Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 10

आधुनिक काल: एकीकरणदेखि राणाशासनको सुरुवातसम्म

MODERN ERA: UNIFICATION TO RANARCHY

RAMAN SHRESTHA
Unification Campaign of Prithivinarayan Shah
(पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान)

वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले किर्तिपुर एकीकरण गरेपछिको समयलाई


नेपालको इतिहासमा आधुनिक काल मानिन्छ | नरभूपाल शाह र कौशल्यावतीका
जेठा छोराको रुपमा वि.सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाह गोरखामा
जन्मेका थिए | पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यको एकीकरण गरेर सिङ्गो
नेपालको निर्माण गरेको कारण उनलाई आधुनिक नेपालका राष्ट्रनिर्माता भनेर
चिनिन्छ | पृथ्वीनारायण शाहले खण्डित नेपाललाई एउटै विशाल राज्य बनाउने
सपना देखे त्यसैले उनी नेपाल एकीकरणको महान अभियानमा लागे |
Major events of Unification Campaign
एकीकरण अभियानका महत्वपूर्ण घटनाहरु
 नुवाकोट एकीकरण: नेपाल एकीकरण अभियानको पहिलो प्रयास नुवाकोट आक्रमण थियो | वि.सं. १८०१ सालको पहिलो आक्रमण असफल
भएपछि दोस्रो पटक काशिबाट हातहतियार ल्याई सैन्यबल सुदृढ बनाएर वि.सं. १८०१ मा नुवाकोट एकीकरण भयो |
 साँखु, चाँगु, महादेवपोखरी, नलदुम एकीकरण: वि.सं. १८०३ मा कान्तिपुरको अधीनमा रहेको साँखु, चाँगु, महादेवपोखरी, नलदुममाथि बिजय
प्राप्त गरेर पृथ्वीनारायण शाहले मितबुबा भक्तपुरका राजा रणजीत मल्ललाई दिएका थिए तर कान्तिपुरका राजा जयप्रकाश मल्लको फौजले यी क्षेत्रमा
पुन: विजय प्राप्त गर्यो | त्यसपछि वि.सं. १८११ मा यी क्षेत्रमाथि पुनः आक्रमण गरेर विजय प्राप्त भएपछि यी ठाउँहरु गोरखाकै अधिनमा राखियो |
यसै कारण गोरखा राज्यको भक्तपुर सँगको सम्बन्ध बिग्रियो |
 किर्तिपुर एकीकरण: किर्तिपुरमाथि वि.सं. १८१४ मा पहिलो आक्रमण भयो | त्यो आक्रमणमा गोरखाली सेनापति कालु पाँडेको मृत्यु भयो | दोस्रो
पटक १८२१ मा आक्रमण भयो | यो प्रयास पनि असफल रह्यो | वि.सं. १८२२ मा तेस्रो पटकको आक्रमणमा किर्तिपुर एकीकरण भयो |
 मकवानपुर एकीकरण: मकवानपुर पृथ्वीनारायण शाहको ससुराली राज्य पनि थियो | आफ्नै जेठान दिग्बन्धन सेन राजा भएकै अवस्थामा वि.सं.
१८१९ मा आक्रमण गरी मकवानपुर एकीकरण भयो |
 अङ्ग्रेजी फौजसँगको युध्द: त्यतिखेर भारतमा इष्ट इण्डिया कम्पनीको शासन थियो | वि.स. १८२४ मा कान्तिपुरका राजा जयप्रकाश मल्ललाई
