मुकुन्द बहादुर विष्ठ वि श्रम अदालतसमेत

You might also like

Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 11

मुकु न्दबहादुर विष्ठ वि.

श्रम अदालत समेत


(ने.का. प २०६३, नि. नं ७७५३)
प्रस्तुतकर्ताहरुः
आसुन कु मार भण्डारी
आराध्य देवकोटा
तथ्यहरु
• राजन प्रसाद भट्टराई मिति २०५५-४-१२ मा स्वावलम्वन विकास के न्द्रमा नियुक्त भए
• उनको काम चित्त नबुझि मिति २०५८-११-२१ मा निर्णय गरि २०५८-११-२२ मा काम बाट निकालिए
• यसरी निजलाई सेवाबाट हटाईएपछी उनले पाउनु पर्ने रकम रु ३९,९५१।७२ मिति २०५९।१।२५मा बुझिलिए
• तत्पश्चात उनले घरबिदा, बिरामी बिदा, औषधी उपचार खर्च गरी जम्मा रु१५,०१२।८२ दिलाई पाँउ भनि नेपाल
सरकार श्रम कार्यालयमा निवेदन दिनु भएकोमा श्रम कार्यालयले राजनप्रसाद भट्टरार्ईलाई रु १३,७९२।१९ दिलाई
भराई दिनु भनी फै सला गर्यो र सोहि फौसला पुरावेदन गर्दा श्रम अदालतले सो फौसला सदर गर्यो ।
• श्रम अदालतको सो फै सलामा चित्त नबुझेकोले स्वावलम्वन विकास के न्द्रका प्रमुख मुकु न्दबहादुर विष्ठले सो
फै सला बदर होस भनि सर्वोच्च अदालतमा उत्प्रेष्णको रिट दायर गर्दछन् ।
निवेदकका तर्क हरु
• निवेदक के न्द्र एक सामाजीक संस्था भएको हुँदा यस कार्यालयलाई श्रम ऐन तथा नियमावली लागु गर्न मिल्दैन ।
• निवेदक के न्द्र संघ सस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएको संस्था हो । यसलाई श्रम ऐन तथा नियमावली लागु हुदैन
• श्रम नियमावली, २०५० मा समेत अबकाश प्राप्त कर्मचारीलाई संचित भएको बिदा वापतको रकम दिनु पर्ने भन्ने
उल्लेख छैन ।
• विपक्षीले करार अन्तर्गत नियुक्ती पाँएका हुदा निजको हकमा करारकै शर्त लागु हुन्छ । कू नै संस्थामा स्थायी सेवामा
कार्यरत कर्मचारीले पनि यदि करार पनि गरेको छ भने करारमा लेखिए जति बिषयमा करार बमोजिम नै हुने भनि
रामप्रसाद शाह विरूद्ध महाप्रबन्धक नेपाल बैंक लिमिटेड प्रधान कार्यालय समेत भएको २०४२ सालको उत्प्रेषणको
रिट मुद्धामा सिद्धान्त प्रतिपादन भै सके को ।
• विपक्षी राजनप्रसाद एक शुद्ध सामाजिक संस्थामा कार्यरत कर्मचारी भएका कारण निज पनि सामाजिक सेवामा समर्पित
रहेका हुँदा निजलाई सेवागरे वापत दिईने पारिश्रमिक करारले व्यवस्था गरे बमोजिम दिई सके को अवस्थामा श्रम
ऐन, २०४८ तथा नियमावली, २०५० एवं निवेदक संस्थाको नियम बिपरित निजले माग गरेको सुविधा सम्बन्धमा श्रम
अदालतको तेको निर्णय उपरोक्त ऐन,नियमाबली तथा नेपाल अधिराज्यको संबिधान, २०४७ को धारा
११(१), १२(२)को ड, धारा १७ तथा २३ का साथै सर्वोच्च अदालतबाट प्रतिपादित नजिर समेतको विपरित ।
प्रत्यार्थीहरुको लिखत जवाफ
• सो निर्णयले निवेदकको कु नै पनि मौलिक हक हनन् नभएकोले रिट निवेदन खारेजभागी छ।
• श्रम कार्यलय र श्रम अदालतको निर्णय न्याय सँगत नै छ ।
• श्रम ऐन २०४८, को दफा २(ख) को परिभाषाभित्र निवेदक संस्था पनि पर्ने देखिन्छ ।
• श्रम ऐनको दफा ७ को उल्लघन हुने गरी करार हुन नसक्ने हुँदा ऐन विपरित करार लागुहुनु पर्ने भन्ने निवेदन खारेज
हुनुपर्छ ।
