद्यालयका प्राध्यापक वीरे न्द्र वर्मा थिए । डीन कार्यालयले उनलाई
एक हप्ताको लागि ने प ाल बोलायो । पूरै सात दिन उनीसँ ग बसे र आफ्नो शोधपत्रको
मस्यौदा देखाएँ, र उनीबाट के ही महत्त्वपूर्ण सुझाव पनि प्राप्त गरे ँ । यति भइसके पछि करिब
३५० पृष्ठको शोधपत्र टाइप गरी २०३७ सालको असोजमा डीन कार्यालयमा बुझाएँ ।
तर, मूल्यांकन कार्य सम्पन्न हुन एक वर्षभन्दा बढी समय लाग्यो । अन्ततोगत्वा २०३८
साल माघ महिनाको बाला चतुर्दशीका दिन पद्मकन्या क्याम्पसस्थित डीन कार्यालयमा
मेरो मौखिक परीक्षा भयो । बाह्य परीक्षक थिए, अलाहवाद विश्वविद्यालयबाट सेवा-निवृत्त
भएका प्राध्यापक ओमकार प्रसाद (ओपी) भट्नागर । उनले राखेका जिज्ञासाहरूको मैले
सन्तोषजनक स्पष्टीकरण दिएँ । उनकै सिफारिशमा त्यही दिन बसेको अनुसन्धान समितिको
बैठकले मलाई विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय ग¥ यो । उपाधि प्राप्त गरे को करिब
पाँच वर्षपछि (२०४३ साल) मैले आफ्नो शोधपत्रलाई पुस्तकको रूपमा प्रकाशित गरे ँ
(मानन्धर सन् १९८६) । त्यति बेला साथीहरूले मलाई शोधपत्रमा आवश्यक परिमार्जन
गरे र मात्रै छाप्न सल्लाह दिएका थिए । तर, मैले त्यसको आवश्यकता महशुश गरिन ।
मैले कुन शोधपत्रको आधारमा उपाधि प्राप्त गरे ँ भन्ने कुरा सार्वजनिक रूपमा नै देखाउन
चाहन्थेँ । तर, पछिका अनुस न्धानकर्ताहरूको हितलाई ध्यानमा राखी के ही महत्त्वपूर्ण
अप्रकाशित दस्तावेजहरू भने परिशिष्टको रूपमा थप गरे ँ ।
कुनै प्रकारको अध्ययन-बिदा र छात्रवृत्ति नलिइकन, नाम दर्ता गरे को २ वर्ष ३ महिना
भित्रमा मैले विद्यावारिधिको शोधपत्र सम्बन्धी सबै कार्य पूरा गरे को थिएँ । त्यति बेला
त्रिविमा अध्ययन-बिदा या स्वअध्ययन बिदाका साथै छात्रवृत्तिको पनि चरम दुरुपयोग
भइरहेको महशुश गरी मैले कुनै बिदा नलिई विद्यावारिधि गरे को थिएँ । सामग्री संकलन
र शोधपत्र लेख्ने क्रममा पनि मैले नियमित रूपमा एमएका कक्षाहरू लिँदै गरे ँ र विभागीय
कार्यहरूमा पनि संलग्न हुँदै रहे ँ । हप्तामा ४–५ पिरियड कक्षा लिँदैमा शोध कार्य गर्न या
लेख्न मलाई कुनै व्यवधान भएन । सामग्री संकलनका लागि दिल्ली जान जाडो बिदाको
समयलाई प्रयोग गरे को थिएँ । लामो समयको तलबी अध्ययन बिदाको चरम दुरुपयोग गर्ने
प्रवृत्तिको विरुद्ध साहसिक काम नै गरे ँ भन्ने मलाई लाग्छ, र यसमा मलाई गर्व पनि छ ।
यसलाई अरूले आत्मप्रशंसा पनि भन्लान्, तर मैले यो अवधिलाई आफ्नो जीवनको एउटा
महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको छु । उपाधि पाएर मात्रै हुँदैन त्यसलाई धान्न पनि
सक्नु पर्छ भन्ने मान्यता राख्दै विद्यावारिधि गरिसके पछि पनि म थप अध्ययन-अनुसन्धान
र प्रकाशन गर्नेतर्फ लागिरहे ँ ।
त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दाको अनुभव | 281

