Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 5

१.

पृष्ठभूमिः
कक्षा शिक्षण गरिसके पछि विद्यार्थीले के कति बुझ्ने जान्ने भने घरबाट गरेर ल्याउने गरिदिने कामलाई
गृहकार्य भनिन्छ । छोटकरीमा भन्दा घरमा गर्ने कामलाई गृहकार्य भनिन्छ । शिक्षण कार्य प्रति
विद्यार्थीलाई क्रियाशील बनाउन गृहकार्य दिने गरिन्छ । कक्षाकोठामा सञ्चालन गरिने शिक्षण सिकाइ
क्रियाकलापको संगठनका पश्चात् शैक्षिक शिक्षण क्रियाकलापलाई थप सहयोगको रुपमा पनि
गृहकार्यलाई स्वीकार गरिन्छ । गृहकार्यले विद्यार्थीको आदर्श र विश्वास माथि उठाउन सहयोग पुर्याउँछ
र विद्यार्थीको लागि ज्ञान आर्जनको लागि भरपर्दो साधनाको रूप मा काम गर्दछ । गृहकार्य, तालिम
अप्राप्त तथा शैक्षणिक सीप कम भएको शिक्षकले पनि सजिलै विद्यालय तहसम्म अध्ययनरत सबै
विद्यार्थीहरुलाई घरमा गर्न लगाएर पनि अधिकांश विद्यार्थीहरुले कक्षामा दैनिक रुपमा गृहकार्य
विद्यालयमा ल्याउँदैनन् । जसको असर शिक्षण सिकाईमा पनि परेको छ ।
शिक्षकले पेशागत जिम्मेवारी मध्ये विद्यार्थीहरु लाई अनिवार्य रुपमा कक्षामा गृहकार्य
नियमित रूपमा दिएर नियमित ल्याउने गराउनु पनि हो । तसर्थ कक्षाकोठामा नियमित गृहकार्य
नल्याउने विद्यार्थीलाई कक्षाकोठामा नियमित गृहकार्य ल्याउने बनाउनु पनि चासोको विषय भएकोले
मैले यस सम्बन्धमा कक्षा ११ मा अध्ययनरत कक्षाकोठामा गृहकार्य नलिई आउने के ही विद्यार्थीहरु
लाई गृहकार्य नियमित ल्याउन सहयोग पुगोस् भनी यो कार्यमुलक अनुसन्धानको कार्य गरेको छु ।
यस लघु अनुसन्धानबाट प्राप्त सूचनाअनुसार विद्यार्थीहरु लाई दैनिक अध्यापनको क्रममा
विषयगत गृहकार्यको अनिवार्य आवश्यकता पर्ने शिक्षकले पढाएका मुख्य मुख्य बुँदाहरू टिपोर्ट गरी
घरमा थप अध्ययन गर्न, विद्यार्थी-विद्यार्थी तथा शिक्षक-विद्यार्थीबीच एकआपसमा छलफल गरी
सिकाइमा सहजीकरण गर्न, विषयवस्तुको समीक्षा गर्न, पाठ्यपुस्तकले निर्दिष्ट गरेका कु राहरु यथासक्य
चाँडो सम्पन्न गर्न, पाठको उद्देश्य पूरा गर्न, विद्यार्थीलाई पाठ प्रति ध्यान आकर्षित गराउन,
विद्यार्थीहरुले कु नै कु रा सिक्दा सुरुमा धेरै कठिनाइ हुन्छ, त्रुटि हुन्छ । गाह्रो भयो भनेर छाडिदिनु हो भने
कहिले पनि सिकाए हुँदैन तर त्यसलाई लगातार अभ्यास गरि रहने हो भने असम्भवलाई पनि सम्भव
बनाइदिन्छ । जसको फलस्वरुप आफ्नो लक्ष्य प्राप्त गर्न गृहकार्यबाट सफल हुन्छ । पाठ्यपुस्तकमा
भएका अन्य थप क्रियाकलापहरु गर्न गराउनसमेत गृहकार्यको आवश्यकता पर्ने हुन्छ । कक्षामा के
पढाउने के पढ्ने कति पढ्ने भन्ने जस्ता कु राहरुमा शिक्षक विद्यार्थी दुवैको अन्यौल निराकरण गर्ने
कार्यमा समेत गृहकार्यले सहयोगी भूमिका निर्वाह गरेको हुन्छ ।
२. उद्देश्यः
विद्यार्थीहरुलाई नियमित रुपमा गृहकार्य ल्याउन अभिप्रेरित गर्नु ।
३. अनुसन्धान सञ्चालन प्रक्रियाः
३.१. अनुसन्धानको सुरुवात
मैले कक्षा ११ मा नियमित रूपमा अध्यापनको कार्य गर्ने क्रममा कक्षामा के ही विद्यार्थीहरुले
कक्षाकोठामा गृहकार्यहरु नल्याएर आउने गरेको पाएँ । विभिन्न मूल्याङ् कन हरुबाट ती विद्यार्थीहरू
पढाइएमा समेत नियमित कक्षा कोठामा गृहकार्य ल्याउने विद्यार्थी भन्दा कमजोर पनि देखिए जसबाट
