Professional Documents
Culture Documents
हितग्राही अर्थात डिम्याट खाता के हो
हितग्राही अर्थात डिम्याट खाता के हो
बैंकिङ खबर । निक्षेप सदस्य मार्फ त सिडिएससि धितोपत्र निक्षेप गर्न हितग्राही खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र ग्रहन गरेको
व्यक्ति हुन् । हितग्राहीले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फ त के न्द्रीय निक्षेप कम्पनिसँग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता नै हितग्राही
खाता हो । हितग्राहीले सिडिएससिमा डिम्याट् खाता खोल्नकालागि निक्षेप सदस्य मार्फ त सम्पुर्ण विवरणहरु प्रणलीमा प्रविष्टि गरेपछि प्रणलीबाट उत्पन्न
हुने १६ अंकको पृथक परिचय नम्बर नै हितग्राही परिचय नम्बर हो ।
यो भविष्यमा गरिने सबै सेयर कारोबारहरुमा उल्लेख गर्दछ । यो नक्कल गर्ने सकिदैन अथवा दुई हितग्राहीको समान नम्बर हुन सक्दैन् । २०७३ श्रावण १
गतेदेखि काढमाडौं उपत्यकाभित्र र २०७३ माघ १ गते देशभरि नै सावैजानिक निष्काशन दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिँयाट खाता
दरखास्त फाराममा अनिवार्य रुपममा उल्लेख गर्नु पर्ने र सोही खातामा बाडँफाडँ भएको सेयर जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाले सेयर कारोबार गर्नका
लागि यो खाता खोल्नु अनिवार्य भएको छ ।