• अवधीको बिचमा नै अबकाश भए वा अन्य कु नै कारणले नोकरीबाट पद मुक्त भएमा संचित बिदा र औषधी
उपचारको रकम नपाउने भन्ने नकारात्मक प्रावधान श्रम नियमावली तथा करार मा नभएकोले अबकाश वा अन्य
कु नै कारणले पद मुक्त भएपछी संचित विदाको रकम नपाउने भन्ने प्रश्नै हुदैन ।
गैरसरकारी संस्था श्रम ऐन २०४८ भित्र पर्छ कि पर्दैन ? के सेवामुलक
गैरसरकारी संस्थाका कर्मचारीहरु अन्य कर्मचारी भन्दा फरक हुन् ?
• निवेदकको संस्था मा १० जना भन्दा बढि कर्मचारीहरु भएको र सो संस्था, संस्था ऐन २०३४ अन्तर्गत गैर सरकारी
संस्थानको रुपमा दर्ता भएको कारण यो संस्था श्रम ऐन २०४८ को दफा २(ख)को परिभाषा भित्र पर्न आउँने भई सेवामुलक
संस्थाको रुपमा कार्यारत रहेको देखिएको हुँदा निवेदकलाई श्रम ऐन तथा नियमावली आकर्षित नहुने भन्ने दावी मनासिब
देखिएन ।
• सँगठन र कामदार कर्मचारी एउटै होइनन् । सेवामुलक गैरसरकारी संस्था भएपनि उसलाई के हि जिम्मेवारी र काम तोकिएको
हुन्छ र तोकिएका सेवा शर्तको अधीनमा काम गर्नु पर्ने हुन्छ । उनीहरु आफु ले दिएको सेवा वापत प्राप्त गर्न सक्ने प्रतिफल र
आवश्यक सुविधा एवं सुरक्षाका हकदार हुन्छन् । तसर्थ कामदार कस्तो संस्थामा काम गरिरहेका छन् भन्ने कु राले उनिहरुले
पाउने सेवा सर्त र सुविधामा के हि फरक पार्दैन ।
• त्यसैले कु नै सँगठन वा प्रतिष्ठानमा काम गर्ने कर्मचारी वा कामदारहरुको हकमा श्रम ऐनको व्यवस्था आकर्षित नगर्ने हो भने
त्यस्तो अभिप्राय कानूनमा नै स्पष्ट रुपमा अभिव्यक्त गर्नुपर्ने हुन्छ र त्यस्तो अभिप्राय स्पष्ट रुपमा व्यक्त गरिएकोमा बाहेक
खास प्रतिष्ठान वा सँगठनमा काम गर्नेहरुलाई श्रम ऐनको प्रावधान आकर्षित नहुने भनी अनुमानित तर्क गर्न मिल्दैन ।
निजले पकाएको संचित घरविदा र विरामी विदा समेतको रकम दावी
संस्थाले दिन पर्ने हो वा होईन ?
• श्रम नियमावली, २०५० को नियम ३० (२)मा कामदार वा कर्मचारीले पाउने घरविदा बढीमा ६० दिन सम्म संचित
गरिराख्न सक्नेछ भन्ने र ऐ को नियम ३०(४)मा कु नै कामदार वा कर्मचारीले राजीनामा गरी नोकरी छोडेमा वा अरु
कु नै प्रकारले अवकाश प्राप्त गरेमा निजको संचित रहेजति घर बिदावापत निजले खाईपाई आएको पछिल्लो
तलबको दरले हुने एकमुष्ट रकम पाउनेछ भन्ने व्यबस्था गरेको देखिन्छ ।
• त्यस्तै ऐजन नियमावली को नियम ३१ (१) मा प्रतिष्ठानमा एक वर्ष अविच्छिन्न सेवा पुरा गरेका कामदार वा
कर्मचारीले एक बर्षमा १५ दिन सम्म आधा तलब पाउने गरी बिरामी बिदा पाउने छ भन्ने उल्लेख भएको देखिन्छ ।
• साथै निवेदक कार्यालय र विपक्षी राजन प्रसाद भट्टराई बिच सम्पन्न भएको भनिएको करारमा संचित घरबिदा तथा
बिरामी बिदा बापतको रकम नपाउने भनी उल्लेख भएको नदेखिदा कानून वा करारले कु नै सुविधा दिन स्पष्टरुपले
बन्चित गरको अवस्थामा बाहेक कामदार कर्मचारीको हकको पक्षमा व्याख्या गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा संचित
घरविदा र विरामी विदावापतको रकम नपाउने भन्ने निवेदन दावी कानुन एवं तथ्य सँग तको देखिएन ।