मलाई यस विषयमा लघु अनुसन्धान गर्ने विचार आयो । यसको लागि मैले विभिन्न पुस्तकहरू,
पत्रिकाहरू, सहकर्मी, शिक्षकहरुलाई स्रोतको रूपमा प्रयोग गरि यो अनुसन्धानको सुरुवात गरे ।
३.२. तथ्याङ् कन संकलन
यस अनुसन्धानका लागि मैले कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरु लाई जनसंख्याको रूपमा
लिए । त्यसपछि उक्त दशकमा मध्यबाट नियमित रुपमा कक्षा कोठामा सबै ‍विषयका पाठ्यपुस्तक
ल्याउने ५ जना र नियमित रूपमा कक्षाकोठा पाठ्यपुस्तक नल्याउने ५ जना गरी कु ल १० जना
विधार्थीहरुलाई प्रश्नावली भर्न लगाए आवश्यक सूचनाको संकलन गर्ने कार्य गरे सहकर्मी शिक्षकहरू
र नमुनाको रुपमा छनौटमा परेका विद्यार्थीहरु संग यस बिषयमा प्रत्यक्ष छलफलको कार्य पनि गरे ।
कार्यमुलक अनुसन्धान र अनुसन्धानको यस विषयमा फे ला परेका साहित्यहरुको समेत अध्ययन गरेर
आवश्यक सूचना एवं तथ्याङ् कको सङ् कलन गर्ने कार्य पनि गरे ।
३.३. तथ्याङ् क विश्‍लेषण
यस अध्ययनका लागि मुख्य उत्तर दाताका रुपमा छनौट गरेका विद्यार्थी देखाएका प्रश्नहरु
सोधिएको थियो ।
- कक्षामा पढाइ हुने विषयका गृहकार्यहरुको आवश्यकता छ कि छैन ?
- यदि छ भने किन?
- कक्षामा पढाइ हुने विषयका गृहकार्य ल्याउनु नल्याउनु को कारणहरु के के हुन् ?
- कस्ता सुविधाहरु भएको अवस्थामा कक्षा पढाइ हुने विषयका गृहकार्य ल्याउन सक्छौं ?
यस अनुसन्धानका लागि उपयुक्त प्रश्नावली को आधारमा विद्यार्थीले दिएका सूचनाहरू
सकारात्मक एवं सराहनीय थिए । उनीहरुबाट प्राप्त सूचनाहरू कै आधारमा भन्नुपर्दा नियमितरुपमा
कक्षा कोठामा पढाइ हुने विषयका गृहकार्यहरूको नितान्त आवश्यकता पर्ने र गृहकार्य बिना अध्ययन
अध्यापन कार्य अव्यवस्थित र अधुरो हुने कु राको जानकारी पाइयो ।
४.१ विद्यार्थीले कक्षाकोठामा गृहकार्य नल्याउनुका कारणहरुः
यस अनुसन्धानको निष्कर्षबाट ज्ञान भएअनुसार निम्नलिखित कारणहरूले गर्दा विद्यार्थीहरू
कक्षामा पढाइ हुने विषयको गृहकार्य नल्याएर आउने थाहा भयो ।
- कक्षामा नियमित तालिका अनुसार पढाइ नगरिने भएकोले,
- घरायसी काममा खटिनु परेको दिन हतारमा विद्यार्थी आउनुपर्ने भएकाले,
- घरमा १ ठाउँमा राखेका पाठ्यपुस्तक स-साना भाइबहिनीहरू र अभिभावकले चलाएर अर्कै ठाउँमा
राख्नाले,
- कमजोर आर्थिक अवस्थाका कारण साझामा उज्यालो नभएर,
- गृहकार्य गर्ने समयमा अभिभावकले अन्य कामका लागि अह्राउने गरिदिनाले,
- विद्यार्थीलाई गृहकार्य गर्न अभिभावकहरुको सहयोग गर्ने बानी नभएकाले,
- विद्यार्थी स्वयम् पढाई प्रति लगनशील नभएर,
- अप्ठ्यारा (खासगरी अंग्रेजी, गणित, विज्ञान) विषय प्रति विद्यार्थीको रुची नभएर ।
४.२ विद्यार्थीले कक्षाकोठामा गृहकार्य नलिई जाँदा भोग्‍नु पर्ने समस्याहरु
यस अनुसन्धानको निष्कर्षबाट ज्ञान भएअनुसार निम्नलिखित कारणहरूले गर्दा विद्यार्थीहरू
कक्षामा पढाई हुने विषयको गृहकार्य नल्याएर आउँदा निम्न लिखित समस्याहरु उत्पन्‍न हुन सक्ने
सम्भावना रहन्छ,
- अध्यापन कार्य प्रति विद्यार्थीको ध्यान के न्द्रित गराउन कठिनाइ,
- कक्षामा अनुशासन कायम गराउन कठिनाइ,
- शिक्षण कार्य सम्पन्न गर्न थप सहयोग नहुने,
- विषय के न्द्रित छलफल अन्तरक्रिया गर्न वा कठिनाई,
- पाठ्यपुस्तकमा दिइएका अभ्यासहरू गराउन कठिनाइ ।
