Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 3

दही

• दही भन्नाले गाई वा भैंसीको वा दुबैको दूधलाई निरोगन प्रकृ या (Pasteurization) गरी वा उमाली मन तातो
अवस्थामा (नेपाल राजपत्र माघ २३, २०५७) ल्याई दहीको बिउ (Lactobacillus culture) हाली प्राकृ तिक
तवरले अम्लता उत्पन्न हुने गरी जमाई बनाएको पदार्थलाई सम्झनु पर्दछ। गाईको दूधबाट बनेको दही वा
दूधको चिल्लो झिकिएको दूध (Skimmed milk) बाट बनेको दही भएमा सोही अनुरूप दूधको ठोस पदार्थ रहेको
हुनु पर्नेछ अन्यथा भैंसीको दूध सरह हुने गरी दूधको चिल्लो र चिल्लो बाहेकको ठोस पदार्थ मौजुदा रहेको
हुनु पर्नेछ। यसमा चिनी वा खाने मसला मिसाइएको वा नमिसाइएको हुन सक्दछ तर अन्य खाद्यपदार्थ
मिसाइएको हुनु हुदैन। यसरी चिनी, मसला मिसाइएकोमा दूधको ठोस पदार्थ र त्यस्ता पदार्थ बाहेक दूधको
मात्राको आधारमा रहेको हुनु पर्नेछ।गाईभन्दा भैसीको दूधबाट राम्रो गुणस्तरको दही बन्दछ।

• पन्चामृतमा पनि प्रयोग गरिने


जुजु धौ
• दहीको राजा
• मल्ल कालमा भक्तपुरबाट शुरु भएको
• माटोको भाँडा (कन्तारो) मा जमाउने गरीएको
• पूजा र चांडवाडमा धेरै प्रयोग
जुजु धौ दही बनाउने तरिका

• भैसीको ताजा दुधलाई छान्ने र तताउने


• दुधको पाँचभागको एक भाग पानी (४/५) नसुकु न्जेसम्म उमाल्ने
• दुधको मात्राको ५% चिनी राख्ने, दुधको पाँचभागको एक भाग पानी (४/५) सुक्नु १५-२० मिनेट
अगाडी मात्र चिनी हाल्ने
• सफा गरिएको माटोको भाँडालाई चामलको भूसमा गाड्ने, भाँडोको ४ भागको तिन भाग भूसमा
डुब्ने गरी (३/४)
• १ मिटरको उचाईबाट २-६ पटकसम्म दूधलाई भाँडोमा खन्याउने
• दूधलाई ५० डि से मा सेलाउन दिने र जोरनलाई थोरै पानी मिसाएर दुधको मात्राको १% राख्ने
• माटोको भाँडोलाई अर्को माटोको भाँडोले छोप्ने।
• बाक्लो कपडाले छोप्ने र ४-६ घण्टसम्म fermentation का लागि छोड्ने (३२-३४ डि से
तापक्रममा)
• त्यसपछि निकालेर पंखाले चिसो पार्ने अनि फ्रिजमा राख्ने।

You might also like