• औषधी उपचारको रकमका सम्बन्धमा निवेदक स्वावलम्वन विकाश के न्द्रको प्रशासकिय नियमावली २०६० को
नियम ५,५मा स्थायी, करार तथा परामर्श सेवाका कर्मचारीलाई औषध उपचार खर्च वापत बार्षिक रु ३०००।–
(तीन हजार) उपलव्ध गराईनेछ भनेर उल्लेख गरिएको छ ।
• त्यसैले कु नै कर्मचारी वा कामदारले आफु कार्यरत रहेको बेलामा संचित गरेको घरबिदा लगायतका आर्जित हक
सुविधा वापतको रकम नपाउने भनि स्पष्ट किटानी व्यवस्था भएको स्थितिमा बाहेक त्यस्तो आर्जित हक सुविधा
नपाउने भनी त्यसको नकारात्मक अर्थ गर्न मिल्ने देखिएन ।
सेवा शर्त र सुविधा करार बमोजिम मात्र हुने कि श्रम ऐनको व्यवस्था पनि
लागु हुने?
• जहाँसम्म यी विपक्षी राजन प्रसाद भट्टराईको सेवा शर्त र सुविधा करार बमाजिम मात्र हुने र श्रम ऐनको व्यवस्था
लागु नहुने भन्ने निवेदकको कथन छ सो सम्बन्धमा विचार गर्दा यी विपक्षी राजन प्रसाद भट्टराईले करारबाटै नियुक्ति
पाएका भएपनि सो करार पटक पटक नविकरण भएको र निवेदक कार्यालयमा १० जना भन्दा वढी कामदार वा
कर्मचारी कार्यरत रहेको भन्ने देखिरहेको हुँदा निवेदक कार्यालय श्रम ऐन, २०४८ को दफा २ (ख) ले गरेको
प्रतिष्ठानको परिभाषा भित्र पर्ने नै देखिदा यी निवेदक के न्द्रलाई श्रम ऐन तथा नियमावली लागु नै नहुने भन्ने देखिएन।
सर्वोच्चको निर्णय
• अतः विपक्षी राजन प्रसाद भट्टराईले श्रम ऐन तथा नियमावली बमोजिम निज निवेदक कार्यालयमा कार्यरत रहदा
आर्जित गरेको घरबिदा समेतको रकम दिलाई पाँउ भनि विपक्षी श्रम कार्यालयमा उजुर गरेपछि त्यस उपर श्रम
कार्यालयले गरेको निर्णय उपर परेको पुनरावेदनमा श्रम अदालतले समेत श्रम कार्यालयकै निर्णयलाई सदर गरेको
देखियो । त्यसरी कानून बमोजिम निर्णय भई अन्तिम भईरहेको विषयमा कानूनी त्रुटी नदेखिएकोले निवेदन माग
बमोजिमको आदेश जारी गर्न मिलेन । निवेदन खारेज हुने ठहर्छ ।
प्रतिपादित सिद्धान्तहरु
• कु नै सँगठन वा प्रतिष्ठानमा काम गर्ने कर्मचारी वा कामदारहरुको हकमा श्रम ऐनको व्यवस्था आकर्षित नगर्ने हो भने
त्यस्तो अभिप्राय कानूनमा नै स्पष्ट रुपमा अभिव्यक्त गर्नुपर्ने हुन्छ र त्यस्तो अभिप्राय स्पष्ट रुपमा व्यक्त गरिएकोमा
बाहेक खास प्रतिष्ठान वा सँग ठनमा काम गर्नेहरुलाई श्रम ऐनको प्रावधान आकर्षित नहुने भनी अनुमानित तर्क गर्न
नमिल्ने ।
• श्रम नियमावलीले नै स्पष्टरुपले प्रतिष्ठानमा कार्यरत कामदार वा कर्मचारीको संचित घर बिदा र बिरामी विदा वापत
रकम पाउने व्यस्था गरेको देखिन्छ । साथै निवेदक कार्यालय र विपक्षी बीच सम्पन्न भएको भनिएको करारमा
संचित घरबिदा तथा बिरामी बिदा बापतको रकम नपाउने भनी उल्लेख भएको नदेखिदा कानून वा करारले कु नै
सुविधा दिन स्पष्टरुपले बन्चित गरेको अबस्थामा बाहेक कामदार कर्मचारीको हकको पक्षमा व्याख्या गर्नुपर्ने ।
• कु नै कर्मचारी वा कामदारले आफु कार्यरत रहेको बेलामा संचित गरेको घरबिदा लगायतका आर्जित हक सुविधा
वापतको रकम नपाउने भनि स्पष्ट किटानी व्यबस्था भएको स्थितिमा बाहेक त्यस्तो आर्जित हक सुविधा नपाउने
भनी त्यसको नकारात्मक अर्थ गर्न नमिल्ने ।
धन्यवाद!

You might also like