मुंग

You might also like

Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 17

मुंग खेति प्रबिधि

• मुंग छोटो समयमा(७०-८०) पाक्ने बाली भएकोले, हिउँदे बाली (तोरी


आलु गहुँ मुसुरो) काटीसके पछि काली रहने जमिनमा यसको खेति गरी
मनग्य फाइदा लिन सकिन्छ |
• यो कोसेबाली भएकोले यसले माटोभित्र हावामा भएको नाइट्रोजनलाई
स्थिरिकरण गर्ने काम गर्छ |
मुंग खेति का मुख्य फाइदाहरु
• आम्दानीको श्रोत: एक बिघा मुंग खेतीबाट रु. ८० हजार सम्म आम्दानी
लिन सकिन्छ | यसको दानाबाट विभिन्न परिकार जस्तै दालमोठ भुजिया
दाल आदि बनाउन सकिन्छ |

• माटोको सुधार: मुंगको झ्यांगलाई माटोमा मिलाउँदा माटोको उर्वराशक्ति


बढ्न गई मुंग पछि लगाउने बालीमा युरियामलको मात्रा घटाउन
सकिन्छ |

• पौष्टिक आहार: मुंगमा प्रसस्त प्रोटिन हुनुका साथै यो सजिलै पच्ने हुँदा
यसको दाल के टाके टी र बिरामीको लागि समेत उत्तम मानिन्छ |
मुंग खेतीकालागि जान्नु पर्ने कु राहरु
• जमिनको छनोट
• पानी नजम्ने र उचित निकासको व्यवस्था भएको दोमट माटो मुंग
खेतीको लागि उपयुक्त मानिन्छ |
• माटोको पि.एच ६.२-७.२ हुनु पर्छ |
२. उचित जातहरु
सिफारिश भएका जातहरु:कल्याण र प्रतिक्षा
३. बीउको मात्रा, लगाउने समय र तरिका
बिउको मात्रा: ५०० देखि ७०० ग्राम प्रति कट्ठा
लगाउने समय: फाल्गुनको दोश्रो हफ्ता देखि चैत्रको अन्तिम
हफ्तासम्म |
४. लगाउने तरिका: रामो संग खनजोत गरि तयार पारिएको जग्गामा
एकनाशले हातले छर्ने वा लाईन बिधिबाट ३०×५ से.मि को दुरीमा बीउ
छर्नुपर्छ |
५. मुंगको बिरुवालाई लाइनमा लगाउँदा बिउको मात्रा कम लाग्नुको साथै
झारपात हटाउन रोग किरा नियन्त्रण गर्न र बाली टिप्न सजिलो हुन्छ |
राइजोबियम बाट बीउ उपचार
• पहिलो पटक मुंग लगाउँदा मुंगको लागी प्रयोग गरिने जीवाणु मलले
उपचार गरेर बीउ लगाउनुपर्छ जसले गर्दा माटो भित्र जराहरुमा
नाइट्रोजनलाई स्थिरिकरण गर्ने गिर्खाहरुको बृधि हुन्छ |

• मुंगको बिउ ३-५ से.मि गहिराईमा रोप्नुपर्छ

• यदि माटो सुख्खा छ भने सिंचाई गरेर मात्र बिउ रोप्नु पर्छ |
मलखाद व्यस्थापन
• बीउ रोप्नु अगाडी प्रति कट्ठा २००-३०० किलो कम्पोस्ट मल, २
किलो डी.ए.पी. र १ किलो पोटास छरेर माटोमा राम्रोसंग मिलाउनु पर्छ
|

• प्रति कट्टा १.५ किलो युरिया मल starter dose को रुपमा प्रयोग गर्न
सकिन्छ जसले गर्दा माटोमा नाइट्रोजन को कमि हुन पाउदैन |

• यस संगै माटोमा मोलिब्ड़े नम र बोरोन तत्वको पनि व्यवस्था मिलाउनु


पर्छ |
• फु लफु ल्नु अघि नाइट्रोजन को कमि भई बोट पहेंलो भएमा २० ग्राम
युरियालाइ १ लिटर पानीमा घोलेर छर्न सकिन्छ |
सिंचाई
• मुंग छर्ने बेलामा माटोमा पर्याप्त मात्रामा चिस्यान्न हुनु जरुरी हुन्छ |

• माटोको अवस्था अनुसार मुंग रोपेको १५-२० दिन पछि पहिलो सिंचाई
र फु लफु ल्ने बेलामा दोश्रो पल्ट सिंचाई आवस्यक पर्छ |
मुंगका किराहरु
१.झुसिलकिरा
• झुसिलकिराहरुले पातको सम्पूर्ण हरियो भाग खाईदिनाले पातहरु सेतो
पातलो कागज जस्ता हुन्छन | अन्तमा बिरुवा पातविहिन हुन्छ |