सन्दर्भ सामग्री
आचार्य, बाबुराम । २०१३ । राणाशाही र षड्यन्त्र । शारदा २१(५) : १–८ ।
आचार्य, बाबुराम । २०१४ । जसको तरवार उसको दरबार । शारदा २२(२) : १–५ ।
दीक्षित, कमल (क.दी.) । २०३५क । ‘डंडवत् गरीवक्सीयो’। नेपाली ७५ : २ र ५०–५२ ।
दीक्षित, कमल (क.दी.) । २०३५ख । कीर्तिमानका धीरशमशेर । नेपाली ७६ : ३–१७ ।
दीक्षित, कमल (क.दी.) । २०३५ग । रणोद्दीपसिंह राणा । नेपाली ७६ : १८–४२ ।
दीक्षित, कमल (क.दी.) । २०३५घ । जङ्गबहादुर : तीन टिपोट । नेपाली ७६ : ४३–५८ ।
पन्त, दिनेशराज । २०६६ । श्री ३ वीर शमशेरको जीवनचरित्र । काठमाडौ ँ : खिलशर्मा
राजीवलोचन जोशी स्मारक प्रतिष्ठान ।
पन्त, नयराज । २०२८ । श्री ३ महाराज रणोद्दीपसिंह । पूर्णिमा २५ : ३९–६० ।
पन्त, नयराज । २०३० । प्रधानमन्त्री बमबहादुर र श्री ३ रणोद्दीपसिंहको विषयमा के ही
कुरा । नेपाली ५८ : १९–२६ ।
पौडयाल, चिरञ्जीवी । २०२१ । आफ्नु कथा । ललितपुर : जगदम्बा प्रकाशन ।
मानन्धर, त्रिरत्न । सन् १९८३ । राणा शासन विरुद्ध गुरुङहरूको विद्रोह । रोलम्बा ३(४) :
४–६ ।
मानन्धर, त्रिरत्न । २०७६ । त्रिभुवन विश्वविद्यालयमा पढ्दा र पढाउँ दा । समाज अध्ययन
१४ : १८१–१९७ ।
राणा, डायमण्ड शमशेर । २०३५ । सेतो बाघ । काठमाडौ ँ : रत्न पुस्तक भण्डार ।
सम, बालकृष्ण । २०२३ । मेरो कविताको आराधन । काठमाडौ ँ : नेपाल राजकीय प्रज्ञा
प्रतिष्ठान ।
Ballantine, Henry. 1896. On India’s Frontier: Or, Nepal: The Gurkhas’
Mysterious Land. London: George Redway.
Gimlette, G.H.D. 1928. Nepal and the Nepalese. London: H.F. & G.
Witherby.
Jethabhai, Jagjivan Ganeshji. 1912. 100 Years’ Indian Calendar:
Containing Christian, Samvat, Saka, Bengali, Mulki, Mugee, Burmese,
Yazdejardi, Fasli, Nauroz and Hizri Eras with Their Corresponding
Dates from 1845 to 1944 A.D. Kathiawar: Jashvantsinhji Printing
Press.
Manandhar, Tri Ratna. 1977. Constitutional Development in Nepal,
1948–1962. MA thesis, University of Cambridge.
282 | त्रिरत्न मानन्धर

Manandhar, Tri Ratna. 1985. The Constituent Assembly versus Parliament


Issue in Nepal. Rolamba 5(1): 17–22.
Manandhar, Tri Ratna. 1986. Nepal: The Years of Trouble (1877–85).
Kathmandu: Purna Devi Manandhar.
Uprety, Prem R. 1980. Nepal-Tibet Relations, 1850–1930: Years of
Hopes, Challenges, and Frustrations. Kathmandu: Puga Nara.

लेखक परिचय
त्रिभुवन विश्वविद्यालयबाट एमए र पिएचडी तथा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट
इतिहासमा स्नातकोत्तर उपाधि प्राप्त गरे का त्रिरत्न मानन्धर ४० वर्षसम्म त्रिवि इतिहास
विभागमा शिक्षकका रूपमा कायर्रत रहे । त्यसबीच उनले आठ वर्ष मानिवकी संकायको
डीनको रूपमा कार्य गरे । त्रिवि सेवाबाट अवकाश प्राप्त गरे पछि लमु ्बनी बौद्ध विश्वविद्यालयको
उपकुलपतिको कार्यभार चार वर्ष (२०६६–२०७०) सम्हाले । नेपालको इतिहास र संस्कृत
सम्बन्धी उनका १९ ओटा पुस्तक तथा १५० भन्दा बढी लेख प्रकाशित छन् । ईमेल :
trmanandhar@hotmail.com

You might also like