सहयोग गर्न अङ्ग्रेजी फौजका क्याप्टेन किनलकको नेतृत्वमा आएको फौजसँग सिन्धुलीमा लडाईं गरी गोर्खाली फौजले विजय प्राप्त गर्यो |
लडाईं हारेर भागेको अङ्ग्रेजबाट गोर्खाली फौजले आधुनिक हातहतियार प्राप्त गरेको थियो |
 कान्तिपुर एकीकरण: काठमाडौँ उपत्यकालाई चारैतिरबाट घेराबन्दी गरी वि.स. १८२५ असोज १३ गते इन्द्रजात्रको मध्य रातमा कान्तिपुर
विशाल नेपालमा एकीकरण भयो |
 पाटन एकीकरण: कान्तिपुर एकीकरण भएको ११ दिनपछि वि.स. १८२५ असोज २४ गते बिना युद्ध पाटन एकीकरण भयो | कान्तिपुरका
राजा जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भागेर भक्तपुरमा शरण लिन पुगे |
 भक्तपुर एकोकरणः कान्तिपुरका राजा जयप्रकाश मल्ल पराजित भएपछि ललितपुरका राजा तेजनरसिंह मल्लसंगै भक्तपुरका राजा रणजीत मल्लसँग
शरण लिन गएका थिए । रणजीत मल्लले शरणमा आएकालाई मरण गर्न नहुने भनेर उनीहरूलाई शरण दिए । त्यही निहुँमा पृथ्वीनारायण शाहले
वि.सं. १८२६ मङ्सिर १ मा भक्तपुर आक्रमण गरी विजय प्राप्त गरे | उपत्यकाको विजयपछि पृथ्वीनारायण शाहले आफ्नो अभियान पूर्व र
पश्चिमतिर पनि बढाए |विजयपुर अनि पश्चिममा कास्की र स्याङ्जाका के ही भागहरू बृहत्‌नेपालमा१ गते पृथ्वीनारायण शाहको निधन भयो ।
उपत्यकाको विजयपछि पृथ्वीनारायण शाहले आफ्नो अभियान पूर्व र पश्चिमतिर पनि बढाए | पूर्वतर्फ उदयपुर र विजयपुर अनि पश्चिममा कास्की र
स्याङ्जाका के ही भागहरू बृहत्‌नेपालमा एकीकरण भए | वि.स. १८३१ माघ १ गते पृथ्वीनारायण शाहको निधन भयो |
एकीकरणमा पृथ्वीनारायण शाहका उत्तराधिकारी
वि.सं. १५३१ माघ १ गते पृथ्वीनारायण शाहको मृत्युपछि उनका जेठा छोरा प्रतापसिंह शाह राजा भए | उनी राजकाज र शासन सञ्चालनमा सक्षम
थिएनन्‌। उनको अक्षमताले दरबारमा विभिन्न गुटहरू सिर्जना भए र उनका भाइ बहादुर शाह समेत निर्वासित भए । २ वर्ष १० महिना जति शासन गरेपछि
वि.सं १५३४ मङ्सिरमा उनको असामयिक निधन भयो |
आठ वर्षे नाबालक रणबहादुर शाह नेपालको राजा भए | उनका
नाममा आमा राजेन्द्रलक्ष्मीले वि.स. १८४२ सम्म र काका बहादुर
शाहले १८५१ सम्म नयेबी चलाए | राजेन्द्रलक्ष्मीको पालामा लमजुङ,
कास्की, तनहुँ जस्ता शक्तिशाली राज्यको एकीकरण भयो भने बहादुर
शाहको पालामा नेपालको शीमा गढवालसम्म पुग्यो | रानी
राजेन्द्रलक्ष्मीले निर्वासित देवर बहादुर शाहलाई नेपाल बोलाएर देवर
भाउजू मिलेर शासन गरे तर दरबारिया गुटको प्रभावमा यी दुवैको
शासन सत्ता पनि स्थिर हुन सके न |