नियन्त्रण
• हातले टिपेर नष्ट गर्ने |
• कीटनाशक बिषादी डेल्टामेथ्रिन वा साइपरमेथ्रिन १ मि.ली प्रति लिटर
पानीमा मिसाएर स्प्रे गर्ने |
झुसिल किरा
कोसामा लाग्ने गबारोहरु
• कोसामा प्वाल हरु देखिन्छन |
• लार्भेले आधा शरीर कोशा भीत्र पसाएर खाएको प्रष्ट देख्न सकिन्छ |
नियन्त्रण
• हेलिल्युर को प्रयोग गर्ने
• मसिनो लार्भा देख्ना साथ ब्यासिलस थुरिन्जेन्सिस पानीमा मिसिसने धुलो
१ग्राम प्रति लिटर पानीका दरले मिसाएर छर्ने
• निममा आधारित बिषादीहरु जस्तै माग्रोसेम वा मल्टीनिम ५ मि.ली. प्रति
लिटर पानीका दरले बनाएको झोल छर्ने |
• इमामेक्टिन बेन्जोयेट १ मि.ली प्रति लिटर पानीमा बनाएको झोल छर्ने |
कोशामा लाग्ने गबारो
लाही र पात खन्ने कीरा
• लाही सानो किरा जसले बिरुवाको रस चुसेर खान्छ |
• पात खन्ने किराको लार्भाले बिरुवामा नागबेली आकारको सुरुङ बनाएर
पातको भित्र बसी हरियो भाग खान्छ |
• बोट रोगाउने, बढ्न नसक्ने साथै पहेंलो हुने हुन्छ |
नियन्त्रण
• जैविक बिषादी भर्तिसिलियम लेकानी ५ ग्राम प्रति लिटर पानीमा मिसाएर
छर्ने |
• एजाडीरेक्टिन ५ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने |
• इमिडाक्लोप्रिड १ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने |
अन्य किराहरु
• पतेरो र सेतो झिंगा मुंगमा लाग्ने प्रमुख किराहरु हुन् र यी किराहरुको
प्रकोप बढ्न गएमा बोटमा कोसा लाग्दैन |
• यी किराहरु देखापरेमा साइपरमेथ्रिन १.५ मि.ली. १ लिटर पानीमा
मिसाई १-२ पटक छर्नुपर्छ |
लाही किरा लिफ माइनर
मुंगका रोगहरु
ओइलाउने रोग
• बेर्ना अवस्थामा बोट एक्कासी ओइलाउन थाल्दछ र पात सुक्दै जान्छ |
• फु ल फु ल्ने बेलामा पनि बोटको टुप्पो ओइलाउदै जान्छ |
• पात पहेंलिदै जान्छ र पुरै बोट ओइलाएर मर्दछ |
डढुवा रोग
• रोग देख्ने बितिक्कै म्यान्कोजेब ७५% २-३ ग्राम प्रति लिटर पानी मा
मिसाई ७ दिनको फरकमा २-३ पल्ट छर्ने |
• थोप्ले रोग र पात डढुवा रोग देखा पर्ना साथ ब्लाईटोक्स-५० नामक
बिषादी २.५ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने |

• छिर्के मिर्के रोग सेतो झिंगाले सर्ने हुँदा यो किरा नलाग्दै यी किराहरु
देखापरेमा साइपरमेथ्रिन १.५ मि.ली. १ लिटर पानीमा मिसाई १-२ पटक
छर्नुपर्छ |
डढु वा रोग भाईरस रोग
ओइलाउने रोग
बाली टिप्ने
• बिउ छरेको ६०-६५ दिनमा प्रथम पटक र ७०-८० दिनमा दोस्रो पटक
कोशा टिप्न सकिन्छ |
• एक एक गरि कोसा टिप्दा धेरै समय लाग्ने हुँदा कोशाहरु खैरो रंगमा
परिणत भएपछि पाके का झुप्पा टिप्नु पर्छ |
• कोशा टिपिसके पछि ३-५ दिन सम्म घाममा सुकाउनु पर्छ |
• उन्नत तरिकाले खेति गर्दा प्रति कट्टा ३०-४० kg मुंग दाल उत्पादन गर्न
सकिन्छ |
• मुंग लाइ ९-१० प्रतिसत चिस्यानमा भण्डारण गर्दा रोग किराले आक्रमण
गर्न सक्दैनन् |

You might also like