४.३ विद्यार्थीले कक्षाकोठामा गृहकार्य नलिई जाँदा भोग्‍नु पर्ने समस्या समाधानका उपायहरु
यस अनुसन्धानका लागि छनौट गरिएका मुख्य उत्तर दाताहरू र सहकर्मी शिक्षकहरू सँगको
प्रश्नोत्तर छलफल एवं विभिन्न साहित्यहरुको अध्ययनबाट विद्यार्थीहरूले कक्षामा पढाइ हुने विषयको
गृहकार्य नलिई जाँदा भोग्नु पर्ने विभिन्न समस्याहरुको समाधानका लागि निम्न लिखित उपायहरु को
अवलम्बन गर्न सकिन्छ ।
- विद्यार्थीहरूले कक्षामा पढाइ हुने विषयका गृहकार्य के कारणले नल्याएको हो । सोको जानकारी
लिई
प्राप्त जानकारी अनुसार को समस्या समाधानका लागि उत्तम उपाय खोजी गरी कार्यान्वयन गर्ने,
- प्रत्येक दिन शिक्षक हरुले सबै विद्यार्थीसँग आफू ले पढाउने विषयको गृहकार्य गरे नगरेको,
- एकीन गरी नभएको भेटिएमा कारण पत्ता लगाई समाधानको उपाय अपनाउने,
- गृहकार्य गर्दाका फाइदाहरूका बारेमा समसामयिक प्रसंग मिलाई विद्यार्थीहरु लाई प्रभावित पार्ने
खालका रोचक कथा, महान व्यक्तित्व, जीवनी आदि सुनाएर प्रेरित प्रेरित गर्ने,
- विषय शिक्षकहरुले नियमित उपस्थित भई अध्यापन गर्ने र कु नै कारणले कु नै दिन ऊ अनुपस्थित
रहनुपर्ने अवस्थामा सम्भव भए सम्म विद्यार्थीहरुले पूर्वजानकारी गराउने यसरी जानकारी गराउँदा पुन
आफू कक्षामा उपस्थित हुने दिनको समेत जानकारी गराउने,
- नियमित रुपमा कक्षामा गृहकार्य लिई आउने विद्यार्थीलाई पुरस्कृ त गर्ने, आदी ।
५. सिके को पाठ
यस लघु अनुसन्धानको कार्यबाट विद्यार्थीहरुले अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्नका
लागि कक्षामा पढाइ हुने विषयका पाठ्यपुस्तकहरू नियमित ल्याउन आवश्यक छ भन्ने कु राको बुझाइ
भएको छ । कक्षा कोठामा पढाई हुने सबै विषयका पाठ्यपुस्तकहरुको नियमितता गराउन सके मा
कक्षामा अनुशासन कायम हुने विद्यार्थीहरु लाई स्वावलम्बी बनाउन सहयोग पुग्छ । विद्यार्थीले
कक्षामा गृहकार्य ल्याउने बनाउन कु नै एक जना शिक्षकको प्रयासले मात्र सम्भव हुँदैन । यसका लागि
सबैले आफ्नो तर्फ बाट सकारात्मक कार्यको थाल्नी गर्नु उचित हुन्छ । यसका साथै सबै विषयका
शिक्षकहरुका कक्षा नियमित हुनुपर्ने हुन्छ । अनि विद्यार्थीहरूमा पढाइप्रति लगनशीलता पनि देखिन्छ

६. सिके को कु राहरुको कार्यान्वयन
यस लघु अनुसन्धानबाट सिके का कु राहरूको कार्यान्वयन देखाएअनुसार गरिएको अवस्थामा
बिधार्थीहरुलाई कक्षामा पढाइ हुने पाठ्यपुस्तक ल्याउने बनाउन सकिएर अपेक्षित शैक्षिक उपलब्धि
हासिल गर्न मद्दत पुग्न जाने देखिन्छ ।
- विद्यालय तहको विद्यार्थीहरुलाई विद्यालयको वार्षिक कार्ययोजनाका बारेमा जानकारी गराउने,
- सम्बन्धित बिद्यालयले प्रत्येक विद्यार्थीहरु लाई नियमित पढाइ हुने दैनिक कार्य तालिका जानकारी
दिने,
- विद्यालयबाट विद्यार्थी भर्ना हुने समयमै सम्बन्धित अभिभावक मार्फ त विद्यार्थीलाई पाठ्यपुस्तक
उपलब्ध गराई विद्यार्थीले नियमित रुपमा कक्षामा पढाइ हुने विषयका गृहकार्य ल्याएर आउनु पर्ने
कु राको प्रवोधिकरण गर्ने,
- विषय शिक्षकहरुले कक्षामा पढाइ हुने विषयका गृहकार्य नलिई आउने विद्यार्थीहरु लाई दण्ड र
नियमित पाठ्यपुस्तक ल्याई आउने विद्यार्थीलाई पुरस्कृ त गर्ने खालका कार्यहरूका लागि
आवश्यक
पहल गर्ने, आदि ।

You might also like