चित्र: रणबहादुर शाह


रणबहादुर शाह उमेर पुगेपछि आफैँ ले शासन गर्न थाले |
रणबहादुर शाहका तीन रानीमध्ये जेठी राजराजेश्वरीको
सन्तान नभएको, माहिली सुवर्णप्रभाको छोरा रणोद्धत
शाह भए पनि रणबहादुरले पशुपतिमा दर्शन गर्न आएकी
कान्तिवतीसँग विवाह गर्न उनीबाट जन्मेको सन्तानलाई
राजा बनाउने सर्तमा फसेको कारण आफू जीवितै छँदै
कान्तिवतीबाट जन्मेका डेढ वर्षका गीर्वाणयुद्धविक्रम
शाहलाई नेपालको राजा घोषित गरे | जेठी रानी राजेश्वरीले
नायबी चलाइन् | चित्र:गीर्वाणयुद्ध विक्रम शाह

कान्छी रानी कान्तिवतीको निधनपछि रणबहादुर शाहले उद्दण्ड मच्चाए | उनले बिस्तारै शासन सत्तामा हस्तक्षेप गर्न थाले | वि.सं. १८५७ वैशाखमा
रणबहादुर शाह आफैँ राजा भएको घोषणा गरे | गीर्वाणयुद्धलाई नुवाकोट लगेर नेपालको राजधानी नुवाकोट बनाइएको थियो | त्यस समयमा
राजराजेश्वरीले नायबका रूपमा काठमाडौँबाट, रणबहादुर शाहले पुल्चोकबाट र गीर्वाणयुद्ध विक्रम शाहले नुवाकोटबाट शासन सञ्चालन गरेका थिए |
यसलाई त्रयी शासन पनि भनिन्छ |
रणबहादुर शाह वि.सं. १८५७ जेठ ८ गते बनारस प्रस्थान गरे | उनी बनारस गएपछि माहिली रानी सुवर्णप्रभा नायब बनिन्‌भने उनका छोरा रणोद्धत
शाहलाई मुख्य चौतारा बनाइयो | रणबहादुर शाहका भाइहरू विदुर शाह र शेरबहादुर शाहलाई पनि चौतारा बनाइयो | रणबहादुर शाह वि.सं. १८६०
फागुन २१ गते काशीबाट काठमाडौं आएर छोरा गीर्वाणयुद्ध विक्रम शाहको नायब भएर काम गर्न थाले | उनी नेपाल आएपछि दामोदर पाँडेजस्ता
योद्धाको पनि हत्या भयो | राजा रणबहादुर शाह वि.सं. १८६३ वैशाख २४ गते आफ्नै भाइ शेरबहादुर शाहबाट मारिए | तत्काल उनका अंगरक्षक काजी
बालनरसिंह कुँ वर (जंगबहादुर राणाका पिता) बाट शेरबहादुर शाह पनि मारिए |
कलिला राजा गीर्वाणयुद्ध विक्रम शाहले व्यवस्थित रुपमा राजकाज गर्न
सके नन् | मुख्तियार भीमसेन थापाले शासनको बागडोर सम्हाले र ३१
वर्ष नेपालमा शासन चलाए | उनकै समयमा नेपाल-अंग्रेज युद्ध भयो |
सो युद्धमा नेपालले एक तिहाइ भूभाग गुमाउनुपर्यो |
गीर्वाणयुद्ध विक्रम शाहको मृत्युपछि तीन वर्षको उमेरमा वि.स. १८७३ मा
राजेन्द्र बिक्रम शाह राजा भए | पृथ्वीनारायण शाहको निधनपछि नेपालको
राजनीतीमा अस्थिरता, दरबारिया षडयन्त्र, अविश्वास र गुटको राजनीती
मौलाएको देखिन्छ | पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाहलाई

चित्र: भीमसेन थापा


राजकाजमा त्यति इच्छा थिएन । उनको अल्पायुमै देहावसान
भएपछि उनका भाइ बहादुर शाह र पत्नी राजेन्द्रलक्ष्मीले नायबी
शासन चलाए ।रणबहादुर शाहले स्त्रीमोहमा फसेर उत्तराधिकारीको
रोलक्रम मिचि गीर्वाणयुद्ध विक्रम शाहलाई राजा बनाउने, आफू ले
सन्यासी जीवनबिताउन बनारस जाने र पुन सत्ता लिन नेपाल
फर्कि ने जस्ता काम गरे । एउटा सुदृढ शासन सञ्चालकको
अभावमा देशमा भारदारहरूका गुटहरू बने । दामोदर पाँडेजस्ता
भारदाहरू मारिए । उनी आफैँ पनि आफ्नै भाइबाट मारिए । चित्र: राजा राजेन्द्र
गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपाल-अङ्ग्रेज युद्ध भयो । सुगौली सन्धिअनुसार नेपालले एकतिहाइ जमिन गुमाउनु पर्यो | दामोदार पाँडेको हत्याको
बदला लिन भीमसेन थापामाथि विष मुद्दा लगाइयो । पहिलोपल्ट सो मुद्दामासफाइ पाएपनि त्यसलाई फे रि ब्युँताइयो, भीमसेन थापाले जेलमै आत्महत्या
गरे | राजा राजेन्द्रको समयमा जङ्गबहादुरराणाले आफ्ना भाइहरूको सहयोगमा सिनियर भारदारहरूको हत्या गरेर कोत पर्व नामको हत्याकाण्ड मच्चाए |
राजाका अधिकार सीमित गरिए । जङ्गबहादुरको हत्या गर्ने योजना र त्यसको प्रतिकारमा थुप्रै व्यक्तिहरू मारिए | भण्डारखाल पर्व, अलौ पर्व जस्ता
हत्याकाण्डमा धेरै व्यक्तिले जीवन गुमाए | राजा राजेन्द्र आफैँ
पनि ३४ वर्ष शाही बन्दीको जीवन बिताउन बाध्य भए |
अर्थतन्त्र
पृथ्वीनारायण नारायण शाहले लामो समय नेपाल एकीकरण मै व्यतित गरेकोले उनको ध्यान खण्डित नेपालको एकीकरणमै के न्द्रित थियो | अर्थतन्त्र
सबल नभएसम्म देशको विकास सम्भव हुँदैन भन्ने उनको विश्वास थियो | देशको अर्थतन्त्र मजबुत बनाउन निर्यातमा जोड दिनुपर्छ भन्ने उनको धारणा
थियो |
यी भनाइबाट पनि तत्कालिन नेपाली अर्थतन्त्रले आत्मनिर्भरतामा जोड दिएको पुष्टि हुन्छ | नेपालले तिब्बतबाट सुन र चादी झिकाई मुद्रा बनाएर
पठाएको कु रा इतिहासमा उल्लेख भएको पाइन्छ | देशको आन्तरिक अर्थतन्त्र बलियो भए मात्र देश समृद्ध बन्छ भन्ने दूरदर्शिता त्यतिबेलाका शासकहरूमा
रहेको देखिन्छ | कमसल सिक्का चलाउन थालेपछि नेपाल र तिब्बतबिचको सम्बन्धमा खटपट भएको देखिन्छ | नुवाकोट विजयपछि पृथ्वीनारायण
शाहले तिब्बतबाट सुन चादि ल्याई शुद्ध मुद्रा तिब्बत पठाएर सम्बन्ध सुधार गरेका थिए | प्रतापसिंह शाहको पालामा पनि तिब्बतसँगको व्यापार सुधार्ने
प्रयास भएको देखिन्छ |
राज्यको आम्दानी दिंगो राख्न बहादुर शाहले जग्गामा मालपोतको व्यवस्था गरेका थिए | त्यसैगरी उनले भूमिको सदुपयोग गर्ने र राजौताहरुले के न्द्रीय
राज्यलाई तिरो तिर्ने स्थिति बसाए | भीमसेन थापाको समयमा कृ षकलाई जग्गामा उर्वराशक्ति बढाउन र जमिन बाँझो नराख्न प्रोत्साहन गरिएको
देखिन्छ | भीमसेन थापाले भूमिको वैज्ञानिक नाप गराई मालपोत सङ्कलनमा जोड दिएका थिए | त्यतिखेरको समयमै प्रत्येक वर्ष ३० लाखको व्यापार
गर्नु भनेको चानचुन कु रा होइन |
राज्यसत्ता
शीहकाल राजतन्त्रात्मक व्यवस्था (Monarchy) मा आधारित के न्द्रीकृ त शासन व्यवस्था थियो । राजाको जेठो छोरो मात्रै सत्ताको उत्तराधिकारी हुन्थे
तसर्थ बालक नै भएपनि राजाका जेठा छोरा नै राजा बन्थे । रणबहादुर शाह अढाई वर्षको उमेरमा, गीर्वाणयुद्ध विक्रम शाह डेढ वर्षको उमेरमा र राजा
राजेन्द्र तीन वर्षको उमेरमा राजा भएका थिए । नाबालक राजाको नाममा अरूले नायबी शासन चलाउँथे | सरकारी कर्मचारीको बढु वा, थमौती र वर्खास्ती
नियमअनुसारभन्दा पनि इच्छाअनुसार गर्ने पजनी प्रथा थियो | माथिल्लो तहका कर्मचारीहरूलाई राजाले र तल्लो तहका कर्मचारीलाई भारदार॒ले पजनी गर्थे
| त्यतिखेर राजा र प्रजा बिच प्रत्यक्ष सम्बन्ध भएको देखिन्छ | जनताको चाहनाबमोजिम पृथ्वीनारायण शाहले कालु पाँडेलाई काजी बनाएको प्रसङ्ग
भेटिन्छ | एकीकरण सकिएपछि के न्द्र र जिल्ला गरी दुई तहको प्रशासन थियो | के न्द्रमा काजी, सरदार मुख्तियार, धर्माधिकार आदि र जिल्लामा
जिम्मावाल, मुखिया, पटवारी जस्ता पद थिए ।
न्यायिक पक्ष
त्यतिखेर लिखित एन कानुन थियनन् | प्रथा र परम्परा आधारित भएर शासन संचालन गरिन्थियो | राजाको बोलि नै कानुनसरह मनिन्थियो | राजाले
जारी गरेको एनसवाल, सदनपत्र, रुक्कापत्र विभिन्न अड्डा अदालतमार्फ त जारी गरिन्थियो | "राजाले ठु लो निजा निसाफ हेर्नु अन्याय मुलुकमा हुन नदिनु"
भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशबाट शक्ति सम्पन्न भय पनि राजा निरङ्कु श थियनन भन्ने कु रा पुष्टि हुन्छ |

You might also like